म पन्छी भएको भए
हामीलाई माइक्रोफोन किन्थेँ
र हामी मनभरि गाँउथ्यौ ।
हामी महानुभावहरूलाई भेट्थ्यौँ
र हास्यकलाकारझै अभिनय गर्थ्याैँ
म पक्षी भएको भए ।
ईश्वर म तिमीलाई सोध्छु
यदि तिमी दयालु छौ भने
कृपया मलाई शक्ति देऊ
मलाई आकाश छिचोल्न ।
म संसार परिक्रमा गर्न चाहन्छु
र म सारालाई तिम्रो सन्देश दिन्छु
शान्तिका लागि
भातृत्व र करुणाका लागि
जीवन बचाउका लागि
मानव जीवनको रक्षाका लागि
प्रकृतिको बचाउका लागि
सारा पृथ्वीको बचाउका लागि ।
म तिम्रो सन्देश छर्न चाहन्छु,
सारा संसारभरि
तर म असमर्थ हुनेछु
यदि तिमीले मलाई पखेटा दिएनौ भने
आकास छिचोल्नका लागि ।

हालः अमेरिका

मधुपर्क २०६८ साउन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *