Skip to content

विश्लेषण/समालोचना

दसवर्षे जनयुद्धको कथाव्यथा

  • by

आकार र आयामका दृष्टिले कविताको उच्च एवम् शिखर रूप हो महाकाव्य । पूर्वीय महाकाव्य सिद्धान्तमा महाकाव्यका विभिन्न लक्षण हुन्छन् भनिएको छ जस्तै धीरोदात्त नायक, सर्गबद्धता नायक नायिकाको जीवनी, प्रकृति चित्रण, छन्दोबद्धता, सर्गान्तमा छन्द परिवर्तन र भावी सर्गको सङ्केत आदि । यी लक्षणमध्ये आंशिकरूपमा मात्र पालन गरिएको बेग्लै ढाँचाको आधुनिक शैलीको महाकाव्य साहित्यिक बजारमा आएको छ-‘उत्सर्ग’ ।

विश्वेश्वरबारेको साहित्यिक दस्तावेज

  • by

विश्वेश्वरप्रसाद कोइराला नेपाली आख्यान विधाका सशक्त स्रष्टा हुन् । ‘चन्द्रवदन’ कथाबाट नेपाली कथासाहित्यमा मनोवैज्ञानिक धाराको सूत्रपात भएको हो र यस धाराको विकास र विस्तारमा कोइरालाको योगदान उच्च महत्त्वको छ । यिनले केवल दुईवटा कथासङ्ग्रह नेपाली साहित्यलाई दिए पनि कथामूल्य र ऐतिहासिकताको दृष्टिले महत्त्वपूर्ण मानिन्छ । त्यस्तै ६ ओटा उपन्यास उनका चर्चित छन् । कोइरालाले साहित्यिक जीवनको उत्तरार्द्धमा आएर मात्र उपन्यास विधामा प्रवेश गरेका हुन् ।

छन्दमा क्रान्ति चेतनाका कविता

  • by

हिंसा विरोध, शान्ति अठोटको सङ्कल्पलाई सघन बनाउँदै कवि दीपेन्द्र अधिकारी ‘क्रान्ति र कविता’ कवितासङ्ग्रहमार्फत् आफ्नो दर्बिलो उपस्थिति जनाउन सक्षम भएका छन् । ५१ थान सिर्जना सामेल सद्य प्रकाशित प्रस्तुत कविता कृति वाणिर्त छन्दका प्रमाणिका, उपजाति, इन्दिरा र स्वागताजस्ता लघु आयामका साथै अनुष्टुप, मन्दाक्रान्ता र शार्दूलविक्रीडितजस्ता लामा छन्द विस्तारमा संरचित छ ।

राष्ट्रिय भावनाका कविता

  • by

नेपाली कविताका फाँटमा तीर्थराज अधिकारी आफ्नो ‘सपनामा हराएको विपना’ कवितासङ्ग्रह लिएर देखापरेका छन् । २०३५ सालको ‘गोरखापत्र’ दैनिक पत्रिकामा ‘मेरो प्यारो देश’ शीर्षकको कविता प्रकाशित भएपछि नेपाली कविताका क्षेत्रमा सार्वजनिकरूपमा देखापरेका अधिकारीका थुप्रै कविताहरू फुटकररूपमा दैनिक तथा मासिक पत्रपत्रिकाहरूमा प्रकाशित भइसकेका छन् तापनि प्रथम प्रकाशित कवितासङ्ग्रह भने ‘सपनामा हराएको बिपना’ नै हो ।

नाट्यसाहित्यको गहकिलो समालोचना

  • by

नेपाली साहित्यको अनुसन्धान-समालोचनाका क्षेत्रमा डा. कुमारप्रसाद कोइराला (२०१३) आफ्नो दोस्रो कृति (पहिलो नेपाली आख्यानको अध्ययन, २०५८) लिएर आएका छन् । नेपाली पाठकका सन्दर्भमा सिर्जनालाई ‘अन्धाका देशमा ऐनाको व्यापार’ ठान्दाठान्दै गरिएको यो रचना नेपाली नाट्य साहित्यको अध्ययनतर्फ विद्यमान खाँचो पूरा गर्ने काममा मनग्गे सहयोगी हुने देखिन्छ ।

निबन्ध शिल्पीको नयाँ कृति

  • by

नेपाली गद्य साहित्यका महान् शिल्पी, निबन्ध, नियात्रा र संस्मरणका क्षेत्रमा सिद्धहस्त वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको नवीनतम कृतिका रूपमा २१ गद्य रचनाहरूको पुस्तक ‘चरी भरर’ पाठकसमक्ष आएको छ । नमस्तेदेखि आँसु छचल्किँदै जान्छसम्म दर्जनौं गद्य कृति पस्केर नेपाली साहित्यका गद्यका पाठकलाई लठ्याउन सफल डा. तारानाथ शर्माको प्रस्तुत कृतिलाई विषय र शैलीको पूर्ववत् उचाइमा राखेर भन्दा उहाँको जीवनका उतार- चडावका दस्तावेज, निजी जीवनका घनघोर पीडाहरू, पाताल अर्थात् अमेरिका पुनः भासिनुपर्ने वाध्यकारी अवस्था, असन्तुष्टि, आक्रोश, आवेग र अन्तरमनका ज्वारभाटाका रूपमा लिएर हेर्नुपर्ने हुन्छ । यहीरूपमा हेर्दा मात्र यो कृतिप्रति न्याय हुन्छ, अन्यथा पाठक निराश हुने अवस्था आउन सक्छ ।

युवाप्रेमको चक्रवात देखाउने उपन्यास

  • by

नेपाली साहित्यमा मेरो पुस्ता खोइ भनेर उपन्यास लेखी आफ्नो पुस्ताको दरो उपस्थिति बोध गराउन खोज्ने उपन्यासकार हुन् दीपकिरण शर्मा र उनको पहिलो औपन्यासिक कृति हो ‘चक्रवात’ । एउटा भरखरैका युवाले लेखेको हुनाले यो उपन्यास प्रेम विषयमा लेखिएको छ । हुनत यस उपन्यासमा नेपालको समकालीन राजनीतिक विसङ्गति र विकृतिको चित्रण छ ।

‘सन्त्रस्त आँखाहरु’ माथि समालोचनात्मक दृष्टि

  • by

मातृका पोखरेलको कथा कृति सन्त्रस्त आँखाहरू (२०६१) यतिखेर मेरो हातमा परेको छ । प्रगतिवादी साहित्यतर्फको चिरपरिचित नाम हो, मातृका पोखरेल ।

पूर्वका तारा थिए भवानी घिमिरे

  • by

बारीमा मकैका बोटहरू मौलाएर बढेको सानो जङ्गलजस्तो थियो-हाम्रादेखि पल्लोघर । इँटाभट्टा वालाले भाडामा लिएका थिए । भट्टा भने त्यस घरबाट अलिपर आग्नेय कोणमा थियो । मजदुरहरूको कार्यक्षेत्र त्यही भए पनि अर्थमन्त्रालय भुक्तानी तथा कोष तहबिल शाखाझैँ थियो त्यो घर । पछि त्यो इँटाभट्टा भद्रपुरका प्रख्यात साहित्यकार तथा पत्रकार एसएल शर्माले पनि साझेदारीमा केही दिन सञ्चालन गर्नुभयो । मैले उहाँलाई एकपटक हजुरले भट्टाको कारोवार रहरले कि करले ?

