Skip to content

गद्य कविता

बाल्यकालको दशैं यस्तो

छिरबिरे नयाँ लुगा,
हर्ष उमंगले फुरुङ हुँदै ।
लिङ्गे पिङ्ग र र्‍वाटे पिङ्गहरूमा,
साथी-संगीहरू जमघटसँगै ।
कस्तो यादले सतायो आज,
सम्झे घर घरमा जमरा छरेको ।

दशैं

मूल ढोकामा घडा थापेर
स्वागतमा आतुर मनहरूको
उत्साह र उमंगको वास्ता नगरि
भवितव्यलाई बनाईएको जस्केला हुदै
आशाहरू चियाउने झ्यालहरू हुँदै
मन अडेका भित्ताहरूलाई जिल्ल पारेर
लुसुक्क कालो विरालो कै चालमा
भित्रिईसकेछ
सधै झै यसपाला पनि
बडा दशैँ

कविता

  • by

सिssss चुप लाग
एकैछिन शान्त होऊ
प्रशव पीडामा छिन् उनि
एकैछिन धैर्य गर
बरु चाँजो मिलाऊ
चिसो लाग्न नदिन
न्याना पाठकीय मनहरू सिलाऊ
अनि तयार पार थाङ्ना
झट्ट एउटा कलम ल्याऊ
अनि कपीका पाना पनि
शान्त वातावरण बनाऊ
बिल्कुलै हल्ला नगर
उनि वेदनाले छट्पटिएको त
म पनि कहाँ हेर्न सक्छु र?
यद्यपि त्यो पीडाले
असिम आनन्द दिनेछ
किनकि कविताको जन्म हुन गैरहेछ

जन्मियो? अँ जन्मियो
एउटा सृजना जन्मिएछ
वातावरण उल्लासमय छ
साँच्चै कविता जन्मिएछ
अहा! कस्तो सुन्दर

अब म कवितालाई
असिम मायाले सेक्छु

दशैँ

  • by

पोहर पनि आयौ
परार पनि आयौ
यसपाली त
कुनै हालतमा नआउनु भनेको थेँ
तिमी त यसपाली झन
गर्बकासाथ गडगडाट आयौ
आउनु नै थियो भने पनि
जनकपुरको रेल झै आउनु नि

सुन्यताका ति दरबारहरु , आज त्यसै भत्कियपछि

सुन्दर शब्द उनका आज
त्यसै त्यसै ओइलियपछि
साना साना आशा आज
जताततै खोजिरहेछु

बिलासिले जिन्दगिलाई
त्यसै जुठो परेपछि
निथ्रुक्क भिजेका सोखहरू
सकी नसकी निचोरिरहेछु

चर्कियका ति बेदनामा
फेरी आज बज्रियपछी
छचल्कीयका थोपाहरु
हत्केलाले पोछिरहेछु

सुन्यताका ति दरबारहरु
आज त्यसै भत्कियपछी
आकांक्षाले सुन्लिन भनि
हृदयमा च्यापिरहेछु

ए … अब उनी पनि थाकिन रे

ए ….. अब उनी पनि थाकिन रे
मेरा बेफिजुल कुराहरू सुनेर
अब म भर गर्न लायक भइन रे

चिनी गुलियो हुन्छ
गुलियो भित्र भित्रै तितो महसुस गर्न थालिन रे
मेरा हर्कतहरू देखेर
अब उनी पनि थाकिन रे

कहालिँदो सपनी

मध्य रात, निस्पट अँध्यारो,
एकान्त र सुन्यतामा ।
म झल्यास ब्यूँझिएछु,
कहालीलाग्दो ब्यथाहरूसँग सपनीमा ।
–उफ्फ् कोल्टे फेरे झसङ्ग हुँदै,
घुम्न थाले ती यादहरू मानसपटलमा ।