Skip to content


मैले हरेक रातपछि दिन देखेकी छु
निष्पट्ट कालो अन्धकारलाई
निर्धक्क
पर्ूवका किरणहरूले
चिरेको देखेकी छु ।
अह, कत्ति डगमगाएको छैन
मभित्रको मान्छे,
मैले ढुङ्गाको कापबाट
पीपल निक्लेको देखेकी छु
हरेक बर्सर्ाापछि,
मधुर मुस्कानमा
र्सवाङ्ग पहाड खुलेका देखेकी छु
हुरीले चुटे पनि
असिनाले कुटे पनि,
बिनाप्रतिक्रिया
फूल हासेको देखेकी छु
उल्लास होला वा बिस्मात्
र्सर्ूय उदाउन बिर्सर्ेेे छैन,
बगिरहेकै छ नदी
एकतमास शीतलता छरिरहन्छ जुन
अह कापेका छैनन्,
मेरा पनि पाइलाहरू,
मैले थोपा-थोपाले समुद्र बनेको देखेकी छु
त्यसैले मिसाइरहन्छुर्
कर्तव्यका थोपा-थोपा
निरन्तर मेरो धर्तीमा
मिसाइरहन्छु पसिनाका थोपा-थोपा
निरन्तर मेरो माटोमा
मलाई थाहा छ
कालो बादलभित्र,
चादीको घेरा लुकेको छ,
अब उदाउने नवकिरणसग
धर्तीको खुसी लुकेको छ … ।

नेपाल साप्ताहिक
अंक ११४

Leave a Reply

Your email address will not be published. Required fields are marked *