Skip to content
image

थाहा भएन अर्थ मलाई खास जीन्दगीको,
उडी गयो रम्छु भन्दा झकास जीन्दगीको ।

हुरी बतास, आँधी बेहरी तुफान सरी आउँदा,
ठाउँ छैन बस्न कुनै बास जीन्दगीको ।

एकोहोरो काति हिड्नु यी सबै गोरेटोमा,
फिट्नै गाह्रो हुँदो रैछ तास जीन्दगीको ।

टाढा टढा हुँदा सबै पराई बनी अब,
थाम्नै दुःख भयो यहाँ सास जीन्दगीको ।

आऊ हात समाउ कोही छौ भने वरीपरि,
शैयाबाट जगाऊ ज्यूँदो लास जीन्दगीको ।।।

1 thought on “वास्तविक जीन्दगी”

  1. विष्णुप्रसाद ढुङ्गाना

    सुझाव दिनुहोला
    मैले गजल लेख्ने कार्य भर्खर भर्खरै सुरुवात गरेको छु । क्रृपया यसमा मलाई हजुरहरुको सुझाव र सल्लाहको खाँचो परिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *