मधुपर्क २०६७ कात्तिक
तोयामा- खियामा र हेचाकुप्पा
खोटाङ जिल्लाको मलायाथुम्कीमा पातेसुङ र दिलिदुङ नामका किराँत पति-पत्नी बस्थे । उनीहरू कपासखेती गर्थे, धागो काट्थे र तानमा कपडा बुन्थे । यी किराँत दम्पत्तिका तोयामा र खियामा नामका दुई छोरी र हेचाकुप्पा भन्ने एउटा छोरा थिए । हेचाकुप्पा सानै (दूधे बालक) हुँदा पातेसुङ र दिलिढुङको देहान्त भयो । उनीहरूले मर्ने बेलामा तोयामा- खियामालाई भनेका थिए ः ‘सानो भाइलाई राम्रोसित पाल्नु-तिमीहरू सधैँ मिलेर बस्नु !’
मर्निङवाक
निद्रा राम्रोसँग नलागेर धेरै दिनदेखि भारी महसुस भइरहेको थियो । खानामा पनि रूचि घट्दै गएपछि एकदिन डाक्टरकहाँ जाँदा “साँझ बिहान हिँड्नुस्, पानी पिउनुस्, सोचाइ कम गर्नुस् । औषधि खाइहाल्ने बानी राम्रो होइन, फेरि औषधिले रोग निको पारिहाल्छ भन्ने पनि छैन, एक महिना लगातार दुवै समय हिँड्नुस् त्यसपछि पनि सुधार नभए आउनुस् भनेपछि म औषधि बिना घर फर्किएँ । काम काम मात्र जहिले पनि, सधैं व्यस्त । समय निकालेर त्यसरी हिँड्न कहाँ पाउनु ? फेरि यो धूँवा धूलोको सहर, अव्यवस्थित बसोबास, जताततै फालिएका फोहोरका पहाड, कहाँ हिँड्नु कामको तनाव र अरू अन्य केही कारणहरूले विगत केही महिनादेखि राम्रोसँग निद्रा लागिरहेकेा छैन ।
साँइली औँलाको औँठी
सगुन बारम्बार एस्.एम्.एस्. गरिरहन्थ्यो तर सृष्टिबाट त्यसको प्रत्युत्तर कमै मात्र हुन्थ्यो । समय बित्दै जाँदा दुवै जनाबाट बराबर जस्तै एस्.एम्.एस्. हुन थाल्यो । साँच्चैभन्दा त एस्.एम्.एस्. दोहोरी नै हुन्थ्यो । एक पटकको शृङ्खला १३/१४ एस्.एम्.एस्. सेवाबाट मात्रै टुङ्ग्यो तर मन नलागिनलागी टुङ्ग्याउनु पर्ने बाध्यताले ।
सोख
शुक्रबार सोखिन प्रकाशनले उत्कृष्ट बालबालिकालाई पुरस्कृत गर्ने कार्यक्रममा निम्त्याएको थियो ।
सहभागीहरू ७० जनाजति रहेछन्! ती प्रायः पुरस्कृत हुनेहरूका आफन्तजस्ता थिए । समारोह हल पनि राम्रै थियो । निमन्त्रणा-पत्र अनुसार कार्यक्रम अढाई बजे सुरु भएर साढे तीनबजे सकिनु पर्ने थियो । साढे दुई बजेपछि सिटमा बसेर कार्यक्रम उद्घाटनको प्रतीक्षा गर्दै सङ्क्षिप्त अभिलेख पल्टाउन थालियो । आयोजकहरू बेग्लै धुनमा तन्किरहेका देखिन्थे । प्रतीक्षारत सहभागीहरू औँला पट्काएर हाई काढ्न थाले । बेलाबखत लघुशङ्काका लागि बाहिरिन्थे पनि ।
दुर्घटना
बच्चा जन्मेको धेरै समय बितिसक्दा पनि युवती न कुनै प्रतिक्रिया, न कुनै उत्साह नै व्यक्त गर्छे । युवतीको त्यो व्यवहार देखेर सिस्टरहरू सोझै अड्कल लगाउँछन्, “उनी कुनै गहिरो सोचमै डुबेकी छिन् ।”
रमा सिस्टरले युवतीको एकाग्रता भङ्ग गर्दै भनिन्-”होइन बहिनी, तपाईं त मुर्दाजस्तै हुनुभयो नि ! छोरो कि छोरी के जन्मियो भन्ने पनि सायद पत्तो छैन, किन यसो गर्नुभएको ?”
