१)
कुमारी कन्या
भगवान आस्थाको
जीवित देवी
२)
आस्था विश्वास
परम आत्मीयता
मौन मौनता
३)
चाहना तिम्रो
क्षितिजमा रहेर
आकाश चूम्ने
४)
औषीको रात
मैनबत्तीको दीप
शून्य शून्य छ
५)
अँधेरी रात
दीपको दिपावली
मौन बताश
६)
चिनारी हाम्रो
दर्पण छायामा झै
झुलुक्क झुल्को
