Skip to content

विश्लेषण/समालोचना

चुनौतीमाझ अत्याधुनिक प्रविधि

  • by

सन् १९९० मा ईन्टरनेटको प्रादुर्भाव भयो र सूचना तथा सञ्चार प्रविधि मा दु्रततम गतिमा अकल्पनीय विकास भयो । यो अत्याधुनिक प्रविधिबाट शुरुका दिनहरूमा औद्योगिक राष्ट्रका व्यापारिक प्रतिष्ठानहरूले अत्यधिक प्रयोग गरेर खर्चमा व्यापक कटौती गरे र उत्पादनमा उल्लेख्य वृद्धि गर्न थाले । व्यापारिक प्रतिष्ठानहरूको कामको गतिमा तिव्रता आयो तर सरकारी निकायहरूको काम भने उही पुरानै गतिको थियो । तसर्थ दिनानुदिन सरकारी निकायहरूमा व्यापारिक प्रतिष्ठानहरूको प्रत्यक्ष अप्रत्यक्ष रूपमा दबाब सिर्जना भयो । फलतः सरकारी निकायहरूमा पनि सूचना तथा सञ्चार प्रविधिले स्थान पाउन थाल्यो ।

नरिसाओस् प्रकृति

  • by

लामो खडेरीको कारण जनजीवन प्रभावित हुन थालेको छ । वायुमण्डल तुवाँलोले ग्रस्थ छ । उपत्यकाको वायुमण्डलमा धुवाँ र धुलोको मात्रा बढी भएकोले हवाइसेवा समेत प्रभावित हुन थालेका समाचार बरोबर प्रकाशमा आइरहेका छन् । वषर्ाऋतुताका बिदा भएको मनसुनी वषर्ापछि वषर्ा बादललाई कसैको भनसुन चलेको छैन । पानीका मुहानहरू धमाधम सुक्दै गएका छन् । भूमिगत पानीको सतह पनि घट्दै गएको छ । पानी नपरेकाले खोलाको पानी त यसै पनि सुक्दै गएको छ । हिउँद ऋतुमा हिउँ नपरेकाले हिमनदीहरूमा पनि पानी बढ्न सकेको छैन ।

नेपालमा जातीय विभेद

नेपालको न्याय, स्वतन्त्रता र मुक्तिको लडाइँले निकै दशक पार गरिसकेको छ । त्यसैका लागि भएका राजनैतिक आन्दोलनहरू पनि सफल हुँदै गएका छन् । निरंकुश राणातन्त्र, पञ्चायती व्यवस्थाको अन्त्यसँगै सामन्तवादी राजतन्त्रको पनि अन्त्य भई अहिले नेपाल सङ्घीय गणतन्त्रतात्मक मुलुकमा प्रवेश गरिसकेको छ । यद्यपि, नेपाली समाजमा अन्याय, असमानता, शोषण, दमनको अन्त्य भने हुनसकेको छैन । सबैका लागि न्याय, समानता र आधारभूत मानवअधिकार प्राप्तिका लागि अझैं थप सङ्घर्ष भइरहेका छन् । पहिचान, भाषिक, सांस्कृतिक अधिकारका लागि अहिले पनि नेपालमा सङ्घर्ष जारी छन् । नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, क्षेत्रीय, लैङ्गकि, भाषिक आदि विभेदका कारण नेपाली समाजमा अहिलेसम्म पनि वास्तविक अर्थमा लोकतन्त्र स्थापित भइसकेको भने छैन ।

अग्निसूत्रको सौन्दर्य

लेखक जगदीश घिमिरेको ‘अग्निसूत्र’ नामक कविता संग्रह भर्खरै सार्वजनिक भएको छ । यसमा उनका २०२५ देखि २०६२ सालसम्म रचित कविता संकलित छन् । घिमिरेको यो पहिलो कविता संग्रह हो । यी कविता कुनै फुटकर, कुनै गीत र कुनै मुक्तक स्वरूपका छन् । यी कविताले आफ्ना कालखण्डका कटुतम यथार्थलाई प्रतिबिम्बित गरेका छन् ।

लाज पचेकी नकचरी….

