Skip to content

विश्लेषण/समालोचना

लघुकथा रचना प्रकृया (अनुदित लेख)

सबैभन्दा पहिला कुनै रचनाले म भित्र कहिले अनि कसरी जन्म लियो ? जतिबेला म यो विषयमा सोच्छु त्यसबेला आफ्नै शिशु रूप आमासँग न्यानो ओछ्यानमा आरामसँग सुतिरहेको पाउँछु अनि आमाले बाल्यकालमा सुनाउनुभएका कथाहरू दिमागमा घुम्न थाल्छन् । सात भाइहरूकी एकमात्र बहिनी जात्रा हेर्न जानका लागि आफ्ना सातैवटी भाउजूहरूसँग छुट्टाछुट्टै पछ्यौरा माग्छे । कसैले पनि उसलाई पछ्यौरा दिंदैनन् । धेरै रोईकराई गरेपछि बल्ल एउटी भाउजूले उसलाई पछ्यौरा दिन्छे । जात्रामा पिङ खेल्ने क्रममा एउटा कागले उसको पछ्यौरामा बिष्ट्याइदिन्छ ।

जीवनवादी दृष्टिकोणको धरातलमा ‘जीवन लीला खण्डकाव्य’

वरिष्ठकवि सदानन्द अभागीद्वारा लिखित ‘जीवन लीला खण्डकाव्य’ तेह्रपादमा संरचित सानो तर गहन खण्डकाव्य हो । राधा तिवारी, यशोदा अधिकारी, उमाकुमारी रिजाल र इन्दिराकुमारी रिजालले प्रकाशन गर्नुभएको यो कृति वि.सं. २०५९ साल मङ्सिरमा प्रकाशित भएको हो । आफ्नो परिवारदेखि समाजका हरेक सदस्यप्रति समर्पण गरिएको यो कृति ६४+६ पृष्ठमा फैलिएको छ । लीला, जीवन, लीलाका बाबुआमा राम र सीता, जीवनका बाबुआमा पण्डित र बज्यै, मोती, कोठी नायिका, डोटेलकाका, घरबेटी बाजेबज्यै र लीलाको छोरा हिरालाल यस खण्डकाव्यका पात्रहरू हुन् ।

नारायणी नदी तटको समतल फाँट नवलपुरमा जन्मिएकी लीला विद्यालय तहको पढाइ सकेर उच्च शिक्षा हासिल गर्न काठमाण्डौँ पुग्छे ।

कविता र रक्सीमा डुब्ने वोदलेर

नेपाली साहित्यमा हरिभक्त कटुवालको जीवनसँग ठ्याक्कै मिल्ने वोदलेरको जीवन पनि रक्सीसँग मितेरी गाँसेरै बित्यो । संसारका कतिपय स्रष्टाहरूको जीवनमा अनौठा–अनौठा तादाम्यताहरू गाँसिएको पाउँछौँ । चाहे भारतीय कवि गोरख पाण्डेको आत्महत्या होस् या नेपाली भैरव अर्यालको आत्महत्या होस् या मायाकोब्स्कीको आत्महत्या होस् ।

अर्को अनौठो साम्यता अमेरीकी स्रष्टा एडगर एलेन पो र वोदलेरको जीवनमा पनि भेट्टाउन सक्छौँ ।

प्रविधिमा दशैं

दशैं लगभग नेपालीका घर आँगनमा आइसक्या अवस्था छ । समस्त हिन्दू नेपालीहरूले मान्ने यो शारदीय पर्वोत्सवले घरदेश र परदेशका सबै नेपालीलाई एकै र एउटै हिसाबले छुन्छ ।

नेपालीमा एउटा कर्मचारी लक्षित आहान छ –‘कखुरो काट्यो दशैं, झोला बोक्यो बसैँ ।’ अब जमाना बद्लियो । नेपालीहरूका दिनचर्या र जीवनका शैली फेरिए । के गाउँ के सहर सबैतिर उपभोक्तवादी संस्कृतिले छपक्कै ढाकेको छ । मानिसहरू उत्पादन गरेर खानेभन्दा पनि किनेर खानेमै गर्व गर्छन् । जो किनेर खान सक्दैन उसले आफूलाई निम्छरो ठान्ने देखिन्छ । यसो किन भयो त ? यसका पछि निकै लामो फेहरिस्त प्रस्तुत हुन सक्छन् –तर्कका ।

कानूनको खिलाफ भाग –२ को अध्ययन

नेपालको राजनीतिक एव म साहित्यिक क्षेत्रमा किशन शर्मा गैह्रे एउटा सुपरिचित नाम हो । भूमिगत अवस्थामा अमर, उज्जवल र उत्तिसको नाममा उहाँले आफ्नो राजनीति गतिलाई तीब्रता दिँदै आउनु भएको एउटा क्रान्ति वाहक व्यात्तित्वको रूपमा परिचित हुनुहुन्थ्यो । यस्ता क्रान्तिवाहक व्यक्तित्वको जन्म २०१८ जेष्ठ १८ गते भिमाद नगरपालिकन वडा नं. ५ साविक साभुङ्ग भगवतीपुर–२, बुढाकोट रिसिङ्ग पाटन तनहूँमा पिता चोलाकान्त गैह्रे र माता भगवती गैह्रेका पुत्ररत्नको रूपमा भएको थियो ।

दशैँ : एकता र सद्भावको पर्व

सभ्यताको एकता

“दशैँ आयो खाउँला पिउँला, कहाँ पाउँला, चोरी ल्याउँला, धत्त पापी छुट्टै बसौँला” बच्चाका तोते लवज गुञ्जिँदाको मजा बेग्लै लाग्छ । धर्तीको फोहोरलाई पखालेपछि आकाशले बादललाई बिदाइ गरिदिञ्छ । वनको हरियालीमा भमराले गीत गुनगुनाउन थाल्छन् । एकातिर प्रकृतिको उल्लास अर्कातिर वर्षौँका वेदना भुलेर रमाउने नेपाली मनको गन्तव्य । मीठो सम्मिश्रण छ, यसमा । चण्डी पाठ, रुद्री पाठ, जप, पूजामा मन्त्र ध्वनिको सुरम्य आवाज र रौनक छरपस्ट फिँजिञ्छ ।

नेपाल भाषाका विशिष्ट पक्ष

नेपाल भाषा नेवार समुदायको मातृभाषा हो । यो भाषाको उत्पत्ति भारतीय विद्वान सुनीतिकुमार चटर्जीका अनुसार १९०० वर्ष पहिले भएको मानिन्छ (प्रा. माणिकलाल श्रेष्ठ, मूल्याङ्कन, १ भदौ, २०७२) । प्रा. श्रेष्ठले आफ्नो लेखमा नेपाल भाषाको दमन र उपेक्षा कसरी र कहिलेदेखि भयो भन्नेबारे सविस्तार वर्णन गरेका छन् ।

मदन दाइको शताब्दी यात्रा

एक शताब्दीमा झन्डै ८० वर्ष सक्रिय भएर जीवन र जगत भोग्ने मदनमणि दीक्षित/माडसा’प उर्फ मदन दाइ (१९७९ फागुन ६–२०७६ साउन ३०) को कथा सबै दीर्घजीवीको जस्तै हो । जीवनको विडम्बना र जीवन र मृत्युको विषयमा अनेकौं समाचार र छोटा विचार पढेँं । मलाई एउटा ट्विटको भाष्यले समात्यो ।

पच्चीस सय वर्ष लामो विचारको खडेरी

पार्श्वघटनामहाभारत, वेद, पूराण, स्मृति, रामायणमा वर्णित मिथकीय कथा र संस्कृतिको चर्को प्रभाव क्षेत्रकै रूपमा छ अँझैं पनि हाम्रो समाज । मानिस जस्तोखाले समाज, परिवेश, ऐतिहासिक समयक्रममा जन्मे, हुर्केको हुन्छ, उसमा सोहीबमोजिम समाजले आफ्नो मूल्यमान्यता, दृष्टिकोण, चेतना आरोपित गरिदिन्छ ।

गंगा लिगल–हृदयका स्पन्दनहरू र कर्णप्रियता

आमुख–‘मलाई लाग्छ मेरो देशको धर्ती मेरो अत्यान्त प्यारो स्थान हो । यसभित्र भएका प्रकृति, संस्कृति, संस्कार, सेवासम्बन्धी विविध कार्यहरू, धार्मिक झुकावसँग पनि लगाव भएकोले आफ्नो साहित्य भित्र लेखी रमाउन खोज्छु।’

यी माथिका शब्द साहित्यलाई जीवनको अभिन्न अङ्गको रूपमा लिने गंगा लिगलका आफ्नो भनाईमा आएका धारणा हुन् । हुन पनि आमा, मातृभूमि र धर्मप्रतिका धारणा उनका कृतिमा कुनै न कुनै रूपमा आएका हुन्छन् ।

