Skip to content

विविध-विधा

कहाँ खोजु म

चर्किएर टुक्रा भो देश गएर कहाँ खोजुँ म?
फेरि जोड्न पृथ्वी नारायण भएर कहाँ खोजुँ म ?

देशको अश्मिताता लुटिरहेछ कसरी म हेर्न सक्छु
छिमेकीको आर्थिक दमन सहेर कहाँ खोजुँ म?

म सपनाहरूको अचेल, दाशी भएर जिएको छु

  • by

म सपनाहरूको अचेल, दाशी भएर जिएको छु
खै किन झुत्रो घरमा, बिलासी भएर जिएको छु

छन् रहरहरू जीवितै, देख्छु निदरीमा
देशको कच्हरीमा, निराशी भएर जिएको छु

मेरी लोलिता

छोटो फरिया अनि छोटै चोलिमा सजीएकी मेरी लोलिता |
सुन्दर तिघ्रा, कम्मरमा गोसाईकुण्ड कुदिएकी मेरी लोलिता||

एक एक गर्दै आफै निर्बस्त्र हुने उनको अचम्मको बानि|
बैसका प्रतिकहरु सार्बजनिक गर्दै लजीएकी मेरी लोलिता||

चुम्बकले जस्तै आकर्षण गर्ने उनको कस्तो अदभुत शक्ति|
बाझो खेतझैँ जोत्नै नसक्ने गरि बझियाकी मेरी लोलिता ||

छताछुल्ल म संगसंगै पोखिने उनकै सुन्दर फुलको रस |
बिहानी सम्म पटक-पटक म संग पाजिएकी मेरी लोलिता ||

नानी तिमी पढी गुनी असल हुनुपर्छ (बाल गजल)

  • by

नानी तिमी पढी गुनी असल हुनुपर्छ
सगरमाथा लक्ष्य राखी शिखर छूनुपर्छ।

तिमी असल बन बाबु मेरो मिठो कामना छ
असल बनी यी आमाको आसुँ धूनुपर्छ ।

तीन मुक्तक

कहिले रुन्छ कहिले हाँस्छ, कहिले गुन्गुनाउँछ मान्छे
सुख खोज्न कहिले यता, कहिले उता धाउँछ मान्छे ।
सुख सयल मोज भन्नु केवल मृगतृष्णा रे’छ,
मजा खोज्दा-खोज्दै एक दिन, मृत्युलाई पाउँछ मान्छे ।

ShivRajYogi

जिन्दगीको सौदाबाजी, गर्दैछु किन म

जिन्दगीको सौदाबाजी, गर्दैछु किन म
एक बार जिउन दशौं बार खै, मर्दैछु किन म

बसन्त नै आयो भन्छ, कोइलीले कुर्लिएर
मनको आँधीबेहरीमा खै, झर्दैछु किन म

दुई मुक्तक (रगत मेरो, बनायो)

चुँडाएर नसा सबै पोख्छु भन्छ रगत मेरो
देशलाई बग्दै लानी कोशी रोक्छु भन्छ रगत मेरो
खुम्च्याएर राष्ट मेरो धावा बोल्ने माथि
ज्यानको बाजी राखी अब ठोक्छु भन्छ रगत मेरो

चिट्ठी लेखिसकेको थें

चिट्ठी लेखिसकेको थें सम्बोधन बाँकी नै थियो
हृदयमा माया थियो उद्बोधन बाँकी नै थियो

दर्शकले खचाखच भरिया’थ्यो रंगमंच
तिम्रो मेरो पिरतीको नाटक मन्चन बाँकी नै थियो

मुखले राम राम बगलीमा छुरा

  • by

मुखले राम राम बगलीमा छुरा बोक्छ
सित्तैमा पायो भने धान हैन भुस धोक्छ

चुरोट गाँजा तान्दै हिड्छ जोगी जस्तै बनी
श्वासप्रश्वास रोक्ला जस्तै रातैभरि खोक्छ

तिमी मेरी भै’नौ त्यसकै शोकमा पिएँ

तिमी मेरी भै’नौ त्यसकै शोकमा पिएँ,
तिम्ले दे’को घातहरूको झोकमा पिएँ

आँसुका प्याला, पीडाका सितन सिध्याएँ,
भरिएन पेट मायाको भोकमा पिएँ

Tara photo

पांच हाईकु

१. ब्यस्त सर्किट
रोग ग्रस्त मस्तिस्क
संचार केन्द्र ।

२. बुढ्यौली छायो
जमाना फेरीएछ
कसरी हेरौ ।

३. बाबुको बिहे
आमाको रत्यौली
हाम्रो बिचल्ली ।

४. नदी झै बग्यो
तनाव कलकल
आंखाको छाल ।

५. भुईको धुलो
गरीबको जीवन
तलुवा मुनी ।

chapagain_t@yahoo.com

ओईलिएर तिमी झर्यौ, टुट्यौ कहाँ-कहाँदेखि

ओईलिएर तिमी झर्यौ, टुट्यौ कहाँ-कहाँदेखि
एक्लिएँ म पर भएँ, छुट्यौ कहाँ-कहाँदेखि

रित्तो भयो सिउँदो पनि, फुटे चुरा पोते सबै
अब छैन मातमा लाली, लुट्यौ कहाँ-कहाँदेखि

image

वास्तविक जीन्दगी

थाहा भएन अर्थ मलाई खास जीन्दगीको,
उडी गयो रम्छु भन्दा झकास जीन्दगीको ।

हुरी बतास, आँधी बेहरी तुफान सरी आउँदा,
ठाउँ छैन बस्न कुनै बास जीन्दगीको ।

एकोहोरो काति हिड्नु यी सबै गोरेटोमा,
फिट्नै गाह्रो हुँदो रैछ तास जीन्दगीको ।

टाढा टढा हुँदा सबै पराई बनी अब,
थाम्नै दुःख भयो यहाँ सास जीन्दगीको ।

आऊ हात समाउ कोही छौ भने वरीपरि,
शैयाबाट जगाऊ ज्यूँदो लास जीन्दगीको ।।।