Skip to content

विश्लेषण/समालोचना

कैकेयी महाकाव्यलाई अध्ययन गर्दा

गोविन्दराज विनोदी एउटा उच्च व्यक्तित्वको साथै विचार र भावनामा एउटा सिन्धु एव म नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् । नेपाली साहित्यमा उन्ले पुर्याएको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । यस्ता बहुआयामी साधक एव म छन्दोवादी काव्यधाराका मानक स्रष्टाको ‘कैकेयी’ महाकाव्यलाई मैले आज अध्ययन गर्न थालेको छु र ‘कैकेयी’ महाकाव्यमा केही शब्द पस्कने विचार पनि गरेको छु ।

महेश थापाः पछिल्लो भैरव अर्याल

अहिलेको वेवको दुनियाँमा धेरै कुराहरू पछि परेर गए । त्यसरी पछि परेका कुराहरुमा साहित्यको स्थान पहिलोमा छ । दुनियाँलाई अहिले हाताहाती र तातो तातो कुराहरुको खानी छ साहित्यका लागि भने यो समय बडो बेइमानी छ । कोही साहित्य पढ्दैन । साहित्यको कुरा परैजाओस् पाठ्यक्रम पनि आजको विद्यार्थीले पढ्दैन, भेटे चोर्छ नभेटे फार्छ । उसलाई मोबाइल र नेट भए भयो । कुनामा पस्यो र कुनामा पसेका अर्कोसँग च्याटको खेती गर्यो । बस यति छ । जय होस् यस इन्टरनेटका युगको । मानवसमाजलाई सपार्न आएको यस नेटको दुनियाँमा मानिस समाज भत्कँदै गएको जस्तो मलाई लाग्छ । मेरो गल्ती हो भने उसैले जानोस्, मावन समाज भोलि कता जाला यो पनि उसैले जानोस् र उसैका हिमायतीले जानून् म के भन्न सक्छु र उसैको बुइ चढेको छु म समेत । धेरै उसको वदनाम नगरूँ ।

बाबुनानीहरू सपार्ने काइदा

१. पृष्ठभूमि
मानवीय समाजको व्यवहारले नै बालबालिकाको व्यक्तित्व निर्माण हुन्छ । आजका बालबालिकाहरूको स्वभाव र व्यवहार कस्तो बनाउने भन्ने कुरा आजका अग्रजहरूकै हातमा रहन्छ । सामान्यतः वंशाणुगत गुण, अग्रजहरूको क्रियाकलाप, आफ्नो प्रारम्भकालीन बाल्यकालका अनुभव र समवयस्कहरूको चालचलनको प्रभावले बालबालिकाको स्वभाव/व्यवहार विकसित हुँदै जान्छ ।

श्याम आशाका लघुकथामा एक दृष्टि

श्याम आशाको जन्म ने.सं.१०७५मा भक्तपुरमा भएको हो । उनी एक सिद्धहस्त लघुकथाकारको रूपमा आफूलाई स्थापित गर्न सफल भएको व्यक्तित्व हुन् । उहाँ ज्ञानज्योति पुस्तकालयको संस्थापक अध्यक्षको साथै विराट गुथि र नेवा गुथिको आजीवन सदस्य हुनुहुन्छ भने उहाँको लेखन कार्य नेपालभाषा र नेपाली भाषा दुवैमा हुने गरेको देखिन्छ । आवरण पृष्ठ सहित ६६ पृष्ठमा संरचित यस कृतिमा २५ ओटा ओजस्वी लघुकथाहरू समावेश गरिएका छन् ।

(बुद्धिचाल एक अध्ययन)

बुद्धिचाल, शतरञ्ज अर्थात चेस । यो खेललाई हाम्रो देश नेपालमा बुद्धिचाल, भारतमा शतरञ्ज तथा अन्य प्रायः देशहरुमा चेस नै भनिने भएकोले यस लेखमा चेस भनेर नै यो विश्लेषणात्मक लेख प्रस्तुत गरेको छु । अरु सबै खेलभन्दा चेस बौद्धिक खेल हो । दिनमा एक पटक चेस खेल्नु भएमा आफ्नो दिमाग कहिल्यै बुढो हुँदैन , सम्पुर्ण जीवनकालमा सोह्र वर्षे व्यक्तिले जस्तै दिमाग राम्ररी प्रयोग गर्न सकिन्छ । हाम्रो पौराणिक कथाहरुमा पनि चेस रावणले आविष्कार गरेको भन्ने उल्लेख पाइन्छ । विश्वमा पहिलो प्रकाशित पुस्तक ट्रोजन हर्षको सिरिज हो भने दोस्रो चेसकै हो । चेस अहिलेको जमानामा कम्प्युटर, अनलाइन, गेम आदिमार्फत पनि खेल्न सकिन्छ । वि

अमृतवाणी

जब मेरो मृत्यु हुन्छ,
तब तिमी मेरो आफन्तहरुलाई भेट्न आउँछौ,
तर मलाई थाहै हुँदैन,
त्यसैले मलाई भेट्न अहिले नै आऊ न !

जब मेरो मृत्यु हुन्छ,
तब तिमी मेरो सबै गल्ती माँफ गरी दिन्छौ,
तर मलाई थाहै हुँदैन,
त्यसैले मलाई आजै माँफ गरी देऊ न !

तिम्रो माया मुटुभरि

मायावी संसारमा मायाका बखान जति गरे पनि सकिदैन । यही मायाका कुरा लिएर पिता अ.स.ई. स्व. तीर्थराज तिमल्सिना र माता स्व. चोला अधिकारी तिमल्सिनाकी सुपुत्री मीरा तिमल्सिना ‘धरा’ हाम्रो अगाडि देखा परेकी छन् ।

साहित्यकार एवम पल्लव साहित्य प्रतिष्ठान नारायण चितवनका गोर्खे साइँलोको निवासमा मुस्कानको साथमा प्रवेश गरेपछि मीराजीसँग साक्षत्कार भयो । ‘तिम्रो माया मुटुभरि’ नामक गजलसङ्ग्रह पनि मेरो हातमा पर्यो ।

गरुडपूराण प्रेतकल्प र मृत्युसंस्कारमा परिवर्तनको आवश्यकता

मैले सानो अवस्थाबाटै मानिसको मृत्युसंस्कारलाई गहिरो तरिकाले हेर्ने गरेको र गरुडपूराणलाई अध्ययन गर्दै उक्त पुरााणको भावसारलाई लिएर ‘स्वर्गको यात्रा’ नामक समीक्षात्मक पौराणिक महाकाव्य लेख्ने क्रममा लागिरहेको छु । लेख्ने कर्ममा पाण्डुलिपी लेख्दै अन्तिममा यो समीक्षीय टिप्पणी (सर्ग १९ )मा पुग्दा मृत्युसंस्कारमा समसामयिक सुधारको चर्चा चलिरहेको र मलाई पनि यो मृत्यु संस्कारमा परिमार्जन हुनुपर्छ भन्ने लागेकोले यो पद्य र गद्य सहितको गरुड पूराणले पोखेका केही धारणा र जनआवाजका भावनालाई कदर गर्दै धार्मिक व्यक्तिले पस्केका धारणालाई ध्यानमा राख्दै यहाँ म प्रस्तुत भएको छु ।

मृगौला खराब भएका ओमबिक्रम विष्टले भासिएको आवाजमा दिए यस्तो सन्देश

मृगौला खराब भएका पप सम्राट ओम विक्रम विष्ट सहयोगार्थ साँस्कृतिक साँझ नामक कार्यक्रमको लागि आयोजक तयारीमा जुटेका छन् l आगामी जनवरी २० तारिखमा डिसी क्षेत्रमा हुने उक्त कार्यक्रममा उनको उपचारको लागि खर्च जुटाउन कार्यक्रम गरिने भएको हो l

https://www.gofundme.com/saveombikrambista

सिर्जनाका रहरहरू पढ्दा पढ्दै

परिचय – दुर्गा रिमाल (अधिकारी)जीसँग कपन वानेश्वरले २०७४ साल श्रवण ७ गते आयोजना गरेको कार्यक्रममा सहभागी हुँदा प्रत्येक्ष हुने मौका मिल्यो । यस अवसरमा उहाँका ‘सिर्जनाका रहरहरू’ र ‘त्रिवेणी’ कवितासङ्ग्रहहरू दुई थान उपहार्स्वरूप प्राप्त गर्ने सौभाग्य मिल्यो । यी कृतिहरू आज ‘सिर्जनाका रहरहरू’लाई पढ्ने दिन जुर्यो र केही शब्द कोर्ने मन पनि जाग्यो ।

पुरस्कार र सम्मानको व्यवस्था: एक अनुकरणीय पक्ष


सप्तरी जिल्लाको राजविराज नगरपालिकाको छेवैको बोरिया गाउँमा अवस्थित २०३६ सालमा स्थापित नरेन्द्र मेमोरियल जनता माविमा साधरण र प्राविधिक धारको पढाइ हुन्छ । त्यहाँ यादव, मण्डल, चौधरी, मेहताजस्ता समुदायका बालबच्चा अध्ययन गर्दछन् । २०७२ भदौ १५ गते भोवेन्द्र प्रसाद यादवले उमेर हदका कारण प्रधानाध्यापक पदबाट अवकास पाएपछि सह–प्रधानाध्यापक रूपमा कार्यरत माशि (द्वितीय) शिक्षक खिलानाथ गौतमले अहिले प्रधानाध्यापकको पद सम्हालेका छन् ।

“मेरो प्यारो स्वर्ग” लिएर आए गायक भरत थापा असफल

स्वदेश होस् या प्रवास जहाँ पुगेपनि प्रतिभावान सर्जकहरुले सिर्जना गर्न कहिले छाडदैनन्, यस्तै एक प्रतिभाशाली उदाहरण हुन् गायक भरत थापा असफल । रोजगारीको सिलसिलामा इजरायललाई कर्मभूमि बनाएर संघर्ष गर्दै आएका यिनै गायक भरत थापा असफलले राष्ट्रिय भावना र देशप्रेमले ओतप्रोत गीत हालै बजारमा ल्याएका छन् । देशको सम्झनाले सताएको यादलाई निकै मार्मिक शब्दहरू लेखेका छन् इजरायलमै रहेका गीतकार सुमन कार्कीले भने युवा संगीतकार विजय सिँढी अधिकारीले यो गीतमा सुमधुर संगीत भरेका छन् ।

शब्दयात्रीलाई अवलोकन गर्दा

कवि लोकनाथ खराल २०२० साल मुगसिर तेह्र गते गुल्मी अर्लाङ्कोटमा जन्मनु भएको थियो हाल भने कावासोती नगरपालिका वडा नं २मा बसोबास गर्दै आउनु भएको छ । छन्दोबद्ध कवितामा आफूलाई परिचित गराउने खरेलका हालसम्म अक्षरयात्री कवितासङ्ग्रह, २०६५ र शब्दयात्री कविता सङ्ग्रह, २०७४ कृतिको साथै विभिन्न पत्रपत्रिकामा थुप्रै फुटकर कविताहरू प्रकाशनमा आएका छन् । उपन्यास, नाटक–एकाङ्की, गीतिसङ्ग्रह, कविता एव म कथासङ्ग्रह आदि प्रकाशोन्मुखको रूपमा तयारी गर्दै गरेका कवि खराल हिमायती (साहित्यिक मासिक) कावासोतीका सम्पादक पनि हुन् ।

साहित्यकार गोविन्द गिरी प्रेरणाको चालीस वर्षे जोवन

साहित्यकार गोविन्द गिरी प्रेरणाको चालीस वर्षे जोवनभन्दा पाठकवृन्दलाई अपत्यारिलो लाग्ला । उनको उमेरको कुरा गरेको होइन मैले । उनको लेखकीय उमेरको कुरा गरेको हुँ । उनले लेखेको पहिलो प्रकाशित रचना प्रकाशन भएको ठ्याक्कै चालीस वर्ष पुगेको छ । उनी ४० वर्षदेखि नित्य निरन्तर लेखिरहेका छन् । नेपालमा हुँदा मात्र होइन संसारको जुनसुकै कुनामा पुग्दा पनि उनको लेखनले थकाइ मार्दैन ।

‘देश सधैँ रुने छैन’ कविता सङ्ग्रह : देशप्रेमको दस्तावेज

युवाकवि भेषराज रिजालको कविता सङ्ग्रह ‘देश सधैँ रुने छैन’ सरसर्ती पढेँ । शंकरपोखरी, पर्वतमा जन्मेका कविका यसअघि ‘बालुवाको मुठ्ठी’ गीति कविता सङ्ग्रह, लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् । विविध गद्य विधामा कलम चलाउँदै आएका कविको व्यक्तित्वलाई अझै निखार तुल्याउने यो कविता सङ्ग्रहको सामान्य प्रतिक्रिया दिनु मेरो उद्देश्य रहेको छ ।

‘देश सधैँ रुने छैन’ कविता सङ्ग्रह गद्य विधामा लेखिएको छ अर्थात् रबर छन्दमा । यसमा संग्रहित सैँतीसवटा रचनामध्ये तेत्तीसवटा कविता रहेका छन् । ‘तिम्रो प्रतिक्षामा’, ‘आफ्नै गीत’ र ‘बितिगए दुईदशक’ यस सङ्ग्रहमा रहेका गीतहरू हुन् भने एउटा गजल पनि रहेको छ ‘हाँस्दै हाँस्दै’ शीर्षकमा । गीत र गजल हेर्दा मलाई कविजी पहाड घन्काउने सरल र सहज गायकझैँ पो लागिरहेछ । जीवनलाई हेर्ने दृष्टिकोण सफा सुन्दर प्रकृतिझैँ पो छ ए उनका गजल पढ्दा—

“हिजो बादलमुनि थियौ मसँग धर्ती रायो
चाँदनीको संघार टेकी आज आकास पसेको छु ।”

बाल अपेक्षा : मायालु मार्गनिर्देश र न्यायोचित व्यवहार

१. पृष्ठभूमि
मानवीय समाजको व्यवहारले नै बालबालिकाको व्यक्तित्व निर्माण हुन्छ । आजका बालबालिकाहरूको स्वभाव र व्यवहार कस्तो बनाउने भन्ने कुरा आजका अग्रजहरूकै हातमा रहन्छ । सामान्यत: वंशाणुगत गुण, अग्रजहरूको क्रियाकलाप, आफ्नो प्रारम्भकालीन बाल्यकालका अनुभव र समवयस्कहरूको चालचलनको प्रभावले बालबालिकाको स्वभाव/व्यवहार विकसित हुँदै जान्छ ।

कमला बुढाथोकी सरुपको कथाशिल्प

विषयप्रवेश : कमला नेपाली साहित्यमा कमला सरुपका नामबाट चिनिन थालेकी छन् । ‘लघुताभास’ कथाका माध्ययमबाट नेपाली कथाका फाँटमा देखा परेकी कमला सरुपको सम्झौताको मोडमा शीर्षक कथासङ्ग्रहका अतिरिक्त अन्य केही फुटकर कथाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।

कलिलै उमेरमा कथासिर्जनतर्फ प्रवृत्त भई थुप्रै कथाहरू सिर्जना गरिसकेकी कमला सरुप वर्तमान युवापुस्ताकी सिर्जनशील नारी कथाकार हुन् । यो लेख कथाविश्लेषणको संरचनात्मक देखिए पनि सन्दर्भ र प्रसङ्गपरिवर्तनका परिप्रेक्ष्यबाट भने तिनको विभाजनरेखा खुट्याउन सकिन्छ । यति हुँदाहुँदै पनि लघु आयामका कारण कतिपय कथामा सहज विभाजनको स्थिति देखिन्न ।

कमला सरुप समालोचना केही अन्तरङ्ग टिप्पणी – सम्झनाका अनुभूतिहरू

‘रचनाकारका रुपमा मात्र परिचित नारीमुद्रा एकै पटक भौतिक रुपमा प्रकट हुँदा आश्चर्य लाग्यो, लेखनधर्मी अनुमान थियो, त्यो एकै पटक हराएर नयाँ अनुहार सामुन्ने छ र सम्झनाका अनुभूतिहरूको प्रसङ्ग चल्छ ।

स्थापनाकालदेखि नै आफू संलग्न रहेको संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट छापिने नयाँ पुस्तक भनेको स्वभावतः बढी जिज्ञासा भयो र संस्थाका संस्थापक अध्यक्ष उपन्यासकार होमनाथ सुवेदी, अध्यक्ष पूरु सुवेदीका मन्तव्यको अडकल काटेँ, तर मसँग भूमिका, मन्तव्य आदिको अपेक्षा नभई व्याकरणत्मक सम्पादनको अपेक्षा रहेछ, त्यो काम गर्न म राजी भएँ र गरेँ तापनि पाठकीय चेतले ठहर्याएका केही टिप्पणी पनि गर्दै गएँ । यहाँ त्यही टिप्पणीमध्ये केहीलाई एकत्र गरेर सानो लेखको बान्कीमा प्रस्तुत गरेको छु ।

“अनमोल पुरस्कारहरू”को एक विवेचना

वि.सं. २०२७ चैत्र १८ गते शंकरपोखरी पर्वतमा, माता यशोदा रिजाल र पिता प्रेमप्रसाद रिजालको जेष्ठ पुत्रको रूपमा जन्मनु भएका भेषराज रिजालले वि.कम. विएड. र एम. ए.सम्मको शैक्षिक योग्यता हाँसिल गर्नुभएको छ साथै सरकारी सेवामा उपसचिव पदमा कार्यरत हुनुहुन्छ । २०४७ सालबाट २०५३सम्म शिक्षक सेवामा कार्यरत रहेर २०५३ देखि हालसम्म सरकारी सेवामा विभिन्न पदमा कार्यरत भै राष्ट्र, जनता र साहित्य सेवामा आफूलाई समर्पित गर्दै आउनु भएको छ ।

उत्कृष्ट संस्मरणात्मक शोक ग्रन्थ : ननिख्रिएका आँसु

वि.सं. २००७ साल भदौ ११ गते गोरखा जिल्लाको ताकुमाझ लाकुरीबोट गाउँमा माता ललिताकुमारी गुरुङ र पिता कप्तान दीर्घसिंह गुरुङको कोखबाट जन्मनुभएका दोलखबहादुर गुरुङले शिक्षा स्नातक (B.ED.) प्रशासन स्नातक (D.P.A.) र समाजशास्त्रमा स्नातकोत्तर (M.A.) शैक्षिक उपाधि हासिल गर्नुभएको छ । २०६३ सालदेखि निर्वाचन आयोगको आयुक्त हुँदै कार्यवाहक प्रमुख आयुक्त पदबाट वि.सं. २०७२ साल भदौ १० गते सेवानिवृत हुनुभएको छ । २०२३ देखि २०२६ सालसम्म परोकार आदर्श मावि, जौबारी, गोरखामा र २०३० सालदेखि २०३२ सालसम्म भानु मावि, दरबारहाइस्कुल, रानीपोखरीमा अध्यापन गरी जागिरे जीवन शुभारम्भ गर्नुभएका गुरुङले २०३३ सालदेखि २०३६ सालसम्म माध्यमिक विद्यालय निरीक्षक रही मुगु र सिन्धुपाल्चोक जिल्लामा काम गर्नुभयो ।