Skip to content

कविता

मन को मिलन

तिमिले अनुमती दिएउ
तिम्रो जीवनका पानाहरु पल्टाउन
मन हरु डुलमुलाउदै
पाना हरु पल्टाउन थाले
नयनहरु रसायेर टिलपिल पार्दै
तिमिले भोगेका जीवन का रङरस,
पीडा वेदना , उत्सव हार
म बुज्दै गऐ
तिम्रो जीवन का सातै रङ्ग ।

पानाहरु पल्टिदै छन्
म पढ्दै,,,
कति पढेँ
कति बुझ्न सके
मलाइ ऐकिन भयेन
तर जति बुझे
तिमी मा म पाँए
लाग्यो तिमी.. म नै हौ
बिचार र भवान को कस्तो संगम
त्यो मन र यो मनको ।

सावधान देउरालीवासी

उफ्फ़ …………..
सुस्केरा ले धकेलेको पवन को प्रबेगलाई
न दाज्न सक्छु म…………….
उठेका प्रत्येक मानवीयताका पाईलाहरुमा
विश्व हाक्ने अधुरा सपना हरु बोकी
अनेकन सिद्धान्त र त्यस्का  का अनुयायी हरु
वर्षा ऋतु को झम झम झरी मा
गाऊ गाऊ शहर शहर चारैतिर फैलिएको भयानक डढेलो संगै
भ्यागुता हरुको महाप्रलयको उदघोश जस्तै
नतमस्तक लोलाएका यी मेरा दिवा स्वप्नहरु
…………………………
हरेक दिन औसी को कालरात झैँ कम्पायमान
उर्लिदो खहरे को उचाई सरि
हरपल त्रसित यो मानसपटल मा
मानव जगत को भिषण आगलागी
न छ त्यहाँ कुनै दमकल
न छ कुनै संयन्त्र …………

म के गरौ ?

म मेरो मातृत्व अनि आज को परिवेश
सुक्ष्म सुक्ष्म गरि खण्डिकृत मेरो मौलिकता
आत्मियता सद्भाव अनि नया युगको पुनर्जीवन
हाइ यी मेरा सामाजिक कुण्ठाले फेरि घाटि निचोर्न आइपुग्छ्न
चार जात छत्तीस वर्ण परिवर्तन भैसक्यो
प्रतिगामी भइन्छ त्यो कुरा गरे
अब भन दाजै म के गरौ ?

बोल्ने मे रो सास र सामर्थ्य निरीह
हराउदै गरेका घरका खम्बाहरु
छिमेकीको धुर्बे हात्ती आतंक
मतलब नै छैन याहा कसैलाइ
छ त केवल युद्ध निम्त्याउने जातिय पहिचान को
अब भन दाजै
नेपालै नरहे हामी कुन प्रदेशका रहौला र !!

तिम्रा जोस जागर र भासण
साचै मान्छे उचाल्ने बिरोधाभाष
तेइ माटोको लागि दुई शब्द बोलिदेउ दाजै

भुल्न सकिएन

धेरै चोटि हेरें तिमीलाई धेरै चोटि देखें
बाटो छुट्टी गएकोले मन मारी बसें
पाइला मोडी तिमीबाट नभागेको होइन
तर पनि तिमीलाई किन भुल्न सकिएन

दोबाटोमा उभिएर कुर्दाकुर्दै तिमीलाई
मनमुटु एउटै पारी हेर्दाहेर्दै तिमीलाई
आँशु झारी तिमीसामु नरोएको होइन
तर पनि तिमीलाई किन भुल्न सकिएन

मेरो माया नम्बरी हो

मेरो माया नम्बरी हो मसी लाउनु पर्दैन
अकबरी सुनलाई कसी लाउनु पर्दैन

संसारैमा प्यारी तिमी पाएँ, तिमीसँगै प्रीति लाएँ
सयौँ जुनी माया लाऊँ, मैले यस्तो कसम खाएँ
मेरो माया तेजाबी हो मसी लाउनु पर्दैन
अकबरी सुनलाई कसी लाउनु पर्दैन

प्रेमाहुती

बादलुको च्यादर च्याती
वर्षा बनी र्बिसदेऊ न
पूर्णिमाको जून बनी
शीतल किरण छरिदेऊ न

यो मुटुको ज्वालालाई
शित बनी निभाइदेऊ न
यी आँखाका आँशुलाई
तिम्रा हातले पुछिदेऊ न

कास्टमाण्डपका गुट्खा अनि मेरा सपना

थुकेर थुक र
फोहोर र धुलोको शृङ्गार अनि
पान पराग र गुट्खाको रातो कलरले
अबिरमय बनाएको रहेछ तिमिलाइ
उफ्फ सत्ते होला मैले झन्नै चिन्नै सकिन
ठूलो भयो भन्ने ठानौला
मरिजाम तिम्रा काटिएका पखेटाले तिमी बिरुप भएछौ
किन किन तिम्रा नजरमा मैले देख्ने प्यार
अहिले त केवल प्यारप्यार मात्रै देखे
बैरागिएको जोगि जस्तै अस्त ब्यस्त तिम्रो अनुहारमा
बिगतका सुन्दरता खोजेर म आजित भए
भत्किएका हरेक गोरेटोले मलाइ आत्मिय ठानेछ्न
भत्किएका हरेक सपनाले मलाइ आफ्नो ठानेछ्न
लाग्छ उनिहरु आफ्ना बेदना पोख्न आतुर थिए
तर विवस म उनिहरुको चीत्कार सुन्न असमर्थ भए
घृणित परायतन्त्रको पार्दर्शिता छताछुल्ल रहेछ

विभक्ति शब्दबाट अलग नगरौँ

मेरो छ मित्रहो आज एक नम्रनिवेदन
होम सुवेदी
भ्रम हुन्छन् सबैलाई भएमा भिन्न लेखन
म बडो नम्रता साथ गर्न लागेँ निवेदन ।।
अन्योलग्रस्त हिज्जेको रूप देखेर वास्तव
वर्णविन्यास सम्बन्धी केही लेख्नु पर्यो अब ।।
वाक्यका पदमा आई पछाडि जोडिने हुँदा
अनुसर्ग भयो नाम शब्दका पछि आउँदा ।।
वाक्य शब्द मिली बन्छन् वाक्यमा हुन्छ कारक
विभक्ति सबले खेल्छन् बडो सुन्दर नाटक ।।
एकाकार कतै हुन्छन् थुपुक्क बस्तछन् कतै
विभक्ति जतिको काम भिन्न हुन्छ कतै कतै ।।
यिनैबाट हुने गर्छ वाक्य कारकपद्धति
यिनैका साथ झल्कन्छ वाक्यमा पदसङ्गति ।।
जहाँ कारकले गर्छ वाक्य वाक्य नियन्त्रण

भट्टि खोलेको छु

चिउरा भुजा बियर सबै जम्मा मैले गरि सके
हिस्सि काली डिम्पलवालि क्यासियर नि राखी सके
ब्रोइलर रागा भेडो खसी, त्यो नि सारा खोजी सके
तीन पाने र चार पाने नि खोजी घैलो भरिसके
गल्ली भित्र अध्यारोमा छाप्रो मैले हालेको छु
कर्याकर्ता येतै आउन भट्टि मैले खोलेको छु

जो नै आउन काङ्ग्रेस कम्निस्ट मेरो भट्टि चल्नु पर्यो
बेरोजगारी बढेको छ भत्ता बाढ्न आउनु पर्यो
भेस्ट सारै कमसल भयो अलि टिक्ने बाड्न पर्यो
नेपाल बन्द आन्दोलन ले सडक फेरि तात्नु पर्यो
नया बाइक किन्नलाइ पुरानो साइकल बेची सके
येतै आउन कार्यकर्ता भट्टि मैले खोलि सके

तपाइ हाम्रै हामी तपाइकै कसलाइ केको पिर परो

रेगिस्तानबाट साथीलाई चिट्ठी

आऊ साथी यहाँ के छैन सब थोक छ
रोग छ शोक छ अनि वियोग छ
पैसा छ ऐश छ अनि सकिएको वैंश छ
सुन्दरीको ताती छ सेकिएको छाती छ
अँध्यारो नहुने रात छ दुई तलाको खाट छ
ओहो साथी यहाँ के छैन सब थोक छ

मेरो बाबा

मेरो बाबा,
जो बिहान सबेरैदेखि
बेलुका अबेरसम्म
सञ्चो बिसञ्चो केही नभनीकन,
परिवारको इच्छा र आकांक्षा पूरा गर्न
अहोरात्र सघंर्ष गर्नुहुन्छ ।

मेरो देश रोइरहेको छ

मेरो देश भुषको आगो झैं सल्किरहेको छ,
जनता भुषको आगोमा झलिरहेका छन्।
नेताहरु झै झगडामा रमाइरहेका छन्,
जनताहरु गाँस,बास र कपासको अभावमा पिल्सिरहेका छन्।

मेरो देशको हालत विग्रिरहेको छ,
शक्तीको मोहले यो देश डुबिरहेको छ,
मान्य व्यक्तित्वहरु खोक्रा राष्ट्रवादको भासण गरिरहेका छन्,
काम भन्दा गफ धेरै गरिरहेका छन्,
दुईतिहाई बहुमतको दुरुपयोग गरिरहेका छन्,
कुकुरलाई घ्यु पच्दैन भन्ने उखानलाई सार्थकता दिइरहेका छन्,
देशलाई अराजकता तर्फ डकालीरहेका छन्
अनि मेरो देश रोइरहेको छ।