´हेर हेर यो नकचरी, बावुआमा पनि कस्ता होलान्!´धेरै मान्छेबीचमा एउटी महिला कड्‍किन् ´बेलैमा बिहा नगरी बढेकी छोरी घरमै पालेर राखेपछि यस्तै हुन्छ।´ बाटो हिडिरहेकी मलाई पनि त्यस भीडले तान्यो। ´त्यही त, यसले त हामी सबैको नाकै काटी नि ´–हेर्दा भद्र देखिने एक महिलाले थपिन्। ´यसलाई गाउँ निकाला गर्नुपर्छ ´– सबै महिलाले एकै स्वरमा कोहोलो मच्चाए। यत्तिकैमा एक जना पुरुष बोले – एकछिन त पर्खिनुस्! यसमा यी नानीको मात्र हैन त्यो फटाहाको पनि त दोष छ´। त्यसपछि घटनाको वास्तविकता बुझ्न उत्सुक भएर नजिकै उभिएकी एकजना दिदीलाई सोधेँ – दिदी यहाँ के भएको? उनले भनिन् ´हेर्नु न नानी उभिरहेकी केटी छ नी! हो, त्यसले हाम्रो गाउँमा पढाउन आएको मास्टरसँग लसपस गरिछ। ऊ सरुवा

लहर यथार्थवादी चलचित्रको

  • by

नेपाली सिनेमाले २०४६ सालपछि संख्यात्मक हिसाबले फड्को मारेको छ । सिनेमा उद्योगप्रति सरकारी नीति पनि त्यति अनुदार छ भनेर भन्न मिल्दैन किनकि राष्ट्रिय चलचित्र विकास बोर्डको गठन हुनुअघि नै नेपाली सिनेमा निर्माताहरूलाई मनोरञ्जन करको ठूलो हिस्सा सरकारले फिर्ता दिन थालेको थियो । तर गुणात्मकरूपमा नेपाली सिनेमामा खासै सुधार भएन ।

बिर्सनै नसकिने स्रष्टा भीमनिधि तिवारी

  • by

उमेर गणना गर्ने हो भने भीमनिधि तिवारी धेरै बाँच्नु भएन । १९६८ सालको फागुन ३० गते काठमाडौँको डिल्लीबजारमा जन्मिनु भएका तिवारीको २०३० सालको जेठ १९ गते निधन भयो । विषाक्त रक्तरोगको उपचार गर्न नपाएर ६२ वर्षको उमेरमै उहाँको निधन भयो । साहित्य साधना र सिर्जनामा जीवनको चार दशक बिताउनुभएका भीमनिधि तिवारी जस्ता स्रष्टाले उपचारमा समेत यो मुलुकले ध्यान नदिएको उदाहरण बन्नुभयो उहाँ । बाँचुञ्जेलको जीवनलाई सक्रिय र सिर्जनशील भएर बाँच्नुपर्छ, आˆनो भाषा र साहित्यका लागि सक्दो गर्नुपर्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेर जानुभयो भीमनिधि तिवारीले धेरै कृति लेख्ने र छपाउने स्रष्टाको रूपमा आफूलाई चिनाउने उहाँले हात नहालेको विधा पाउनै गाह्रो पर्छ ।

समयका बिम्बहरु

  • by

अभि सुवेदीले अखबारी लेखनलाई पुस्तकको आकार दिएका छन् । उनको पछिल्लो निबन्ध संगालो ‘निबन्धमा उत्तरवर्ती कालखण्डमा ८२ निबन्ध छन् । यसलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको छ ।

नसुनिएको तेस्रो अन्तरा

  • by

अघिल्लो साता राजधानीमा भएको पलेँटी सांगीतिक शृंखलामा कविवर माधवप्रसाद घिमिरेसँग निकटमा साक्षात्कार गर्न पाइयो । महाकवि देवकोटा र सिद्धिचरण श्रेष्ठ काल र अहिलेको युगका सेतु उनी ९० वर्षको उमेरमा पनि महाकाव्य लेखिरहेका छन्, जुन आफैँमा एउटा चामत्कारकि उपलब्धि हो ।

गौरवशाली परम्पराका धनी आदिवासी तामाङ

  • by

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा सरकारले सूचीकृत ५९ आदिवासी जनजातिमध्ये ठूलो जनसङ्ख्या भएको सबैभन्दा पुरानो आदिवासी जनजाति हो तामाङ । नेपालमा भाषिक वक्ता सङ्ख्याको आधारमा तामाङभाषा चौथो ठूलो जनसङ्ख्याले बोल्ने भाषा हो । बुद्धको जन्मभूमि नेपालको बौद्धधर्म मान्ने आदिवासी जनजातिमध्ये सबैभन्दा पुरानो र ठूलो बौद्ध जनसमुदाय पनि तामाङ नै हो ।

देउता रिसाउने डरले अरूलाई दूध नदिने चलन

  • by

तपाईं सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङको दहबगर पुग्नुभयो भने त्यहाँ दूध र दही खान पाउनु हुने छैन ।

