Skip to content

विश्लेषण/समालोचना

रामनाथ अधिकारी सँगीको छोटो परिचय

प्रिचयः—माता रमादेवी र पिता नारयणदत्त अकिारीका पुत्ररत्न रामनाथ अधिकारी सँगीसँग तनहूँ लेखक संघले भव्य साहित्यिक कार्यक्रमको आयोजना गरी दमौलीमा सम्पर्क गरायो। यो सम्पर्कमा उमेरले समकालीन लाग्ने रामनाथजीसँग हात मिलाउँदै परिचय मागे। उहाँले आफ्नो परिचयमा २००५ साल माघ ०८ गते शुक्रबारको दिन गोर्जे गहिरा थोक कास्कीमा जन्मेको धारणा राख्दै मेरो परिचयको लागि कागज र कलम ट्क्र्याउँदै आफ्नो कृति विन्ध्यावासिनी माहात्म्य पूजाविधि आरती भजन भएको सिर्जना दिनु भयो।

बुद्धिजीवीको सक्रियतामा शिक्षामा कायापलट सम्भव

नेपालको शिक्षा मुठ्ठीभर व्यक्तिको कब्जाबाट गुज्रँदै आएको छ । आदिकालमा गुरुकूल पद्धतिको शिक्षा केही धनाढ्य व्यक्ति र गुरुहरूको हातमा थियो । राणाकालमा राणाहरूका भाइभारदार, आगेपाछे र चाकरीबाजकहाँ गयो । अवस्था सुध्रँदै आएको वर्तमान अवस्थामा राजनीतिक दल र तिनको भरणपोषण गर्नेहरूको हातमा सर्यो । पश्चिमका अङ्ग्रेजहरूले दासमनोदशाका नागरिक उत्पादन भइरहून् भनेर भारतमा छाडी गएको शैक्षिक पद्धतिको अन्धाधुन्धीकरण गरेर हामीले हाम्रो मौलिक शैक्षिक पद्धति आर्यघाटमा पुर्यायौँ ।

घुँडामार शैली, यायावर नेपाली र ‘मि टु’ अभियान

गाउँघरलाई फेरि एक वर्षका लागि फुङ्ग र रित्ता बनाउँदै सहरमा काम गर्ने लाखौंलाख मानिसहरू धमाधम सहर पसिरहेका छन् । सडक यातायातका दुई, चार र छ पाङ्ग्रे लावालश्करमय साधनले सडक खचाखच देखिएका छन् । नेपाली हिन्दूहरूको महान् चाड दसैँ लगभग सकिएको अवस्थामा छ । दसैँका सन्दर्भमा जहिल्यै पनि गाउँ र सहरको उल्टो अंकगणीतीय सम्बन्ध रहेको पाइन्छ । दसैँमा सहरहरू सुनसान हुन्छन् भने गाउँघरहरू गुल्जार । कहिल्यै भेट नभएका साथीभाइ, माइती, मावली, ससुराली, जोरीपारी र पुराना दयाँलीहरू पनि दसैँको माहोलमै गाउँघरमा टुप्लुक्क भेटिँदा जो कोहीमा असीम आनन्दको सञ्चार हुने गर्छ ।

सेतो सुनखानी कविता सङ्ग्रह नियाल्दा

गंगा लिगलको ‘सागर पारि’ कवितासङ्ग्रहको अध्ययन गर्दागर्दै शम्भु अर्यालको ‘सेतो सुनखानी’ पढ्ने समय जुरेछ। यो ‘सेतो सुनखानी’ कवितासङ्ग्रह मलाई शम्भुजीले यही कार्तिक ७ गते ज्याग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरको बृहत् हरिनाश साहित्य सम्मेलनको अवसरमा हरिनाश कार्यक्रम स्थलमै समीक्षार्थ प्रदान गर्नुभएको थियो। अध्ययनमा कस्तो संयोग मिलेको होला दुवै कवितासङ्ग्रहका कविहरूको मन नेपालकै मायाममता, नेपालकै प्राकृतिक, सांस्कृतिक,आर्थिक सामाजिक,धार्मिक स्मरण र नेपालकै विकासको लागि तड्पिरहेको पाइयो।

