Skip to content

कविता

राजा रानी

नानाथरि कुरा उनका हाउ भाउ उस्तै
चम्किला ति आँखाका नानी मन पर्यो

पिडा अनि अफ्ठेरोमा पाइला चाल्दा पनि
सम्हालिएर हाँस्नु पर्छ है भन्ने उनको बानी मन पर्यो

म उनको राजा अनि उनि मेरी रानी
एउटा यस्तै लेख्न खोजेको कहानी मन पर्यो

पत्नी

भुल्ने साझ र रातमा क्षितिजका तारा नियाली किन ?
पोल्ने यो मन,को पकाउछ ?भनी तर्कन्छु रातों दिन ।
बाढी आउछ यो अतीत दिलमा पौडन्छु गंगा सरी ।
हाँस्ने दिक्क हुदा सँधै घरिघरी सम्झेर ती निर्झरी ।।१।।

मोदीजीलाई पत्र

मोदी तिमी भारतमा राम्रैसँग उदायौ,
छिमेकीहरूमा नयाँ
आशाको पालुवा पलायो
नेपाल भ्रमणमा आयौ
पशुपतिनाथको दर्शन पायौ
तिम्रा गहकिला सम्बोधनले
नेपाली नेता र जनता रमाए,

सार्थक राजनीति

हुन त नीतिहरुमा
उत्कृष्ट हो राजनीति
तर खै यहाँ त
फोहोरी खेल बनाइएको छ ।
बुझ्न चाहेर पनि नसकिने
जालझेलको पर्याय भएको छ
राजनीति हाम्रो परिवेशमा ।

MayaKumariRijal

छायाको गहिराइ

कालो बादलको छाती चिरेर
निस्केको सुन्दर शरच्चन्द्र जस्तै
अनुभूतिको गहिराइबाट निस्किन्छन्
जीवनका अनेकन छायाहरू
अनि लिपिदिन्छन्
आफ्ना शीतल किरणहरुले
साहित्यको विशाल धर्ती

महोदयज्यू, अब कहिले हो त मुन्टो हल्लाउने

ललीपप देखाउने
कहिले फकाउने कहिले फुल्याउने
महोदयज्यू
अब कहिले हो त मुन्टो हल्लाउने

कहिले छुमन्तरले
पर तल हूलमै मिसाउने
कहिले रातो दलेर
नजिक माथि समानान्तर बसाउने

पुराना जुत्ताहरू

आज
मसँग गफ मिल्ने
अर्थात् मलाई बुझ्ने यो घरमा
मेरा यिनै पुराना जुत्ताहरू मात्र
बाँकी रहे अब !

तर यी पुराना जुत्ताहरू
कहिले यो कुना कहिले त्यो कुनामा राख्छु र मिलाउँछु
कहिले यता सार्छु, कहिले उता सार्छु र थन्क्याउँछु
यिनीहरूलाई राख्ने, थन्क्याउने ठाउँ कतै पुग्दैन

छोरीको जात

सपनाहरूको महलमा,
फुस्रो ओठमा
म रातो लाली लगाउछु ।

हसिया र पोतो समाउने हत्केलामा
म फुलबुट्टा भर्छु ।

हिलो माटोले पोतेका औला
म रातै पालिसले सजाउछु ।

डर !!!

कविता !!????????????

डर !!!

शिवराज कलौनी

मुइ मच्छर कि डर कम माण्णौ
मुइ स्याप कि डर कम माण्णौ
मुइ बाघ कि डर कम माण्णौ !!
डर माण्णौ त याइ मुणि फुतुर्का हाल्ल्या कुकुरका छौनान कि !!!

????????????????????????????????
मुइ बनढड्वा कि डर कम माण्णौ !!
मुइ धार लाया फड्वाकी डर कम माण्णौ
मुइ रिसाइ बोल्ल्या कड्वाकि डर कम माण्णौ
डर माण्णौ त दूध चोरी खाइबरे लादो ओसाना ख्याँ गद्द्या ढड्वा कि
डर माण्णौ त खेती लाई बरेको झड्ड्या झड्वाकि !!!
????????????????????????????????????????????

मुइ दात किट्कौन्याकी कम डर माण्णौ
मुइ हात बट्यौन्याकी कम डर माण्णौ
मुइ जाठो बट्यौन्याकी कम डर माण्णौ

विचार को बुलेट !!

विचार को बुलेट !!!

– शिवराज कलौनी

एउटा बुलेट !!!
विचारको बुलेट !!!!
हेर्दा देखिन्न !!! देखे बुझिन्न !!
मनको सिंहासन बाट मस्तिष्कको तार जोडेर बत्ती बल्दा
हृदय मा स्पन्दन गरेर भावुक बनाइ परिवेश सँग मीत लगाउने
महान !! शक्तिशाली !! क्षमतावान !!बुलेट !!
तरंग , तरंग मा फरकपन ल्याउने ज्वालामुखी प्रवृत्तियुक्त
बौद्धिक जमात मा आँधी,तुफान,कम्पन ,पराकम्पन छाँट्ने
जुन बुलेट संसारमा अमृत रस पान नगरेर पनि अजेय छ
हतियार ,शस्त्र ,अस्त्र हरुलाइ पराजित गराउने त्यो बुलेट
कसैैैको आयुर्वेदिक औषधि बनेर टप्किन्छ कतै

इसा छन मान्स

सभा भएकी ठौर लै कभै चुरोटका ठोटा धेकिनान
निकाइ धेकिनाका पैसा लै कभै खोटा धेकिनान

उस्या कच्छाइ मा भया लै इथ उथ गया ले प्राय भोटा धेकिनान
उस्या दुबलाइ भया लै मान्सै ठौर खसी झा मोटा धेकिनान

फोटामाइ भौत अल्का धेकिना मान्स साँच्ची छोटा धेकिनान
सेठ भणिनाका मान्स लै कभै आरक्षण का कोटा धेकिनान

होलो कस्याँ ??

