दसैँ स्रष्टाको कलममा
जता जाउँ उतै भन्छन्
दसैं आयो । दसैं आयो ।
यही आनन्द वर्षाले
सबै सङ्कट बिर्सायो ।
नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड विजयादशमी आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रतपूणिर्मासम्म मनाइन्छ । अश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्म फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चारदिनको यो महापर्व सम्पूर्ण हिन्दूहरूले अत्यन्त खुशीयालीपूर्वक मनाउँछन् ।
सबै राम्रा सबै ठाँटी
सबै नाना तमासामा
सबैका माथमा जौका
पहेला अङ्कुरा लामा
कवि शिरोमणि लेखनाथ पौडेलले भनेजस्तै राम्रा-राम्रा पहिरनमा सजिएर निधारभरि दही अक्षताको राता टीका लगाएर शिरमा जमरा सिउरिँदै मान्यजनबाट टीका र आशीर्वाद थाप्न जानेहरूको यस अवसरमा विशेष चहलपहल देखिन्छ । त्यसैगरी ठाउँ-ठाउँमा लिङ्गे र रोटे पीङहरू हालेर त्यसको चहचहमा रमाउनेहरूको भीडले दसैंलाई थप आकर्षण प्रदान गरेको हुन्छ । भनिन्छ-दसैँ भनेको आपसी मित्रता, भेटघाट, सौहर्द्रता, मान्यजनप्रति सम्मान-सद्भाव र प्रेमजस्ता कुराको समष्टि स्वरूप नै हो ।

“मनुष्यभन्दा ठूलो कुनै शक्ति छैन । मनुष्य समस्त वस्तु र स्वयं स्रष्टा हो । मनुष्य चमत्कारकर्ता हो र प्रकृतिका समस्त शक्तिहरूको भावी स्वामी हो ।”- म्याक्सिम गोर्की
हाइकु हुर्कने परिवेश
हे बालाजन हो पढो घरिघरी विद्या छ अमृत सरी ।
ऋषिप्रसाद लामिछानेको साहित्यिक नाम गोर्खेसाइँलो हो । राष्ट्रिय भावनाले ओतप्रोत भएर गोर्खे र जन्मक्रमले साइँलो नभए पनि ठेट नेपालीपन जनाउने क्रममा साइँलो भएर उनले आफ्नो साहित्यिक उपनाम गोर्खेसाइँलो राखेको हुनु सम्भव छ ।