NandaLalAcharya-09

सिरहाको शिक्षामा भक्तबहादुर राई

सिरहा जिल्लाको गोलबजार नगरकै प्रकाण्ड शैक्षिक व्यक्तित्व भनी चिनिएका भक्तबहादुर राई पिता जुगुतबहादुर राई माता लक्ष्मीदेवी राईको ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०१६ कात्र्तिक १५ गते शुक्रबार गोलबजार–२, सिरहामा जन्मेका हुन् । उनका पुर्खाहरू करिब डेढ शताव्दिपूर्व दिक्तेलको दिङलुङबाट लालपुर–३, टोडके, सिरहा झरेका थिए । सुझबुझको कमिका कारण उनका हजुरबुबा र बुबाहरूले गरिबीमै जन्मेर गरिबीमै बिदा भए । उनले भने मामाहरू लक्ष्मण राई र भरत राईको मद्दत र संरक्षणमा राम्रो संस्कार र शैक्षिक वातावरण पाए । फलस्वरूप गरिबीलाई घटाउँदै र हटाउँदै गए ।

गंगा लिगलका सागर–पारि कविता सङ्ग्रहमा डुबुल्की मार्दा

‘खास गरी मलाई साहित्य विधामा कविता असाध्यै मन पर्छ। तसर्थ म भन्ने गर्छु ‘‘ साहित्य मेरो प्राण हो। कविता मेरा हृदय स्पन्दन हुन् ’’। मेरा रोम रोममा कविता स्फुरण भइरहन्छ। कवितालाई म आफ्नो जीवनसंगी पनि भन्ने गर्दछु। यो विनाको मेरो जीवन निरस ठान्दछु। ’ यी उद्गार/ प्रतिबद्धता हुन् गंगा लिगलका। यी प्रतिबद्धताको प्रमाण हुन् उनका प्रकाशित कृतिहरू र फेसबुकमा निरन्तर प्रसारण गरिएका उनका विविध कविताहरू। उहाँले मलाई उहाँका विविध विधाका ११ कृतिहरू समीक्षाको लागि पठाउनु भएको र यी कृतिहरू क्रमस पढ्दैजाने क्रममा ‘सागर–पारि’ कविता सङ्ग्रहमा पुगेको छु।

नित्सेका एकाध कथाहरू

नित्सेले एउटा कुरा लेखेका छन् । लेखेका छन्– पहिलो र अन्तिम इसाई सूलीमा झुण्डियो र मर्यो पहिलो र अन्तिम । क्राइष्टका सम्वन्धमा लेखेका छन्, पहिलो र अन्तिम क्रिश्चियन सूलीमा मर्यो । त, यी पछि आएका इसाईहरूको के गणना छ ? पछिका इसाईहरूको अवस्था कस्तो छ ? यी पछिका इसाई के भए ? पछिका इसाई इसा हुन सकेनन् किनकि इसा हुनका लागि हर तरहबाट स्वतन्त्र व्यक्तित्व चाहिन्छ । अरु त इसाकै दास हुन् । महावीरको पछि हिंँड्ने जैन कहिल्यै महावीर हुन सक्दैनन्, किनकि महावीर हुनका लागि हर तरहले स्वतन्त्र आत्मा चाहिन्छ ।

सन्देह गर्नु कति ठिक कत्ति बेठिक!

भीडले हजारौं किसिमका मूर्खता हजारौं वर्षसम्म मानेको छ । र, त्यो भीडमा बुद्धिमान् मान्छेहरू समेत सम्मिलित भएका छन् । र, उनीहरूमा कहिल्यै सोच आएन, किनकि सन्देह उठेन । जसको मनमा सन्देह उठ्दैन उसको मनमा विचार जन्मन सक्दैन । सन्देहभन्दा ठूलो आध्यात्मिक क्षमता अरु कुनै छैन । श्रद्धाभन्दा ठूलो पाप छैन, सन्देहभन्दा ठूलो धर्म छैन । सन्देह उठ्नुपर्छ किनकि सन्देह नउठ्ने हो भने तपाईं समाजबाट, भीडबाट मुक्त हुन सक्नुहुन्न । स्वतन्त्र हुन सक्नुहुन्न ।

