जब अनायासै बग्न थाल्छन्
नदीसगै नदीका किनाराहरू
वरपरका कासघारीहरू
रूख, पात, घर, बस्ती र हाटबजारहरू
माझी, जाल, डुङ्गा र मल्हार रागहरू
त्यहा
रोपेका खेत रहन्नन्
पाकेका बाली रहन्नन्
हर्ुर्केका कोरली र थोरेहरू रहन्नन्
बाटो, बा“ध र बन्धनहरू बाकी हुन्नन्
पुल, फड्के र झोलुङ्गेहरू बाकी हुन्नन्
रोपाइको बित्तो र पर्मको चटारो हुन्न
जन्तीको धमाधम र मलामीको हतारो हुन्न
रहन्नन् कुनै काशी, कावा र किरनारहरू
कुनै मन्दिर मस्जिद र मधुशालाहरू
जब अनायासै बग्न थाल्छन्
नदीसगै नदीका किनाराहरू
त्यहा,
हामीले सगै बसेर बालुवामा कोरेका
सम्बन्धका अनगिन्ती रेखाहरूका
कुनै चिन्ह बाकी रहन्नन्
बाढी आएपछि
ढुङ्गाका रहरहरूको कुनै निसाना हुन्न
माछाका सपनाहरूको कुनै अर्थ हुन्न
नेपाल साप्ताहिक
अंक १२४