पुस्तक समीक्षाका सन्दर्भमा

  • by

नेपालमा लोकतन्त्रको प्राप्तिपश्चात पुस्तक प्रकाशनका क्षेत्रमा स्वर्णयुग नै आएको छ भन्दा यथार्थताको नजिक पुगेको मान्न सकिन्छ । दिनहुँजसो हुने विमोचन तथा समीक्षा गोष्ठीहरूले पनि यो तथ्यको पुष्टि गर्दछन् । स्कुल, कलेज तथा विश्वविद्यालयका पाठ्यक्रम र सरकारी अर्धसरकारी संस्थानहरूले लिने प्रतियोगितात्मक परीक्षालाई हेरेर निकालिएका पुस्तकहरूको त कुरै छाडौँ ती बाहेक लेखक तथा प्रकाशकका रुचि अनुसारका अन्य पुस्तकहरूको पनि प्रकाशन सङ्ख्या बढ्दो छ ।

अक्षरमा रमाउने कवि अब सम्झना मात्र

  • by

वि.सं. २०६७ जेठ २५, साविकझैं बिहानको भात खाएँ । बाहिर कौशीमा बसी बिहानभरि घुमेर आउँदा किनेर ल्याउने गरेका पत्रिका पल्टाएँ । पहिलो पेज थोत्राबासी र नेताहरूका त्यही राजनीतिक कुरा, त्यही अडान, त्यही ढ्वाङ् ठटाइ, त्यही धम्की, त्यही घुर्की र गन्थनदेखि सबिस्तार हेर्दै जाँदा अन्तिम पेज पल्टाउने बित्तिकै देब्रे कुनाको (भ्रम नहोस् एकताका कुनै दलको मुखपत्रमा एक शीर्ष कविले ‘देब्रे कुना’ नामक कोलम लेख्ने गर्नुहुन्थ्यो) माथि नै एक शीर्षकमा आँखा पर्‍यो- ‘उपेन्द्र रहेनन् ।’

मायालु दाजु कृष्णचन्द्रसिंह प्रधान

  • by

हिमानी पत्रिकाको मुखपृष्ठजस्तो सुन्दर मुहार थियो उहाँको !

मलाई हिमानी पत्रिका निक्कै नै मन पथ्र्यो पढ्न पनि, त्यसभित्र हुन पनि । एकताका कृष्णचन्द्र दाइ त्यो पत्रिका लिएर हिँड्नुहुन्थ्यो । म सधैँ त्यसभित्र हुन रहर गर्थें । एक समयमा त्योभित्र हुनु भनेको नेपाली साहित्यको एउटा कालखण्डभित्र हुनु हुन्थ्यो ।

नेपाली वाङ्मयमा पुरस्कार परम्पराको क्रमिकता

  • by

मान-सम्मान, पदक र पुरस्कारले सम्बन्धित क्षेत्रका व्यक्तित्व, साधक र प्रतिभाहरूलाई आ-आफ्नो फाँटमा रही बढी संवेदनशील हुन, साधनारत रहन, सिर्जनशील बन्नका साथै योगदान समर्पण गर्न समेत अभिप्रेरित गर्दछ । कुनै पनि समाजमा पुरस्कार, सम्मान, पदक र उपाधि आदिको स्थापना र सफल वितरणले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

SaraswatiRijal

‘सूत्रमालामाथिको केही सूत्रात्मक अभिव्यक्ति’

ऋषिको प्रमुख लक्ष्य भगवद्प्राप्ति हो । भगवद्प्राप्तिका लागि उसले बेसरी साधना गर्छ । ऊ यसमा एकोहोरिन्छ यसैमा समर्पित हुन्छ र उसले साँच्चि नै प्राप्त गर्छ पनि । यसैले ऊ सच्चा साधक हो ।

यस्तै साधना छ – ऋषिप्रसाद लामिछानेमा । गजलकार बन्ने धून सवार छ उनमा र उनी साधनारत छन् । उनी एकोहोरिएका छन् – गजल ज्ञानका लागि, गजल प्राप्तिका लागि ।

