Skip to content


समस्त तेज गुमेपछि
रबरको रोटी बन्छ सूर्य
जसको कुनै अर्थ रहन्न
भोकाहरूलाई
मेरो आँगनमा पोखिन्छ भनेको सुन्तले प्रकाश
छुनै नसक्ने गरी क्षितिजमा पुगेको छ
टुक्रिएका सूर्यका घेराहरू
सिँउडी घारीमा फसेका छन्
उनिएका छन् मेरा यी सपनाका टुक्राहरू
सिँउडीका काँडाहरूमा
भत्किएको छ म उक्लिने सिँडी
ताज बनाएर जोगाएको थिएँ
मेरो सपना
भीषण द्वन्द्वबीच पनि
अहिले जोड्दैछु तिनका टुक्राटुक्रीहरू
र कठोर सङ्घर्ष बाँचिरहेछु
रबरको रोटी हुन नदिन
मेरो सपना ।

मधुपर्क २०६८ साउन

Leave a Reply

Your email address will not be published. Required fields are marked *