गद्य कविता
तिम्रो त्यो हिमाल झै…
चैतमासको खडेरीमा सालघारीमा निमोनिया लाग्दा पारीपट्टी न्याउली बिरहमा गाउँदै गर्दा तिमीसंगै चौरीं र भेडाको बथान… Read More »तिम्रो त्यो हिमाल झै…
गरीब हुँदा म
म गरीब भएर
चलाई राखेको भए पनि ठेला
र तिमीले यसको
चिन्ता लिइराखेको बेला
मलाई
अर्को पीडा थपिए पनि
तिमीले कुनै चिन्ता नगर
तिम्रो घरमा पार्टी चलेको बेला
मेरो घरमा चामल नहुँदा
भोक भोकै बस्दा पनि
छोराको उपचार गर्न नसकी
शोक शोकै बस्दा पनि
मैले बाँच्न सिकेकोछु
मैले हास्न सिकेकोछु
किनभने
भोक मेरो नसा भएको
शोक मेरो नसा भएकोछ ।
छ्ट्पटिएर रुदैँ गर्दा……….
A poetry by Rajesh Rumba Lama “atript” एक चिम्टी सिन्दुरले तिमीलाई कैदी बनाई तिम्रो जीवनमा… Read More »छ्ट्पटिएर रुदैँ गर्दा……….
वाह! वाह!
भोटोको तुना चुस्दै
म र मेरा दौडन्थ्यौ
दुधे गोडाले खिल टेक्दै
कतै पंक्षी भुत्ला त खसेनन ?
भुत्ला त भेट्थ्यौ तर
चोक्टा कहिल्यै भेटेनौ
आमैका गाली मिश्रित ममता र
काँडा बिझेका दुखाइहरूमा
अल्झिन नपाउदै
काजि साहेबहरूका अट्टाहास र
पर उँडिरहेका धुँवाहरू माझ
सिस्नेघारी अन्तरे दाइलाई
रुन्चे आँखाहरू खोजिहाल्दथे
एउटा सम्मोहन
हरेक केटा केटी हृदयको
हो, सोह्र सत्रका ती हाम्रा अन्तरेदाइ
एउटा भोटो र कछाड अनि
अनि हातमा गुलेली,
कम्मरमा बाँसुरी
मैले कत्ति पटक याद गरेको
उनको अनुहारको त्यो दाग
अनि मरेको त्यो बाघ
र प्रत्यक शनिबारको रमझम
उही काजी साहेबहरूका अट्टाहास

नजरले जब एक चुस्को लगाएको थियो
मेची बगरमा
के तिमीलाई पनि यस्तै हुन्छ र ?
जे भए नि होस् भित्र खोल राम्रो भए हुन्छ यहाँ
म आत्तिएको होईन चुम्न तिम्रा ओठहरू
देशबिहिन