तपै भा के गर्नुहुन्थ्यो ?

  • by
renova
NandaLalAcharya-09

“तपैँले गल्ती गर्नु भो ।”

“ठिक गरेको भए त जीवन घिसार्नै पर्दैनथ्यो । कसैले आश देखाउँदै थाङनामै सुताउन्नथ्यो ।”

“कुरा नबङ्ग्याउँदा हुन्छ । अभिधापरक सोझो प्रश्नले लक्षणा वा व्यञ्जनापरक जवाफको अपेक्षा गर्दैन । अभिधात्मक जवाफ नै काफी हुन्छ ।”

“म साहित्यको विद्यार्थी हुँ तर सामान्य बोलीचालीमा क्लिष्ट भाषाको प्रयोगको सख्त विरोधी हुँ ।”

“उसो भा तपैले किन अर्काको मोवाइल फोन नम्बर +9779819917269 सार्वजनिक गर्नु भो ?”

“वाक्क भएर । हैरान खेपेर । समग्रमा छुटकारा पाउँछु कि भन्ने झिनो आश बोकेर ।”

विजयकान्त सरले लामो सास फेरेर भनेका थिए; “सार्वजनिक गर्न वाध्य हुनुको कुनै प्रमाण छ ?”

“छ हैन छन् । दुई महिनादेखिको अडियो होलान् । हिजो माघ 3 गते शनिबार बेलुका 8:45 बजे आठ मिस्डकलपछि निद्राबाट ब्यूँझेर उठाएको कल रेकर्ड चै सुरक्षित छ ।” मेरो बोली सिद्धिन नपाउँदै विजयकान्त सरले भनेका थिए; “कुराभन्दा काम गरु म न । आदर्शवादी भावनाभन्दा यथार्थता बकू म न । जे छ सुनाइहाल्नुस् ।

“हलो । फुन शचीलाई देऊ त ।”

“म कुनै शचीलाई चिन्दनँ । रङ नम्बर ।”

” तेरो बाउको रङ नम्बर ! तुरुन्त दिइहाल मा—-ने !”

“रक्सी खाएर रातबिरात अर्कालाई गालिगलौज नगर्नुस् । सभ्य मान्छेलाई असभ्य हुन वाध्य नपार्नुस् । माफ गर्नुस् । म तपैँले खोजेको मान्छे हैन । मलाई सुत्न दिनुस् ।”

“तँ मापाके रहिछस् । आफू चै तातो ओछ्यानमा ढलिमली गरेर रात बिताउँछस् । मलाई चै मेरी शचीसँग बोल्न पनि मनाही गर्छस्; माटोक्ने जाँ— ?”

“म त्यो मान्छी हैन हौ !”

“अनि तेरो बाउ हो त ?”

उसको यस्ता कुराले रिसको पारो माथि उक्लियो र मैले फोन काटेँ । पुनः फोन आइरह्यो । काटिरहेँ । दस पटकसम्म आएपछि सुत्न सकिनँ । र; स्विच अफ गरिदिएँ ।

“अनि तपैँ भा केअर्नुहुन्थ्यो कुन्नि ?”

विजयकान्त सरले अपलक मलाई हेरिरहे मात्रै ।

—————

पुनश्च : मैले भोगेको तीतो अनुभव लघुकथाका माध्यमबाट अभिव्यक्त गरेँ । प्रहरी अदालतभन्दा पाठक अदालत धाउनु सहज ठानेँ र यता लागेँ । किनभने लातभन्दा बातमा बढता होसको ओखती हुन्छ भन्ने मलाई पूरापूरी थाहा छ । बेलाबेलामा त्यस भूतबोलीले तर्साइरहन्छ । कृपया यसबाट छुटकारा पाउन सके म दीर्घरोगी अलिक चयनको श्वास फेर्न पाउँथेँ कि !

भ्रम नरहोस् । म कसैको जार पनि हैन । ससुरो पनि भको छुइन । यत्तिखेर अनर्गल कुरा पचाएर रहने सामर्थ्य पनि छैन । त्यो मनुष्य नामधारी जन्तुलाई कार्वाही गरेर कोर्रा बर्साउन पनि चाहन्न । किनभने त्यो गाउँले परिवेशको मझै पाखे मनुजन्तु हुनुपर्छ । मेरा कुरा सुनेन । अरू के भनू म र ! पाठक अदालतको फैसलाले त्यसको बुद्धिको बिर्को खुल्ने कुरामा आशावादी छु ।”

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *