Skip to content

विश्लेषण/समालोचना

ऊ कति ठिक कति बेठिक ?

धेरै दिनपछि ऊ कक्षा ९मा छिर्यो । खोच्याउँदै र लरबराउँदै आएकोमा चिन्ने–जान्नेले ‘कठै’ भने । बुझ्दै नबुझेकाले मादक पदार्थ सेवन गरी कक्षामा पढाउन आएको ठानेँ । सम्मुखमा कसैले केही बोलेनन् यद्यपि एकापसमा कानेखुसी गर्न भने छाडेनन् ।

ऊ माष्टरको जागिर खाइरहेको अधवैँसे हो । ऊ अचेल अल्पकालका निम्ति अपाङ्ग भएको छ । दिनानुदिन बिमार बिसेक हुँदै गए पनि त्यो कछुवा गतिमा छ । त्यसैले ऊ पूर्ण आराम हुन नसकूँला कि भनी शङ्का मानिरहेको छ ।

गंगा लिगलको सङ्क्षिप्त परिचय

गंगा लिगल नेपाली साहित्यको क्षेत्रम नौलो नाम हैन । उनी नेपाली साहित्यकी एक सशक्त नारीहस्ताक्षर हुन् । उनको जन्म पनि नेपालको सुन्दर ऐतिहासिक नगरी पाल्पामा भएको हो । माथि श्रीनगरको डाँडो जहाँबाट हिमालका सेता हिमछादित टाकुराहरूको अवलोकन गर्न सकिन्छ भने तलको समथल भू–भभाग माडी फाँट कहलाउँछ । यस्ता पर्यटकीय स्थलमा पिता स्व. श्रीगणेश प्रसाद श्रेष्ठ र माता स्व. श्रीमती केशव लक्ष्मी श्रेष्ठकी पुत्रीरत्नको रूपमा जन्म लिएर गंगाले नेपाली साहित्यका विविध विधामाा कलम चलाउँदै आउनु भएको छ र समाज परिवर्तनको वाहकको रूपमा आफूलाई प्रदर्शन गर्दै हुनुहुन्छ ।

20180818_PrakashDipsaliRai-01

युद्धले भुलेको बाँकी युद्ध’ लड्ने साहसी कवि सुजन सेलिङ् 

लगभग २०६९ सालदेखि पाँचथरका श्रष्टाहरूसँग निक्कै हिमचीम बढाइयो । जो अहिले पनि निरन्तर छँदै छ, यसको मतलब सबै जनासँग भने हैन । किनकि त्यहाँका धेरैलाई त व्यस्तता वा आफ्नै कारणले भेट्न र हिमचिम बढाउन पाएको छैन । मैले जानेको त्यहाँ नेपाली साहित्यको प्रयोगको अथाहा भण्डार हो । उत्रवर्ती सोच, रंगवाद नै भनौं अनि त्यहाँका श्रष्टाहरू साह्रै क्रियाशील छन् । उनीहरू जहाँ जहाँ हुन्छन् आफ्नो सक्रियता देखाई हाल्ने । पछिल्लो पल्टका आयामहरूमा पनि प्राय उनीहरूकै संग्लग्नता रहेको छ । तेश्रो आयामदेखिकै कुरा गर्ने हो भने पनि बैरागी काईला, शृजनशील अराजकतावादी धार हाङयुग अज्ञात, उपेन्द्र सुब्बा तथा सर्जकहरूले आफू जहाँ रहे पनि पाँचथरको माटोलाई मलिलो बनाउने काम सदा गरी नै रहेका छन् । सँगै त्यहाँबाट प्रकाशन भएका कृतिहरूले बजार तताउने गर्दछन्, जसरी पछिल्लो पल्ट राज माङलाकको लिम्बुनी गाउँ कविता कृति मदन पुरस्कारको उत्कृष्ट ८मा पर्दै यो बेला चर्चाको शिखरमा छ । लाग्छ, सायद यो बेला समाजिक सञ्जाल सञ्चार माध्यम भरी यसकै चर्चाले भरिएको छ ।

एक पिता–शिक्षकको नोट

समयसँग लडाइँ गर्दागदै विज्ञान सङ्कायमा प्रथम श्रेणीमा प्रथम भएर स्नातकोत्तर तह उत्तीर्ण गरेँ । मेरो परिवारमा खुशी नाच्न थाल्यो । म भने परीधीय मुस्कुराहट देखाएर साथ दिन थालेँ । उपाधिको भारले म थिचिएँ । आफूमा भएको स्वच्छन्दतालाई भित्रभित्रै दबाएर भद्र व्यक्तिमा रूपान्तरण हुने प्रयासमा लाग्दो भएँ ।

म कण्ठ गर्न माहिर थिएँ । एम.एस्सी.का सबैजसो पाठ्यपुस्तकहरू कण्ठ थिए । कतिपय कुरा बुझेको थिएँ । कतिपय भने नबुझीकनै मुखाग्र मात्रै थिए । प्रयोगशालामा समेत प्रमाणित गर्न सक्तिनथेँ । सिद्धान्तलाई व्यवहारबाट परीक्षण गरी सिद्ध गर्न नसके त्यसलाई विज्ञान भन्ने पक्षमा थिइनँ । संसारका लागि म गोल्डमेडलिष्ट थिएँ । तर, आफ्ना लागि कनिकुथी तेस्रो श्रेणीमा उत्तीर्ण गर्ने तल्लो स्तरको सिकारु नै थिएँ ।

रेखाभित्रका रेखाहरू

सुरेश कार्की ढोली चक्करघट्टी बजार, सुनसरीमा २०२९साल ११ महिना ५ गते बुबा स्व. जहाानसिंह कार्कीढोली र माता स्व.पवित्रा कार्कीढोलीका पुत्र रत्नको रूपमा जन्म लिएका थिए । सुनसरीका अक्षरहरू(गजलसङ्ग्रह, २०७३) र रेखाभित्रका रेखाहरू (गजलसङ्ग्रह, २०७४) बजार।मा ल्याइसकेका सुरेश कार्कीढोलीले गजलमात्र नभएर गीत, कविता, मुक्तक र कथा लेखनमा पनि रुचि राख्दछन् । उनको लेखनप्रतिको प्रतिबद्धतालाई देखेर पल्लव साहित्य प्रतिष्ठानले आजीवन मानार्थ सदस्यबाट विभुषित गरेको छ ।

अविचार, विचार र निर्विचार : एक चर्चा

जीवनको खोज मृत्युवाटै प्रारम्भ गरिन्छ । जीवनलाई चिन्नु र पाउनु पर्छ । मृत्युको तथ्यबाट खोजलाई प्रारम्भ गर्नेहरू मात्र सफल र समर्थ हुन सक्छन् । हेर्दा उल्टो जस्तो लाग्छ यो । जीवन खोज्न मृत्युवाट आरम्भ गरौं, यो कुरो उल्टो जस्तो लाग्छ । तर कुरो उल्टो छैन । प्रकाश खोज्नेले त्यसलाई अन्धकारबाटै प्रारम्भ गर्नुपर्छ । प्रकाशको खोजको अर्थ के हो भने हामी अन्धकारमा उभिएका छौं र प्रकाश हामीबाट टाढा छ, अन्यथा त्यसको खोज नै किन हुन्थ्यो ? प्रकाशको खोज अन्धकारबाटै हुन्छ र जीवनको खोज मृत्युवाट । हाम्रो खोज जीवनको लागि हो, त्यसको अर्थ हो हामी मृत्युमा उभिएका छौं ।

देवकोटा न भूतो न भविष्यति

साहित्यका महान् साधक तथा अक्षरका तपस्वी महाकवि लक्ष्मीप्रसाद देवकोटा (सम्वत् १९६६–२०१६) नेपाली साहित्यका अप्रतिम प्राप्ति हुन् । उनको एक्लो आगमनले नेपाली साहित्यको आधुनिक कालमा स्वच्छन्दतावादी विचारधारा र आधुनिक निबन्धका क्षेत्रमा आत्मपरकताको अविर्भाव भएको पाइन्छ । त्यसो त नेपाली आधुनिक साहित्यका सबैजसो विधामा उल्लेख्य कृतिहरू दिएर उनले साहित्यको भण्डार मात्र भर्ने काम गरेका छैनन् । आधुनिक कविता र निबन्ध विधामा अनेक मानक स्थान समेत बनाएका छन् ।

व्यक्ति परिचयः

प्रा.डा. केआर खम्बु
घरको बोलाउनु नाम ः काशीराम राई
जन्मको नाम ः कमल राई
मास्टरले लेख्न नजानेर काशीरालाई कालीराम लेखिदिएको र पछि यो नराम्रो सुनिएको हुँदा कालुराम का रुपमा परिवर्तन गरिएको । यही नाम केआर खम्बूका रुपमा पछि परिचित ।
जन्म ः २०१४।४।५
जन्मस्थानः खोटाङ, दमर्खु, शिवालय १, चुम्लुङ ।
पिताः स्व. विष्णुध्वज राई
माताः स्व. लीलावती राई कान्छो छोरा ।
शिक्षाः
अक्षरारम्भ पहाडको गाउँकै धुले पाठशालाबाट ।
२०२० सालमा झापा गौरीगञ्जको कोरोबारी टटुवामारीस्थित जनता प्राथमिक विद्यालयमा कक्षा एकमा भर्ना भएर त्यहींबाट औपचारिक शिक्षा आरम्भ र त्यस विद्यालयमा कक्षा पाँचसम्मको अध्ययन ।

टीका ढुङ्गेलको यात्रा संस्मरण सर्सर्ती पढ्दा

दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा टीकाढुङ्गेलसँग यात्रा स्मरण कृति सहित साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा टीकाजीले यात्रा स्मरण उपहारस्वरूप प्रदान गर्नुभयो । साहित्यिक क्षेत्रका टीका ढुङ्गेलको प्रचलित नाम टीकाराम शर्मा ढुङ्गेल हो । उनका माता–पिताको नाम स्व.नरमाया ढुङ्गेल/स्व. महानन्द ढुङ्गेल हो । उनको जन्म ११ अगस्त १९६८मा साङ छलमाथाङ पूर्व सिक्किममा भएको थियो । हाल उहाँ नेपाली साहित्य परिषद् सिक्किममा कार्यरत हुनुहुन्छ । उहाँ प्रदीपिका, पूर्वधार र तीन थूम्का नेपाली साहित्यिक पत्रिकाहरूको संस्थापक हुनुहुन्छ ।

‘जीवन एक : सङ्घर्ष अनेक मोड’ फरक क्षमताको जोश

अमेरिकामा एकताका १६ पेजको कमन सेन्स किताबले देशै हल्लाएको थियो । त्यही किताबका कारण अमेरिकीहरू बेलायतीहरूको उपनिवेशबाट सदासदाका लागि मुक्त भएका थिए । मानवको सर्वप्रिय खोजी नै मुक्ति हो । मुक्तिका लागि संसारका सबै मानिसहरू अहोरात्र लागेका छन् ।

सन्दर्भ यतिखेरको पुस्तक छ –‘जीवन एक सङ्घर्ष अनेक मोड’ । यो पुस्तक एकजना फरक क्षमताका भाइले लेख्नुभएको हो । वहाँलाई स्पानल कड इन्जुरी भएको छ । रोग मानिसको चाहना कवै होइन । रोग बाध्यता वा दुर्घटनाका कारण हुन्छन् ।

गजल समवन्धी बहस ः अनलाइनमा फष्टाएकोे ‘विलयन गजल लेखन’ —केशु विरही

गजल दशौँ शताब्दीमा इरानी अन्धा कवि रौदकीबाट जन्मिएको विश्वास गरिन्छ । यो विधा अरवी माटोबाट सुरु भए पनि यसको प्रथम प्रयोग भने फारसी भाषामा भएको पाइन्छ । गजलले फारसी भाषामै फष्टाउने अवसर पनि पाएको देखिन्छ ।

