नेपाल साप्ताहिक
मेरो रामकहानी
मैले आमाको प्रेरणाबाट नौ वर्षो उमेरदेखि कनीकुथी गीत कथ्न थालेको हु“ । ११ वर्षो उमेरमा त मञ्चमा उभिएर गाउन सक्ने भइसकेको थिए“ । हिन्दी गीत मात्र गाउने प्रचलन रहेको ठाउ“मा एउटा ठिटोले आफ्नै लयमा नेपाली गीत कथेर गाउनु त्यसबेला ठूलै कुरा थियो । गीतका हरफ केही यस्ता थिए ः नरोउ रातको शशि उषा ती पर्खंदैछिन डा“डापार िए आमा ए आमा विश्वको लडाइ“मा जान भन्दिने भए भर्ती खुल्यो रे, गाइदे गाइदे गाइदे नीर लुकाइ गाइदे इत्यादि ।
माछापुच्छ्रेको शिरमा बीपी स्टाइलको टोपी
तर्राईमा हर्ुर्केर किशोरावस्थामा काठमाडौ“ आउ“दा भीमफेदीबाट तामदान वा डोकोमा बसे तापनि अलिअलि हि“डेको सम्झना छ । त्यसको ४०-४५ वर्षछि लुम्ले कृषि र्फमका हाकिमले झन्डै पा“च घन्टासम्म लुम्लेको वरपिर िहि“डाएका थिए, २०४५ सालतिर । चार-पा“च वर्षघि बद्रीकेदारको यात्रा गर्दा तेर्र्सो बाटो हि“डेपछि उकालो लाग्ने बेलामा घोडामा चढेको थिए“ । मेरो पहाड हि“ड्ने बानी छैन । त्यसैले त्यस्ता पहाडमा हि“ड्ने प्रस्तावहरू मैले अस्वीकार गर्ने गरेको थिए।
अनि म भएँ गोठाले
‘त्यसको भाले’ कथाबाट मेरो साहित्यारम्भ भएको हो । त्यही कथाले नै मलाई आजको यो ‘गोठाले’ बनायो । त्यो शारदा मासिकमा छापिने सुरसारमा थियो । प्रेसमा त्यसको ‘कम्पोज’ पनि भइसकेको थियो । यो प्रसङ्ग विसं १९९७ को हो । ठीक त्यसैबेला मलाई पक्रेर लगियो । त्यस समय प्रजा परष्िाद्ले पर्चा छरेको थियो । मैले पनि पर्चा छरेँ । र, मलाई समातेर लगियो । त्यस समय भवानी भिक्षुले शारदा हेर्नुहुन्थ्यो । उहाँले आशङ्का गर्नु भयो, “मेरो नाममै कथा छापियो भने म सरकारी चेपारोमा त पर्छु पर्छु, स्वयम् शारदा पनि पर्न सक्छ ।” तर, उहाँसँग त्यो कथा नछाप्नुको विकल्प पनि थिएन । त्यसैले भिक्षुले मेरो कथा पनि छापिने, शारदा को प्रकाशन पनि बच्ने नयाँ जुक्ति निकाल्नुभयो । फलतः उहाँले मेरो साहित्यिक न्वारान गरेर मलाई ‘गोठाले’ बनाइदिनु भयो ।
पारिजात केही सम्झना
२०२१ सालको कुनै महिना । कुनै दिन । बागबजारमा तिनताक एउटा होटल थियो । त्यहा“ हिन्दीका केही प्रख्यात कवि आएर बसेका थिए । कुनै निम्तोमा । र्सर्वेश्वर दयाल सक्सेनाको विविध सङ्ग्रह काठ की घन्टिया“ मैले मगाएरै पढेको थिए“ । उनीहरूबाट प्रभावित भएर मैले चिट्ठी पनि लेखेको थिए“ । आशय थियो, ‘पागल कुत्तो का मसिहा’ भन्ने उनको अत्यन्त चर्चित र मलाई मन परेको कथाको नेपालीमा अनुवाद गर्ने अनुमति माग्नु । र्सर्वेश्वरले सहर्षअनुमति दि“दै एउटा लामै पत्र लेखेका थिए । त्यस्ता र्सर्वेश्वर आउ“दा मेरो भेट्ने उत्सुकता तीव्र हुनु स्वाभ
विपरीत
मैले उसको पसलमा प्रवेश गर्दा उसले मुण्टो उठाएर हर्ेदा पनि हेरेन । उसको आ“खाले मलाई देखिसकेको थियो । किनभने मेरो आ“खा निमेषभर उसको आ“खासित जुधेका थिए । मैले साविकझै“ मुस्कान फाले“ । उसले नचाहेर ओठ खुकुलो पार्यो । तर, साविकझै“ मुस्कान फालेन । पहिलेपहिले ऊ दर्ुइ हात जोडेर ‘नमस्कार’ को लेघ्रो तान्थ्यो, “भन्नुहोस् हजुर केके सेवा गरौ“ …†” लाग्थ्यो, साहूनी मृदुभाषी छ, कोमल छ र छ मानवीय व्यवहारयुक्त …† तर, अहिले उसको मुखबाट बोली फुटेन । मैले नै पहल गर्दै अभिवादनस्वरूप एक हात उठाए“ । उसले मरेर एक हात ‘हाफ्’ उठायो ।
परिवर्तन
बगैचाको माली को हुने – यस विषयको चुनाव थियो । चुनाव सम्पन्न भयो । चुनावमा नया“ उम्मेदवारको जित भयो । पुरानाले हारे । चुनाव अलि असहज रूपमा सम्पन्न भए पनि मतदाताले नया“ आयो, नया“ले केही नौलो काम गरहिाल्ला भनेर चित्त बुझाएका थिए ।
बगै“चाको नया“ मालीको स्वागतमा कार्यक्रम राखियो । कार्यक्रमको अन्त्यमा नया“ मालीले उपस्िथत जमघटलाई आश्वस्त पार्दै भन्यो, “मलाई यो बगै“चाको माली बनाउनुभएकामा धन्यवाद दिन्छु । म परम्परामा होइन, प्रगतिमा विश्वास गर्ने मान्छे हु“ । म प्रगतिवादी हु“ । परम्परावादी होइन । अब हर्ेर्दै जानुहोला यो बगै“चा विश्वकै एक नम्बरको नमुना बगै“चा बन्नेछ । तपाईं-हामी सबैको शिर ठाडो, छाती फराकिलो र नाक ठूलो हुनेछ ।”
कोलकाता, अन्तिम बिदाइ !
ओल्सिएको एक साँझ ।
रवीन्द्र भवन, वल्र्ड आर्ट टि्रयजर ।
उदीयमान एक बङ्गाली चित्रकार असीमकुमार घोषको ‘मोमिषा’ शीर्षकको चित्रकला प्रदर्शनी ।
एभाँगार्दे र दादावादका नयाँ संरचनाका चर्चाहरूसँगै कलाक्षेत्रमा देखिएका विविध प्रयोग ‘सर्रेलिज्म्’, अमूर्त अभिव्यञ्जनावाद, ‘फोटो रयिालिज्म्’, ‘जियोमेटि्रकल’ लगायत ‘मेटाआर्ट’ का विषयमा केन्दि्रत थियो कुराकानी ।
