Skip to content

विश्लेषण/समालोचना

साहित्यमा पनि क्रमभङ्गता !

  • by

क्रमभङ्ग गरौँ । कछुवाको जस्तो सुस्त चालले होइन कि उफ्राइ उफ्रौँ भ्यागुताको जस्तो । छलाङ्ग मारौँ । वर्तमान नेपालको राजनीतिक वृत्तमा थोरै हदसम्म मात्र भए पनि नेपाली साहित्यमा पनि यसको बहस, छलफल वा वाद विवाद चाल्नु आवश्यक भएको ठान्दछु । नेपाली साहित्यमा क्रमभङ्ग गर्ने क्रम नचलेको होइन, नेपाली भाषमा साहित्यको सिर्जना गरेर भानुभक्तले प्रथम चरणको क्रमभङ्ग गरे । संस्कृतको अब छिन्न जगजगी र दवदाव भएको उत्निखेर नेपाली भाषामा साहित्यको सिर्जना गर्नु कम महत्वको र दुष्कर कार्य थिएन नबनेको,कसैले नखनेको बाटो हिँडनु । परम्परागत लेखन क्षेत्रलाई यो एउटा धक्का थियो । जवर्दस्त धक्का । अवश्य खनिए होलान् भानुभक्तमाथि पुरातनवादी लेखक कविहरू । देवभाषाको अवहेलना गरे भनेर ।

उमेर गए पनि तरुनै !

  • by

ट्रयाक सुट लगाएर दौड्ने हो भने ८९ वर्ष टेक्न लाग्नुभएका यी वयोवृद्ध साधक कुनै खेलाडीभन्दा कम फुर्तिलो देखिनु हुन्न । ललितपुरको बखुम्बहालदेखि काठमाडौँको इटुमबहालसम्म म्याराथन गर्ने हो र उहाँलाई सहभागी गराउने हो भने पक्कै पनि उहाँले दौड पूरा गर्नुहुन्छ । साधा जीवन उच्च विचारको उदाहरण खोज्नुपर्‍यो भने उहाँलाई अघि सर्दा नि हुन्छ । अध्ययन, लेखनमा मात्र संस्कृतिलाई बोक्ने होइनकी पहिरन, बसाइका समेत संस्कृतिलाई उत्तिकै ख्याल राख्ने सत्यमोहन जोशी यतिखेर ८९ वर्षको शिखर आरोहण गर्ने क्रममा हुनुुहुन्छ ।

श्रीपञ्चमीः शुभैशुभको मुहूर्त

  • by

माघ शुक्ल पञ्चमी तिथिका दिन घुमघामका साथ मनाइने श्रीपञ्चमी पर्व विशेषगरी विद्यार्थी वर्गका लागि सरस्वती आराधनाको विशिष्ट पर्व मानिन्छ । मानव जीवनमा ज्ञानको विशेष महìव हुने भएकोले यस पर्व अन्धकारबाट उज्यालोतर्फ लाग्नका लागि प्रेरणा दिने उत्सवको रूपमा पनि लिइन्छ । कुनै पनि मानवको आत्मिक प्रगति सामाजिक सम्वृद्धि एवं एकले अर्काप्रति परस्परमा स्नेह र सद्भाव कायम गर्न ज्ञान वा शिक्षाप्राप्तीको सर्वोपरी महत्व रहन्छ ।

अन्तर्राष्ट्रिय भाषानीति

  • by

अन्तर्राष्ट्रिय क्षेत्रको परिदृश्यलाई हेर्दा नेपालमा जस्तै विश्वका विभिन्न देशमा विभिन्न भाषिक समुदायहरू छन् । यीमध्ये कतिपय भाषिक समूदायहरू परापूर्वदेखि अझैसम्म पनि अल्पसंख्यकरूपमा नै रहिआएका देखिन्छन् भने कतिपय भाषिक समुदायहरू यस्ता छन् जसले उसको देशमा मात्र होइन, विश्वमा नै धेरै प्रमुख स्थान कायम गरिराखेको पाइन्छ । यस्तै कुनै भाषाले कुनै समयमा कायम गरेको लोकपि्रयता र आधिपत्य वर्तमान समयमा आएर इतिहासकै गर्भमा सीमित हुनपुगेको पाइन्छ ।

पृथ्वीनारायण शाह र नेपाल एकीकरण

  • by

अभिलेखको आधारमा ठोकेरै भन्न सकिने नेपालको पहिलो प्रामाणिक काल लिच्छविकाल हो । लिच्छविकालका २०० वटाभन्दा बढी अभिलेख पाइन्छन् । ती अभिलेख चिनियाँ यात्रीहरूको वर्णन, भारतीय अभिलेख, संस्कृत वाङ्मय आदिको अनुशीलन गर्दा त्यसबेला नेपाल विशाल थियो भन्ने थाहा पाइन्छ । लिच्छविकालपछि नेपालको त्यो अवस्था रहेन र विक्रमको बाह्रांै शताब्दीमा यस भूभागमा ३ वटा राज्य खडा हुन गए । एउटा पश्चिम १ नं. नुवाकोटसम्म मात्र आˆनो राज्य कायम रहन सक्दा पनि नुवाकोटभुङतीप्रजत राजकृतम् भनी गर्व गर्ने काठमाडौँखाल्डोमा राजधानी भएको केन्द्रको राज्य, अर्को नेपालको दक्षिणपूर्वभेकमा नान्यदेवले स्थापना गरेको सिमरौनगढ राज्य र तेस्रो नेपालको पश्चिमउत्तरभेकमा नागराजले खडा गरेको सिंजाराज्य ।

शंकर लामिछानेको सम्झना

  • by

आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफंैले खने । नेपाली ‘नन फिक्सन’ को फाँटलाई उचाइमा पुर्‍याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ । नेपाली निबन्धमा ‘चेतनप्रवाह शैली’ -स्टि्रम अफ कन्सिअसनेस) लाई स्थापित गराउने लेखक हुन् उनी ।

जोशीको जंकु अर्थात् बूढो पास्नी

  • by

राजधानीमा आयोजित एक कार्यक्रममा सत्यमोहन जोशी कार्यपत्र प्रस्तोता थिए । जोशीलाई दर्शकदीर्घाबाट दह्रै प्रश्न आएछ- ‘तपाई भन्न सक्नुहुन्छ, बुद्धको सबैभन्दा पुरानो मूर्ति कहाँ छ ?’ हाम्रालागि सामान्य लाग्न सक्छ तर जोशीका लागि निकै गम्भीर प्रश्न थियो त्यो । उनी संकटमा परे । आखिर उनले चलाखपूर्ण उत्तर दिए । भने- ‘उत्तर नदिउँ भने संस्कृतिविद् भइखाको यति पनि थाहा रहेनछ भन्नुहोला । यहाँ छ भनेर उत्तर दिउँ भने भोलि मूर्ति हराउँछ ।’ आजसम्म उनले यसको उत्तर कसैलाई दिएका छैनन् । यही कुरा उनको जीवनमा ठूलो शिक्षा बनेको छ । थाहा छ वा जान्दछु भनेर जहाँ पायो त्यहीँ प्वाक्क बोल्नु घातक पनि हुन सक्छ ।

रमेश विकलः कथादेखि कथासम्म

  • by

अनौठो संयोग मान्नुपर्छ विकलको पहिलो र अन्तिम दुवै सिर्जना कथा नै बन्न पुगे। २००५ सालमा हस्तलिखित मासिक पत्रिका ‘सन्देश’बाट सुरुभएको उहाँको साहित्यिक जीवन र २००६ साल चैत महिनाको शारदामा प्रकाशित “गरिब” कथाबाट प्रारम्भ भएको कथाकार विकलको व्यक्तित्व मधुपर्कको यही अङ्कमा प्रकाशित लामो कथा “किराँत प्रदेशको दुर्दान्त शिकारी”बाटै विश्रान्तिमा लीन हुन पुग्यो । उहाँको अन्तिम हरफ अस्पताल जानुअघि लेखिएका आत्मवृत्तान्तका तिनै तीन पृष्ठ हुन पुगे पनि अन्तिम पूर्ण सिर्जना चाहिँ मधुपर्कको यही कथा बन्नपुग्यो ।

सांस्कृतिक रूपान्तरणको आवश्यकता र कार्यदिशा

  • by

राजनीतिक परिवर्तनको सन्दर्भबाट हेर्दा हामीले ऐतिहासिक फड्को मारेका छौँ । राजनीतिक परिवर्तनले मात्र समाजको बनोट, सांस्कृतिक परिवर्तन र व्यावहारिक रूपान्तरण हुन सक्दैन । हाम्रो सामाजिक जनजीवन र रहनसहन परम्परागत कार्यशैलीमा आधारित भएकाले समाजलाई रूपान्तरण गर्नका लागि सांस्कृतिक रूपान्तरणको आवश्यकता भएको निचोड प्रगतिशील साहित्यकारहरूको वि.सं. २०६५ मङ्सिर २७ गते सम्पन्न कार्यक्रममा निकालिएको छ ।

प्रगतिवादी शिविरका प्रतिबद्ध स्रष्टा-विमल निभा

  • by

नेपाली कवितामा राजनीतिक आग्रह राख्दाराख्दै पनि कविताको सम्पूर्ण कला बचाउने एउटा कवि पुस्ता छ र त्यस पुस्तामा कवि विमल निभाको उपस्थिति अग्रपङ्क्तिमा पर्छ । नेपाली राजनीतिको जनवादी सङ्घर्षमा कवि निभाको सिर्जनात्मक उपस्थितिले एउटा छुट्टै महìव राख्छ । उनी जनवादी शिविरका सौन्दर्यमूल्यमा अनेक मान्छेको सरोकार व्यक्त गर्छन् । राजनीतिक दल, पेशागत समुदाय र व्यक्तिहरूको इमानदार प्रयासप्रति कवि सक्रिय ऐक्यबद्धता जनाउँछन् भने विकृतिविरुद्ध पूरै शक्तिले आक्रमण गर्छन् ।

नापित जातिको उत्पत्ति र रहनसहन

  • by

‘नापित’ नेवार समुदायको एक जाति हो । वास्तवमा नापित जात नभएर थर मात्र हो । कपाल काट्ने हजामलाई ‘नाउ’ भनिन्छ । त्यही ‘नाउ’ जातिबाट नापित हुन गएको हो । यो तथ्यलाई हेर्दा नापित जाति पेशाबाट परिचित भएको पाइन्छ । कपाल काट्ने पेशा अवलम्बन गर्नेहरू नै ‘नापित’ हुन गएकाले यो जातिको न्वारान पेशाबाट हुन गएको मान्नुपर्दछ ।

स्मृतिमा रुद्रसर

  • by

जहाँ जीवन छ, त्यहाँ मृत्यु पनि छ तर पनि जीवन हुने कसैले पनि जन्म र मृत्युको पूर्वआभाष पाएको हुँदैन । जसरी थाहा नपाइकन जीवन पाइन्छ, त्यसरी नै मृत्यु पनि । त्यस्तै भयो आदरणीय गुरु रुद्र खरेलको पनि । ०६५ साल भाद्र ७ गते अध्यात्मवादले भनेजस्तो पञ्चतत्वको शरीर पञ्चतत्वमै विलीन हुन पुग्यो वा भौतिकवादअनुसार शून्यबाट शून्यमै विलीन हुन पुग्नु भयो थाहा भएन । यति भने सत्य हो रुद्र सरको भौतिक उपस्थिति अब छैन । कहीँ कतै भेटिनु हुन्न ।

राज्यको भाषिक नीति

  • by

राज्यको भाषिक नीति कस्तो हुनुपर्ला ? यो आजको गम्भीर एवं ज्वलन्त प्रश्न हो । यस प्रश्नको समुचित उत्तरले नै सबै राष्ट्रभाषाको समान विकास र संरक्षण, भाषिक अधिकारको सम्मान, भाषिक विभेदका कारण सिर्जित द्वन्द्वको अन्त्य, अनावश्यक र अनपेक्षित आकाङ्क्षाको समाप्ति तथा भाषालाई लिएर गरिने षड्यन्त्रहरूलाई चिर्ने कार्यमा सफलता प्राप्त गर्न सकिने छ । नेपालमा लामो समयदेखि भाषिक विभेदका विषयमा बहसहरू चल्दै आएका छन् । आज भाषिक अधिकारसम्बन्धी विषयमा अभूतपूर्व जागरण आएको छ ।

आधुनिकता/उत्तरआधुनिकता

  • by

आधुनिकता र उत्तरआधुनिकता दुवैका भिन्नाभिन्नै चरण र पाटा छन् । दुवैका सकारात्मक र कमजोर पक्ष्ँ छन् । दुवै पक्ष्ँ बुझेरमात्रै आधुनिकता/उत्तरआधुनिकताको सही अध्ययन गर्न सकिन्छ भन्ने मलाई लाग्छ ।
पहिले आधुनिकता- आधुनिकताको सबैभन्दा सबल पक्ष्ँ हो लोकतन्त्र, सामाजिक न्याय तथा प्रगतिसम्बन्धी धारणाको सेक्युलर व्याख्या । जनआन्दोलन ०६२-६३ पछिका दिनमा नेपालमा यी आदर्श तथा तिनको अभ्यासको महत्त्व झन् बढेको छ, घटेको छैन ।

