बाध्यता र विवसताको चोट सहन नसकी
छटपाटिंदै मुग्लान ‘पसें’ साथी,
ऋण र घृणको संगीनमाथि टिकी
ती चोटमा मलम लाउन ‘कसें’ साथी !
बाध्यता, विवसतामाथि पीडा-दु:खले नाच गान गर्दा
बलेसी सरी आँसु र पसिना ‘खसे’ साथी,
दु:ख र पीडालाई पराजय गर्ने अठोटका साथ
हरेक तरहरमा तारा, बार लाउन ‘कसें’ साथी !!
पीडा र दु:खमा देखी सबै बैरी भए
आफन्तले नै सर्पले झैँ ‘डसे’ साथी,
ती डसाइको चोट साहना नसकी
छटपाटिंदै मुग्लान ‘पसें’साथी…………….
ती डसाइको चोट साहना नसकी
छटपाटिंदै मुग्लान ‘पसें’साथी …………
राजेश रुम्बा लामा “अतृप्त”
दोहा कतार