पूर्वीय तथा पाश्चात्य वाङ्मयका अवधारणागत आधारशिलाहरू

साहित्यको नाममा हामी धेरै सामग्रीहरू पढ्छौं, अनगिन्ती चर्चा गर्दछौं, कतिपयले सिर्जना पनि गर्दछौं । साहित्यको परिभाषा, चरित्र, रचनागर्भ तथा निर्माण प्रकृया, समालोचना तथा मूल्याङ्कनका बारेमा चर्चा, मन्थन र सिद्धान्त प्रतिपादन भएका छन् । यसरी साहित्यलाई नियाल्न आज पूर्वीय र पाश्चात्य सिद्धान्त र दर्शनका चस्मा लगाउनु पर्ने हुन्छ । वाङ्मयका पूर्वीय तथा पाश्चात्य दृष्टिकोणहरू आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । धेरै वाद वा मतहरू साहित्य सिर्जनाका आधारभूत तत्वमा केन्द्रित छन् भने कतिपय मत यसका रचनागर्भमा तहमै पुग्दछन् । साहित्यलाई मनोविज्ञानसित गाँसेर पनि हेर्ने गरिएको छ । आलेखमा साहित्य के हो ? यो किन वा कसरी यो सिर्जना गरिन्छ ? मूल्याङ्कनका आधार के के हुन् ? भन्ने विषयमा सामान्य चर्चा गर्नेछु ।

जीवन सोच र समय

रिद्वीकोट गाउँपालिका –४ पाल्पामा जन्मेका पिता हिक्मतराज ज्ञावली र माता मीना ज्ञावलीका पुत्ररत्न राम ज्ञावलीजीले साहित्यकार कृष्णादेवी शर्मा श्रेष्ठ मार्फत हार्दिकताको साथमा पठाउनु भएको जीवन सोच र समय(निवन्धसङ्ग्रह) हात लाग्यो। समय र स्थानलाई भूले पनि कार्यक्रममा साक्षात्कार भैसकेका एक होनहार युवा जस्ले नेपालीमा एम.ए. एम.एड शैक्षिक योग्यता हाँसिल गरेका छन् र शिक्षण पेशा अङ्गाली भावी देशका कर्णधार उत्पादनमा लाग्दै नेपाली साहित्य सेवामा समर्पित भएका छन् को यस्तो गहनकृति अध्ययन गर्ने मौका पाउँदा खुसी लाग्नु स्वभाविक हो।

थोरैले सोच्ने तर अधिकतम्ले दोहोर्याउने कुरा

ती आत्मा र परमात्मा त धेरै टाढाको कुरा भए । जीवनका असाध्यै सहज अनुभव समेत हाम्रा आफ्ना हुँदैनन्, ती पनि हामी दोहोर्याइरहेका हुन्छौं । यदि म एउटा गुलाफको फूल तपाईंसामु राखेर सोधूँ, के यो सुन्दर छ ? तपाईं भन्नुहुन्छ, सुन्दर छ । तर यसमा पनि थोरै विचार गरौं । यो कुरा तपाईंले स्वीकार गर्नुभएको हो कि स्वयम्ले थाहा पाउनुभएको हो ? किनकि संसारमा भिन्ना–भिन्नै जातिहरू भिन्ना–भिन्नै फूललाई सुन्दर भन्छन् । र, संसारमा भिन्ना–भिन्नै अनुहारहरू भिन्ना–भिन्नै जातमिा सुन्दर ठानिन्छन् ।

हरिभक्त कटुवाललाई सम्झँदा

कविडाँडा साहित्य समाज चितवनले हरिभक्त कटुवालको ३८सौ स्मृति दिवस सम्पन्न भएको समाचार मझेरी डट कममा अध्ययन गर्न पाएँ। रामकृष्ण पौडेल अनयासद्वारा लेखिएको यो समाचार पढ्न पाउँदा एकतिर, मेरो श्रद्धेय गुरु हरिभक्त कटुवालजी जस्को प्रेरणाले गर्दा मलाई साहित्यमा लाग्न प्रेरणा मिलेको थियो जन्म जयन्ती मनाएकोमा साह्रै हर्षित पनि भएँ अर्कोतिर नवलपुर र भरतपुर धेरै नजिक हुँदाहुँदै पनि उक्त कार्यक्रममा सहभागी हुन नपाउँदा मनमा खिन्नता पनि पलायो।