प्रसिद्ध कृतिमाथि बनेका कुनै पनि चलचित्रले ख्याति कमाएनन्

  • by

‘नेपाली चलचित्रकर्मी अपठित छन् । बौद्धिक वर्ग चलचित्रभन्दा टाढा छ । ड्राइभर र खलासीलाई हेरेर चलचित्र बनाइन्छ ।’ धेरैअघिदेखि चलचित्रकर्मीले खेप्दै आएको आरोप हो यो । यति भएर पनि उनीहरू थेत्तरा छन् । कृतिमाथि समेत उनीहरू मुम्बइया सूत्र घुसाउन चाहन्छन् । बिनागृहकार्य चलचित्र बनाइन्छ भन्ने आरोप त आमअसफलताले पुष्टि गरसिकेकै छ ।

सामाजिक सद्भावको प्रतीक मिथिला पञ्चकोशी परिक्रमा

  • by

मिथिलाको हरेक पर्व, त्योहारमा परिक्रमा गर्ने चलन पुरानो र अनिवार्य रहेको पाइन्छ । मन्दिरमा होस् अथवा कुनै पनि पूजापाठ पश्चात मन्दिरको एक फन्को घुम्नु नै परिक्रमा हो । परिक्रमा निश्चित ठाउँको गर्ने गरिन्छ । मिथिलामा विवाहदेखि मृत्युपर्यन्त परिक्रमा गर्ने गरिन्छ । विवाहमा वरवधूले वेदीको वरिपरि घुम्ने गर्छन् त्यो पनि परिक्रमाको प्रतीक हो । यस्तै परिक्रमा मिथिलाञ्चलमा सदियौंदेखि मनाइँदै आएको छ । मिथिलाको राजधानी जनकपुरलाई केन्द्रबिन्दु मानी परिक्रमा गर्ने चलन यहाँ रहेको छ । जसलाई पञ्चकोशी, माध्यमिकी परिक्रमाको नाउँबाट सम्बोधन गर्ने गरिन्छ ।

अंग्रेजीको मुहुनी लागेर

  • by

शिवरात्रिको अवसरमा कसरी अर्को शिवरात्रि पर्व उठयो ! तीन दिन तीन रात, अङ्ग्रेजीको धुनी जगाउन आएकाहरू, ताप्न आएकाहरू । भारत र बङ्गलादेशबाट, पाकिस्तान र श्रीलङ्काबाट मात्र होइन ! टाढाटाढाबाट जापानका एक हूल, उता हङकङ, युनाइटेड अरब इमिरेटस्, कतार, इरान मात्र होइन परपरका बेलायत र अमेरिकादेखिका अङ्ग्रेजीप्रेमीहरूको हूल काठमाडौं ओर्लियो । नेपालका ४६ जिल्लाबाट धारो लाग्यो- सात सय अङ्ग्रेजीप्रेमी तीन दिन तीन रात, कत्रो पर्व ! प्राथमिक तहदेखि विश्वविद्यालयसम्मैका कुनै विषयमा नेपालमा यत्रो सम्मेलन भएको थाहा छैन !

आफ्नैपनमा रमाएको जाति ल्होमी

  • by

संखुवासभा जिल्लाको हटिया,चेपुवा, किमाथांका र पावाखोला गाविस र पहिला नेपालकै भूभाग हाल तिब्बतमा पर्ने डेन्दाङ, च्याँगा र नादांग गरी करिब २ दर्जन गाउँ बस्तीहरूमा बसोवास गर्ने हिमाली जातीको नाम हो ल्हंोमी ।

माछी मारन हे..नेपाली गायनकी बेपत्ता हीरा

  • by

विश्वव्यापारीकरण र उपभोक्तावादले नबोल्नेको चामलभन्दा बोल्नेकै पीठोको व्यापार चम्काएको छ । गाउन जान्ने तर हाइ ! हलो ! गर्दै सङ्गीतकारका घरमा धाउन नजान्नेहरू अन्ततः ‘कुवेर राई’ को संस्करण बन्न बाध्य छन् । कतिले बुझ्छन् गीतको गहीराइ, सङ्गीतको मर्म र स्वरको सरगम । त्यही धाउन जान्नेहरूको भीडमा हराएकी एउटी गाउन जान्ने गायिका हुन्-हीरादेवी राई ।

बीपी कोइराला र राजा वीरेन्द्र

२०३४ साल जेठको तेस्रो हप्तातिर तत्कालीन वागमती अञ्चलाधीशको कार्यालयबाट बीपी कोइरालाको स्वास्थ्य परीक्षण गर्न जानु भनी मलाई फोन आयो । भोलिपल्ट दिनको १२ बजेतिर म बीपीलाई हिरासतमा राखेको ठाउँ, प्रहरी तालिम केन्द्र महाराजगन्ज पुगेँ । त्यहाँ पुग्दा थाहा भयो कि बीपीले नै बोलाउनुभएको रहेछ । आफ्नो मुटु धड्कँदा बीच-बीचमा रोकिने भएकोले मुटुको रोग लागेको आशंका बीपीलाई भएछ ।