Skip to content

पाँच हाइकु (जन्ती-मलामी)

JacobDanielJirel


चन्द्र ग्रहण
धर्तीमा प्रतिविम्ब
मेरो मलामी

टुंनाको धुन
मायालुको आवाज
रानी बनमा

मधुरो साँझ
क्षितिजपारि उनी
अपुरो भाग्य

भेडेटारको
भेटघाटले डुब्यो
हाम्रो संसार

भेडेटारमा
जन्ती र मलामी रे‌
आखिर किन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *