Skip to content


कस्तो रहेछ त सहर था भो
मान्छे हुन् कि प्रस्तर था भो

हाँस्ता पनि दुख्यो जब यो मन
दिवा-स्वप्नको असर था भो

सुरक्षार्थ खटिएका माली नै यहाँ
किन चोर्छ फूल अक्सर था भो

नजान्दा बोल्न यहाँ चाकडीको भाषा
गुम्ने रैछ कसरी अवसर था भो

सुकिला पहिरनका कुटिल मनहरूले
काँ-किन लुकाउँछन् खञ्जर था भो

छाडेर आफ्नो रमाइलो त्यो गाउँ
आउन नहुने यो सहर था भो।

हिमाल खबरपत्रिका पूर्णांक २७३

Leave a Reply

Your email address will not be published. Required fields are marked *