अलङ्कार

आज र भोलि हामी एउटा मिठो अलङ्कारका लागि कोसिस गरौं यद्यपि यो अनिवार्य हैन । रुचि हुने मित्रहरुले यसमा पनि ध्यान दिनु उचितै हो ।

अलङ्कारको नामः विशेषोक्ति
प्रकारः अर्थालङ्कारः
परिभाषाः कवितामा कारण भएर पनि त्यसबाट कार्य नभएको वा विपरित प्रकृतिको कार्य भएको बुझिएमा विशेषोक्ति अलङ्कार हुन्छ ।

20190915_ShivKumarYadav-Lekh

कुरूप राजनीतिको उपज ‘गरुराहा’ उपन्यास

नन्दलाल आचार्य (२०३०) ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नामक नाट्यकृतिका साथ फुटकर रचना लेख्दै निरन्तर सक्रियता जनाउने उदयपुरे स्रष्टा हुन् । सप्तरी, सिरहा र उदयपुरको मुख्य परिवेशमा सिर्जना गरिएको आचार्यद्वारा लिखित ‘गरुराहा’ (२०७६) नामक उपन्यास कृति सार्वजनिक भएको छ । उनको लेखनको अभिष्टलाई मनन गर्दा उनी समाजका सबैभन्दा पछाडि परेका वर्गलाई अघि सार्ने महाअभियानमा लागेको देखिन्छ । समाजको अन्यायी जाँतोले थिल्थिलो पारेको पक्षलाई च्याप्प पक्रेर त्यसलाई उकास्ने काममा शब्दहरू खर्चन कुनै कसर बाँकी राखेका छैनन् ।

अन्त्यहीन इच्छामा सहभागी पात्रहरूको एक अध्ययन

विषय प्रवेश
‘अन्त्यहीन इच्छा’ कथासङ्ग्रहका कथाकार गीता खत्री हुनुहुन्छ । यो कृतिको अध्ययन गर्नुभन्दा पहिला मैले ‘‘आमा हुन् आमा ’’ खण्डकाव्य र ‘‘झोखाङदेखि मजाटलानसम्म’’ नियात्रासङ्ग्रह पढिसकेको छु र यी कृतिबाट म निकै प्रभावित भएर उहाँका कृति पढ्ने प्रयासको क्रममा अघिभ बढ्दा आज म ‘अन्त्यहीन इच्छा’ कथासङ्ग्रहलाई अध्ययन गर्न थालेको छु । गीता खत्री नेपाली साहित्य जगतकी एउटी सुप्रसिद्ध साहित्यकार हुनुहुन्छ । उहाँको कलम कविता, गजल, गीत, आदिमा दखलताको साथममा अगाडि बढिरहेको छ ।

उदासिन (डिप्रेसन) हुनेले जान्न्नैपर्ने कुराहरू

उदासिन (डिप्रेसन) हुनेले यी कुराहरू जानेमा विना औषधि निको हुन्छ ।

मैले थुप्रै उदासिन डिप्रसनग्रस्त व्यत्तिहरुलाई यी कुराहरु बुझाएर निको तुल्याएको छु । यी कुरा मैले त्यसै भनेको होइन । हाम्रो समाज त्यत्ति त शिक्षित छैन तर श्क्षिित भनाउँदा समाज पनि आफुले पढेका कुरा लागु गर्दैनन् अनि पढाइ त्यसै खेर गइरहेको छ । हरेक व्यक्ति जसलाई पनि हतोत्साही बनाउन तलिल्न छन् । त्यसैले गर्दा शिक्षाको उज्यालो नपुगेका ठाउँमा डिप्रेसन, उदासिपन आज धेरै मात्रामा ब्याप्त छ र कमजोरीको फाइदा उठाइरहेका छन् ।

मझेरीका गजलको लघु समीक्षा

आजसम्म लगाएर मैले मझेरीका ३४५ पृष्ठका कमसे कम पाँच हजार जति गजल पढें । गजल निकै मार्मिक र ओजले भरिएका रहेछन् । प्रसिद्ध गलकारहरू र मोतीराम भीमनिधि तिवारीका गजलसमेत रहेछन् । बढीमा २५०० जति पाठकले पढेका र घटीमा दस बिसले मात्र पढेका पनि देखिए । राम्रो गजलका पाठक धेरै र कमजोरका पाठक कम नै देखिए । यसैले पाठकले राम्रो रचनाको अध्ययन गर्दो रहेछ भन्ने सिद्ध भयो ।

