Skip to content

विश्लेषण/समालोचना

काष्ठमण्डप कि होममण्डप

नेपालको राजधानी काठमाडौँको नाम काष्ठमण्डपसँग सम्वन्धित छ । प्रचलित कुनै पनि भाषामा ‘काठमाडौँ’ को सोझो अर्थ लाग्दैन तसर्थ पनि काष्ठमण्डप शब्दकै अपभ्रंश वा अङ्ग्रेजी लवज हो भन्न सकिन्छ । यस शब्दको व्यापक प्रयोग अङ्ग्रेजीभाषामा भएको थियो भने पछिमात्रै नेपालीहरूले पनि काठमाडौँ भन्न थालेका हुन् । काठमाडौँको पूर्वरूप काष्ठमण्डप भएपछि यो कति पुरानो वा कहिलेदेखि प्रचलनमा आएको भन्ने सन्दर्भमा विमर्श गर्नु पर्ने हुन्छ ।

म्याङ्लुङ अर्थात् बिराले ढुङ्गा

  • by

नेपालको पूर्वाञ्चल क्षेत्रमा पर्ने कतिपय जिल्ला, जिल्ला सदरमुकाम, गाउँ विकास समिति तथा विभिन्न नठाउँका नाम स्थानीय भाषा र संस्कृतिका आधारमा राखिएका छन् । यस्ता ठाउँका नाममा स्थानीय जातिका मिथकहरू जोडिएका छन् । पूर्वाञ्चल विशेषगरी लिम्बू जातिको बाहुल्य भएको क्षेत्र हो । यसैले पनि यहाँका धेरैजसो स्थानका नाममा यही जातिको भाषा, सस्कृति र मिथकमा आधारित छन् । यी ठाउँका नाममा एक किसिमको मिथक जोडिएका कुरा स्थानीय तहमा मौखिक रूपमा हस्तान्तरित हुँदै आएको किम्बदन्तीहरूबाट थाहा पाइन्छ ।

कमाउन गाह्रो खर्च गर्न सजिलो

  • by

यो संसारमा धनसम्पत्ति कमाउन पक्कै सजिलो छैन । आफ्नो रगत पसिना बगाएर दुःख गरी मात्र दुइचार पैसा कमाउन सकिन्छ । यसको तुलनामा मानिसहरूले आफूसँग भएको धनसम्पत्ति खर्च गर्न भने धेरै सजिलो हुन्छ । धनको विनाश त कतिखेर कहाँ कसरी भइसकेको हुन्छ, चालै पनि पाउँदैन । आफूसँग धनमात्र हुनुपर्छ, त्यसलाई सिध्याउनमा साथ दिनेहरू पनि यहाँ जति पनि भेटिन्छन् । आफ्नो छरछिमेकीदेखि लिएर बाटोमा पाउने मानिसलेसमेत यस कार्यमा हाँसी हाँसी साथ दिन्छन्, खुशी खुशी साथ दिन्छन् । कस्तो मज्जा !

सम र उनको ‘आगो र पानी’

  • by

बालकृष्ण सम (वि.सं.१९५९- २०३८) नेपाली साहित्यका बहुमुखी प्रतिभा हुन् । उनले नेपाली कवितामा नयाँ विचार र दर्शनबाट मानव इतिहासको व्याख्या गरेका छन् । समले नेपाली साहित्यको नाटक विधामा सगरमाथाको शिखर चुमेका छन्, त्यसका अतिरिक्त उनका कथा, कविता, निबन्ध पनि बेजोड मानिन्छ । कलम र कुची दुवैमा सम बेजोड मानिने समको आफ्नै शैली र शिल्प परिष्कृत छ । आफ्नो सात दशकलामो साहित्यिक साधनाको यात्रामा उनी अविच्छिन्न बग्ने महानदी हुन् । उनका पद्य र गद्य नाटक, कविता,कथा, निबन्ध, खण्डकाव्य ‘आगो र पानी’ र महाकाव्य ‘चिसो चूल्हो’ का प्रवृत्तिका भावभूमिमा समका समग्र प्रवृत्तिलाई केलाइकुलाई गर्न सकिन्छ ।

महाकवि अझै अनुसन्धान बाँकी

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटानै त्यस्ता साहित्यिक युगपुरुष हुन् जसका परिचय दिँदा राष्ट्रले गौरव अनुभव गर्छ । उनी राष्ट्रको आलोक हुन्, नेपाली साहित्य इतिहासका सुनौला पृष्ठ हुन् । ती गौरवशाली व्यक्तिलाई समयमै राष्ट्रले चिन्न नसकेको तितो यथार्थ भने नेपाली समाज र साहित्य प्रेमीहरूलाई सदैव विझाइरहने कुरा हो । उनको विलक्षण प्रतिभालाई कम आँक्ने हिम्मत कसैमा थिएन, त्यसैले उनी कदरका पात्र भए । राज्यले उनलाई जुनप्रकारको सहयोग पुर्‍याउनुपर्दथ्यो र सम्मान प्रकट गर्नुपर्दथ्यो त्यो चाहिँ गर्नसकेन । दुःख र विडम्बनाको कुरा त्यही नै हो ।

कृष्णचन्द्रसिंह अवज्ञाको देउराली

  • by

कवि राजवकी छोरीको बिहे भोजमा थिएँ म, वसुन्धरामा । भोजमा बाक्लै थिए बहुउमेर, बहुविधा र बहुविचारका लेखक-कविहरू । नीलगगनबाट चट्याङ परेझैँ खबर आयो ः कृष्णचन्द्रसिंह प्रधान इहलोकमा अब रहेनन् । भोजको वातावरणमा अनायास गाढा उदासी छायो । पाको उमेरका प्रधान यो सुन्दर संसारबाट बिदै हुने गरी थला परेको सुराकी मैले पाएको थिइनँ ।

बैग्लै स्वादको पुस्तक

  • by

अंग्रेजीको ‘सेक्स’ शब्द यौनमा मात्र सीमित छैन । अब यौनसँग कुनै सम्बन्ध नै नभएको सन्दर्भ र अर्थमा समेत सेक्स शब्द प्रयोग हुन थालेको छ । जस्तै, नयाँ डिजाइनको कुनै राम्रो मोटर कार वा मोटरसाइकलाई प्रशंसा गर्नुपर्दा सेक्सी कार वा सेक्सी बाइक भन्ने गरेको पाइन्छ । सेक्स शब्द कुनै पनि चित्ताकर्षक वस्तुको पर्यायवाची शब्द बन्न पुगिसकेको छ, जसको यौनसँग सम्बन्ध हुनुपर्छ भन्ने जरुरी छैन ।

भाषाको प्रगतिशील पक्ष

  • by

कुनै पनि भाषाको आधार र अपनत्व हुन्छ । यसै पृष्ठभूमिबाट भाषाले अधिरचनामा एउटा रूप लिन्छ । नेपाली भाषाको आधार निर्माण, अपनत्व र अधिरचनामा यसको सुन्दर तस्वीर निर्माणको इतिहासमा नेपाली भाषाको पक्षमा उठेको झर्रोवादी आन्दोलनको ऐतिहासिक महत्त्व रहेको छ । त्यसका लागि डा. तारानाथ शर्मा कम्ती स्तुत्य हुनुहुन्न । उहाँको पातलो “सर्मावाद” नेपालको प्रगतिवादी आन्दोलनमा समेत चर्चाको शिखरमा रहिरह्यो ।

बादलले ढाकेको त्यो शिखर

  • by

कृष्णचन्द्रसिंह प्रधानको देहावसानले साहित्य जगत्मा ठूलो रिक्तता उत्पन्न गरेको छ । उहाँको अन्त्यकाल अप्रत्याशित भएकाले हामी चल्दाचल्दै अचानक रोकिएजस्ता भएका छौँ । उहाँको जीवनकालमा गर्ने भनी थालिएका तीनवटा ठूलाठूला कर्म थिए । त्यसो त ती कर्मको सोच र तयारी अघिदेखि नै भएको थियो । असार ९ गते तिनीहरूको अन्तिम स्वरूप खिचेका थियौँ- पुस्तुनजी, उहाँ र म धेरै बसेर छुटेका थियौँ ।

नेपालको संघीयता र अन्योलता !!

हाम्रो देश नेपाल संघीय गणतन्त्र घोषित भैसकेको परिस्थितिमा अझ पनि यही विषयमा संविधानविद सभासदहरू एक मतैक्य हुन सकिरहेका छैनन् । हाम्रो देश संघीय रुपमा विभाजन गर्दा कुन रुपले र कहाँ कसरी गर्ने भन्ने कुराहरू राजनीतिक पार्टीहरू एक हुन सकिरहेका छैनन् । यो राजनीतिक जमातमा संघीय गणतन्त्र गर्न हुन्न, नेपाल सानो देश, त्यो माथि जातीय बिखन्डन तर्फ जान्छ भन्ने समुह पनि सक्रिय छन् । नेपालमा राजतन्त्रको विरुद्द लाग्नेहरू पहिलेदेखि नै गणतन्त्र र संघीयता कुरा गरेको सर्वबिदितै छ । आखिर राजा हटाउनलाई मात्र संघीय गणतन्त्रको नारा लिएर राजनीतिक पार्टीहरू मिलेका हुन् त त्यो बेला ? हरेक राजनीतिक पार्टीहरू आफ्नो पार्टीको स्वार्थभन्दा माथि उठेर देश र जनताको लागि भनेर मिलेर यो विकराल समस्यालाई चाडोभन्दा चाडो समाधान गर्नु पर्ने स्थिति छ । संक्रमण कालिन अबस्थामा राजनीतिक पार्टीहरू मिलेर जानु नै राम्रो देखिन्छ । अन्यथा यो समस्या ले धेरै ठुलो रुपमा बढेर जानेछ । एक अर्कामा अर्कालाई घुडा टेकाएर आफ्नो कुरा मात्र मनाउने अनि लाद्न खोज्नु जनताको भावना कुल्चनु जस्तै हो ।

आजभन्दा २३५ बर्ष अघि अमेरिकामा, अनि २०० बर्ष अघि स्वीजरल्याण्ड संघीय व्यवस्था लागु भएको हो । भारतमा ब्रिटिशले छोडेपछि भारतीय नेताहरू गान्धी, जवाहरलाल नेहरू मिलेर संघीय गणराज्य बनाए । अहिलेसम्म संघीय राष्ट्रहरू संयुक्त राज्य अमेरिका, भारत, पाकिस्तान, स्पेन, संयुक्त अरब इमिरेट्स, भेनेजुएला, अस्ट्रेलिया, ब्राजिल, इथोपिया, क्यानाडा, जर्मनी, मेक्सिको, दक्षिण अफ्रिका, अर्जेन्टिना इत्यादि अनेकौं देशहरू छन् । संघीय राज्यहरू ठुला देश मात्र नभएर सेन्ट किट्स र नेभिस जस्ता ४०-५० हजार मात्र जनसंख्या हुने पनि छन् । संघीय राज्य निर्माण कसरी गर्ने सवालमा आफ्नो आफ्नो देशमा फरक धारले बनेका उदाहरणहरू पाईएका छन् । भारतमा प्रधानमन्त्री जवाहरलाल नेहरू क्षेत्रीय आधारमा संघीय बनाउन चाहँदा चाहँदै पनि भाषिक तथा क्षेत्रको आधारमा संघीयतामा जान बाध्य भए ।

अब उचालौं धौलागिरि

  • by

हामीले हिमाल त उठायौं एसियाको माझ्मा, तर हिमालकै माझ्मा पर्ने धौलागिरि पर्वतलाई भने उचाल्न सकेका छैनौं। कञ्चनजङ्घा र सगरमाथा (एभरेष्ट) को उचाइ यकिन हुनुभन्दा पहिले विश्वको सर्वाेच्च शिखर धौलागिरि (८१६७ मिटर) थियो। अहिले उचाइको वर्गीकरणमा धौलागिरि सातौं नम्बरमा पर्दछ। तर, हिमाललाई उचाइले मात्र नाप्न हुँदैन। हिमालको मूल्याङ्कन बहुआयामिक पक्षमा हुनुपर्छ। पर्वतारोहणका मौजुदा चुनौती, भूस्वरुपको धरातलीय विशेषता, भौगोलिक एवं भौगर्भिक महत्व, जैविक विविधताका विशेषतालगायत सांस्कृतिक मौलिकताका दृष्टिले पनि केलायौं भने धौलागिरि हिमाललाई उचाल्न पुगेको छैन भन्ने निर्क्योलमा हामी पुग्दछौं।

सिके पो !

  • by

सडकको पारिपट्टि ठेलामा सुन्तलाका राम्रा दानाहरू देखेपछि गाडी रोक्दै मैले पुष्पा (श्रीमती)लाई भनेँ, “यहाँ किनौं न त सुन्तला, राम्रा रहेछन् ।” राम्रै रहेछु भन्दै उनी झरिन् । म गाडी साइडमा रोकेर पर्खी बसेँ । करिब पाँच मिनेटपछि उनी उदास हुँदै फर्किन् र कारण बताइन्, “पाँच मिनेट उभिँदा पनि सडक पार गर्न सकिनँ ।” सडक खाली हुँदै हुन्न, मोटरसाइकल र गाडीवाला कसैले रोकेर पालो दिने होइनन् । जबरजस्ती गरूँ भनेँ मोटरसाइकल वा गाडीले हानेर पिचिक्क पारिदेला । अनि, साँझ रेडियो, टीभीमा आधा मिनेटको समाचार आउला, “बौद्धमा एक महिलाको सवारी दुर्घटनामा मृत्यु । त्यत्ति मात्र हुने हो अनि म किन जबरजस्ती गरेर ज्यान फालूँ ?”

समुच्च विचारको नारीवादी कविता

  • by

नेपाली साहित्यमा करिब दुई दर्जनजति साहित्यिक आन्दोलनहरू आइसकेका छन् । जसमध्ये नारीमाथि केन्दि्रत वा नारीद्वारा घोषित कुनै साहित्यिक आन्दोलन वा अभियान आउन सकेको छैन । हुनसक्छ, यही अभावलाई पूर्ति गर्ने उद्देश्यले नारी समानता र स्वतन्त्रताको उद्घोष गर्दै कवयित्री दीपा एवाई राईले समुच्च विचारको प्रतिपादन गरेका छन् । उनले समुच्च साहित्य/विचार शृङ्खलाको रूपमा अर्धवृत्त कवितासङ्ग्रह प्रकाशित गरेका छन् ।

दाहालको भोगाइको दस्तावेज

  • by

मानिसले आफ्नो जीवनकालमा अनेक दुःखकष्ट भोगेको हुन्छ, हण्डर र काष्टिहरू काटेको हुन्छ, उकाली-ओरालीहरूमा यात्रा गरेको हुन्छ । समयको गतिशील प्रवाहसँगै निरन्तर बग्ने जीवनका भोगाइहरू एकनासका कसैका पनि हुँदैनन् । सुख र व्यस्ततामा दुःखले काटेका दिनहरू अन्तर्मनमा छोपिएका हुन्छन् तर जब दुःख र पीडाले छोप्दछ, मान्छेले त्यसलाई भुसभित्रको आगोजस्तै गरी खोसि्रएर बाहिर निकाल्दछ ।

सामाजिक विषयवस्तुको उपन्यास

  • by

नेपाली उपन्यासको फाँटमा स्थापित नाम हो शंकर भारती । २०४१ सालमा अर्को जुनीमा उपन्यास प्रकाशन गरेर नेपाली उपन्यासकारको रूपमा उदाएका भारतीको ‘महापुरुषको सन्तान’ बजारमा आएको छ । भारतीको उपन्यास महापुरुषको सन्तानले मूलतः सामाजिक विषयवस्तुलाई चित्रण गरेको पाइन्छ । उपन्यासको घटनाक्रम सेठ भक्तमानका दुई छोराहरू जय र अजयले प्रथम श्रेणीमा एम.एस.सी. उत्तीर्ण गरेको खुसीयालीमा आयोजना गरेको पार्टीको परिवेशलाई लिएर अगाडि बढेको छ ।

विभाजित विश्वभित्रको समदर्शिता

  • by

केही वर्ष पहिलेसम दुर्लभ नेपाली महाकाव्यविधालाई आज युवापुस्ताले उर्वर बनाउँदैछन् । काव्य स्रष्टा कलानिधि दाहालद्वारा लिखित ‘विभाजित विश्व’ महाकाव्य नै यसको उदाहरण हो । विचार, धर्म, जात-जाति, संस्कार र खानपानको संकीर्णताभन्दा माथि उठेर ‘विभाजित विश्व’ बीचको विभेद खाडल सम्याउने समदर्शी सोचलिएर पहिलोपटक काव्यकारको रूपमा कलानिधि उदाएका छन् ।

उत्कृष्ट टेलिनाटक

  • by

विविध विधाका सशक्त साधक वासु शशी अहिले हामीसामु छैनन् तापनि उनीद्वारा रचित कविता, उपन्यास, अनुदित कृति र नाटक भने अमूल्य निधिका रूपमा रहेका छन् । उनको मृत्यु झण्डै दुई दशकपछि मात्र उनको सिनेनाटक ‘बुद्ध’ प्रकाशनमा आएको छ । यो यति चर्चित कृति अहिलेसम्म त्यसै रहनु दुःख लाग्दो कुरा हो ।

नारी चरित्रप्रधान उपन्यास

नेपाली साहित्यमा उपन्यास कम लेखिने र बढी पढिने विधामा पर्दछ । उपन्यास विधा साहित्यको यस्तो विधा हो जसमा जीवनको साङ्गोपाङ्ग वर्णन गरिएको हुन्छ । त्यसैले उपन्यास भन्नु जीवन र जगत्को आद्योपान्त वृत्तान्त भएको लामो कथा हो । उपन्यासका यिनै अभिलक्षणलाई हृदयङ्गम गरी लेखिका ललिता ‘दोषी’ले ‘उन्माद’ नामक उपन्यास साहित्यिक बजारमा ल्याएकी छन् । छब्बीस परिच्छेदसम्म विस्तारित यस उपन्यासमा समसामयिक सामाजिक वस्तुयथार्थ प्रतिबिम्बित भएको देखिन्छ । यस हिसाबले प्रस्तुत उपन्यासलाई सामाजिक यथार्थवादी उपन्यास भन्न सकिन्छ ।

भाका फुर्ने गीतहरू

  • by

कविता र गीत विधाका हस्ताक्षर भावेश भुमरीद्वारा लिखित नवीनतम् गीतसङ्ग्रह हो भित्र छ फूलो साँध । प्रस्तुत सङ्ग्रहमा भोगिराखेको जीवनलाई सोचाइ र अनुभूतिका रङले रङ्गाएर गीतका माध्यमद्वारा चित्रण गरेका छन् भावेशले । मर्यादित र शालीन शब्दमा प्रस्तुत ६४ वटा गीत रचना रहेका छन् सङ्ग्रहमा । भाव, यात्रा, लय र हार्दिकताको राम्रो समन्वय भएका गीतहरू पढ्दै जाँदा पाठकलाई आनन्द लाग्छ । हरेक गीतहरू विभिन्न भावले अभिव्यक्त भएका छन् ।

रङ्गमञ्चका लागि सार्थक कृति

  • by

हिन्दी साहित्यका प्रमुख कवि तथा नाटककार डा. धर्मवीर भारती (१९२६-१९९७) को नाट्यकृति ‘अन्धायुग’ नेपाली भाषामा प्रकाशित भएको छ । यस नाटयकृतिलाई ‘अन्धोयुग’ शीर्षक दिई निरञ्जन बरालले अनुवाद र प्रकाशन गरेका हुन् । ‘गुनाहोका देवता’, ‘सुरजका सातवाँ घोडा’ जस्ता महìवपूर्ण कृतिका स्रष्टा डा. भारतीको ‘अन्धोयुग’ प्रसिद्ध भारतीय नाटक हो । यस नाटकलाई रङ्गमञ्चीय दृष्टिले समेत एक कालजयी नाटक मानिन्छ । यस्तो कृतिलाई नेपालीमा अनुवाद गरेर निरन्जन बरालले प्रशंसनीय काम गरेका छन् ।