Skip to content

धनी बाउको शाख


दोबाटोमा भेट हुँदा आँखासँग आँखा जोड्यौ
सुस्त-सुस्त गरिकन पिरतीको भाखा जोड्यौ ।

अञ्जानमै बस्न थालेँ एकान्तको साथ्मा म त
ल्याईकन त्यसैमाथि तिम्ले फेरि काख जोडयौ ।

मायाको खानिभित्र खोज्थ्यौँ हामी मोती फेरि
पिरतीलाई रङाउन आफ्नै गाउँको पाखा जोड्यौ ।

घरि-घरी थप्दै गयौ पिरतीको घैला भर्यौ
राम्रो मानी आनि-बानी त्यसैमाथि चाख जोड्यौ ।

भन्थें म त परखाल छैन उचो-निचो हामीबीच
कहाँबाट तिमीफेरी धनी बाउको शाख जोड्यौ ।

1 thought on “धनी बाउको शाख”

Leave a Reply

Your email address will not be published. Required fields are marked *