Skip to content

कस्तो संयोग

कस्तो संयोग जुरो आज भेटभो तिमीसँग
दुई आँखाको मिलनसङै मन भयो उमङग

पिडादयी नहोस् यात्रा गन्तब्यमा पुग्नलाई
जीवन हाम्रो बिम्ब बनोस जुन ताराले थाहा नपाई
साझ बिहान मुस्काइरहु सधैं तिमीसँग
दुई आँखाको मिलनसगै मन भयो उमङग

मुहार भरी अचम्मको चमक छायो आज
खुशी फुल्यो चारैतिर बिह्वल भयो लाज
जोस जागर झुल्क्यो मनमा भेट भयो तिमीसँग
दुई आँखाको मिलन सँगइ मन भयो उमङग

चारपाने झापा
(अनेसास) बेल्जियम च्याप्टर

Leave a Reply

Your email address will not be published. Required fields are marked *