Skip to content

गद्य कविता

आकाशियता

खस्तैन तल,
माथि माथि जान्छ- बादल
आकाश मार्गमा ।

मडारिएर बग्छ ऊ
अमेरिकी युद्धपोत विमानहरू झैं।
मिसिँदै जान्छ ऊ
नदीहरू झैं
अनि
महासागर बनेर भरिँदै जान्छ –
आकाश मार्गमा ।

के के हुन्छ के के !

  • by

अनायास मेरा निर्दोष नजरहरू
उनका वक्षस्थलमा ठोकिन्छन्
भित्र लगाउने पहिरन बाहिर र
बाहिर लगाउने पहिरन भित्र सजाएको देख्दा
कताकता असहज अनुभूति हुन्छ
फलत: मेरा नजर अन्तै मोडिन्छन्
शिर अलिक निहुरिन्छ
अनि, वस्तुस्थिति बोध गर्ने जमर्को गर्छु
यसैबीच एक्कासि मौसम बदलिएझैँ
मेरो अन्तरआत्माले अर्को निर्देश गर्छ
पहिरन लगाउनेलाई असहज छैन भने
तिम्रा दृष्टिलाई किन असहज भएको
बरु तिम्रो नजर अन्तै घुमाऊ
तिम्रा भावनालाई थामथुम पार
समयले ल्याएको परिवर्तनलाई
सहज ढंगले स्वीकार्न सिक
सललल पानीझैँ बग्न देऊ
यो परिवर्तित युगमा यस्तै हुन्छ
अझ हेर्दै जाऊ आउँदा दिनमा
के के हुन्छ के के !
आऊ एकछिन

मेरो सपनाको देश

एक विकसित देश
जहाँ
गाँस, बास, कपासको कमी छैन
सबैका भरिपूर्ण पेट
सबैका आङमा वस्त्र
जीवन सन्तुष्ट देखिन्छ ।

जहाँ
गरिब शब्दसम्मले पनि
शब्दकोशमा स्थान पाउँदैन
कुनै शासक र शासित हुँदैनन्
स्वतन्त्र अनुशासित मान्छेहरू
खुला मनले मुस्कुराउँछन्
सबै सम्पन्न अनि आत्मनिर्भर
प्रत्येक मस्तिष्क
शिक्षाले भरिभराउ
स्वस्थ नागरिकको सर्वेसर्वा हुन्छ
हिउँको साम्राज्य होस् या
भीमकाय चट्टानको जगजगी
अवरोधहरू तोडेर
सवारीसाधन चल्छन्
दियालो अनि टुकीको धिपधिपे ज्योति
बिदा हुन्छ र उज्यालो प्रवेश गर्छ
अब खुसीयालीले स्वागत गर्छ ।

जहाँ
विविध सुन्दरताले सजिसजाउ
प्रकृतिको सही सदुपयोग हुन्छ

डेटिङ् याचना

  • by

किन मिल्काएका कलम यसरी ?
संविधान लेख्नु पर्दैन ?
कि मसी छैन र त्यसमा ?
मसँग दुवै छन् : कलम, मसी
तिमीलाई चाहिन्छ र ?

हिजो भनेको हुँ नि
संविधान लेख्न तिमीलाई
कलम दिन्छु, भावना दिन्छु
माटोको वासना दिन्छु भनी
खै मागेनौ त ?
कि कुर्सीको तानामा
बिर्सियौ आफ्नो जिम्मेवारी ?

कति अलमलले घेरिएका ?
कति कन्फ्युजनमा बेरिएका ?
संविधान लेखन
जागिर हो कि कर्तव्य ?
संविधानका अक्षर
किचलो हो कि मर्म ?
छलफल गर्नु छ तिमीसँग
पोखिनु छ निर्घातले ।

छलफल गर्न
किन १४ गते ताक्ने ?
किन १५ को साइत बार्ने ?
आजै बसूँ र छलफल गरौँ
राति १२/१२ बजे होइन
दिउँसै कुरा थालौँ

मेरा हातहरू

  • by

यी मेरा हातहरू
कुनै कालिगढले बनाएका
धारिला हतियारहरू होइनन्
कि म यिनै हातहरूको मद्दतले
कुनै निर्दोषको घाँटी छिनाइदिउँ !

यी हातहरू
कुनै कम्पनीले बनाएका
बन्दुकहरू पनि होइनन्
कसैको विशाल छातीमा
म आँखा चिम्लेर पड्काउँ !

म मेरा हातहरूले
कसैको सिउँदो उजाड्न चाहन्नँ
कसैलाई टुहुरा-टुहुरी बनाउन चाहन्नँ ।

यिनै हातहरूले बालेको
टायरको मुस्लोभित्र
म आफैँ हराउन चाहन्नँ
ढुंगाको गोलीबाट
फुटेको सिसाझैँ
म आफ्नो भाग्य
फुटेको हेर्न सक्दिनँ ।

मैले त यो धर्तीमा, यो माटोमा
मेरी आमाको मिहिनेत रोपेर
बाबाको सपना फुलाउनु छ
मेरा यिनै हातहरूले ।

मेरा यिनै हातहरूमा

यो मरुभूमिमा

  • by

प्यारे!
सपनाको खेती गर्दा गदै थाकिसकेँ
घाममा काम गर्दा गर्दै डढिसकेँ
यो मरुभूमिमा ।

प्राणेश!
न मायाको साख छ यहाँ
न प्रियजनको काख छ यहाँ
दिनभर हिँड्दा हिँड्दै गलिसके
यो मरुभूमिमा ।

मान्छे

मान्छे
मान्छे हुनुमा गर्व गर्नु पर्छ
मान्छे, अमान्छेको विभेद
आत्मामा खोज्नु पर्छ किनकि
मान्छेको मात्र आत्मा बिबेक हुन्छ
मूल्यांकनको कसीमा मान्छे
ब्यापारीको तराजु बन्छ भने
त्यो मान्छे कसरि मान्छे हुन्छ ?

मलाई माफ गर है मेरी कविता

-मलाई माफ गर है
मेरी कविता !

-म सिसिफस’
जिन्दगी उकालो हिंड्दै छु
देउताहरूको श्रापले!
उकालो तल झर्दैछ –
ओझेल पारेर अस्तित्व
शुन्यतामा !

थाहा छैन केको खुसीमा हो

  • by

थाहा छैन केको खुसीमा हो
जिन्दगीको मेला सदाबहार लागिरहेछ
मेलाको खुसी सकिएर फर्किदाँको समय
पाउनु र गुमाउनुको हिसाबकिताबहरू
कुनै बहिखातामा लेखाजोखा गरिदैंन

समय

समय ! अचम्मको छ यो समय
होम्मिएको छ यो समय
भोलि हिजो हुन्छ आघौं यसपाली हुन्छ
पोहर परार हुन्छ
यसै गरी बतासिन्छ समय
सृजना, बिकास र विनाश गर्छ
पदार्थ, जीवको जन्म मृत्यु
जानी नसक्नुको भद्रगोल छ समय

मैले देखेको सपना

  • by

हरित पत्रहरूको
एउटा बिशाल बृक्ष
पातहरू झाँगिँदै
हाँगाहरू हाँगिँदै
गाठाहरू कसिँदै
जराहरू धसिँदै
र म
ती प्रत्रहरूको बिस्तारामा

कटु यथार्थ

  • by

सपनामा कहाँ हो कहाँ उड्दै थिएँ
कताकता खुसी लाग्दै थियो
विपनामा जस्तै लाग्दै थियो
कल्पनाको विरानो आकाश
आँखाले नभ्याउने धर्तीको विशालता
टाढा सेता नदीकिनाराहरू
हरिया वनजंगलहरू
गुच्मुच्च बस्तीहरू
चाँदीको महल झै टल्किएको हिमाल
नागबेली नदीहरू
सेता फिंज काटिरहेका झरनाहरू
कतै बाली पाकिरहेका फाँटहरू
कतै वस्तु चरिरहेका चौरहरू
आफ्नै धुनमा मस्त चराचुरुङ्गीका बथान
जीवन कता हो कता सुन्दर लाग्दै थियो

क्षणमै शरीरको संतुलन गुमाएर
खस्न पुग्छु म
झल्याँस्स हुन्छु म
मुटु चिसो हुन्छ,भक्कानिन्छ

जँडिया

सुनसान रात, सुनसान सडक
कहिले यो भित्ता कहिले त्यो भित्ता
जस्तै त्यो भित्ताले पनि उसका अतितहरू खोल्दै छ,
हेर, आज फेरि एउटा जँडिया बोल्दै छ ।

तिम्रो त्यो बलिदान

  • by

मेरो प्रिय हिजोको दिनहरूमा
मगमगाउने फूलहरू गोड्ने
तिम्रा ती हातहरू
आज विवशतामा काँडाहरू
सुसुम्याउन बाध्य छ
कसैको आँखामा रसाएको
एकथोपा आँशु देख्दा
टप्प टिपी आफैमा दल्दै
टल्पलाउने ती आँखाहरू
आज वेदनाले ताल बनेको छ