Skip to content

व्यक्तित्व समीक्षा

20160528_PeshalAcharya-Lekh

नलेखिएका कथाहरू: कहिले गाडीको स्टेरिङ कहिले जीवनवादी कविता लेखन

लेखन दैवी शक्ति या ईश्वरप्रदत्त गुण हो । संसारमा नामी र दामी कहलिएका कुनै पनि लेखकहरूले लेखक बन्नका लागि तालिम या औपचारिक शिक्षा लिन स्कुल या क्याम्पसमा गएका छैनन् । जानु पनि पर्दैन । लेखन त्यो अहम हो जो जीवनपर्यन्त रहिरहन्छ । लेखनका लागि अलिकति भोक, अलिकति अहम र अलिकति अमरत्वको जीजीविषा हुनु पर्छ । साहित्य लेख्नका लागि जसकसैलाई छुट छ तर त्यो लेखिने विषयवस्तु समय र मानिसलाई चित्ताकर्षक हुनु पर्छ । यति भनेपछि साहित्यको अकण्टक आवश्यकता आफैँ प्रष्ट हुने गर्छ । पहराको फूललाई प्रकृतिले आफैँ सुवाष दिने गर्छ । गमलाको फूललाई मात्र पानी र मलको आवश्यकता पर्छ ।

यी माथिका कुरा रामेछापका युवाकवि तथा लेखक लालबहादुर तामाङमा अक्षरशः लागू हुन्छ ।

भूपि: नेपाली आधुनिक गद्य कविताका एक वृहत् समीक्षण

अपार सृष्टिका अभिषेक भन्नु नै नूतन र वन्दनीय कविता तरूहरू नै हुन् । ती जो शताब्दीऔंदेखि पुरातन धरोहर र कीर्तिकारक समेत रहेका छन् । वाचाल वाणिमा जब बैखरीले प्रवेश पाइन् अनि अविजित यात्रामा अगाडि सरिन् । सम्मोहन शक्तिले कविलाई प्रकृतिको अजस्र भान्ते बनायो । कविकर्म र अन्य कर्ममा पार्थक्यता रहन्छ । खोजका सिकन्जाहरू परिधिका साँघुरा घेरामा निवृत्त हुनु हुँदैन । छैनन् पनि । मानिसका सपना र जपनाले त्यो तिरोहित तुल्याएको छ । मिठास वचनहरू सम्पूर्णतामा सुन्दर आभूषण हुन् ।

KumarKafle

एउटा जिउँदो युग बोक्ने काजी दाइ

युगको उर्दी जारी गर्ने काजी दाइ पाहुना झैं कहिलेकाहीँ जन्मथलो आउँछन् र आफ्नो नाभि गाडिएको माटो सुँघेर फेरि जान्छन् त्यही मरुस्थलतिर । जाँदा उनी कोटको खल्तीमा एकमुठी माटो हाल्छन् र हातमा लागेको शेष माटो आफ्नो निधारमा सुस्तरी दल्छन् कुनै वैष्णवले नाकमाथि चन्दन लगाएझैं । त्यो सुगन्धित माटो निधारबाट नाक, गाला हुदैं ओरालो लाग्छ र सम्पूर्ण शरीरमा पुगेर विलय हुन्छ । बाटो हिड्दा जंगलमै कैयौं रात बिताउँछन् मृग, कस्तुरी र तिनीहरूका शावकहरूसँग । दुबोको नरम विस्तारामा हातको शिरानी हालेर उनले रानीवनको जंगलमा तामाकोशी, सुनकोशी र रोशीको किनारामा केही रात सपना देख्छन् आफूले सिंगो युग बोकेको ।

सम्झनामा गणतन्त्रका पिता रामराजा

इतिहासकै कुरा गर्ने हो भने शाहवंशीय राजा पृथ्वीनारायणलाई हराउन र मकवानपुरे मल्ल वंशीय राजालाई जिताउन रामराजाप्रसाद सिंहका पुर्खाहरू नेपाल भित्रिएका हुन् ।

20160306_BijayThapa_Interview-GGP-01

नलेखी बस्दा मन छटपटिन्छ र दिमाग रन्थनिन्छ – गोविन्द गिरी प्रेरणा

झन्डै ३८ वर्षदेखि अविरल रुपमा साहित्यको फाँटमा कलम चलाइरहेका साहित्यकार गोविन्द गिरी प्रेरणालाई नलेखी बस्दा कतिको हात सक सकाउँछ भन्ने जिज्ञासा राख्दा उनी भन्छन, नलेखी बस्दा मन छट पटिन्छ र दिमाग रन्थनिञ्छ । नलेखी बस्नु भनेको स्वास नफेर्नु जस्तो हो । त्यो नगरे मन भुट भुटिन्छ प्रेरणा भन्दछन ।

प्रथम शहिद लखन थापा र शहिद घोषणा नभएका ती गुमनाम योद्धाहरू

सबैभन्दा खतरनाक हुन्छ
मुर्दा शान्तिले भरिनु
कसैलाई छटपटी नहुनु
सबै सहनु
घरबाट काममा निक्लनु
र कामबाट खुरुखुरु घर फर्कनु
सबैभन्दा खतरनाक हुन्छ
हाम्रा सपनाहरूको मृत्यु हुनु ।

एक्ला चलो रे का गायक रविन्द्रनाथ ठाकुर

जीवनमा जुन जुन मानिसले एक्लो यात्रा हिँड्न आँट गरे, उनीहरूले रहर लाग्दा जीवनका उत्कर्षहरू प्राप्त गरे । भीड र समूहमा गरेको यात्राले त्यति ठूलो सार्थक दृश्यहरू उमारेको छैन । सिर्जनाको लागि साधनाको जरुरी हुन्छ, साधनाको लागि एकान्त परिवेशको आवश्यकता पर्छ । त्यो एकान्तमा रम्न, रमाउन र यात्रा गर्न एक्ले बुलाहा हुनु जरुरी छ । यो कुरालाई विश्व कवि रविन्द्रनाथ बङ्गाली भाषामा यति सुन्दर ढंगले शब्दचित्रण गर्नुभएको छ ।

पुस्तकमा डुबेर मृत्युवरण गर्ने कवि शेली

प्रेम र क्रान्तिलाई अगाध प्रेम गर्ने कविमा शेलीको नाम पहिलो नम्बरमा आउँछ । समाजको आर्थिक शोषण, अन्याय, अत्याचार र उत्पीडनको तीखो विरोध गरेर कवितामा लामा ओकल्ने शेलीका यी कविताका हरफले सहजै चिनाइदिन्छ । उनी श्रमिक जनगणका कवि थिए कि चुसिखाने लुटीखाने धनाढ्य सामन्तवर्गका ।

छर्छौ तिमी, बाली उठाउने अर्कै छ
कमाउछौ तिमी, पैशा थुपार्ने अर्कै छ
बनाउँछौ तिमी, हतियार झिर्ने अर्कै छ
छर बिऊ, तर अत्याचारीलाई बाली उठाउन नदेऊ

नेपाली साहित्याकाशकी उदयमान कवि शुश्री तारा पराजुली

टाढा बसेर आफ्नो सृजनामा मात्र तल्लिन कविहरू मध्ये एक हुन् साङ्गपाङ्ग गा .बि .स .५, भोजपुरमा आमा धनमाया पराजुली र बाबा यदुनाथ पराजुलीको शन्तानको रुपमा जन्मेकि हाल डागिहाट बेलबारीलाई मात्र नभएर समग्र मोरङ्गलाई नै आफ्नो साहित्यको कर्म क्षेत्र बनाउदै अघि बढेकी युवा कवि सुश्री तारा पराजुली । नेपाली साहित्यलाई घनिघुत रुपमा माया गर्ने पराजुली स्वयं पनि नेपाली विषयमा स्नाकोतर हुन् । उनीले मोरङ्ग डागिहाट्मा बसेर आफ्नो साहित्यका साधनाको अलाबा आफ्नो कर्म भने भविष्यका कर्णाधार नानीहरूलाई सु-शिक्षित गर्दै ज्ञानोदय आवासीय बोर्डिङ्गमा संस्थापक शिक्षिका भएर काम गर्दै गरेको देखिन्छ ।

रुवाइले रुवाउने उम्मर खैर्याम

रुवाइ– १
अरुसँगै मैले पनि ज्ञान–वीज रोपेँ
अनि आफ्नै बाहुले त्यसलार्य हुर्काउन मेहनत गरेँ
त्यसबाट मैले फसलका रूपमा जे पाएँ त्यो यत्ति नै हो–
‘म पानी जस्तै कहाँकहाँबाट आएँ र हावाजस्तै कहाँ–कहाँ जानेछु ।’

युग बुझेका साझा कवि

भूपिका कविता लेखन र आनीबानीबारे धेरै कुरा आइसकेका छन्। वैयक्तिक जीवनका केही मुख्य कुरा भने अँझै बाहिर आउन पाएका छैनन्।

20151115_NabinJugjali_MahabirPun

महावीर पुन

अंग्रेजीमा एउटा उक्ति छ, We all are normally abnormal. अर्थात् हामी सबै सामान्यतया असामान्य छौं । बाहिरी शरीरको बनावट एकै किसिमको भए पनि मानिसको भित्री क्षमता र प्रतिभा फरकफरक भएको देखिन्छ । कोही कलाकार, कोही संगीतकार, कोही विद्वान, कोही डक्टर, कोही वैज्ञानिक, कोही राजनेता आदि इत्यादि बनेर आफ्नो देशलाई योगदान दिइरहेका हुन्छन् । यसरी देशलाई योगदान दिने विभिन्न विद्वानहरूमध्ये एउटा विद्वान् हुन् महावीर पुन । जसलाई देशले चिनेन विश्वले चिन्यो । यो कुराको पुष्टि तब भयो जब उनलाई वि.सं. २००७ सालमा रामोन म्यागासेसे पुरस्कार (Ramon Magsaysay Award) प्राप्त भयो । महावीर पुनको जन्म पिता कृष्ण पुन र माता पूर्वी पुनको कोखबाट जेठो पुत्रको रुपमा वि.सं. २०११ साल माघ ५ गतेका दिन राम्चे गा.वि.स.को नाङ्गी भन्ने ठाउँमा भएको हो ।

20151031_NabinJugjali_KhadgaGarbuja

लोकगायक खड्ग गर्बुजा

संसारमा यस्ता सफल व्यक्तित्वहरू छन् । जसलाई आफ्नै भाग्यले यति तलसम्म थचारिदिएको हुन्छ, त्यहाभन्दा अँझ तल झर्ने ठाउँ पनि हुँदैन । आखिरी धरातलसम्म पुगेर पनि त्यही धरातललाई टेकेर माथि उठेका हुन्छन् ।

संसारमा यी यस्ता व्यक्तित्वहरू मध्ये एक व्यक्ति हुन् खड्ग गर्वुजा । उनीसँगको भेटमा मैले प्रश्न गरेको थिएँ- तपाईको कलिलो उमेरमा भीरबाट लडेर इस्पाइनल इन्जुरी(spinal injury) भयो । जसको कारण दुवै खुट्टा नचल्ने भएका थिए । यस्तो दुर्घटना हुनु दुःखको कुरा थियो ।

गोपाल योञ्जन: राष्ट्रियताका लागि

गीतमा वा कुनै पनि रचनामा विभाजनका हिसाबले कविता अनुभूतिको चीज हो भने अन्य चिन्तनका धार फिलोसफी हुन्भन्दा अत्युक्ति नहोला ।

कथाकार विश्वेश्वरप्रसाद कोइराला

सिगमन्ड फ्राइडले मानिसको मनोविश्लेषणको वैज्ञानिक पद्धतिको स्थापना गरे । त्यसमा उनलाई जुङ र एडलरको सहयोग थियो ।

महान संगीतसर्जक गोपाल योञ्जनको सम्झना

“एउटा चोरबाटो यहींबाट जान्छ
र सिंहदरबार भित्र पस्छ
र अगंङ्गको ढोका बन्द हुन्छ
गाउँ घर झुपडीहरू देखिन छोडछ
कठै मेरा गाउँहरू….!”

कवि बिक्रम सुब्बा भनेझै गाँमहरू देखिन छोडिने ठाँममा जनवादी गायक एवं सभासद जेबी टुहुरेले गोपाल योञ्जनलाई पर्याप्त सम्मान नदिएको गुनासो गरेर सम्मानको लागि संसदमा योञ्जनको पनि शालिक बनाउनुपर्छ भन्ने माग राख्दा हालका अर्थमन्त्री डा. रामशरण महतले चक्रपथको चैं कसको त भन्ने जवाफ फर्काएछन? लाग्छ गाँम भुलिने ठाँममा यो कुरा भुलिनु स्वाभाविक नै हो ।

MohanRajBaralMoon

आँशु पिएर बाच्ने गायक : अरूण थापा

आज साउन ५ गते आजैको दिन वि.सं. २०५६ सालमा नेपाली सुगम सङ्गीतप्रेमीहरूले स्वर्गीय गायक एवम संगीतकार अरूण थापालाई गुमाएको दिन । आज सुगम सङ्गीतप्रेमीहरू १७औं अरूण थापा स्मृति दिवस मनाउँदैछन् । भने उनी संस्थापक सदस्य रहेको पोखरेली युवा सांस्कृतिक परिवारले पनि आज “अरुण थापा स्मृति कार्यक्रम’ गर्दैछ ।

वि.सं.२००९ साल माघ ११ गते बाबु गञ्जुप्रसाद थापा र आमा शान्ति थापामगरको प्रथम सन्तानको रूपमा अरुण थापममगरको जन्म भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दुतावासमा भएको थियो । स्कुल तहको शिक्षा दार्जलिङमा लिए पनि २०२८ सालमा जेपी हाइस्कुल ठमेलबाट उनले प्रवेशिका उत्तीर्ण गरेका थिए ।

आधुनिक शैली : भानुको सम्झना

नेपालीभाषी हुनुको नाताले म यतिखेर भानुभक्तका बारेमा नकारात्मक कुरा लेख्ने या कथ्ने मुडमा छैन । मैले जुन भाषामा आफ्नो पहिलो रचना जानी जनानी लेखेँ अनि छपाएँ । मलाई जुन भाव र शैलीमा लेखनका विषयवस्तुहरू कथा, कविता र आख्यानका रूपमा पहिलेपहिले पनि आउँथे अहिले पनि आउँछन् ती विषयवस्तुलाई मैले जुन भाषामा आजपर्यन्त न्याय गरेको छु त्यही भाषाका आदिकवि भनेर चिनिएका भानुलाई म कथ म कदाचित् अनादर गर्ने पक्षमा छैन । अनि म उनको वकालत विपक्षमा पनि गर्न सक्दिनँ । नेपाली वाङ्मयिक क्षेत्रको पाठक र भावक अनि लेखक भएको नाताले कम्तीमा मबाट त्यो सम्भव छैन ।

आदिकवि भानुभक्त आचार्यको व्यक्तित्व र कवित्वको सङ्क्षिप्त विवेचना

परिचय

भानुभक्त आचार्य नेपाली साहित्याकाशका एक अद्वितीय भानु नै हुन् । जसरी सूर्यका किरणहरूले यस पृथ्वीका कुनाकाप्चा छिचोलेर प्रकाशमय पार्दछ त्यसरी नै भानुभक्तका कृतिहरूले नेपाली समाजका मुटुका धड्कन र रगतका बूँद बूँदमा सञ्चारित भएर भाषागतरूपमा एकताको सूत्रमा बाँधेको छ । आज जहाँ नेपाली पुगेका छन् त्यहाँ नेपाली भाषाले आफ्नो स्थान लिएको छ र भानुभक्तको स्मरण भई नै रहेको हुन्छ । यो लेख लेख्दा मलाई मेरो अध्ययन कालको याद आयो । मेरो अध्ययन भारतको आसामको डिगवोई भन्ने ठाउँमा भएको थियो ।