मायादेवी सुब्बा

  • by

मायादेवी सुब्बा नेपाली साहित्यमा लामो र छोटो कथा बुन्न सिपालु शिल्पीको नाउँ हो । उनी नारीका लागि अप्ठ्यारोे मानिने त्यस समयमा पनि नेपाली भाषासाहित्यको आन्दोलनमा लागिन् । वास्तवमा त्यस घडी नारीलाई कविलेखक भएर हिँड्न त्यति सहज परिस्थिति थिएन । तर उनी आफ्नो रुचिमा दौडँदै हिँडिन् । अथवा भनूँ; त्यस बेला आफ्नो सृजनात्मक प्रतिभा पोख्न उनी सक्रिय भइरहिन् । बाल्यकालमा नै उनी कवितालेखनमा आकृष्ट थिइन् । उनी कृतिगत रूपमा ढिलो जन्मे तापनि फुटकर रचनाकारका रूपमा सातसालको हाराहारीमा उदाएकी थिइन् । त्यति बेला उनको उत्साह विशेष गरी साहित्यमा झयाङ्गिएको थियो ।

स्वस्थानी कथाको सन्देश के हो ?

  • by

माघ महीनाभरी स्वस्थानी कथा बडो भक्ति र उत्साहकासाथ नेपालमा पढिइन्छ । यसको महात्म्यको गुण गाइन्छ । सजधजकासाथ यसको ब्रत हुन्छ । त्यस्तैगरी सांग्य विधि अपनाइन्छ । तर यसमा के सन्देश समाहित छ भन्नेकुरा साधरण जनमा बोध्य छैन । यीनका धार्मिक पक्षले मात्र महत्ता पाइआएको छ ।

समकालीन सिक्किमेली उपन्यासका केही नारी चरित्र

साहित्यका अनेक विधाहरूमध्ये प्रमुख, नवीन र सर्वाधिक लोकप्रिय विधाका रूपमा उपन्यासलाई मान्नसकिन्छ। उपन्यास संस्कृत शब्द भए तापनि आजको उपन्यास साहित्य पश्चिमको देन हो। उपन्यास शब्दको सोझो अर्थ हुन्छ नजिकको वस्तु वा निकटस्थ वस्तु अथवा जीवनको अनुभूति। उपन्यासलाई अंग्रेजीमा नोबेल भनिन्छ जो ल्याटिनको नोभेलस् शब्दबाट नोभेला हुँदै नोबेल भएको हो।
उपन्यासका सम्बन्धमा पूर्व र पश्चिमका धेरै विद्वान्हरूले विभिन्न परिभाषा दिएका छन्। साहित्यको स्वरूप, समयको गति र सभ्यतासितै परिवर्तित हुनेहुनाले यसका परिभाषाहरू यही नै हुन् भनेर किटान गर्नसकिँदैन। अतः उपन्यास जस्तो लोकप्रिय र नवीन विधाको परिभाषा निश्चित यही हो भन्न सकिँदैन। यद्यपि, यहॉं केही समालोचकहरूका परिभाषालाई अघि सारेर हेर्दा उपन्यासबारे जानकारी पाउन सकिन्छ।

लोप हुँदै लोकसंस्कृति

  • by

नेपालमा विभिन्न भाषाभाषी जातजातिहरूको बसोबास रहेको छ । जातजातिहरू कला र संस्कृतिका धनी छन् । नेपाललाई कला र संस्कृतिमा धनी देश भनेर चिनिन्छ । नेपालको कला र संस्कृति, सांस्कृतिक गतिविधि, सांस्कृतिक सम्पदाहरू विदेशमा समेत परिचित छन् तर अहिले नेपालका परम्परागत मौलिक कला र संस्कृतिहरू लोप हुने त होइन भनेर चिन्ता गर्नुपर्ने अवस्था छ ।

अबधि लोककला

  • by

अवधि भाषा नेपालको नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया तथा कही मात्रामा कैलाली तथा कञ्चनपुरमा बोलिने गरिन्छ । यही भाषाभाषीहरूका बीच पाइने लोककलालाई अवधि लोककला भनिन्छ । ‘लोककला लोक’ र कला’ मिलेर बनेको छ । ‘लोक’को अर्थ सहर र गाउँमा फैलिएका त्यो विशाल जनसमुदायसित सम्बन्धित छ जसको व्यवहारिक ज्ञानको आधार पुस्तक नभएर समाजमा निरन्तर रूपले चलिरहेको व्यवहार सित सम्बन्धित छ ।