Skip to content

विश्लेषण/समालोचना

एक मुठ्ठी बुकी फूल

क्या राम्रो आवरण तस्विरमा लीला रानाको हातमा एक मुठ्ठी बुकी फूलको दृश्यले निकै आकर्षित पार्दछ र कृतिलाई हेरौं हेरौं लाग्छ अनि पढौं पढौं लाग्छ । ‘साहित्यिक यात्रामा लीला’ कृतिबाट कृतिकारको रूपमा चिनिएकी लीला, ‘मेरो फूलबारी’मा सुन्दर फूलका बिरुवा रोप्दै, आजआएर ‘एक मुठ्ठी बुकी फूल’मा रमाएकी छन् ।

शिक्षकको नाममा अभिभावकको पीडापत्र

श्रीशिक्षकज्यू ! आज अचाक्ली मन दुखेको छ । सारा सपनाहरू तुहेर जालान् भनी डरले मुटु काप्न थालेको छ । अबको सहरा केवल तपाईं नै हुनुहुन्छ भनी लेख्न बसेको छु । यो विश्वास र भरोसा मैले कसैबाट सिकेको हैन, अभिभावककै हैसियतले अनुभूत गरेको हुँ । आशा छ, मैले तपाईंमाथि राखेका अपेक्षा पूरा गर्न कुनै कसर बाँकिरहने छैन ।

भाषाविज्ञान

न मा पनि चन्द्रबिन्दु ???
भाषिक सन्दर्भमा ङ ञ ण न म जस्ता यी नासिक्य वर्णहरुले प्रयोग हुनु पर्दा कुनै स्थानमा सामान्य नासिक्य भएर काम गर्दछन् र कुनै स्थानमा असामान्य वा बढी नासिक्य भएर काम गरिरहनु पर्छ । कतै भने कम नासिक्य भएर पनि आर्थी संरचनाको भार यिनले बहन गरेका हुन्छन् । ण र ञ वर्ण तत्समबाहेकका नेपाली शब्दहरुमा उच्चारणमा छैनन् तर ङ न म भने छन् र यिनमध्ये केहीले सामान्य कम नासिक्य, सामान्य नासिक्य र अधिक नासिक्य भएर पनि शब्दमा अर्थ भेद गरेका छन् । शब्दमा अर्थभेद गर्ने क्षमता देखियो भने तिनलाई वर्णको हैसियत प्राप्त हुन्छ ।

नर्मधेस्वर र नर्मदा नदीको महत्त्वः एक विवेचना

नर्मधेस्वर शब्दलाई नेपाली बृहत् शब्दकोषले नर्मदा नदीमा पाइने शिवलिङ्गलाई नर्मधेस्वर भनी परिभाषित गरेको छ । यसरी नै कालीगण्डकीमहाकाव्यको शुभाशंस शीर्षक (पृष्ठ घ)मा डा. स्वामी रामानन्द गिरी लेख्नुहुन्छ –‘संसार भारमा दुईवटा मात्र त्यस्ता नदीहरू छन्, एउटी भगवान शिवलाई नर्मधेस्वर शिलाको रूपमा धारणा गर्ने नर्मदा र अर्की भगवान विष्णुलाई शालग्राम शिलाको रूपमा धारणा गर्ने गण्डकी ।

नेपाली शुद्धीकरण र मातृभाषा रक्षा: भाषिक आन्दोलन १

अब नेपालमा भाषिक आन्दोलनको नवीन प्रवृत्तिको खाँचो महसुस भएको छ । तथाकथित सभ्य भनिएको समाज र शिक्षा आर्जन गरी भविष्यको सपना तुन्नेको खोक्रो रवाफ बोक्दा नेपाली भाषा र मातृभाषाको प्रयोग गर्न चाहँदैन । आवश्यकतै ठान्दैन । भाषा विद्रुप, कुरूप बन्दा, आधा मिश्रणलाई देख्दा नेपाली भाषा पढ्ने र पढाउने तथा सरोकार राख्नेको जिम्मेवारी भनिदिन्छन् । गोरखापत्रलाई एकछिन सम्झेजस्तो गर्छ, भाषा आयोगलाई आरोप लगाउँछ, प्रज्ञा प्रतिष्ठानको दायित्वमा पुर्याएर आफू पन्सिन्छ । अँझ भाषा आयोगतिर त चोर औँलो नै तेर्स्याउँछ ।

आठ मार्च र महिलाका समस्या

८ मार्च २०१९ अर्थात् २०७५ फागुन २५ गते विश्वका विभिन्न देशमा क्रियाशील महिला सङ्गठनहरूले १०९ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवश मनाउँदै छन् । आज १०९ औँ महिला दिवश मनाइरहँदा पनि महिलाहरू सामाजिक, आर्थिक र राजनैतिक क्षेत्रबाट उत्पीडित र उपेक्षित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट महिला हक, हित र अधिकारका निम्ति गरिएका प्रयत्नका बाबजुद महिलाहरूको स्थितिमा तात्विक अन्तर आउन सकेको छैन ।

गंगाका गजलमा भावस्नान

‘गजलमा अत्यावश्यक पर्ने शिष्ट कोटिको तीक्ष्ण शृङ्गार र तिरोहित व्यङ्ग्य मन मोहक छ’ –शिवप्रसाद सत्याल ‘पीठ’

‘गंगाका गजलमा घरदेशको पीडा र प्रदेशको हाँसोसम्म जन्मभूमिको आह्वान र कर्मभूमिको कर्तव्य जोडिन पुगेको छ । यसैले सगरमाथाको हिउँखोली बगेर समुद्रतलमा पुगेको अनुभूति गंगाले गरेकी छन् ’–गोवर्धन पूजा

इमानदारिता नै कर्ण हार्नुका कारण

महाभारतकालका युगपुरुष थिए कर्ण । उनी सबैभन्दा श्रेष्ठ भएर पनि सबैभन्दा चेपुवामा पर्ने व्यक्ति पनि थिए । उनी हरेक कुरामा निपुण थिए । कर्तव्यपरायणता, इमानदारिताका त उनी खानी नै थिए । पौराणिक इतिहास माहाभारतमा उल्लेख गरिएका कथनहरुका आधारमा यहाँ कर्णको हारका कारण केलाउने प्रयास गरिएको छ ।

दम्वोद्भवले सूर्यदेवको अत्यन्तै ठुलो तप गर्यो । सूर्यदेव प्रसन्न भएर प्रकट भई वरदान मागभन्दा उसले ‘अमरत्व’को वरदान माग्यो । सूर्यदेवले यो सम्भव छैन भने ।

गंगा–जेसिका–बहस

“जहाँ सृष्टि छ, त्यहाँ कथा अवश्य छ”–गंगा लिगल

‘जेसिका’ गंगाजीको सत्रौ कृति हो र कथासङ्ग्रह चाहिँ दोस्रो हो । पहिलो कथासङ्ग्रह ऐना हो तर ऐना भने मेरो हातमा पर्न सकेन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दह्युस्टन च्याप्टर, टेक्सासले प्रकाशन गरेको यो कथासङ्ग्रहमा १४ ओटा कथाहरू समावेश गरिएका छन् । कृतिलाई ‘देशविदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरूमा सादर समर्पण’ गरिएको छ ।

अनेकौँ दुर्भाग्यहरू बेहोरेका खलिल जिब्रान

भनिन्छ : अमेरिकी राष्ट्रपति जोन.एफ. केनेडीले प्रयोग गरेको भनाइ– “यो नसोध कि तिम्रो देश तिम्रा लागि के गर्न सक्छ, आफैँलाई सोध कि तिमी आफ्नो देशको लागि के गर्न सक्छौ” उनको थिएन, यो त महान् स्रष्टा खलिल जीव्रानको थियो । उनी साँचो अर्थमा एक मनमौजी फकिर स्रष्टा थिए । सन् १८८३मा लेवनानमा जन्मेका खलिलको जीवनमा एकपछि अर्को दुर्भाग्यको ओइरो लाग्यो ।

शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन एक अबलोकन

शान्तिनारायण श्रेष्ठका कवितामा समाजशास्त्रीय चिन्तन विषयक समलोचना कृतिको समालोचक राजेन्द्र पहाडी हुनुहुन्छ । यो किताब ७४ +१८=९२ पृष्ठको छ मूल्य संस्थागत २००/– र व्यक्तिगत १००/–भएको यो किताबको प्रकाशन गुप्तेश्वर बहुउदेशीय पुस्तकालयले गरेको छ । प्रस्तुत कृर्तिलाई सर्सर्ती अध्ययन गरेपछि सारसंक्षेप्तमा के भन्न मन लाग्छ भने राजेन्द्र पहाडीले जुन प्रयास गरेका छन् त्यो प्रयासको प्रशंसा नगरी बस्न सकिन्न ।

