कविता
गर मङ्गल रक्षण
अधिक मासका साथ, प्रमादी नाम संवत
नाम सार्थक पार्दैछ, देखाई शक्ति वर्कत ।।
कोरुना रूप दावाग्नि, लागेको छ भवाटवी
पुटपाक भएको छ, उत्साही भावना दवी ।।१।।
दैवी प्रकोप भू-कम्प, बाढी पैह्रो र कोरुना
गन्तव्यस्थलमा पुग्न, चलेका यात्रु वाहन ।।
भई दुर्घटना कोही, भएका छन् हताहत
कोही गम्भीर घाईते, भए कोही दिवंगत ।।२।।
मृत्युलाई जितेको रात
मृत्युलाई जितेको त्यो कालो रात
मेरो भयानक सपना …….
…..यो शब्द को मिठास लाग्ला
तर मेरा लागि यो त आलो घाउ हो
निको हुन लाग्दा फेरि चोकेले घोचेर बल्झिएको जस्तै
चहर्याउथ्यो पोल्थ्यो दुख्थ्यो कटकटी
सजिव हुने मेरा हरेक प्रयास शुन्यतामा विलिन हुन्थे
अनिदोमा छ्ट्पटिएका ती बिकराल रातहरुलाइ
पहरा अध्याराले दिन्थे
मृत्युन्जय मन्त्र दिवारले गर्थे
बस मेरो हाल खबर सोध्न ती आउथे
जस्लाइ म हुनुको कुनै पर्वाह थिएन
म लाचार थिए
भिख माग्थे
दयाको हैन मृत्युको
त्यो पनि आफ्नै सास सङ्ग
निस्केर जा भन्ने अनुमती पटक्कै नसुन्ने
दशैको गिफ्ट
यो ठुलो महल यी रङ्गिन भित्ता
यो अन्धकारदेखि डर लाग्न थाल्यो छोरा
आफ्ना छाला र आकृतिदेखि म आफै तर्सिन थाले
आज हात खुट्टा कर कर खादै थर थर काँप्दैछ्न
जसरी त सानामा थिगिरी थिगिरी गर्दा काँप्थिस
त्यसैले यो दशैंमा म बुढोलाई केही चाहिदैन
बस अलिकति तेरो समय किन्दे
मेरो वृद्ध भत्ता लिएर भए पनि छोरा
तेरो थोरै फुर्सद किनिदे ।
नेता
नेता र मेता भए भुक्त्त भोगी
सन्यासी देशको जनता छ जोगि
धने धनविर हुँदै जो ब्यास बढछ
मै खाउ मै लाउ को तब प्यास चढ्छ
म केही गर्न सक्ने भए
फुकेर बेलुन जस्तै पृथ्वीको आकार बढाउन सक्ने भए
तिम्रो र मेरो सानो टापु हुनेथियो
जम्बु दिप कुश दिप सबै तेसमै हुने थियो
कन्दराको झरनाबाट झर्ने पानीलाई
अङ्कमाल गरेर म तिम्रै नाम लिइ चिच्याउने थिए
शान्ति …..शा…..न् …….ती…….
मेरा आवाजले गुन्जयमान अनेकौ नागबेलीहरु
रातो टीका र कपालमा रिबन गासेर छ्मछ्म नाच्ने थिए
रङ्गी बिरङ्गी पुतलिहरुले तिमिलाइ जिस्काउदै
हामी हुनुको आभास दिलाउने थिए
फक्रीदै गरेका पुस्पगुच्छाहरु
तिम्रो मुस्कानको व्यग्र प्रतीक्षामा हुने थिए
अनि तिम्रो एक उन्माद हासोमा
प्रत्येक निर्जीव प्राणि पनि खुशीले ताली पिट्ने थिए
नया युग कोरियोस
हाम्रा दृष्टान्त अनि बृतान्त
फरक घोषित अघोषित
युद्धमा होमिएको लडाकु जस्तै
पल पल द्रब्यदान ले बाचिरहेछ
दधिचि ऋषि गुमनाम छन तेसै
यहाँ भुगोल दान दिनेको चर्चा परिचर्चा छ
स्वार्थले कलङ्कित मात्तिएको त्यो रुखोपन
अनि मेरो देशले फेर्न नपाएको नभेटेको अक्सिजन
कपुत ब्वासोले स्वशाशित मेरो राज्यमा
बलात्कारि भ्रष्टाचारी आदमखोरी हैन
सम्पन्नता समुन्नत अमनचयन फासिमा झुन्डिरहेछ्न
यमराजको कोर्रा को आवाज अनि तातो तेल
मेरि आमाको दन्ते कथा
कथा हुन या वास्तविकता
सपना हुन या बिपना कुनै फरक छैन
पल पल भय र त्रासले स्वास फेर्न बिर्सिरहेछ्न
राम राज्य भनी फुइ लगाउनु कत्रो लाजमर्दो
म केवल हेरिरहे
२०५७/५/२१
फटा फट अगाडी बढिरहेका पाइला हरु
भुमि पहिरो जना लागे झैँ धर्खराउछ्न
अनि एक सुस्केरा ..हालेर
सखुवाको पात मा बिडी बेर्छु
अनि पोल्टाको सलाई निकाली झ्वारर बाल्छु
हात हरु किन किन थर्थराए झैँ गर्छन
पुन मेरा विक्षिप्त पाइलाहरु
बिरालोको चालमा अगाडी बढ्छन
तर
तर मेरा यी निरिह आँखा हरु टक्क हुन्छन
ती रगत को आहालमा सुतेका
चिर निन्द्रामा त कोहि
छटपटाइ रहेका
अनि कोहि जीवन र मृत्यु को दोसाधमा
संघर्स गरिरहेकाहरु
मेरो मुटु एका एक
अनियन्त्रित रुपमा धड्किन थाल्छ
जिउ सिरिङ्ग हुन्छ
शरीर ढक्क फुल्छ
देश छोडे पछि जे फेरियो
म फेरीए
मेरा आफन्त फेरीए
म सङगैका मेरा दौतरी फेरीए
अनि यो समय फेरीयो
यो बदलाव घनिभुत बाध्यताको स्पर्शले
मेरा निरर्थक आवाजहरु फेरिए
जिन्दगिमा गाला चड्किने झापट खादै थिए म
येता मलाइ हेर्ने दृस्टि फेरिए
सजायको भागिदार म
सबको नजरमा अपराधी भए
सबै तपाइकै मर्जिबाट चल्छ भने हे भगवान
कसरी म अपराधी भए ?
म अनि मेरा प्रश्न अनुत्तरित
अब त मैले बोल्ने शब्दै फेरिए
सुन्दर एउटा महल बन्यो म महलको राजा बने
झट्ट आँखा के खोलेथे मैले बस्ने महल फेरियो
कर्मठ्शिल जीवन उजाडताले रङ्गायो
हेर्दा हेर्दै मैले पाइला टेक्ने जमिन फेरियो
बाच्ने अनि जिउने रहर निमोठिन्छ्न तेसै
सुन्छु मैले जिउने भुगोल फेरीेयो
जीवनको अमृत पिउन देउ
यो सहर को धिप धिपे आगो म
खरानि उडेको बर्सौ भैसक्यो
आकाश गर्जेको युगौ भैसक्यो
देख्या थिन बादल बर्सेको
बिना बादल असिना पानी पर्दा
कयौ दिन येसै टोलाएछु
मेरो अज्ञानको प्रादुर्भाव भनौ या
रुवाइ र सुन्यताको प्रभुत्व
पुष माघको चिसो सिरेटोले
तारे भिरमा हुत्याएका मौलाकाजिका सपनाहरु
त्रासदिले प्रातडित भएर देहत्याग गर्न बाध्य छ्न
वर्सात पछिको खुलेको आकाश हेर्न
लालायित जीवनका हरेक तरंगहरु
मडारिदै भौतारिदौ आइ पुग्छ्न मेरा नगिच
तर अफसोच यो शहरको आगो म
स्थाइत्व कुनै येस्तो चिज छैन
जल्छ बल्छ सकिन्छ अनि बिलाउछ्न एकान्तमा
डुङ्गाको पैतालाको आकार जस्तै
नदिका छाल हरु सङग पौठेजोरी खेल्दै

बाल्यकालमा,
अनन्त इच्छा जब पूर्ण हुन्नन्
एकाबिहानै,निद्राबाट ब्यूँझाएर
तिम्रो अविरल स्पर्शको कुराइमा
आफ्नो खोकी पो खोकी
कविता खोज्न
जस्को कतै घरै छैन, धमिरा कहाँ बस्छ र ?
सरकारलाई मात्र गन्न आउँछ,
(एक)