Skip to content


गरुड फेदकै बाटो भएर
गएको जात्राको रौनक
साटिएको छ घरिघरि
दुःख र रुवाइको सम्पन्न खबर भएर
डबलीमा खेलिरहेका
स-साना नानीहरूका आ“खामा
हिजो बेलुका समाचारको दृश्य
डोरिएको छ
मृत्युका चाङमा थपिएको चाङ
घामभन्दा भत्भति“दो राप
पालेर आङभरि
पहार तापिरहेका
बूढाहरूका कानमा
बिहान सुनेभन्दा बढ्तै मरेका
त्यही छ खबरको लहरोपहरो
चोकका लाट्टिएका अनुहारमा
ब्यू“तेर ठडिएको औ“लामा
बेपत्ता र छरपष्ट लासहरूको
पहिरोले पर्ुछ …
फेरि पर्ुछ
सूचना छ इमेलका डाटामा परिवर्तन
नगरी नहुने ।

गुरुडका छाया“मा
दुना र टपरी गा“सेर
समयको केस्रा केलाइरहेकी पुनमायाले
पर्ूण्ाता पाइरहेकी छ
मृत्युको उत्सवमा डुबेर
यो काष्ठमण्डपको मौन सत्तलमा
सधै“ धूप र फूल किन्नेहरूले
बिर्सर्ेे छन् जात्रा
आ“खामा घोषित एउटा शोक गीतको
धुनले छोडेको छैन चुम्न र दंश गर्न
जात्राको रङ छ रगतपच्छे ।

नेपाल साप्ताहिक १२९

Leave a Reply

Your email address will not be published. Required fields are marked *