खड्गी जातिः ऐतिहासिक परिचय

नेपाल विभिन्न जातजाति र विविध संस्कृतिले भरिएको देश हो । नेपालमा परापूर्वक कालदेखि नै विभिन्न भाषाभाषी वा संस्कृतिको संगमस्थलको रूपमा रहिआएको पाइन्छ । हाम्रो देशभित्र बसोवास गर्ने प्रत्येक समुदायको आ—आफ्नै भाषा एवं साँस्कृतिक, चालचलनहरू र रीतिरिवाजहरू रहेका छन् । यी सबै जातिहरूको भाषा र रीतिरिवाज मिलेर नै समग्रमा नेपाली सँस्कृतिको निर्माण भएको छ । यी जनजाती समुदाय अन्तर्गत खड्गी समुदायको आफ्नो मौलिक संस्कृति एवं संस्कारहरू तथा जीवनशैलीको अस्तित्वले छुट्टै पहिचन राखेको छ ।

“साने” वैदेशिक रोजगारको आजको सान्दर्भिक ऐतिहासिक काव्य

परिचय–
‘साने’ नारायणप्रसाद मरासिनीले २०५६ सालमा प्रकाशन गरेको खण्डकाव्य हो । वास्तवमा २० वर्ष पहिला लेखिएको यो खण्डकाव्यले दिएको सन्देश यो देशको वर्तमान परिस्थितिमा पनि त्यत्तिकै सान्दर्भिक छ जति त्यस समयमा थियो । यस खण्डकाव्यले राष्ट्रले दिन नसकेको रोजगार र समाजमा हुने गरेका सामिाजिक शोषण, गरिबीले थिचिएका जनताका छोराछोरीहरू विदेशिन बाध्य हुन परेको यथार्थतालाई बोकेको खण्डकाव्य हो । समाजका गतिविधि समाजले भोगेका यथार्थ भोगाइ, काव्यकारले गरेको स्थान विशेषको अनुभूति नै साहित्यमा समाहित भएर आउने हुन् ।

आजका नेपाली विद्यालयमा मूल्यशिक्षा र ध्यानको महत्व

हरेक शिक्षकले आफ्ना विद्यार्थीहरू असल बनून भन्ने चाहन्छन् अनि हरेक अभिभावकले पनि आफ्ना सन्तानहरू राम्रा बनून भन्ने चाहना राख्नु स्वभाविकै हो तर आज ती कोमल मस्तिष्कका बालबालिकाहरूलाई हामीले कस्तो शिक्षा दिइरहेका छौं, त्यो पक्ष विचारणीय छ । एउटा बिरुवा रोपेपछि त्यसलाई सप्रनका लागि नियमित रूपमा मलजल गर्नु पर्ने हुन्छ तर त्यो मलजल हामीले बिरुवाको जरामा गर्नुको साटो बिरुवाको पातमा हालेर हुँदैन । बिरुवाको जरामा मलजल गर्नु र पातमा गर्नु धेरै फरक पर्छ ।

संगीतको आभास

‘‘यो संगीतको आभास कवितासङ्ग्रह स्वच्छन्दता वादी काव्यशिल्पको उपयोग गरिएको अप्रवासी स्वरमा प्रकृतिको चित्रण गरिएको काव्य हो’’–होमनाथ सुवेदी ।

म भन्छु साहित्य मेरो मुटुहो । मुटुको प्रत्येक स्पन्दन मेरा कविता हुन् । यसैको परिपूर्णता नै मेरो साहित्यको तीर्खा मेटाउने माध्यम हो– गंगा लिगल

GarimaAcharya-02

नवप्रवेसी सामुदायिक विद्यार्थीको बकपत्र

वि.सं. २०६४ को आशपासमा मैले धरती स्पर्श गर्दा देश संवैधानिक राजतन्त्र त्यागेर गणतन्त्रात्मक मुलुकमा परिणत भएको प्रशव व्यथा आलै रहेछ । दुई शताब्दीभन्दा बढी राजतन्त्रको कथाव्यथा खेप्ताखेप्ता आजित जनता पुनः आफ्नै नेतानेतृको वैयक्तिकस्वार्थको दुष्चक्रमा पस्न पुगेछन् । राजतन्त्रसँगको अधिकारवादी लडाइँले निकास पाइसकेको परिप्रेक्ष्यमा पनि राज्यसञ्चालनमा जनताले अपनत्वको भावना अनुभूत गर्न सकेका रहेनछन् ।