Skip to content

कविता

यात्री

उनको सामीप्यताले उब्जाएका
मनका अनेकौ अन्तर सङ्घर्षहरुलाई
थुञ्चेभरि भारी बोकाएर
घनघस्याको उकालो चढाए पनि
कहिल्यै नथाक्ने ऊ एउटा बटुवा

न थाक्ने छन् उसका आशा अनि अभिलाषाहरू

नारी के हो त्यो बुझौ

नारी यहाँ छन् उपभोग्य बस्तु
चुल्हो चौको उनैले खट्छिन्
घरको काम दिनरात गर्छिन्
जवान भएपछि अर्कै जात हुन्छिन्

काम गर्दागर्दा सास फेर्न पाउँदिनन्
घर फर्कँदा ढिलो आउने छुट हुँदैन

नारी तिमी अघि बढ

कति अँध्यारामै रम्ने बानी गर्ने
उज्यालोका पाटा पनि धेरै छन्
हेर्नैै पर्छ त्यहाँ तिमीले
घाम छ, जुनेली उज्यालो रात छ
पुरुष जत्तिकै प्रकृतिकै वरदान छ
नारीको समाधानका लागि
एनजिओहरु छन्
जागरण कार्यक्रमहरु छन्
डलरको खेती खुबै गर्छन्
नारीका समस्या ज्युा का त्युँ नै छन्
त्यसैले
आफैँ उठ्नुपर्छ
एक नारीका लागि सबै जुर्मुराउनु पर्छ
सबैको हक त्यहीँबाट आउँछ
कुनै कुरामा कमी छैन
गम्भीर मात्र बन्ने होइन
समस्यासँग जुझ्ने बानी हुनुपर्छ
हातमा हात मिलाउनुपर्छ
काधमा काँध मिलाउनुपर्छं
सहरकी दिदबिहिनी मात्र नारी होइनन्
ग्रामीण आमा पनि नारी नै हुन्
उनलाई पनि त्यत्ति नै हक छ
जत्ति तिमीलाई छ

नारी तिमी उठ

एउटी नारी शिक्षित भए
परिवारलाई मात्र होइन
पिँढीलाई पनि शिक्षित बनाउन सक्छिन्
त्यसैले नारी विकास हुन्
नारीलाई दूर दराजमा होइन
पुरुषसँगै समानान्तरमा ल्याउनुपर्छ
नारीले संसार राम्रो बनाउन सक्छिन्
कठोर अत्याचार हुँदा
धेरैधेरै तलसम्म गिराउँदा
स्नेही भनेर
शान्तिका प्रतिक भनेर
सहनशीला भनेर
धेरै खप्की खाएर बस्नु हुन्न अब
नारी मौन मात्र हुनुहुन्न आज
इज्जतका खानी नारी नै हुन्
पुरुषले यसबाट सिक्नुसक्नुपर्छ
नारीले पनि आवाज उठाउनुपर्छ
नारीले सबैलाई मातृत्त्व प्रेमले हुर्काए
तर मातालाई सम्मान गर्दैनन् सन्तानहरु
नारीमाथि भेदभाव व्याप्त छ
यो दूषित पर्दालाई च्यात्नुपर्छ

MansiManohar

नवजीवन

शायद म जन्मिदा
तिमीले जीवन पाएकी थियौ
पहिलो पटक डाँको छाड्दा
मनले हाँसेकी थियौ
खुशीले नाचेकी थियौ

त्यसपछि कहिल्यै हाँसेनौ … म रुँदा
पहिलो पटक म रुँदा हाँसेकी तिमी
त्यसपछि म रुँदा तिमी रुन्थ्यौ
म हाँस्दा तिमी हाँस्थ्यौ
सँगै गाउँथ्यौ हामीसँगै नाच्थ्यौ

हार्दिक श्रद्धाञ्जली कविवर !

प्रकृति काख जन्मियौ नाम माधव भनेर
ती गौरीशङ्कर द्रौपदीदेवी सुपुत्र बनेर
लम्जुङे डाँडा पुस्तुन गाउँ अति नै सुन्दर
बितेको थियो त्यो बालापन हुर्केर त्यै घर

स्वर्ग यो देश हाम्रो

  • by
DharmaRajKoirala

शिर मुकुट हीराको विश्वको ताज राम्रो
प्रकृतिज ढुकुटी यो रत्न सौभाग्य हाम्रो
अतुल जल अनेकौँ रूपमा जेलिएका
प्रकटित जलधारा निर्झरी हेलिएका ॥१॥

Read More »स्वर्ग यो देश हाम्रो

प्रश्न

सरकार
जनतालाई हुकुम तामेल गर्छ
सधैँ मिठोमसिनो र तागतिलो खानु
जनतालाई
यहाँ सास अड्याउनै मुस्किल छ
त्यो झोलिलो मोलिलो
र तागतिलो सरकारले नै खानु

मेरो देशमा दीपावली छ

बिन्ती आज मेरो यो छातीमा बन्दुक नपड्काऊ
मेरो देशमा दीपावली छ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ

दाजुहरू हातमाहतियार र गर्धनमा गन बोकेर भन्छन (२)
भाइ भारतका गान्दी बोलाऊ
र यो देशका बुद्धहरुलाई जगाऊ
बरु आऊ तिमी पनि मेरी बहिनीको टीका लगाऊ
मेरो देशमा दीपावली छ

हितोपदेश – सत्कर्म

रोएर झगडा भएर तगडा, पाइन्छ के जगतमा ?
पाइने सारा भरिइ दुखले, स्वार्थ जो फगतमा
रुवाइ आदि हो र अन्त्य पनि हो, के रैछ यो जीवन ?
नपुग्दै मनका इच्छा र चाहाना, चुडिन्छ यो रिवन ।

गाउँको सम्झना

मझिन्थोक बस्ती बसेरा र टारी
उकाली तरेली बगैंचा र बारी ।
सखारै छिमेकी मिलेरै जुटिन्थ्यो
यथाशक्ति जोतेर डल्ला चुटिन्थ्यो ।।

उज्यालो नझर्दै सकिन्थ्यो भकारो
अलौटा मकैले मजैले डकार्यो।
सबै याद आई परेली भिजायो
पुराना कुराले कलेजी बिझायो ।।

मलाइ बिथोल्ने सपना

………………………….
सम्बन्ध अनि रहर हरुले
चिच्याउदै एक्कासी हाम फालेछन
त्यो कठोर गङ्गा कति पबित्र
कठैबरा !!!
ममताको आशिर्वादले कति धानोस
मनका बेग अनि आबेग
बस तीनलाई सलाइ मात्र कोर्नु पर्छ
बस कुनै ऋतु पर्खिनु पर्दैन
लौ आज पनि तेइ सपनाले बिथोलेछ क्यार
हजार चोटि बिर्सदा पनि चिर निन्द्रमा
सपना बनी फर्की आउने के त्यो सत्य होला त ?
लोभी मन न हो ? अलिकता आशा लुक्दो रहेछ
प्रश्न अनि उत्तर कता कता भौतारिन्छ्न कुन्नी ?
अन्ततः थकानले नि सुस्केरा हालेर चिच्याउछ्न
भविस्य पनि वर्तमान देखेर हास्दो हो
नत्र हातका रेखा हरु किन मेटिदै जादैछ्न

विदेशमा गाउँघर र तिहार सम्झदै

विदेशमा बसेर
म पहाड सम्झदै छु,
पहाडसँगै चाडबाड र
ढकमक्क फुलेका
सयपत्री र मखमली सम्झदै छु,
लिङ्गेपिङ सम्झदै छु,
लिङ्गेपिङसँगै
तिहार र भाइटीका सम्झँदैछु ।

मेरा निराशाहरु

…..र त त्यो त्यसै आकाशमा मडारिंदै थियो
घनिभुत अन्धकारमय
अनि त्यो अत्याश लाग्दो
उचालेका पाइलाहरू त्यसै रोकिदैथिए
किन ? अनुत्तरित मौन विचार
मछौटेको जाल झै फनफनी घुमिरहेका
हारजीत अनि उत्सवका चित्कारहरू

DiwakarRegmi

पृथ्वीको पुकार

बन्यौ स्वार्थी, लोभी भन किन तिमी सन्ततिहरू ?
लुछ्यौ छाला, लाम्टा, रगत पनि चुस्छौ कति अरू ?
गला घोटी घोटी रिपु सरह हान्यौ मरणमा
दया भिक्षा माग्दै अब त म परेँ लौ शरणमा ।

म सग्लो प्राणी हूँ, वरिपरि घुमाऊ नजर त्यो
नदी नाडी सम्झे जल रगत नै सम्झ तनको ।
लता झाडी हुन् रौँ, हिमगिरि भयो माथ बुझ यो
बुझे ढुङ्गा हड्डी, सकल धरती यो तन भयो ।

शरद्

भन्थे वसन्त ऋतु हो ऋतुराज तुल्य
यो याममा प्रकृति हुन्छ बडो अमूल्य
यो सोच सत्य अब मान्नु कदापि हुन्न
त्यो धारणा सहज सक्छ शरद् उछिन्न ।।

जाडो छ धेर अथवा न छ उष्ण धेर
यो भव्य याम प्रभुले उहिल्यै रचेर
हामी मनुष्यतिर यो ऋतु सुम्पिएछन्
मनौँ नयाँ सृजन नै प्रभुले दिएछन् ।।

ShivaRajKalauni-02

चिमड्या, चिम्वा रे चिम्स्याकी बानिका हम

चिमड्या, चिम्म्म्वा रे चिम्स्याकी बानिका हम
तीन गैलन छाँचकी खाइबरे चिलिम कि दम
भण्णाकी त भण्णान अच्यालका गिठ्या हम लै के कम ?
उतिमाइका बैक हुन्थ्या लतलतना ठुली धुरी रखच्च्या जम-खम

खिउन्या, तिमुली, बाजुरका रोटा मोडि चपायाका
कोदो, जौ, चिनु, काउनु, गानरो, मुदुराका रोटा दबायाका
मच- मचानी नाडी रे माँछली खणिखाणी खेत बजायाका
ढिकी, ओखल, तम्या तौला नाज लैजाइ घट्ट नचायाका

राष्ट्रकवि माधवप्रसाद घिमिरेप्रति

धरतीशिर हिमालबाट सभ्यता फैलेको
वीरका छोरा नेपाली आज खै किन वैलेको?

राष्ट्रका कवि माधव तारा मुटुमा धड्केर
काँगडा टिष्टा सँकेत गर्थे हेरौन फर्केर