ग्रहण
दया र माया दुई दिदी-बहिनीको मेलमिलाप देखेर टोलवासीहरू छक्क पर्थे तर घरभित्रका घटनाहरूबारे भने तिनीहरू अनभिज्ञ नै थिए । घरमा भाइहरूको भन्दा पनि उनीहरूको नै हैकम चलेको देखिन्छ । आमाबाबुबिहीन घरमा सासुससुराको भूमिका पनि तिनै दिदीबहिनीले निभाइरहेका टोलवासीहरूले मूल्याङ्कन गरे तर सामाजिक मानमर्यादालाई बिर्सेर भाइबुहारी माथि अत्याचार लादिएको यथार्थ घरको पर्खाल चिरेर बाहिर निस्केन । अत्याचारको सीमा नाघेपछि जेठो भाइ-बुहारी घरबाट बाहिरिए ।
फेरि भेटिएनन् तिखेमार
तिखेमार २६ वर्षको क्रोसियन युवक हो । उसको अग्लो शरीर र बान्की परेको गोरो अनुहारले जो कसैलाई पनि आकषिर्त गर्छ । उसका लागि हुरूक्क हुने केटीहरू पनि प्रसस्तै छन् तर ऊसँग विगत पाँच वर्षदेखि कुनै केटी साथी छैनन् । उसले कुनै केटी साथी बनाउने र जीवनलाई रङ्गिन बनाउने सपना पनि देख्न छाडिसकेको छ । युरोपियन समाजमा उसको उमेरका केटाहरूसँग गर्लफ्रेन्ड नहुनुलाई पनि एउटा अनौठो घटनाका रूपमा हेरिन्छ तर यो सत्य हो कि ऊसँग कुनै गर्लफ्रेन्ड छैन ।
तसलीमाको लज्जा र हिजो आज
करिब सत्र वर्षअघि प्रकाशित डा. तसलीमा नसरिनको उपन्यास ‘लज्जा’ अहिले पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक देखिन्छ । विशेषगरी लज्जाले जहाँ कुनै पनि वाहानामा जातीय सद्भाव खलबलिन्छ वा खलबलिएको हुन्छ त्यहाँको अवस्था कति दर्दनाक हुन्छ भन्ने कुरालाई साङ्गोपाङ्ग केलाउने प्रयास गरेकाले समसामयिक राजनीतिक परिवेशमा झनै सान्दर्भिक हुनपुगेको छ । सन् १९९२ को डिसेम्बरमा भारतको अयोध्यामा घटित बाबरी मस्जिद काण्डपछि बङ्गलादेशका बहुसङ्ख्यक मुसलमानहरूद्वारा अल्पसङ्ख्यक हिन्दुहरूमाथि गरिएको अत्याचारको विषयलाई लिएर लेखिएको लज्जालाई लेखिकाले बङ्गलादेशलाई माया गर्ने सबैको हारको दस्तावेज मानेकी छन् ।
इमिग्रान्टको बस्तीः न्युयोर्कलाई नियाल्दा
हड्सन नदीको मध्य टापुमा रहेको विशाल ‘स्टाच्यु अफ लिबर्टी’ अर्थात् स्वतन्त्रताकी प्रतिमूर्तिले संसारभरिका इमिग्रान्टलाई बिना भेदभाव अमेरिकामा बस्न सक्ने प्रेरणा दिएको पाइन्छ । मूर्तिमा लेखिएका हरफले मानवीय मूल्यमा चुनौतीको आहृवान गरेको छ । ‘तिम्रो थकान गरिबी तिम्रो चुनौती मलाई दिई यो देशलाई स्वतन्त्रतापूर्वक अबलम्बन गर स्वीकार गर’ यही लेखिएको छ । लिबर्टीको छेउमा ‘एलिस् आइल्यान्ड’ सुरुका इमिग्रान्टका लागि प्रवेशमार्ग नै रहेको थियो । नाविक मार्गबाट प्रवेश गरी त्यहाँ पुगेर स्वास्थ्य परीक्षण गरेपछि मात्र न्युयोर्क सहर छिर्न पाउँथे पहिलेका इमिग्रान्टले ।
न्युयोर्क यात्रा र थ्याङ्क्स गिभिङ डे !
थ्याङ्क्स गिभिङ डे अर्थात् धन्यवाद दिवस ! कति मीठो शब्द ! चट्ट चटनी चाटेझैँ अझ ! मह चाटेझैँ स्वादिलो ! मैले अमेरिकामा पाइला टेकेपछि नै सुनेको शब्द ! रसदार ! यस्तो अमेरिकाको ठूलो चाड म बबुरोलाई के पत्तो ! दुई-तीन दिन सरकारी बिदा ! रमाइलो वातावरण ! अमेरिकीहरूको उत्सुकताको क्षण ! चाड मनाउन अमेरिकीहरूको धेरै दिनदेखिको पर्खाइ ! हाम्रो दसैँजस्तै ठूलो चाड ! सुन्दैमा दसैँको सयपत्री फूल फक्रिएको आभास मग्मगाउँछ ।
- « Previous
- 1
- 2
- 3
- Next »