अभागीका मुक्तकहरू भाग्यमानीको हातमा

पिता कलाधर रिजाल, माता नन्दकला रिजालको छोरा सदान्द रिजाल १५ मार्च १९४७ पर्वत जिल्ला शंकर पोखरी गा. वि. सं. नुवार भन्ने ठाउँमा जन्म भएको हो। विक्रम सम्वत् २०१२ सालदखि साहित्य सृर्जना कार्यमा लाग्नुभएको आज पर्यन्त धेरै कृतिहरू पस्कन सफल हुनुभयो। तर एउटा कुरा भन्न कर लाग्यो नामको पछि टाइटल अभागी किन लेख्नुभयो लेखकलाई प्रश्न ? उहाँको कृतिहरू स्तरीय उच्च स्थानमा हेर्न सकिन्छ सफल साहित्यकारको टाइटल आभागी कसरी भयो। उहाँ त भाग्यमानी हुनुहुन्छ हामी दुलियाजानमा भेट भएको समयमा कृति साटासाट गरेका थियौं।

शरीर परतन्त्र कि स्वतन्त्र ?

मेरो दृष्टिमा, यो शरीरको तलमा जीवनको कुनै उत्तर भेट्न सकिँदैन। र, हामी सबै शरीरको तलमा बाँच्दछौँ। भोक लाग्दछ, प्यास लाग्दछ, लुगा चाहियो, घर चाहियो, त्यसैले बाँचेका छौँ ? एकछिनलाई सोच्नुस्, तपाईंले सबै पाउने हो भने, भोक तृप्त होस्, प्यास तृप्त होस्, तपाईंको वासना पनि तृप्त होस्। तपाईं जे चाहनुहुन्छ, त्यो भेटियोस्, त्यसपछि तपाईं के गर्नुहुन्छ ? मर्नु सिवाय तपाईंसँग अर्को कुनै उपाय बाँकी रहँदैन। तपाईंका सारा इच्छा तृप्त हुने हो भने तपाईं के गर्नुहुन्छ ? त्यसपछि एक क्षण पनि तपाईं बाँच्न सक्नुहुन्छ ? सुत्नुहुन्छ, अनन्त निद्रामा सुत्नुहुन्छ।

दसैँको शैली फेरियो: रौनक उस्तै

नेपालमा अहिले दसैँको मौकामा करिब ४ खर्ब बराबरले अर्थतन्त्र चलायमान हुन्छ। गतिशील यो अर्थतन्त्रलाई अरु कुनै पनि नेपालीका पर्वहरूले यतिको प्रभाव पार्न सक्दैनन्। अझ सहरबाट गाउँमा १ खर्ब रुपैयाँ पैसाको फ्लो हुने गर्छ। यो सबै रेमिट्यान्सले गर्दा भएको हो। नेपालीहरू प्रतिदिन १३ सयदेखि १८ सयसम्मका दरले विदेश गैरहेका छन्। काम र काममा खोजीमा विदेश बत्तिएकाहरू यो हिसाबले करिब ४० लाखको संख्यामा नेपाली यतिखेर विदेशमा रहेका छन्। ती सबै दसैँमा आआफ्ना घर आउन नपाए पनि विभिन्न नामका माध्यमबाट नेपालमा आफन्तका छेउ पैसा पठाउँछन्। सञ्चार माध्यममा आएर जोडिन्छन्। शरीर दूर भए पनि मन सन्निकट हुँदा छुट्टै सुखानुभूतिको संचरण हुने गर्छ।

लेख बालबालिकामा हुने सिर्जनात्मक लेखन क्षमता

केही नभएको ठाउँमा केही हुनु सिर्जना हो । अभावमा पूर्ति वा शून्यमा भण्डारण गर्नुले पनि यसैलाई सङ्केत गर्दछ । खाली जग्गामा बिउ छरेर, खेत जोतेर अनि रोपेर असारमा कर्म गरेपछि मङ्सिरमा किसानले अन्नबाली भित्र्याउँछन् । यो उसको सिर्जना हो । सामान्य व्यक्तिले लेखपढ गर्छ अनि अरूले लेखेको देखेर कविता लेख्छ । निरक्षर भए पनि गुन्गुनाउँदा गुन्गुनाउँदै मिठो गीत बन्छ, लिपिबद्ध गर्न सक्यो भने मनभित्र उब्जिएका भावनालाई शब्दमा उतार्दा कहिले निबन्ध बन्छ, त्यसैमा घटनाको शृङ्खला, पात्र र परिवेशको संयोजन गर्न सकियो भने कथा बन्छ । धेरै पात्र थुपारेर संवादका माध्यमबाट प्रस्तुत हुने बाटो खोज्यो भने एकाङ्की वा नाटक बन्छ ।

20180922_NandaLalAcharya-Manju

महिला हक कागजमा हैन व्यवहारमा देखिनुपर्छ

बेलाबखत प्रतिभा सम्पन्न बालबालिका भेटिन्छन्। मात्र खोज्दै जानुपर्छ, वरपर धुले बाटोमा धुलैसँग लट्पटिएका पनि हुनसक्छन्। कुटो कोदालोसँग जुद्धै गरेका पनि भेटिन्छन्। अग्रजले वातावरण मात्र दिनुपर्छ, उनीहरू देवकोटा, वाग्नर र नाइटिङगेल बन्न सक्छन्। यस्तै प्रतिभा र सोचले युक्त एक छात्रा/चेलीको कुरा आजको आलेखमा समेटेको छु।

मेरो मनभित्र घोत्लिँदा

साहित्यिक क्षेत्रमा सरोज उजाडले चिनिने व्यक्तिको वास्तविक नाम टंकप्रसाद काफ्ले हो । माता धर्मदेवी काफ्ले र पिता टीकाराम काफ्लेका सुपुत्र सरोजको जन्म साविक पिठौली गा.वि.स वार्ड नं २मा भएको थियो । पेशागत रूपमा उहाँ एक अध्यापक हुनुहुन्छ अध्यापनमा मात्र सीमिति नभएर उहाँ एक बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ ।स्नातकोत्तर (नेपाली) शिक्षा हाँसिल गरेका सरोज उजाड एउटा होनहार युवा साहित्यकार पनि हुनुहुन्छ । काँचुली हवाई पत्रिका पाल्पामा विसं २०५४मा मुक्तक लिएर उदाएका सरोजको कविता, गजल, कथा, उपन्यास, हाइकु, मुक्तक र गीतमा पनि आफूलाई चिनाउन सफल देखिन्छन् ।

आदर्श विद्यार्थी, गुरु र अभिभावकको त्रिवेणी : भक्तबहादुर राई

सिरहा जिल्लाको गोलबजार नगरकै प्रकाण्ड शैक्षिक व्यक्तित्व भनी चिनिएका भक्तबहादुर राई पिता जुगुतबहादुर राई माता लक्ष्मीदेवी राईको ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०१६ कात्र्तिक १५ गते शुक्रबार गोलबजार–२, सिरहामा जन्मेका हुन् । उनका पुर्खाहरू करिब डेढ शताव्दिपूर्व दिक्तेलको दिङलुङबाट लालपुर–३, टोडके, सिरहा झरेका थिए । सुझबुझको कमिका कारण उनका हजुरबुबा र बुबाहरूले गरिबीमै जन्मेर गरिबीमै बिदा भए । उनले भने मामाहरू लक्ष्मण राई र भरत राईको मद्दत र संरक्षणमा राम्रो संस्कार र शैक्षिक वातावरण पाए । फलस्वरूप गरिबीलाई घटाउँदै र हटाउँदै गए ।

गंगा लिगल र गंगाजल

अतराष्ट्रिय नेपाली साहित्य समाज ह्युस्टन च्याप्टरकी संस्थापक अध्यक्ष गंगा लिगल नेपालको ऐतिहासिक थलो पाल्पा तानसेनमा जन्मिएर सिद्धार्थनगर, भैरहवालाई स्थायी बसोबास बनाई हाल ह्युष्टन,टेक्सास,अमेरिकामा बसी नेपाली साहित्यमा आफूलाई पूर्णरूपमा समर्पण गर्नुभएको छ । विविध विधामा करिब दुई दर्जनजति कृतिहरू पस्किसक्नुभएको छ । तीन जर्दनको हाराहारिमा पुरस्कार र सम्मानले विभूषित भै सक्नुभएको छ ।