Skip to content

चिट्ठी लेखिसकेको थें


चिट्ठी लेखिसकेको थें सम्बोधन बाँकी नै थियो
हृदयमा माया थियो उद्बोधन बाँकी नै थियो

दर्शकले खचाखच भरिया’थ्यो रंगमंच
तिम्रो मेरो पिरतीको नाटक मन्चन बाँकी नै थियो

जिद्दी गर्ने बानी तिम्रो अनौठोको पाएँ मैले
यस्तो लाग्थ्यो तिमीभित्र बचपन बाँकी नै थियो

मृत आत्मा ठान्यौ क्यारे निस्ठुरीले मलाई त
जलाएर गयौ आखिर अझै जीवन बाँकी नै थियो

चिट्ठी लेखिसकेको थें सम्बोधन बाँकी नै थियो
हृदयमा माया थियो उद्बोधन बाँकी नै थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *