कविता
नारी तिमी अघि बढ
कति अँध्यारामै रम्ने बानी गर्ने
उज्यालोका पाटा पनि धेरै छन्
हेर्नैै पर्छ त्यहाँ तिमीले
घाम छ, जुनेली उज्यालो रात छ
पुरुष जत्तिकै प्रकृतिकै वरदान छ
नारीको समाधानका लागि
एनजिओहरु छन्
जागरण कार्यक्रमहरु छन्
डलरको खेती खुबै गर्छन्
नारीका समस्या ज्युा का त्युँ नै छन्
त्यसैले
आफैँ उठ्नुपर्छ
एक नारीका लागि सबै जुर्मुराउनु पर्छ
सबैको हक त्यहीँबाट आउँछ
कुनै कुरामा कमी छैन
गम्भीर मात्र बन्ने होइन
समस्यासँग जुझ्ने बानी हुनुपर्छ
हातमा हात मिलाउनुपर्छ
काधमा काँध मिलाउनुपर्छं
सहरकी दिदबिहिनी मात्र नारी होइनन्
ग्रामीण आमा पनि नारी नै हुन्
उनलाई पनि त्यत्ति नै हक छ
जत्ति तिमीलाई छ
नारी तिमी उठ
एउटी नारी शिक्षित भए
परिवारलाई मात्र होइन
पिँढीलाई पनि शिक्षित बनाउन सक्छिन्
त्यसैले नारी विकास हुन्
नारीलाई दूर दराजमा होइन
पुरुषसँगै समानान्तरमा ल्याउनुपर्छ
नारीले संसार राम्रो बनाउन सक्छिन्
कठोर अत्याचार हुँदा
धेरैधेरै तलसम्म गिराउँदा
स्नेही भनेर
शान्तिका प्रतिक भनेर
सहनशीला भनेर
धेरै खप्की खाएर बस्नु हुन्न अब
नारी मौन मात्र हुनुहुन्न आज
इज्जतका खानी नारी नै हुन्
पुरुषले यसबाट सिक्नुसक्नुपर्छ
नारीले पनि आवाज उठाउनुपर्छ
नारीले सबैलाई मातृत्त्व प्रेमले हुर्काए
तर मातालाई सम्मान गर्दैनन् सन्तानहरु
नारीमाथि भेदभाव व्याप्त छ
यो दूषित पर्दालाई च्यात्नुपर्छ
स्वर्ग यो देश हाम्रो

शिर मुकुट हीराको विश्वको ताज राम्रो
प्रकृतिज ढुकुटी यो रत्न सौभाग्य हाम्रो
अतुल जल अनेकौँ रूपमा जेलिएका
प्रकटित जलधारा निर्झरी हेलिएका ॥१॥
मलाइ बिथोल्ने सपना
………………………….
सम्बन्ध अनि रहर हरुले
चिच्याउदै एक्कासी हाम फालेछन
त्यो कठोर गङ्गा कति पबित्र
कठैबरा !!!
ममताको आशिर्वादले कति धानोस
मनका बेग अनि आबेग
बस तीनलाई सलाइ मात्र कोर्नु पर्छ
बस कुनै ऋतु पर्खिनु पर्दैन
लौ आज पनि तेइ सपनाले बिथोलेछ क्यार
हजार चोटि बिर्सदा पनि चिर निन्द्रमा
सपना बनी फर्की आउने के त्यो सत्य होला त ?
लोभी मन न हो ? अलिकता आशा लुक्दो रहेछ
प्रश्न अनि उत्तर कता कता भौतारिन्छ्न कुन्नी ?
अन्ततः थकानले नि सुस्केरा हालेर चिच्याउछ्न
भविस्य पनि वर्तमान देखेर हास्दो हो
नत्र हातका रेखा हरु किन मेटिदै जादैछ्न
पृथ्वीको पुकार
बन्यौ स्वार्थी, लोभी भन किन तिमी सन्ततिहरू ?
लुछ्यौ छाला, लाम्टा, रगत पनि चुस्छौ कति अरू ?
गला घोटी घोटी रिपु सरह हान्यौ मरणमा
दया भिक्षा माग्दै अब त म परेँ लौ शरणमा ।
म सग्लो प्राणी हूँ, वरिपरि घुमाऊ नजर त्यो
नदी नाडी सम्झे जल रगत नै सम्झ तनको ।
लता झाडी हुन् रौँ, हिमगिरि भयो माथ बुझ यो
बुझे ढुङ्गा हड्डी, सकल धरती यो तन भयो ।
चिमड्या, चिम्वा रे चिम्स्याकी बानिका हम
चिमड्या, चिम्म्म्वा रे चिम्स्याकी बानिका हम
तीन गैलन छाँचकी खाइबरे चिलिम कि दम
भण्णाकी त भण्णान अच्यालका गिठ्या हम लै के कम ?
उतिमाइका बैक हुन्थ्या लतलतना ठुली धुरी रखच्च्या जम-खम
खिउन्या, तिमुली, बाजुरका रोटा मोडि चपायाका
कोदो, जौ, चिनु, काउनु, गानरो, मुदुराका रोटा दबायाका
मच- मचानी नाडी रे माँछली खणिखाणी खेत बजायाका
ढिकी, ओखल, तम्या तौला नाज लैजाइ घट्ट नचायाका

उनको सामीप्यताले उब्जाएका
नारी यहाँ छन् उपभोग्य बस्तु
शायद म जन्मिदा
प्रकृति काख जन्मियौ नाम माधव भनेर
सरकार
बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मझिन्थोक बस्ती बसेरा र टारी
विदेशमा बसेर
यो शरद् कालमा घुम्न जाऊँ कतै
धरतीशिर हिमालबाट सभ्यता फैलेको