Skip to content

नेपाल साप्ताहिक

न्याय

  • by

वनस्पतिसँग सोधेँ, “के चाहन्छौ  ?”
वनस्पतिले भने, “न्याय ।”
“त्यो भनेको के  ?”
वनस्पतिले भने, “अरूको अधिकार हनन नगरीकन धरतीमा हामीले पाउने न्यायोचित भाग ।”

पछ्यौटे अग्रगमन

  • by

गणतान्त्रिक नयाँ नेपालको थाप्लोमाथि पुरानो साबिक सूर्य उदायो ।
वाग्मती भनिने ढलमतीको एउटा किनारमा पौराणिक भए पनि उत्तरआधुनिक देब्रे ढल्किएको शिवलिङ्ग पूजा प्राप्त गर्न ठडिएको छ ।
साबिक सूर्यको धूमिल गुलाफी प्रकाशमा कतैबाट एउटा भुस्याहा र लुत्याहा कुकुर प्रकट हुन्छ ।

मेरो रामकहानी

  • by

मैले आमाको प्रेरणाबाट नौ वर्षो उमेरदेखि कनीकुथी गीत कथ्न थालेको हु“ । ११ वर्षो उमेरमा त मञ्चमा उभिएर गाउन सक्ने भइसकेको थिए“ । हिन्दी गीत मात्र गाउने प्रचलन रहेको ठाउ“मा एउटा ठिटोले आफ्नै लयमा नेपाली गीत कथेर गाउनु त्यसबेला ठूलै कुरा थियो । गीतका हरफ केही यस्ता थिए ः नरोउ रातको शशि उषा ती पर्खंदैछिन डा“डापार िए आमा ए आमा विश्वको लडाइ“मा जान भन्दिने भए भर्ती खुल्यो रे, गाइदे गाइदे गाइदे नीर लुकाइ गाइदे इत्यादि ।

सप्तकोसी छाल

  • by

प्रेसर कुकर बमले ध्वस्त बनेका
टेलिफोनका टावरहरू
सकेट बम र एम्बुसमा परेका
सरकारी कार्यालय र गाडीहरू
अहिलेसम्म
खण्डहर र अवशेष बा“चेका छन्

एमकुमारी हिजो र आज

छाती पोल्यो भत्भती ।
त्यस वेदनाले पोलेको थियो छाती, जुन कुरा मार्मिक थियो एकदमै । ती आ“खाले रुवाउन खोजे मलाई । ती कुराले अत्याउन खोजे मलाई । कस्तो नरमाइलो भइरहेको दिन र हरेक छिन ।
पहिरोले बगाउन आ“टेको पि“ढीजस्तो । बाढीले बर्ढार्न आटेको आ“गनजस्तो ।
स्वयम्भूका दर्ुइ आ“खा ।

माछापुच्छ्रेको शिरमा बीपी स्टाइलको टोपी

  • by

तर्राईमा हर्ुर्केर किशोरावस्थामा काठमाडौ“ आउ“दा भीमफेदीबाट तामदान वा डोकोमा बसे तापनि अलिअलि हि“डेको सम्झना छ । त्यसको ४०-४५ वर्षछि लुम्ले कृषि र्फमका हाकिमले झन्डै पा“च घन्टासम्म लुम्लेको वरपिर िहि“डाएका थिए, २०४५ सालतिर । चार-पा“च वर्षघि बद्रीकेदारको यात्रा गर्दा तेर्र्सो बाटो हि“डेपछि उकालो लाग्ने बेलामा घोडामा चढेको थिए“ । मेरो पहाड हि“ड्ने बानी छैन । त्यसैले त्यस्ता पहाडमा हि“ड्ने प्रस्तावहरू मैले अस्वीकार गर्ने गरेको थिए।

अनि म भएँ गोठाले

  • by

‘त्यसको भाले’ कथाबाट मेरो साहित्यारम्भ भएको हो । त्यही कथाले नै मलाई आजको यो ‘गोठाले’ बनायो । त्यो शारदा मासिकमा छापिने सुरसारमा थियो । प्रेसमा त्यसको ‘कम्पोज’ पनि भइसकेको थियो । यो प्रसङ्ग विसं १९९७ को हो । ठीक त्यसैबेला मलाई पक्रेर लगियो । त्यस समय प्रजा परष्िाद्ले पर्चा छरेको थियो । मैले पनि पर्चा छरेँ । र, मलाई समातेर लगियो । त्यस समय भवानी भिक्षुले शारदा हेर्नुहुन्थ्यो । उहाँले आशङ्का गर्नु भयो, “मेरो नाममै कथा छापियो भने म सरकारी चेपारोमा त पर्छु पर्छु, स्वयम् शारदा पनि पर्न सक्छ ।” तर, उहाँसँग त्यो कथा नछाप्नुको विकल्प पनि थिएन । त्यसैले भिक्षुले मेरो कथा पनि छापिने, शारदा को प्रकाशन पनि बच्ने नयाँ जुक्ति निकाल्नुभयो । फलतः उहाँले मेरो साहित्यिक न्वारान गरेर मलाई ‘गोठाले’ बनाइदिनु भयो ।

पाठक

  • by

म पाठक
आमा मेरी पहिलो पुस्तक
मैले पढेको पहिलो पाठ
आमाका झरिला आ“खा
जहा“बाट हरदम वर्ष करुणा
मेरो कलेजो छेउछाउमा पञ्चामृतझै“ पसे
र त मेरो छातीमा नेपालको माया ढलोट भयो
लाग्छ, जसको छातीमा आमाले रोपेको
मुलुक माया गर्न ढुकढुकीको बिरुवा हर्ुकन सक्दैन
सायद, ऊ नै दर्रि्र नागरिक हो ।

पारिजात केही सम्झना

  • by

२०२१ सालको कुनै महिना । कुनै दिन । बागबजारमा तिनताक एउटा होटल थियो । त्यहा“ हिन्दीका केही प्रख्यात कवि आएर बसेका थिए । कुनै निम्तोमा । र्सर्वेश्वर दयाल सक्सेनाको विविध सङ्ग्रह काठ की घन्टिया“ मैले मगाएरै पढेको थिए“ । उनीहरूबाट प्रभावित भएर मैले चिट्ठी पनि लेखेको थिए“ । आशय थियो, ‘पागल कुत्तो का मसिहा’ भन्ने उनको अत्यन्त चर्चित र मलाई मन परेको कथाको नेपालीमा अनुवाद गर्ने अनुमति माग्नु । र्सर्वेश्वरले सहर्षअनुमति दि“दै एउटा लामै पत्र लेखेका थिए । त्यस्ता र्सर्वेश्वर आउ“दा मेरो भेट्ने उत्सुकता तीव्र हुनु स्वाभ

आमा

  • by

किताब किन्न्ा गएकी आमा फर्किनन्
स्कुल जाने बेला भैसक्यो फर्किनन्
अस्पताल पुगेर खबर फक्र्यो
उपचार ह“ुदाह“ुदै मरेको खबर फक्र्यो
मेरो पढ्ने इच्छाको चन्द्रमा
आमास“गै मरिन्, आमा भएर मरिन्

जात्राको रङ

  • by

गरुड फेदकै बाटो भएर
गएको जात्राको रौनक
साटिएको छ घरिघरि
दुःख र रुवाइको सम्पन्न खबर भएर
डबलीमा खेलिरहेका
स-साना नानीहरूका आ“खामा
हिजो बेलुका समाचारको दृश्य
डोरिएको छ

विपरीत

  • by

मैले उसको पसलमा प्रवेश गर्दा उसले मुण्टो उठाएर हर्ेदा पनि हेरेन । उसको आ“खाले मलाई देखिसकेको थियो । किनभने मेरो आ“खा निमेषभर उसको आ“खासित जुधेका थिए । मैले साविकझै“ मुस्कान फाले“ । उसले नचाहेर ओठ खुकुलो पार्‍यो । तर, साविकझै“ मुस्कान फालेन । पहिलेपहिले ऊ दर्ुइ हात जोडेर ‘नमस्कार’ को लेघ्रो तान्थ्यो, “भन्नुहोस् हजुर केके सेवा गरौ“ …†” लाग्थ्यो, साहूनी मृदुभाषी छ, कोमल छ र छ मानवीय व्यवहारयुक्त …† तर, अहिले उसको मुखबाट बोली फुटेन । मैले नै पहल गर्दै अभिवादनस्वरूप एक हात उठाए“ । उसले मरेर एक हात ‘हाफ्’ उठायो ।