त्यस्तै उनमा छन्द पिउने चाहना छ र पचाउने अठोट छ । तयसैका निम्ति उनी प्रयासरत छन् र सम्पूर्ण छन्दलाई आफूभित्र समाहित गर्न दृढ सङ्कल्पित छन् । उनको चाहना केवल सङ्कल्पमा मात्र सीमित छैन सङ्कल्पलाई प्रमाणित गर्नु र तिनलाई निरन्तरता दिनु उनको हठधर्मिता हो । तर उनको हठधर्मिता फलदायी बनेको छ र सिर्जनात्मक भएको छ । यदि यस्तो हो भने यस्तो हठधर्मिता प्रत्येकमा जागृत होओस् र हरेकमा स्फुरण होओस् ।

यो हठधर्मिता ऋषिको हो अर्थात् गोर्खे साइँलोको हो ।

आफ्नो जीवनको महत्त्वपूर्ण भाग अन्य व्यवसायमा खर्चेर उमेरको आधा शताब्दीमा मात्र साहित्यिक यात्रामा समर्पित ऋषि लामिछाने गोर्खेसाइँलोमा रुपान्तरित हुनु उनकै हठधर्मिताको परिणति हो ।

नयाँ नेपालको खोजी गर्ने कृति : “कालो चायाँ”

दुनियाँ ऐसी बाबरी पत्थर पुजन जाय
घरकी चकिया कोई न पुजे जिसका पिसा खाय ।

संसार कस्तो पागल छ ढुंगालाई पुज्न कहाँकहाँ पुग्छ तर आफ्नो घरको जाँतोलाई पुज्दैन जसबाट पिसेको खान्छ । – कबीर

चारैतिर जोखिम मोलेर नेपाली समाज अहिले हिँडिरहेछ र आफ्नो पागलपन र अराजकताको ढाकछोप गरी टिठलाग्दो विक्षिप्तता लुकाउन अरुलाई पागल भनिरहेछ । गुणी र बैगुणी चिन्न सकिरहेको छैन । सार्बजनिक स्थल सफा र हराभरा राख्न जुट्नु कसैले खान पाएको छैन कि भनेर चिन्ता गर्नु आफ्नो आँग नांगो राखेर अर्कालाई जाडो भयो कि भन्ने चिन्ता गर्नु सडकमा उभिएर सत्य र न्यायका स्वरहरू उराली हिँड्नु एक छिन पनि नसुस्ताई सार्वजनिक स्थलमा थाँती रहेका सानातिना कामहरू गरिरहनु जनताले चेतना भेट्ने खालका जनगीत श्लोक र कविता स्वतःस्फुर्त रुपमा भन्नु जनता पिरोल्ने पिराहाहरूका कर्तुतलाई फुटेका आँखाले पनि हेर्न नचाहनु जस्ता कार्यहरू विल्कुलै खराब हैनन् । तर त्यस्तै काम गर्ने महापुरुष गम्भीरबहादुर थापालाई पागल भन्छ यो समाज । “म जहाँ पुग्छु त्यही मेरो घर हो । म पढेको मान्छे हैन अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुाजेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा सेनाले जनता मारेको पाउँदा क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको भेट्दा ठूलाबडाले गरीब निमुखालाई सताएको पाउँदा वनजंगल मासेर मोजमस्ती गरेको देख्दा टुलुटुलु हेर्न सकिनँ र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ । मैले आम जनताका दुःख र वेदना लेख्ने र गाउँने गरेको छु । मैले पाएको केही छैन पाउने लालच राखेर संसार चहार्दै हिँडेको पनि हैन । तर पनि कतै न कतै केही न केही पाइरहेकै छु।”

भानुभक्तमा रहेको लोकतान्त्रिकता

  • by

नेपाली भाषामा रामायण लेखेर भाषिक, साहित्यिक र केही हदसम्म सांस्कृतिक हिसाबले पनि नेपाललाई एकीकरण गर्न सकेका भानुको देन राष्ट्रियताका सन्दर्भमा उच्च दर्जाको मानिइआएको छ। भानुभक्तलाई हेर्ने अर्को व्यावहारिक पाटो पनि छ। उनी पण्डित थिए, असल वन्धुवान्धव थिए, खेताला-गोठाला थिए र थिए गाउँघरमा परअाउने व्यवहारका सहजकर्ता।

