नदी, पहाड, झरना हजार
घुम्न आउनुस् पर्यटक हजुर ।
पर्यटन वर्ष सन् दुई हजार एघार
नेपाललाई लगाउनुस् एक नजर ।
त्रिशूलीमा मजाले -याफ्टिङ गरौँला
मनकामनाको केवलकार चढौँला ।
मठ, मन्दिर, गुम्बा घुमौँला
हिमाललाई नजरैले चुमौँला ।
चितवन घुमौला हात्ती चढेर
फेवाताल डुलौला डुङ्गा सरर ।
श्रीअन्तुबाट झुल्के घाम हेरौँला
माइबेनीको मेला भरौँला
दिपायलबाट खप्तड चढौँला
शैलेश्वरी माताको दर्शन गरौँला ।
सेती गङ्गा बग्छिन् सलल
खप्तडको शिरैमा डाँफे-मुनाल ।
गुराँसको राजधानी मिल्के-तीनजुरे
घुमौँला त्यहाँ पनि यात्रा साइत जुरे ।
छ्याङछ्याङ गर्छ ह्यात्रुङ झरना
पर्यटकलाई स्वागत छ हाम्रो नेपालमा ।
हाल ः धनकुटा
मधुपर्क २०६८ साउन