छन्दमा यति

छन्द शब्द छद् धातुबाट व्युत्पन्न भएको हो । यसको अर्थ आह्लादित गर्नु भन्ने हुन्छ साथै कसैलाई खुसी पार्नु भन्ने अर्थ पनि यसको छ । वर्ण या मात्राहरुको नियमित संख्याहरलाई विन्यास गरेर लयात्मकताका माध्यमबाट उत्पन्न हुनु नै छन्दको परिचय वर्णहरुको र मात्राहरुको नियमित संख्याहरुको योगबाट वा विन्यासबाट आल्हालदकता प्रकट हुन्छ त्यही छन्द हो । भन्ने कुरा मैले यस अघि नै भनिसकेकै कुरा हो ।
छन्दका पनि अंग उपांग हुन्छन्, यसका निम्न अंगहरु रहेका छन्
चरण वा पद
वर्ण वा मात्रा
संख्या वा क्रम
गण, गति, यति वा विराम
१.छन्दका चरण पद वा पाउ

गंगा लिगल र सखी– वियोग खण्डकाव्य

आमुख–
पाल्पा, श्रीनगरको काखमा बसेको एउटा सुन्दर साथै ऐतिहाँसिक जिल्लामा जन्मेकी गंगा लिगलको साहित्यिक व्यक्तित्वको बारेमा मैले धेरै चर्चा गरिसकेको छु । तिनै कुराहरू मैले यहाँ दोहोर्याउन चाहाँदिन । उनको कविताको फुरन कसरी थालनी भयो ? यस प्रश्नको उत्तर खोज्दा पाल्पाको प्राकृतिक सुन्दरता, उनको बाल्यकाल र सधैं एकै साथ खेल्ने मिल्ने एउटी बालसखाको चित्रण हुनु आवश्यक देखिन्छ ।

भागवत् गीताका अठार प्रेरणाहरू

महाभारतको छैटौँ भीष्म पर्वमा भागवत् गीताको चर्चा गरिएको छ । युद्ध मैदानमा खडा भएका अर्जुन आफ्ना मान्यजन र प्रियजनको बध गर्नुपर्ने अवस्था देखेर युद्ध विमुख हुन्छन् । उनी यस्तो युद्धलाई व्यापारको संज्ञा दिन्छन् । र, युद्धबाट विजेता बने पनि आफन्तको लासमाथि टेकेर आर्जेको साम्राज्यले कहिल्यै सुख–चयन नदिने कुरा गर्छन् । अन्ततः कृष्णले महाभारत युद्धलाई धर्मयुद्धका रूपमा व्याख्या गर्छन् । गुरु र शिष्य संवादका रूपमा लेखिएको हिन्दू धार्मिक ग्रन्थ विशेषलाई गीता भनिन्छ । जस्तै– शिव गीता, राम गीता, भागवत् गीता आदि । यसमा जीवनको साङ्गोपाङ्गो पक्षको शाश्वत बोध गराएर कृष्णले अर्जुनको चक्षु खोलिदिएका छन् ।

माया र प्रेम

संसारका धेरै शाश्वत चिजमध्ये प्रेम शाश्वत हो । यसले मानिसलाई जीवन जिउने ऊर्जा दिन्छ । यो यस्तो आयाम हो जसबाट मानिसको जीवन आदि र अन्त्य दुवै हुन सक्छ । मानिसले सही र असल मानेमा प्रेम गर्न जानेको छ भने उसले लिन होइन दिन चाहन्छ । प्रेमका बारेमा भनिएको पनि छ –‘साँचो प्रेमले त्याग दिन्छ बदलामा केही चाहँदैन ।’ इतिहासमा हामीले कैयौँ प्रेमीप्रेमिकाका बारे कालजयी कृतिमा कथा र गाथाहरू भलिभाँती पढेका छौं ।

इन्द्रकुमार विकल्प मुक्तकमा नौलो प्रयोगमा रमाउँदै

इन्द्रकुमार विकल्प नेपााली साहित्य जगतमा एउट चर्चित नाम हो । सम्झनाका डोवहरू कवितासङ्ग्रह (२०४४) सालमा प्रकाशन गरी कृतिकारको रूपमा देखिएका साहित्यकार इन्द्रकुमार विकल्पले आफ्नो साहित्य साधनालाई तीब्रगतिमा अघि बढाउँदै मनका रङ्गहरू मुक्तकसङ्ग्रह, २०७५सम्म आइपुग्दा उनका १० थान कृतिहरू बजारमा आइसकेका छ्न् । कृति प्रकाशनको हिसावले हेर्दा विकल्पका हात कविता, कथा, उपन्यास, मुक्तक, हाइकु जस्ता विधामा समान रूपमा उत्कृष्ट धारणा सहित चलेको देखिन्छ र उनमा लेखन शक्ति तीब्र भएको मान्न सकिन्छ ।

मातृभाषालाई अब कसले जोगाउँछ ?