प्रतिक्षा

तिमी आउने आशामा
म प्रतीक्षा गरिरहे,
तर आज,महिनौं बित्यो
तिमी आएनौ।
म अझै प्रतिक्षारत नै छु,
मलाइ त लाग्छ यहि नै प्रेम हो।
अब त लाग्न थालिसक्यो,
छुट्टिनु नै जोडिनु हो
अनि टाढिनु नै नजिकिनु हो।
मैले तिमिलाइ प्रतीक्षा गरे अनि तिमी आएनौ,
यो बिचको पीडा आज चिनीसरि स्वादिलो लाग्न थाल्यो,
लाग्छ,त्यही नै मेरो जीवन जिउने आधार हो।

म बुढो भएछु

बालकछँदा
कमेजको टाँक तलमाथि लगाएर
बाहुलाले सिँगान पुछ्दै
खरी र सिलोट च्यापेर
खाली खुट्टै स्कुल गएको ।
गोडाको नङ उप्किएको ठाउँमा
थाङना बाँधेर गोली खेलेको दिनहरू
कसरी चालै नपाई बितिसकेछन् ।

आफ्नै पौरखमा भर लाग्छ

जो गरीब छ त्यो घरमा भगवानको वास हुन्छ
जहाँ भेदभाव हुन्न त्यहाँ जीवन बिन्दास हुन्छ

चाहिन्न मसिनो मिठो जीवन पालिरहेकै हुन्छ
जस्तै दु:खमा पनि जीवन त टालिरहेकै हुन्छ

निका पैसा लै खोटा (डोटेली कविता)

सभा भएकी ठौर लै कभै चुरोटको ठोटा धेकिनान
निकाइ धेकिनाका पैसा लै कभै खोटा धेकिनान

फोटामाइ भौत अल्का धेकिना मान्स साँच्ची छोटा धेकिनान
सम्भ्रान्त भणिनाका मान्स लै कभै आरक्षणका कोटा धेकिनान

भ्रष्टाचार

भ्रष्टाचार बढिरहेको छ,
कहिले ७० करोडको अडियो त,
त कहिले ८० करोडको अडियो बाहिरीरहेको छ।
अनि प्रधानमन्त्री ज्यू, तपाईं भने शानका साथ भाषण दिईरहनुभएको छ,
“म पनि भ्रष्टाचार गर्दिनँ अरूलाइ पनि गर्न दिन्न” भनेर
अनि अडियो काण्ड सुनेर पनि चुपचाप बसिरहनु भएको छ।

तपाइँको गफ त सगरमाथाको चुचुरो जत्रो हुन्छ,
अनि काम मुसाको छाउरा जत्रो
किन प्रधानमन्त्री ज्यू किन?
बताइदिनुस् आज जनता जान्न चाहन्छन्!
तपाईं किन स्वीकार गर्नुहुन्न? अनि भ्रष्ट को मात्रै संरक्षण गर्नु हुन्छ,
बताइदिनुस् प्रधानमन्त्री ज्यू आज जनता चाहन्छन्।

भयो बन्द गर्नुस् तपाइँको राष्ट्रियताको देखावटी चटक,

चिसो बिहानी

चिसो बिहानीमा ओछ्यानमै तातो चियाको आश,
सिरकको न्यानो अङ्गालोमा बसिरहन पाए झन् कति खास ।
हिटरको तातोले सेकाएर हात,
चिसिएको गालामा सेक्न पाउँदा हुन्थ्यो क्या आनन्द बात ।

शर्त बिचको अर्थ र जीवन

भाग्यले चुडालेको डोरिमा
चमेरो झै उल्टो झुन्निने
अमुर्त सपनाको तुच्छ उपासक
कल्पना र यथार्थ बिचका कोशे दुरिमा
आरोह र अवरोहका मृदुभासी सुस्केरा सङ्गै
लहरिदो छ बरालिदो छ
समयको मात चढ्दो छ उस्तै रफ्तारमा
त्यो बहाब अनि तेसबाट निस्केका माधुर्यता
ओहो !!कत्ति परिपुरक छन एक आपसमा
उ एक टक गन्दो छ आकाशका ताराहरु
कपोल्कल्पित सन्सारमा कहिले रात
औशी भुइचालो सुनामी त
बासै उठाउने बाढिले
बेला बेला झक्झक्याउछ्न उस्लाइ
पत्तै नपाए झै कति शान्त मलिन मुस्कुराइ रहन्छ
उनको सुगन्ध बोकेर आउने
नवीनम पवनका झोक्का हरुले
हिक्क हिक्क बाडुल्की लिदै
गिज्याउदै आफ्नै गोरेटोबाट दौडन्छ्न