होलो कस्याँ ??

चियाको स्वाद सरापमा खोज्याले होलो कस्याँ ??
पाहुना बनी गया घर दूध भातै रोज्याले होलो कस्याँ ?

काम केइ नगरि ,भाग्यैलाइ दोस्याले होलो कस्या ?
बल्ल पैरया ठुणाँलाइ बार-बार ठोस्याले होलो कस्याँ??
चियाको स्वाद सरापमा खोज्याले होलो कस्याँ ??
पाहुना बनी गया घर दूध भातै रोज्याले होलो कस्याँ ?

आफना लाई मात्रै निको माण्याले होलो कस्याँ
इजा,बुवा रे गुरुलाइ व्यंग्य हाण्याले होलो कस्याँ ??
चियाको स्वाद सरापमा खोज्याले होलो कस्याँ ??
पाहुना बनी गया घर दूध भातै रोज्याले होलो कस्याँ ?

गलत गद्द्यालाइ छाडि निका मान्स लाई डाण्याले होलो कस्याँ ??

नयाँ नेपाल

भतिजा हेर्दा
नतिजा नहेर्ने
पुर्जालाइ हेर्दा
उर्जा नहेर्ने
झुलमान लाई हेर्दा
कुलमान नहेर्ने
हे राम गोपाल
हामिले पाएको नया नेपाल
हत्या र हिंसा थपिएको चाङ
सरकार छ सिथिल खाएर भाङ
फुलमान लाई कुर्सी कुलमानलाई गालि
भ्रष्ट को शासन कहि छैन खाली
देशलाइ केही गर्ने मान्छे जन्मिन्छ
भ्रष्टको मन्डपमा नेता अन्मिन्छ
कसले सिकायो यो तन्त्र मन्त्र
लूटेर खाने यो गणतन्त्र
हे राम गोपाल
भोक भोकै मार्ने नया नेपाल
औंसिलाई फाली पुर्णिमा पायो
कुलमान जो आए उज्यालो आयो
पचेन उसलाइ देश अघि बढेको
बुझ्दैछौ हाम्ले कसको बुइ चढेको
समृद्ध नेपाल धेरै छ टाढा
फोहोरी राजनीति नाङ्गो र छाडा

म रातभन्दा पनि एक्ली छु

जब उज्यालोले छाडी अँधेरी छाउँछ
तब, रातलाई साथ दिन जुन आउँछ
म रातभन्दा पनि एक्ली छु,
रातसँग त जुन छ,
असङ्ख्य ताराहरू छन्
मसँग छ त केवल
केही थान तिम्रा यादहरू
अनि एक्लोपन

GiriRajPaudel

को दोषी ?

ब्राह्मण, क्षेत्री, बैश्य र शुद्रमा सद्भाव अनि श्रद्धाको
बन्धुबान्धव इष्टमित्रसहित आफ्ना नातागोताको
मान, मर्यादा, इज्जत र सम्मान आफ्नै रीतिले गरी
धनको मात सबैमा बढ्नाले नाना किसिम र धरी ।।

आफू बीच सधैं विवाद झगडा अनि इर्ष्या गर्नाले
हर रोज पैसा, द्वेष, अहम्पना बृद्धि हुँदै जानाले
ऐश–आराम र मोज मस्तीको अनुकरण गर्नाले
बंशैको अधोन्नति हुन पुग्यो अबुझ सठ बन्नाले ।।

आमाजस्ती श्रीमती

धेरै कला जानेकी,
गला पनि भएकी
सहरको भाका नटिपेकी
क्रिम, पाउडर लाउनै नपर्ने
हेर्दै गोरी र राम्री देखिने
पँधेरोबाट पानी बोक्न लाज नमान्ने
घर सजाउन जानेकी,

म सम्राट

तिम्रो प्रपञ्च, मेरो सौगन्ध
तिम्रो रजाइँ, मेरो जुधाइ
तिम्रो हासो, मेरो दृश्यावलोकन
तिम्रो पासो, मेरो सिंहावलोकन
जहाँ तिम्रो हेराइ, त्यतै मेरो नजर
जसलाई तिमी गर्छौ बदर, त्यसैलाई म गर्ने सदर
माने पनि, नमाने पनि म सम्राट तिम्रो !

एक थान जिन्दगीको मूल्य कति पर्छ हँ !

निक्कै सुन्दर छ शहर,
निक्कै धुमधाम छ शहरमा
तर म त गाउँमा बस्छु
त्यसैले जान्न मन लाग्यो —
शहरमा एक थान जिन्दगीको मूल्य कति पर्छ हँ ?