‘मलाई मेरो भाषा जानेर के फाइदा ? मैले जागिर पाउँछु र ?’ एक जना घनिष्ट मित्रले कुरैकुरामा भन्नुभयो । मैले भनेँ अब तपाईँले बोल्ने भाषालाई मैले बोल्न कोसिस गरौँ भने मलाई वर्षौँ सिकेर पनि तपाईँको जति ज्ञान हुन सक्दैन । उहाँले आफ्नो भाषा जोगाउनुको अर्थलाई मात्र गाँस, बास र कपासको सन्दर्भमा लगेर जोड्नुभयो । उहाँ दोषी हुनुभयो भनौँ भने बाध्यतामा राष्ट्रियता र स्वाभिमान खोक्रो हुँदो रहेछ । मलाई याद छ, शिक्षित वर्गका एक जना मित्रले भन्नुभएको थियो, “आमाबाबाले बोर्डिङ पढाउनुभयो । घरमा आफूहरू मात्र गुरुङ भाषामा बोल्नुहुन्छ । मसँग बोल्दा नेपालीमा कुरा गर्नुहुन्छ । स्कुलमा अङ्ग्रेजी पढियो । त्यहाँ नेपाली बोले बापत फाइन तिरियो ।

20190106 NandaLalAcharya-LBK

बहुविधामा हात बढाउँदै हिँडने – लेखबहादुर कार्की

उदयपुर जिल्लाको कौवाई गाउँमा बसोबास गर्ने लेखबहादुर कार्कीका लागि कुनै तोकिएको पेशा छैन । उनी जन्मदै लेखक भएर जन्मे किनभने नाम नै लेखबहादुर रहन गयो । लेखेर जीविकोपार्जन गर्न सकेनन् । तसर्थ ठुलो ‘लेखक’ भनी चिनिन सकेनन् । आफ्नो सानो खेतबारी खोस्री हिँडे, कृषक हुन सकेनन् । छोरा–छोरी, नातिनातिना हुर्काएर बसे, गृहस्थ बन्न सकेनन् ।

मानवीय सहानुभूतिका कविता सञ्चयन : ‘चिबोकका केटीहरू’

चालीसको दसकमा नेपाली कविता साहित्यमा दह्रो उपस्थिति जनाउँदै सशक्त कलम चलाएका र हालका दिनमा लेखनयात्राको केन्द्रबाट केही पाश्र्वमा रहेका बताइने कवि हिक्मत थापाद्वारा लिखित ३६ वटा कविताहरूको सञ्चयन ‘चिबोकका केटीहरू’ हालै बजारमा आएको छ ।

विना खल्लाखल्ला सो कृतिको गत असोज २७ गते एक कार्यक्रमका बीच काठमाडौँमा लोकार्पण गरियो । लोकार्पण कार्यक्रममा एन्आर्एन् पूर्व अध्यक्ष तथा नियात्राकार जीवा लामिछाने, कवि शैलेन्द्र साकार र कविका पिता तथा आख्यानकार गगनसिँह थापाले कृतिको संयुक्त रूपमा लोकार्पण गरे ।

‘तीन युग एक कथा’, महाकाव्य : एक संक्षिप्त विवेचना

वि.सं २००३ साल साउन १ गते तदनुसार १५ मार्च सन् १९४७ मा पर्वत जिल्लाको साविक शंकरपोखरी गा.वि.स.को नुवार गाउँमा पिता कलाधर रिजाल र माता नन्दकली रिजालको कोखबाट जन्मिनुभएको हो वरिष्ठ साहित्यकार सदानन्द अभागी। कविता, कथा, उपन्यास, गजल, मुक्तक, नियात्रा आदि विभिन्न विधाका थुप्रै साहित्यिक कृतिहरूका साथै माटोलगायत कृषिसम्बन्धी वैज्ञानिक कृतिहरू प्रकाशित गरिसक्नुभएका सदानन्द सरकारी सेवाबाट निवृत्त भई साहित्य साधनामा निरन्तर लागिरहनुभएको छ।