खगेन्द्रले सपना देख्न छाडेको ठ्याक्कै पाँच वर्ष भयो। दुनियाँमा सबैभन्दा खतरनाक मान्छे त्यही हो, जो सपना देख्दैन, यसै भन्छन् अचेल खगेन्द्रका पुराना साथीहरू।
फेसबुकमा नयाँ प्रोफाइल तस्बिर राखेको एक घण्टा पनि भएको थिएन, उसको प्रशंसा शुरु भयो― “यु आर सो ब्युटिफुल, ह्वाट अ लुक, आइज लाइक द स्टार, भिजन एज द डेप्थ अफ सि…, सो सेक्सी…, क्यान यु गिभ मि योर फोन नं…।”
मेलवादेवी गुरुङ नेपाली आधुनिक गीतकी प्रथम नारी गायिका हुन्। सूबी शाहका अनुसार १९८५ सालमा भारत कोलकाताको हिज मास्टर भ्वाइस (एचएमभी)मा सवारी मेरो रेलैमा बोलको गीत रेकर्डिङ गराएकी उनी आफैँ गीत लेख्तै, धुन बजाउँदै गाउने गर्थिन्।
नेपाली गजल भण्डार समृद्ध नभएको र बौद्धिकस्तरमा गजल गाउने, सुन्ने र सराहना गर्ने चलन बसिनसकेको अवस्थामा पनि युवा पुस्ताका सर्जकहरू यो विधामा सशक्त कलम चलाइरहेका छन्। धीरेन्द्र प्रेमर्षिको समयलाई सलाम यस्तै एउटा प्रयास हो।
बेलायती प्रसारण संस्था बीबीसीका नेपाली सेवा प्रमुख रवीन्द्र मिश्रले २०५७-५९ मा आफ्नै नामबाट र २०६४-६६ मा मनुज चौधरीको छद्म नाममा नेपाल साप्ताहिकमा छपाएका ६८ वटा स्तम्भलेख तथा दुई प्रत्युत्तरको सङ्कलन हो― भूमध्यरेखा।
श्री ३ जङ्गबहादुर राणाले बेलायतपछि गरेको फ्रान्स यात्रा इतिहास प्रसिद्ध छ। उनका सन्तति डायमन शमशेर राणाको पेरिस भ्रमण पनि कम रोचक छैन। उनको पहिलो कृति वसन्ती (वि.सं. २००६) को अनुवाद छाप्न स्थानीय प्रकाशकले डायमनलाई सम्पूर्ण खर्च बेहोरेर पेरिस बोलाएछन्।