बजारतन्त्रका तीन अनुहार

  • by

एक

ब्याङ्क काउन्टरको
न्यून वैतनिक कर्मचारी
सारा नोट थन्क्याइसकेपछि
झल्या“स्स सम्झन्छ
रित्तो गोजी
र, बिरामी छोराको अनुहार,
उसलाई थाहा छ
आज पनि पहिलेझै“
कसैस“ग
सापटी माग्नर्ुपर्छ ।

परिवर्तन

  • by

बगैचाको माली को हुने – यस विषयको चुनाव थियो । चुनाव सम्पन्न भयो । चुनावमा नया“ उम्मेदवारको जित भयो । पुरानाले हारे । चुनाव अलि असहज रूपमा सम्पन्न भए पनि मतदाताले नया“ आयो, नया“ले केही नौलो काम गरहिाल्ला भनेर चित्त बुझाएका थिए ।
बगै“चाको नया“ मालीको स्वागतमा कार्यक्रम राखियो । कार्यक्रमको अन्त्यमा नया“ मालीले उपस्िथत जमघटलाई आश्वस्त पार्दै भन्यो, “मलाई यो बगै“चाको माली बनाउनुभएकामा धन्यवाद दिन्छु । म परम्परामा होइन, प्रगतिमा विश्वास गर्ने मान्छे हु“ । म प्रगतिवादी हु“ । परम्परावादी होइन । अब हर्ेर्दै जानुहोला यो बगै“चा विश्वकै एक नम्बरको नमुना बगै“चा बन्नेछ । तपाईं-हामी सबैको शिर ठाडो, छाती फराकिलो र नाक ठूलो हुनेछ ।”

भरिया, ज्यामी, इत्यादि

  • by

डोकोमा गाउँ बोकेर
उकालो लागेको धनमान
ठाँटी पाटीमा कतै
एक बर्को शान्ति ओढेर
निर्धक्क
थकाइ निदाउँछु भन्छ
भरियाले चाहेको त्यत्ति हो ।

शान्ति-युद्ध !

  • by

सङ्कटकालीन सहरमा कल्पना गर्नोस्
यहाँ सूर्य पहिले उदाउँछ कि
स्टोभ पहिले बल्छ ?
भगवान्ले बचाएका मान्छेहरू छन् कि
मान्छेले लुकाएका भगवान्हरू ?

कोलकाता, अन्तिम बिदाइ !

  • by

ओल्सिएको एक साँझ ।

रवीन्द्र भवन, वल्र्ड आर्ट टि्रयजर ।

उदीयमान एक बङ्गाली चित्रकार असीमकुमार घोषको ‘मोमिषा’ शीर्षकको चित्रकला प्रदर्शनी ।

एभाँगार्दे र दादावादका नयाँ संरचनाका चर्चाहरूसँगै कलाक्षेत्रमा देखिएका विविध प्रयोग ‘सर्रेलिज्म्’, अमूर्त अभिव्यञ्जनावाद, ‘फोटो रयिालिज्म्’, ‘जियोमेटि्रकल’ लगायत ‘मेटाआर्ट’ का विषयमा केन्दि्रत थियो कुराकानी ।

हुलिया हराइरहेछ

  • by

पातको नाद-कानपात नाप्दै-नाप्दै वेगले हानिरहेछ
हातको हात- दिनदहाडै- दिन तम्तम्याइलो पल्टिरहेछ
पेटीको बास भएर उठेको दम्को पेटीमै पल्टिरहेछ
माथि लक्ष्यको तादो नउठ्दै झ्वाट्ट चुँडिरहेछ ।