सँगै थियौं हिजोसम्म, आज भयौँ पर
लगनमा मुस्कुराउँदै, तिम्रो सिउँदो भर ।
हाँसो, आँसु बरोबरी, भन्थ्यौ दीप जलाई
कहाँ गयौं हाँसोबोकी, आँसु दिई मलाई
बदलामा भत्काउँदिन, तिम्रो सुन्दर घर
लगनमा मुस्कुराउँदै, तिम्रो सिउँदो भर ।
सम्झिएर तिमीलाई, तिम्रै तस्बिर छुन्छु
टोलाएर एकान्तमा, घरीघरी रुन्छु
तिम्रो यादमा म रोए नि, तिमी हाँस्ने गर
लगनमा मुस्कुराउँदै, तिम्रो सिउँदो भर ।
सँगै थियो हिजोसम्म, आज भयौं पर
लगनमा मुस्कुराउँदै, तिम्रो सिउँदो भर ।
छातेढुङ्गा-७, तेह्रथुम