गजल अरबी, फारसी, हिन्दी–उर्दू हुँदै नेपाली माटोमा भित्रिएको हो । यसरी हिन्दी–उर्दू हुँदै नेपाली माटोमा भित्रिएको यो विधाले एउटा लामो कालखण्ड नै विताइसकेको छ । यो अवधीलाई हेर्दा गजलले नेपाली माटोमा एउटा लामो कालखण्ड विताएको छ भन्न सकिन्छ ।

बर्मेली समाजमा आधारित ‘पश्चाताप’ उपन्यासको अध्ययन

दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तर्राष्ट्रिय नेपाली साहित्य समारोहमा खिम बहादुर बुढाथोकीसँग साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा भिम बहादुर बुढाथोकी (खिम–कौशिक)बाट यो कृति उपहार स्वरूप हात लाग्यो । खिम–कौशिकको जन्म २००३ कार्तिक १० गते राजा बस्ती मोगोकमा पिता शुद्धिमान बुढाथोकी र माता चन्द्रकला बुढाथोकीका पुत्ररत्नकको रूपमा भएको थियो ।

ओयामको एक तस्बिर

पुर्बि नेपालको लिम्बुवान पान्थर जिल्ला अन्तर्गत ४१ गा बि स हरु मध्ये उत्तर पुर्बमा पर्ने एउटा मनोरम् गा बि स को नाम ओयाम । ओयाम गा बि स को पुरानो नाम अन्येमबाट अप्रभङ्स भै पछी ओयाम् हुन गएको भन्ने त्यहाका बुडा पाका र इतिहास् बिधहरु बताउंछन् । लिम्बु भाषामा अन् भनेको घोडा र येम भनेको उभ्याउनु भन्ने अर्थ लाग्छ । त्यहा पहिला पहिला आपुंगि राजा सुब्बाहरुले बिभिन्न थुम र यकहरुबाट घोडामा सवार् भै भिबिन्न सभा सम्मेलन् बैठक् गरि सङ्युक्त रुपमा भोजभतेर खाने गर्दथे । उसबेला ती आपुंगि राजा सुब्बाहरुले आफु त्यहा बसुनेजेल् घोडाहरुलाइ एउटा सम्म मैदानमा बाधि राख्थे त्यहि घोडा बाधेर राख्ने ठाउ अर्थात् घोडा उभ्

डा. नरेन्द्र चापागाईप्रति साहित्यकारहरूको धारणा

प्रा. डा. नरेन्द्र चापागाई र मेरो बीचमा साक्षतकार त हुन सकेन तर २०७४ साल फागुन ५ गते विराटनगरमा लेखकसंघ र प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा वृहत कविगोष्टिमा उहाँको बारेमा तयार पारिएको स्मृतिग्रन्थ भने हात लाग्यो । पढ्न थाले ७२ जना विद्वानहरूले उहाँको नेपाली साहित्यप्रतिको योगदानलाई गहनताको साथमा उठाएको पाएँ । मलाई लाग्यो विभिन्न दृष्टिकोणबाट उठाइएका उहाँप्रतिका आदरभावलाई १–२ पङ्क्ति भए पनि यस लेखमा समावेश गनुपर्छ । त्यसोहुँदा सर्वप्रथम यस कृतिमा लेखिएकै आधारमा उहाँको एउटा छोटो परिचयतिर लागौं ।

सपनतीर्थ मेलाको किंवदन्ती र महत्व

काठमाडौँको उत्तर–पश्चिम भेगमा अवस्थित टोखामा हरेक वर्ष नयाँ वर्षको वैशाख १ गते सपनतीर्थ मेला लाग्छ । सपनतीर्थ शिवपुरी राष्ट्रिय निकुञ्जको काखमा अवस्थित छ । जात्राको सुरुआत कहिले र कसरी सुरु भयो भन्ने खोजकै विषय हुन सक्छ । चैत मसान्तको दिन बागद्वार पुगेर वैशाख १ गते सपनतीर्थमा स्नान गरी टोखाको बिस्केट जात्रा अवलोकन गर्दै भक्तपुरको बिस्केट जात्रामा सहभागी हुने भन्ने लोककथन छ ।

जानकारी

भाव वा रसका लागि उपयुक्त ठहराइएका केही छन्दहरुः

मदलेखाः प्राकृतिक सौन्दर्यको वर्णनका लागि उपयुक्त
चम्पकमालाः कोमल पदावलीका साथ श्रृङ्गार
शशिवदनाः प्राकृतिक सौन्दर्यको वर्णनका लागि उपयुक्त
समानिकाः वीर र रौद्ररसका लागि
अनुष्टुप् सबै रसका लागि
प्रमाणिकाः वीर रस
इन्द्रबज्राः करुण रस
स्वागताः वीर र करुण रस
इन्दिराः भक्तिरस वा गीति रचनामा
भुजङ्गप्रयातः शान्तरस कोमल पदावली
इन्द्रवंशाः सबै भावमा उपुक्त
द्रुतविलम्बितः प्रकृतिको वर्णनमा । यमक अलङ्कार विशेष
प्रहर्षिणीः सौन्दर्य वर्णन
वसन्ततिलकाः प्राकृतिक सौन्दर्यको वर्णनमा र करुण रस

‘काँडा टेकेर फूलका कुरामा’ गजलसङ्ग्रहमा साहित्यकारको धारणा

सिर्जनाको नशा लागेपछि सर्जकहरूको सिर्जना गर्ने प्यास कहिल्यै मेटिदो रहेनछ । सर्जक तीर्खाएकै तीर्खाएको हुँदो रहेछ । साहित्य सुधाको जति पान गर्यो त्यति मीठो र त्यत्तिकै रसिलो हुँदो रहेछ । साहित्य सुधामा रमाइरहेका कविता, गीत, गजल र मुक्तका सिर्जनाका हरि कट्टेलले विलौनै विलौना लघु काव्य (२०४५), अनावृत आकृति छन्दोबद्ध कवितासङ्ग्रह (२०६१), आँखामा अल्झिएका आँखाहरू गजलसङ्ग्रह २०६४), मुटु टुक्रिएपछि मुक्तकसङ्ग्रह (२०६९) र काँडामा टेकेर फूलका कुरा गजलसङ्ग्रह मार्फत आफ्ना धारणा र भावना पाठकसामु पस्किसकेका छन् ।

स्मृतिको झोला निबन्ध संस्मरणको एक अध्ययन

कविता चापागाईको जन्म, मैवाखोला साँघु, ताअप्लेजुङ, मेची अञ्चलमा २०१० साल भाद्र १८ गते बुवा बैजनाथ भट्टराई र माता यमुनादेवी भट्टराईकी माहिली पुत्रीरत्नको रूपमा भएको थियो । शैक्षिक योग्यतालाई केलाउँदा उहाँले एम.ए. (इतिहास), बी.एड. डिग्री हाँसिल गरी सक्नुभएको छ । कविताजीको २०३६ देखि २०७२ भाद्र ९ गतेसम्म विभिन्न, शिक्षणसंस्थासँग पेशागत संग्लग्नता देखिन्छ ।

‘तन्नेरी हजुरबा’ उपन्यास : सामाजिक कुरीतिउपर गतिलो प्रहार

वि.सं २००३ साल साउन १ गते पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स., वडा नं. १, हाल फलेवास नगरपालिका, वडा नं. ३, नुवार, ठूलाघरमा माता नन्दकली रिजाल र पिता कलाधर रिजालको जेष्ठ सुपुत्रको रूपमा जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी । बि.एस्सी. (एजी) शैक्षिक उपाधि हासिल गरेका उहाँ ३४ वर्ष सरकारी सेवामा रही हाल नवलपुर जिल्लाको कावासोती नगरपालिका, शान्तिचोकमा सेवानिवृत्त जीवन बिताइरहनुभएको छ । इञ्जिनियर बन्ने चाहना पूरा नहुने देखेर आफूलाई ‘अभागी’ लेख्न थालेका उहाँ साहित्यिक लेखनमा ‘सदानन्द अभागी’का नामबाट परिचित हुनुहुन्छ भने कृषि विज्ञानसम्बन्धी लेखहरूमा ‘सदानन्द जैसी’का नामबाट ।