Skip to content

विश्लेषण/समालोचना

काँधैमा महाकवि

  • by

‘महाकवि लक्ष्मीप्रसाद देवकोटा यही बस्थें, भौतारिँदै कविता लेख्थे अनि एक पैसामा बेच्थे,’ झन्डै चार वर्षअघि बनारसको दुर्गाघाटमा भेट हुँदा सह-प्राध्यापक डा.दुर्गाप्रसाद अर्यालले भनेका थिए, ‘सम्भव भएसम्म यता (बनारसमा) महाकविको सालिक बनाउने कोसिस गरिरहेका छौं ।’

लक्ष्मी, उत्सव र हुरी

  • by

‘शिखरसिंह गर्जन्छन् तोड्न अँधेरी युगका कारा,/ दिनको स्वणिर्म सहिदी च्यानमा बर्सन्छन् जल भै तारा,/ जराकी बैरी, बढार्छु बैरी सडल दलको देश ।/ संक्रान्ति ज्वर हुँ प्रकृतिकी जो बर्बर छु किटेर दारा’ । कवि लक्ष्मीप्रसाद देवकोटाले ‘हुरीको गीत’ मा एउटा समयभित्रको विचलन देखे । एउटा शक्तिको खेल देखे । एउटा परिवर्तनभन्दा पहिलेको समय देखे ।

सर्वश्रेष्ठ कविका प्रतिनिधि कृति

प्रत्येक वर्ष लक्ष्मीपूजा नजिक आउँदा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झन पुग्छौं । यो दिन उनको जन्म दिन हो । वि. सं. १९६६ कात्तिक २७ गतेको यही दिन अर्थात् लक्ष्मीपूजाको दिन उनको जन्म भएको थियो, काठमाडौंको डिल्लीबजारमा । त्यसैले यो दिन हामी धनसम्पत्तिको अधिष्ठात्रीदेवी लक्ष्मीको पूजाआराधनाका साथसाथ लक्ष्मीजयन्ती वा देवकोटा जयन्ती पनि मनाउँछौं ।

एक थिए देवकोटा

  • by

महाकवि लक्ष्मीप्रसाद देवकोटामाथि उनको जन्मको एक शताब्दीपछि केही लेख्नु एक अर्थले उपभोक्तावादी समाजमा चुर्लुम्म डुबेर महात्मा गान्धीमाथि लेख्नुजस्तै हो । शंका छैन, देवकोटा नेपाली साहित्याकाशका महान् कवि हुन् र उनमाथि राष्ट्र र जनता दुवैले ‘महाकवि’ को दोसल्ला ओढाएका छन् । हुन पनि विरलै फोटो खिचिने देवकोटाकालीन युगमा उनको छविलाई स्मरण गर्दा ती एकाध तस्बिरहरू मानसपटलमा आइपुग्छन्, दोसल्ला (वा दोलाइ) ओढेको वा अर्नेस्टो चे ग्वेभाराले क्युबन सिगार तानेझैं उनले फूलमार चुरोटको सर्को लिँदै गरेको ।

नव गीतकार तथा प्रस्तुतकर्ता मणिराज बस्नेतको “फाटेको मन”लाई चिरफार गर्दा

नव गीतकार मणिराज बस्नेतद्वारा लिखित तथा प्रस्तुत गीति-एल्बम “फाटेको मन ” नेपालका हरेक बजारमा आउने तयारीमा छ । पृथक आवाजका धनी गायक शिव परियारले संगीत बद्ध गरेको यो एल्बममा बिभिन्न नयाँ पुराना गायकहरू लगायत शिव आफैंले पनि स्वर दिएका छन । गीतहरू प्राय:भावुक छन । गीतकार स्वयं परदेशमा रहेर परदेशको पीडा भोग्नु परेको कारणले यो एल्बममा प्राय गीतका शब्दहरू परदेशको भोगाइ, आफन्तसँगको बिछोडका घातहरू पोखिएको छ ।

एल्बमको शीर्ष गीत “फाटेको मन” शब्दमा संगीतकार स्वयंले स्वर दिएका छन । यो गीतको शब्द धोका, पीडा, र विह्वलताले सजिएको छ । शब्द अनुसार गीतको मेलोडीले पनि साथ दिएकै मान्न सकिन्छ । गीतकारको प्रथम प्रयास भएकोले कतिपय कमी कमजोरीमा चुक्नु पनि स्वभाविक हो । त्यस्तै गेरेर दोश्रो गीत “हरेक साँझ तिम्रो यादले सताउँछ यहाँ मलाई” शब्द पनि आफन्त या आफ्नी प्रियसीको सम्झनामा रचिएको आभाष हुन्छ । उक्त गीतमा पनि शिवकै आवाज सजिएको छ । एउटै संगीतकारको संगीत भएको कारणले होला पहिलो र दोश्रो गीतका धुन झन्डै एउटै र निरश नै सुनिन्छन ।

तेश्रो गीत भने अलिकति असहज झैँ लाग्दछ । शब्द पनि मीठो छ । धमेन्द्र सेवानको आवाजमा जादु त छँदैछ । तर एउटा सही समीक्षकको आँखाले हेर्ने हो भने गीतको शब्द भावले सबै स्वदेशी मनहरू बिदेश भासिएको गुनासो गरेको छ भने । गीतको लयले भने खुशी ब्यक्त गरेर खुशीयालीमा रमाउँदै गाएको आभाष हुन्छ । भन्नुको अर्थ संगीत आफ्नो ठाउँमा मीठो छ । शब्दले देशबाट बिदेशिएका युवाहरूप्रति बेदना पोखेको छ तर यी दुई शब्द र लयको तार्तम्य अलिक नमिलेको हो कि जस्तो महसुश हुन्छ । यो लयमा भने शब्द अलिकति जोश, जाँगर भरिएको अर्थात बिदेश छाडेर स्वदेश भित्रिएको खुशीयालीको शब्द भर्दा उत्तम लाग्ने थियो । अनी यो शब्दमा भने संगीत (लय) अलिक मार्मिक, भावुक र स्लो भएको भए गीत र संगीत अझ अब्बल दर्जाको हुने थियो ।

कथामा महिला पीडा

  • by

पूर्वको सीमावर्ती द्वारमा लामो समयदेखि शिक्षण गर्दै आएकी भुवन सुब्बा खरेल सायद साहित्यमा अलि अघि नै आउनुपर्ने थियो। उनका नौवटा कथाहरूको सँगालो सेती नदीभित्रका सबै कथाहरूको विभिन्न भँगालाहरूलाई छिचोलेर किनारमा पुगेपछि यस्तो लाग्छ, उनका कथाले नेपाली समाजरिरसंस्कृतिमा हुर्किरहेको आजको गाउँलाई आफ्ना कथाभित्र कसिलोसँग बाँधेेकी छन्।

गुरुङ जातिको इतिवृत्तान्त

  • by

अनुसन्धानकेन्द्रित यो पुस्तक तमू जातिको इतिवृत्तान्त हो भन्दा फरक पर्दैन। पाँच खण्डमा विभाजित तमू-गुरुङ जातिको उत्पत्ति र धर्मसंस्कृति पुस्तकको सुरुमा तमू जातिको नश्लीय, सांस्कृतिक र धार्मिक इतिहास राखिएको छ। मंगोलियादेखि चीन, तिब्बत हुँदै तमूहरू नेपाल किन र कसरी आए भन्ने जानकारी यस खण्डमा मिल्छ। तमूहरूले यसबीचमा अँगालेको धर्म-संस्कृति, त्यसको इतिहास र स्वरूपको चर्चा यसमा गरिएको छ।

घुम्ने हो शैलुङ ?

  • by

“माथि माथि शैलुङ्गेमा चौंरी डुलाउनेलाई
हत्केलामा मायाको गुराँस फुलाउनेलाई”

यो शैलुङको रमाइलो ठाउँ र चौरी हेर्नका लागि काठमाडौंदेखि झन्नै १ सय ४० किलोमिटर पूर्व दोलखामा जान पर्छ । शेर्पा र तामाङ संस्कृति, रमणीय दृश्य, विभिन्न जंगली जडिबुटी र वनस्पति, चौंरीको दूधबाट बन्ने विभिन्न परिकार पाइने यो स्थान दोलखाको सदरमुकाम चरिकोटबाट झन्डै ५० किमि दक्षिणतर्फ रहेको छ ।

20101031_GovindaSinghRawat

एउटा नाटकले खोतल्यो टोरोन्टोको आतङ्ककारीको कथा

  • by

साहित्य र समाज एक अर्काका पूरक हुन् । त्यसैले साहित्यलाई समाजको दर्पण पनि भनिन्छ । संसारका जुनसुकै भाषामा पनि साहित्य र समाजबीच घनिष्ठ सम्बन्ध रहेको हुन्छ । समाजबिना साहित्यको कल्पना गर्न सकिंदैन र साहित्यबिना पनि समाज अधुरो हुन्छ । समाजमा साहित्यले निकै ठूलो प्रभाव पारेको हुन्छ । साहित्यका कथा, कविता, उपन्यास, निबन्धजस्तै नाटक विधाले समाजमा बेग्लै प्रकारको प्रभाव छोडेको पाइन्छ । नाटक साहित्यका अरु विधाभन्दा बेग्लै स्वरूपको हुन्छ । नाटक एक वर्णनात्मक कला हो, यसमा कथाको वर्णन हुन्छ, घटनाको वर्णन हुन्छ, परिवेशको वर्णन हुन्छ अनि यसमा पात्रको सम्पूर्ण जीवनको वर्णन हुने गर्दछ । नाटकको प्रभाव समाजमा चाडै नै पर्ने भएको हुनाले यसलाई साहित्यको सशक्त माध्यमका रूपमा पनि लिने गरिन्छ । साहित्यका अरुविधा पठनीयमात्र हुन्छन्, हिजोआज तिनलाई पनि मञ्चनीय रूपमा प्रस्तुत गर्न सकिन्छ, तर नाटक पठनीय सँगसँगै मञ्चनीय पनि हुने गर्दछ । त्यसैले नाटकलाई श्रव्य र दृश्य दुवै काव्यका रूपमा लिईन्छ ।

सामाजिक जागरणकालागि होस् वा राजनैतिक विरोधका लागि, नाटकले राजनैतिक विषयवस्तुलाई समातेको हुन्छ । रुसको क्रान्तिसँगै राजनैतिक नाटकले गतिलिन थालेको देखिन्छ । राजनैतिक नाटक दलहरूकालागि जनमानस समक्ष सजिलै पुग्न सक्ने सशक्त माध्यम भएकोले यसलाई दलहरूको सांस्कृतिक हतियार पनि भनिन्छ । विरोधका लागि जनसभामा प्रस्तुत हुने राजनैतिक नाटककले रुसमा राम्रो छाप छोडेपछि यसको प्रभाव युरोप अमेरिकामा पनि पर्न थाल्यो । अनि बिस्तारै बिस्तारै सम्पूर्ण विश्वमा राजनैतिक नाटकको विभिन्न रूपहरू देखापर्न थालेको पाइन्छ । राजनैतिक नाटकले समाजको अतीतका विसंगतिपूर्ण पाटाहरुलाई वर्तमानको खुला र व्यक्ति स्वतन्त्रताबीच भिन्नता देखाएर मानवीय अधिकारबाट बञ्चित समुदायलाई आफ्नो हकका लागि मुठ्ठी कस्न प्रेरित पनि गराउछ । राजनैतिक नाटककै रूपमा सडक नाटकको पनि जन्म भएको मानिन्छ । सडक नाटक भन्नुनै राजनैतिक नाटक हो र सडक नाटकले राजनैतिक विचारलाई मुखारित गरिरहेको हुन्छ ।

दूराग्रह पखाल्ने उपन्यास

  • by

मानिसहरू अक्सर आग्रहहरूद्वारा वशिभूत हुन्छन् । कुनै आग्रह सामान्य हुन्छन्, तर केही आग्रहहरूले दूराग्रहको श्रेणीमा काम गर्छन् । पन्छाउन सकिने दूराग्रहहरूलाई नपन्छाउँदा हामी अक्सर गल्ती गर्न पुग्छौं । जीवनको सामाजिक व्यवहारदेखि लिएर मानिस र तिनका कर्महरूलाई हेर्ने र बुझ्ने मामिलामा त्यस्ता आग्रह र दूराग्रहहरूले हामीलाई प्रभावित गरिरहेका हुन्छन् । एउटा लेखक वा उसको कुनै सिर्जनालाई बुझ्ने कुरामा समेत दूराग्रहले हामीलाई दोषी बनाइरहेको हुन्छ । एउटा पाठकको हैसियतले मैले त्यस्तो अवस्थासँग पटक-पटक साक्षात्कार गरेको छु ।

हरायो हाँसो

  • by

हास्य र व्यंग्य भनेको जेरी र स्वारी जस्तै हो । स्वारी मात्रै देख्यो भने जेरीको याद आइहाल्छ, जेरी मात्रै देख्यो भने स्वारीको याद आउँछ । हास्य र व्यंग्य भनेको अलिअलि हामी ‘मह’ जोडी जस्तै पनि हो, मदन कृष्णलाई एक्लै देख्यो भने हरिवंश खै त भनेर सोधिहाल्छन्, हरिवंशलाई एक्लै देख्यो भने जोडी किन छुटेर हिँडेको भन्छन् । हास्यव्यंग्यको जोडीचाहिँ आजकल नेपालमा सँगै हिँडेको देख्नै छाडिसक्यो, जताततै व्यंग्य व्यंग्य मात्र देखिन्छ, हास्यचाहिँ कतै देखिँदैन ।

युगकवि देवकोटा

  • by

विराट काव्य प्रतिभाका धनी विश्वका नै एउटा महान प्रतिभा, महाकवि देवकोटा (वि.सं. १९६६-२०१६) प्रजातन्त्रप्रेमी, परम राष्ट्रवादी तथा मानवतावादी कवि हुनुहुन्थ्यो । नेपाली काव्य साहित्यका सगरमाथा महाकवि देवकोटा हाम्रा राष्ट्रका गौरव हुनुका साथै अन्तर्राष्ट्रिय साहित्य जगत्का एक प्रतिभाशाली विद्वानको रूपमा चिनिने एउटा प्रख्यात विभूति ।

बुद्धि तामाङ र उत्तरआधुनिक आयाम

  • by

बुद्धि तामाङले पठाउनुभएको । ‘उत्तर आधुनिक आयाम र प्रशंसनीय दृष्टिकोण’ पुस्तकका विषयगत शीर्षकहरूले उत्सुकता जगाए । ‘उत्तर आधुनिकता’ पश्चिमी जगतमा पुरानिन लागे पनि नेपालका लागि नयाँ विषय बनेको छ । यसका व्याख्याताहरूका मतभेद र बाझाबाझ पत्रपत्रिकाहरूमा पढ्दै आएकोेले यस पुस्तकले त्यसबारे स्पष्ट धारणा व्यक्त गर्छ कि भन्ने आशा जाग्यो । विषय शिर्षक पढ्दै जाँदा यो कृति सकारात्मक र नकारात्मक सोचहरूको व्यापक निवेचनद्वारा मानिसमा सकारात्मक सोच विचार र प्रवृत्ति बढाउन सघाउने ध्येयले लेखिएको खुलासा हुँदै गयो । यस कृतिमा ‘उत्तर आधुनिकता’ शीर्षक परेपनि पूर्वेली, पश्चिमी सकारात्मक विचार र व्यवहारका विषयका साथै आदिम युगदेखि अहिलेसम्मका र सिङ्गो विश्वदेखि नेपालभित्रका विभिन्न समुदायका विचार र प्रवृत्ति कोट्याइएका रहेछन् ।

‘म कहिल्यै हार्दिन’ कवितासङ्ग्रहभित्रका हिम्मतिला सुगन्ध

मोसफल, त्यसमाथि अति विकट सुदूरपश्चिमाञ्चलको उच्चस्थानमा रहेको सुन्दर, रमणीय, मनमोहक र हरियालीले भरिपूर्ण चिसो हिमाली भू–भागभित्र पर्ने जिल्ला हो — दार्चुला ।

साहित्य

विष्व मान चित्रमा एउटा भु–परिवेष्टित राष्ट्रको रुपमा परिचित नेपाल जुन विष्वका अधिकांश समुदाय एवं ब्यक्तिका लागि उपयुक्त गन्तब्यको रुपमा परिचित छ । सानो देश भएर पनि प्राकृतिक सौन्दर्यताले गर्दा पर्यटक

विवाहको गलत संस्कार र युवा मानशिकता

आजको एक्काईसौँ शताब्दीका किशोर किशोरी हरु जसमा हरेक समय गर्लफ्रेण्ड ब्वाईफ्रेण्ड परिवर्तन गरिरहने चाहना हुन्छ । आजका युवा पुस्ता आप्mनो वाईकको पछाडीको सिटमा हरेक क्षण फरक फरक सुन्दरी लाई राखेर हिड्ने

धुमपानः विद्वानहरूका केही उद्गारण

नेपालमा प्रत्येक वर्ष धुमपानरहित दिवस मनाइएता पनि चुरोट उत्पादनमा कमी आएको देखिँदन । वर्षेनी चुरोट उत्पादनमा वृद्धि हुनुले बताउँछ कि हाम्रो देशमा धुमपान गर्नेको सङ्ख्या बढ्दैछ । धुमपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि धुमपान छोड्न चाहदैनन् किन ? यो प्रश्न हाम्रो सामु ठूलो चुनौतीको रूपमा खडा छ ।

नवविवाहित दम्पती र मानसिक असन्तुष्टि

विवाह आखिर जति सुकै पछि नै गर्नु परँे पनि प्रत्येक किशोरकिशोरीहरूले पहिले नै आफ्नो भावी जीवनसाथी यस्तो होओस् भनी सोचिसकेका हुन्छन् । अतः प्रत्येक किशोरले एक सुयोग्य पत्नी र प्रत्येक किशोरीले एक आदर्श पुरुषको कल्पना गरेको हुन्छ । कल्पना गरेअनुसार तिनीहरूले आफ्नो उद्देश्य पूरा गर्नको लागि कोसिस पनि गर्दछ तर सोचेअनुसारको प्रायः कोही नभएको पाइन्छ ।

नेपाल शब्दकोशको सुरुवात कहिलेदेखि?

नेपालमा सर्वप्रथम नेपाली भाषाको शब्दकोश निर्माणमा रुचि देखाउने विदेशीहरू देखिएका छन् ।

चीनसँग नेपालको युद्ध हुँदा इष्ट इण्डिया कम्पनीका दूत बनी वि.सं. १८४९ मा डब्लु जे. कर्क पेट्रिक नेपाल आएका थिए । केही समयपछि उनी फर्केर गए । वि. सं. १८६८ मा उनले लण्डनबाट नेपालको यात्रा वर्णन वंशावली समेत जोडेर ‘अन् एकाउन्ट अफ् द किङ्गडम अफ नेपाल’ नामक पुस्तकमा सात/आठ सय जति नेपाली र नेवारी शब्दको अर्थ दिएर एक शब्दावली प्रकाशित गरेको र सो नै नेपाली शब्दकोशको थालनी भएको इतिहासकार ज्ञानमणि नेपालको भनाइ छ ।

लेखकको मृत्यु

  • by

व्यक्तिगत जीवनका दुःख-पीडा र समस्याहरूमा समाजलाई जोडेर वा समाजका अप्ठ्याराहरूलाई व्यक्तिमा जोडेर सिर्जना गरिन्थ्यो, काव्य-कृति। अझ आख्यानको त्यति विकास नभएको काव्ययुगमा सबै कुरा उपदेशात्मक र कारुणिक बनाउन कविहरूले प्रशस्त मेहनत गरेका हुन्थे। पूर्वीय साहित्य काव्यात्मक छ। काव्यकै माध्यमबाट आख्यानको व्यवस्थापन गरिएको हुन्थ्यो। ती काव्यहरू अत्यन्त भावुक र कारुणिक हुन्थे। एउटा पात्रको जीवनमा सिङ्गै समाजलाई प्रतिस्थापित गरिन्थ्यो, त्यस्तै परम्परा बस्यो।