रामनाथ अधिकारी सँगीको छोटो परिचय
प्रिचयः—माता रमादेवी र पिता नारयणदत्त अकिारीका पुत्ररत्न रामनाथ अधिकारी सँगीसँग तनहूँ लेखक संघले भव्य साहित्यिक कार्यक्रमको आयोजना गरी दमौलीमा सम्पर्क गरायो। यो सम्पर्कमा उमेरले समकालीन लाग्ने रामनाथजीसँग हात मिलाउँदै परिचय मागे। उहाँले आफ्नो परिचयमा २००५ साल माघ ०८ गते शुक्रबारको दिन गोर्जे गहिरा थोक कास्कीमा जन्मेको धारणा राख्दै मेरो परिचयको लागि कागज र कलम ट्क्र्याउँदै आफ्नो कृति विन्ध्यावासिनी माहात्म्य पूजाविधि आरती भजन भएको सिर्जना दिनु भयो।

नेपालको शिक्षा मुठ्ठीभर व्यक्तिको कब्जाबाट गुज्रँदै आएको छ । आदिकालमा गुरुकूल पद्धतिको शिक्षा केही धनाढ्य व्यक्ति र गुरुहरूको हातमा थियो । राणाकालमा राणाहरूका भाइभारदार, आगेपाछे र चाकरीबाजकहाँ गयो । अवस्था सुध्रँदै आएको वर्तमान अवस्थामा राजनीतिक दल र तिनको भरणपोषण गर्नेहरूको हातमा सर्यो । पश्चिमका अङ्ग्रेजहरूले दासमनोदशाका नागरिक उत्पादन भइरहून् भनेर भारतमा छाडी गएको शैक्षिक पद्धतिको अन्धाधुन्धीकरण गरेर हामीले हाम्रो मौलिक शैक्षिक पद्धति आर्यघाटमा पुर्यायौँ ।
गाउँघरलाई फेरि एक वर्षका लागि फुङ्ग र रित्ता बनाउँदै सहरमा काम गर्ने लाखौंलाख मानिसहरू धमाधम सहर पसिरहेका छन् । सडक यातायातका दुई, चार र छ पाङ्ग्रे लावालश्करमय साधनले सडक खचाखच देखिएका छन् । नेपाली हिन्दूहरूको महान् चाड दसैँ लगभग सकिएको अवस्थामा छ । दसैँका सन्दर्भमा जहिल्यै पनि गाउँ र सहरको उल्टो अंकगणीतीय सम्बन्ध रहेको पाइन्छ । दसैँमा सहरहरू सुनसान हुन्छन् भने गाउँघरहरू गुल्जार । कहिल्यै भेट नभएका साथीभाइ, माइती, मावली, ससुराली, जोरीपारी र पुराना दयाँलीहरू पनि दसैँको माहोलमै गाउँघरमा टुप्लुक्क भेटिँदा जो कोहीमा असीम आनन्दको सञ्चार हुने गर्छ ।
नित्सेले एउटा कुरा लेखेका छन् । लेखेका छन्– पहिलो र अन्तिम इसाई सूलीमा झुण्डियो र मर्यो पहिलो र अन्तिम । क्राइष्टका सम्वन्धमा लेखेका छन्, पहिलो र अन्तिम क्रिश्चियन सूलीमा मर्यो । त, यी पछि आएका इसाईहरूको के गणना छ ? पछिका इसाईहरूको अवस्था कस्तो छ ? यी पछिका इसाई के भए ? पछिका इसाई इसा हुन सकेनन् किनकि इसा हुनका लागि हर तरहबाट स्वतन्त्र व्यक्तित्व चाहिन्छ । अरु त इसाकै दास हुन् । महावीरको पछि हिंँड्ने जैन कहिल्यै महावीर हुन सक्दैनन्, किनकि महावीर हुनका लागि हर तरहले स्वतन्त्र आत्मा चाहिन्छ ।
साहित्यको नाममा हामी धेरै सामग्रीहरू पढ्छौं, अनगिन्ती चर्चा गर्दछौं, कतिपयले सिर्जना पनि गर्दछौं । साहित्यको परिभाषा, चरित्र, रचनागर्भ तथा निर्माण प्रकृया, समालोचना तथा मूल्याङ्कनका बारेमा चर्चा, मन्थन र सिद्धान्त प्रतिपादन भएका छन् । यसरी साहित्यलाई नियाल्न आज पूर्वीय र पाश्चात्य सिद्धान्त र दर्शनका चस्मा लगाउनु पर्ने हुन्छ । वाङ्मयका पूर्वीय तथा पाश्चात्य दृष्टिकोणहरू आ–आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन् । धेरै वाद वा मतहरू साहित्य सिर्जनाका आधारभूत तत्वमा केन्द्रित छन् भने कतिपय मत यसका रचनागर्भमा तहमै पुग्दछन् । साहित्यलाई मनोविज्ञानसित गाँसेर पनि हेर्ने गरिएको छ । आलेखमा साहित्य के हो ? यो किन वा कसरी यो सिर्जना गरिन्छ ? मूल्याङ्कनका आधार के के हुन् ? भन्ने विषयमा सामान्य चर्चा गर्नेछु ।
केही नभएको ठाउँमा केही हुनु सिर्जना हो । अभावमा पूर्ति वा शून्यमा भण्डारण गर्नुले पनि यसैलाई सङ्केत गर्दछ । खाली जग्गामा बिउ छरेर, खेत जोतेर अनि रोपेर असारमा कर्म गरेपछि मङ्सिरमा किसानले अन्नबाली भित्र्याउँछन् । यो उसको सिर्जना हो । सामान्य व्यक्तिले लेखपढ गर्छ अनि अरूले लेखेको देखेर कविता लेख्छ । निरक्षर भए पनि गुन्गुनाउँदा गुन्गुनाउँदै मिठो गीत बन्छ, लिपिबद्ध गर्न सक्यो भने मनभित्र उब्जिएका भावनालाई शब्दमा उतार्दा कहिले निबन्ध बन्छ, त्यसैमा घटनाको शृङ्खला, पात्र र परिवेशको संयोजन गर्न सकियो भने कथा बन्छ । धेरै पात्र थुपारेर संवादका माध्यमबाट प्रस्तुत हुने बाटो खोज्यो भने एकाङ्की वा नाटक बन्छ ।
सिरहा जिल्लाको गोलबजार नगरकै प्रकाण्ड शैक्षिक व्यक्तित्व भनी चिनिएका भक्तबहादुर राई पिता जुगुतबहादुर राई माता लक्ष्मीदेवी राईको ज्येष्ठ पुत्रका रूपमा वि.सं. २०१६ कात्र्तिक १५ गते शुक्रबार गोलबजार–२, सिरहामा जन्मेका हुन् । उनका पुर्खाहरू करिब डेढ शताव्दिपूर्व दिक्तेलको दिङलुङबाट लालपुर–३, टोडके, सिरहा झरेका थिए । सुझबुझको कमिका कारण उनका हजुरबुबा र बुबाहरूले गरिबीमै जन्मेर गरिबीमै बिदा भए । उनले भने मामाहरू लक्ष्मण राई र भरत राईको मद्दत र संरक्षणमा राम्रो संस्कार र शैक्षिक वातावरण पाए । फलस्वरूप गरिबीलाई घटाउँदै र हटाउँदै गए ।