दोलखामा कुमारी भैरव जात्रा

  • by

सत्ता कुर्सीको लागि वाक युद्ध, ध्वंसात्मकयुद्ध अहिले मात्र होइन पौराणिक कालमा पनि बराबर हुने गर्दथ्यो भन्ने कुरा हिन्दु ग्रन्थ पुराणहरूबाट थाहा पाइन्छ । देवगण र असुरगणको युद्ध वर्णन ग्रन्थको आधारमा हाम्रो धर्म, संस्कृति र जात्रा पर्व चलिरहेको छ । दोलखामा यही गन्थको आधारमा केही जात्रा पर्व वाषिर्क रूपमा सञ्चालन भइरहेको छ त्यसमध्ये एक हो कुमारी भैरव जात्रा ।

‘गोर्खेको सृष्टि-कादम्बरी कविता’

ऋषिप्रसाद हुन् एक सिर्जनाका धरोहर
रच्दछन् जसले काव्य अत्यन्त नै मनोहर ॥१
भएथ्यो जसको जन्म वि.सं.को आठ सालमा
थुर्पगाउँ नुवाकोट नेपाली परिवेशमा ॥२
साहित्यमा भए गोर्खे साइँलो भै प्रख्यात नै
छन्दोबद्ध भई चल्दा जीवन भो सुरम्य नै ॥३
माता हिमकुमारी हुन् पिता हुन् बोधनाथ ती
जसको भक्त भै हिँड्छन् इश्वर रुप सम्झिई ॥४

गजल-सन्ध्या पोखराको कार्यक्रम सम्पन्न

गजल-सन्ध्या पोखराले गजल वाचन एवम् स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । गजल-सन्ध्या पोखराका अध्यक्ष कपिल शर्मा संयोजकको सभापतित्व एवम् प्राज्ञिक सरुभक्तज्यूको प्रमुख आतिथ्यतामा संचालन भएको उक्त कार्यक्रमका बिशेष अतिथिमा वरिष्ठ गजलकार गीतकार एवम् गायक प्रकट पगेनी शिव हुनुहुन्थ्यो । त्यस्तै अतिथिहरुमा चितवन जिल्लाबाट भागलिन त्यहाँ पुग्नु भएका गजलकारहरुमा गोर्खेसाइँलो पुष्प अधिकारी अंजलि प्रभाकर पण्डित केशवराज आमोदी नवलपरासी जिल्लाबाट गोविन्दराज विनोदी विजयराज ज्ञवाली म्याग्दी जिल्लाबाट सुश्री पवित्रा वुढा अछाम जिल्लाबाट रावल कृष्ण तनहूँ जिल्लाबाट सरला लामिछाने सरु जानकी खनाल अमृता सुवेदी बुद्धीसागर वाग्ले उत्तम अधिकारी प्रकाश ‘प्रतिक’ नुवाकोट जिल्लाबाट गोपाल खनाल पाल्पा जिल्लाबाट हरिमाया परियार स्याङ्जा जिल्लाबाट सुरज उपाध्याय जीवन पौडेल धादिङ जिल्लाबाट रोचन घायल पर्वत जिल्लाबाट सुदिप लामिछाने कृष्ण लामिछाने मिलन पौडेल शङ्कर गिरी कृष्ण पौडेल समीप कार्की लगायतका स्रष्टाहरु हुनुहुन्थ्यो ।

‘नारीको अग्रगामितामा पुरुष बाधक बन्नु हुँदैन’ (आलेख)

आजको २१ औँ शताब्दी जसलाई हामी नयाँ युग वा आधुनिक युगको संज्ञा दिन्छौँ । आधुनिक संसार, आधुनिक मानवजीवनको बखान गरेर थाक्दैनौँ । दिनहुँजसो हुने वैज्ञानिक चमत्कारले हाम्रो जीवनचर्यालाई नयाँ मोड मिलेको छ । ज्