Skip to content

गद्य कविता

कुखुराको खोर

कुखुराको खोरमा
मलसँगैको दुर्गन्ध
सेक्सी परफ्युमको
धनाधन आयात
अनि बोइलर
रुन्ग्न राखेको
बिछट्टको भाले
मस्तसँग काटेर
काले काले मिलेर
खान थाले ।

म

मलाई
पर्दा जस्तै
च्यातेर हेर्यो भने
ममा पनि
अलिकति लोभ
अलिकति छोभ भेटिन सक्छ
मलाई
खोलेर हेर्यो भने
ममा
अलिकति आक्रोश
धेरै जसो रोस देखिन सक्छ

समीक्षा गर्ने कि ?

खोइ के भन्ने
अनि कसलाई भन्ने ?
भनेको सुनिदिने फुर्सत
यहाँ कसलाई छ र
सुनेर गरिदिनलाई
सही हो भनेर क्षणमा
गलत गर्ने आदत
शायद आयातित नहुन सक्छ …

मकै भित्रको घुन

घोघामा दानाहरू पस्दै गर्दा
जुंगाका रेखीहरू बस्दै गर्दा
खोस्टाको कोमलतामा खेल्दै
परागकणसँग मितेरी लगाएर
झुक्काउदै लुसुक्क छिर्दछ फुल भएर
दाना बढदा पनि
रहिरहन्छ सुसुप्त भएर
मकैभित्रको घुन

मुग्लानएको मान्छे

मनमा धोकोहरू बोकेर
रहरका पोकोहरू बोकेर
कल्पनाको विशालतामा मख्खिँदै
बर्तमानको भोगाईमा पिल्सिएको
एउटा मान्छे
भविष्यको सपना बुनेर
जीवनलाई अंकमा गुनेर
जब मुग्लानिन्छ

तपाई र मेरो पेशा

मलाई एउटा प्रश्नले संधै सताई रहन्छ …..
त्यो हो —-
” मेरो जिम्मेवारी के हो ? ”
मलाई यो पनि थाहा छ
मेरो पेशा वा जागिरले
म एउटा शिक्षक हुँ
तिनै सानानानीहरू वा
युवा-युवतीदेखि अधबैंसे

PrakeshShindhuliya-02

मन मरेको दिन

आज
मन मरेको दिन …
म कहाँ छु थाहा छैन ।

मेरो जन्मदेखि आजसम्म
    जत्तिकै धुइँपत्ताल खोजौँ,
    जत्तिकै साक्षीलाई सोधौँ,
    जत्तिकै घमण्डमा उफ्रौँ,
मेरो अस्तित्व बताउने
एक वाक्य पनि पूरा भएको छैन ।
त्यही अपूरो वाक्य च्यापेर
व्याकरण सिक्न भौँतारिएको छु म यताउता ।