लघुकथा रचना प्रकृया (अनुदित लेख)
सबैभन्दा पहिला कुनै रचनाले म भित्र कहिले अनि कसरी जन्म लियो ? जतिबेला म यो विषयमा सोच्छु त्यसबेला आफ्नै शिशु रूप आमासँग न्यानो ओछ्यानमा आरामसँग सुतिरहेको पाउँछु अनि आमाले बाल्यकालमा सुनाउनुभएका कथाहरू दिमागमा घुम्न थाल्छन् । सात भाइहरूकी एकमात्र बहिनी जात्रा हेर्न जानका लागि आफ्ना सातैवटी भाउजूहरूसँग छुट्टाछुट्टै पछ्यौरा माग्छे । कसैले पनि उसलाई पछ्यौरा दिंदैनन् । धेरै रोईकराई गरेपछि बल्ल एउटी भाउजूले उसलाई पछ्यौरा दिन्छे । जात्रामा पिङ खेल्ने क्रममा एउटा कागले उसको पछ्यौरामा बिष्ट्याइदिन्छ ।

वरिष्ठकवि सदानन्द अभागीद्वारा लिखित ‘जीवन लीला खण्डकाव्य’ तेह्रपादमा संरचित सानो तर गहन खण्डकाव्य हो । राधा तिवारी, यशोदा अधिकारी, उमाकुमारी रिजाल र इन्दिराकुमारी रिजालले प्रकाशन गर्नुभएको यो कृति वि.सं. २०५९ साल मङ्सिरमा प्रकाशित भएको हो । आफ्नो परिवारदेखि समाजका हरेक सदस्यप्रति समर्पण गरिएको यो कृति ६४+६ पृष्ठमा फैलिएको छ । लीला, जीवन, लीलाका बाबुआमा राम र सीता, जीवनका बाबुआमा पण्डित र बज्यै, मोती, कोठी नायिका, डोटेलकाका, घरबेटी बाजेबज्यै र लीलाको छोरा हिरालाल यस खण्डकाव्यका पात्रहरू हुन् ।
नेपाली साहित्यमा हरिभक्त कटुवालको जीवनसँग ठ्याक्कै मिल्ने वोदलेरको जीवन पनि रक्सीसँग मितेरी गाँसेरै बित्यो । संसारका कतिपय स्रष्टाहरूको जीवनमा अनौठा–अनौठा तादाम्यताहरू गाँसिएको पाउँछौँ । चाहे भारतीय कवि गोरख पाण्डेको आत्महत्या होस् या नेपाली भैरव अर्यालको आत्महत्या होस् या मायाकोब्स्कीको आत्महत्या होस् ।
दशैं लगभग नेपालीका घर आँगनमा आइसक्या अवस्था छ । समस्त हिन्दू नेपालीहरूले मान्ने यो शारदीय पर्वोत्सवले घरदेश र परदेशका सबै नेपालीलाई एकै र एउटै हिसाबले छुन्छ ।
नेपालको राजनीतिक एव म साहित्यिक क्षेत्रमा किशन शर्मा गैह्रे एउटा सुपरिचित नाम हो । भूमिगत अवस्थामा अमर, उज्जवल र उत्तिसको नाममा उहाँले आफ्नो राजनीति गतिलाई तीब्रता दिँदै आउनु भएको एउटा क्रान्ति वाहक व्यात्तित्वको रूपमा परिचित हुनुहुन्थ्यो । यस्ता क्रान्तिवाहक व्यक्तित्वको जन्म २०१८ जेष्ठ १८ गते भिमाद नगरपालिकन वडा नं. ५ साविक साभुङ्ग भगवतीपुर–२, बुढाकोट रिसिङ्ग पाटन तनहूँमा पिता चोलाकान्त गैह्रे र माता भगवती गैह्रेका पुत्ररत्नको रूपमा भएको थियो ।
आज र भोलि हामी एउटा मिठो अलङ्कारका लागि कोसिस गरौं यद्यपि यो अनिवार्य हैन । रुचि हुने मित्रहरुले यसमा पनि ध्यान दिनु उचितै हो ।
नन्दलाल आचार्य (२०३०) ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नामक नाट्यकृतिका साथ फुटकर रचना लेख्दै निरन्तर सक्रियता जनाउने उदयपुरे स्रष्टा हुन् । सप्तरी, सिरहा र उदयपुरको मुख्य परिवेशमा सिर्जना गरिएको आचार्यद्वारा लिखित ‘गरुराहा’ (२०७६) नामक उपन्यास कृति सार्वजनिक भएको छ । उनको लेखनको अभिष्टलाई मनन गर्दा उनी समाजका सबैभन्दा पछाडि परेका वर्गलाई अघि सार्ने महाअभियानमा लागेको देखिन्छ । समाजको अन्यायी जाँतोले थिल्थिलो पारेको पक्षलाई च्याप्प पक्रेर त्यसलाई उकास्ने काममा शब्दहरू खर्चन कुनै कसर बाँकी राखेका छैनन् ।
उदासिन (डिप्रेसन) हुनेले यी कुराहरू जानेमा विना औषधि निको हुन्छ ।
हरेक शिक्षकले आफ्ना विद्यार्थीहरू असल बनून भन्ने चाहन्छन् अनि हरेक अभिभावकले पनि आफ्ना सन्तानहरू राम्रा बनून भन्ने चाहना राख्नु स्वभाविकै हो तर आज ती कोमल मस्तिष्कका बालबालिकाहरूलाई हामीले कस्तो शिक्षा दिइरहेका छौं, त्यो पक्ष विचारणीय छ । एउटा बिरुवा रोपेपछि त्यसलाई सप्रनका लागि नियमित रूपमा मलजल गर्नु पर्ने हुन्छ तर त्यो मलजल हामीले बिरुवाको जरामा गर्नुको साटो बिरुवाको पातमा हालेर हुँदैन । बिरुवाको जरामा मलजल गर्नु र पातमा गर्नु धेरै फरक पर्छ ।
वि.सं. २०६४ को आशपासमा मैले धरती स्पर्श गर्दा देश संवैधानिक राजतन्त्र त्यागेर गणतन्त्रात्मक मुलुकमा परिणत भएको प्रशव व्यथा आलै रहेछ । दुई शताब्दीभन्दा बढी राजतन्त्रको कथाव्यथा खेप्ताखेप्ता आजित जनता पुनः आफ्नै नेतानेतृको वैयक्तिकस्वार्थको दुष्चक्रमा पस्न पुगेछन् । राजतन्त्रसँगको अधिकारवादी लडाइँले निकास पाइसकेको परिप्रेक्ष्यमा पनि राज्यसञ्चालनमा जनताले अपनत्वको भावना अनुभूत गर्न सकेका रहेनछन् ।