नलेखिएका कथाहरू: कहिले गाडीको स्टेरिङ कहिले जीवनवादी कविता लेखन
लेखन दैवी शक्ति या ईश्वरप्रदत्त गुण हो । संसारमा नामी र दामी कहलिएका कुनै पनि लेखकहरूले लेखक बन्नका लागि तालिम या औपचारिक शिक्षा लिन स्कुल या क्याम्पसमा गएका छैनन् । जानु पनि पर्दैन । लेखन त्यो अहम हो जो जीवनपर्यन्त रहिरहन्छ । लेखनका लागि अलिकति भोक, अलिकति अहम र अलिकति अमरत्वको जीजीविषा हुनु पर्छ । साहित्य लेख्नका लागि जसकसैलाई छुट छ तर त्यो लेखिने विषयवस्तु समय र मानिसलाई चित्ताकर्षक हुनु पर्छ । यति भनेपछि साहित्यको अकण्टक आवश्यकता आफैँ प्रष्ट हुने गर्छ । पहराको फूललाई प्रकृतिले आफैँ सुवाष दिने गर्छ । गमलाको फूललाई मात्र पानी र मलको आवश्यकता पर्छ ।
यी माथिका कुरा रामेछापका युवाकवि तथा लेखक लालबहादुर तामाङमा अक्षरशः लागू हुन्छ ।

अपार सृष्टिका अभिषेक भन्नु नै नूतन र वन्दनीय कविता तरूहरू नै हुन् । ती जो शताब्दीऔंदेखि पुरातन धरोहर र कीर्तिकारक समेत रहेका छन् । वाचाल वाणिमा जब बैखरीले प्रवेश पाइन् अनि अविजित यात्रामा अगाडि सरिन् । सम्मोहन शक्तिले कविलाई प्रकृतिको अजस्र भान्ते बनायो । कविकर्म र अन्य कर्ममा पार्थक्यता रहन्छ । खोजका सिकन्जाहरू परिधिका साँघुरा घेरामा निवृत्त हुनु हुँदैन । छैनन् पनि । मानिसका सपना र जपनाले त्यो तिरोहित तुल्याएको छ । मिठास वचनहरू सम्पूर्णतामा सुन्दर आभूषण हुन् ।
युगको उर्दी जारी गर्ने काजी दाइ पाहुना झैं कहिलेकाहीँ जन्मथलो आउँछन् र आफ्नो नाभि गाडिएको माटो सुँघेर फेरि जान्छन् त्यही मरुस्थलतिर । जाँदा उनी कोटको खल्तीमा एकमुठी माटो हाल्छन् र हातमा लागेको शेष माटो आफ्नो निधारमा सुस्तरी दल्छन् कुनै वैष्णवले नाकमाथि चन्दन लगाएझैं । त्यो सुगन्धित माटो निधारबाट नाक, गाला हुदैं ओरालो लाग्छ र सम्पूर्ण शरीरमा पुगेर विलय हुन्छ । बाटो हिड्दा जंगलमै कैयौं रात बिताउँछन् मृग, कस्तुरी र तिनीहरूका शावकहरूसँग । दुबोको नरम विस्तारामा हातको शिरानी हालेर उनले रानीवनको जंगलमा तामाकोशी, सुनकोशी र रोशीको किनारामा केही रात सपना देख्छन् आफूले सिंगो युग बोकेको ।
सबैभन्दा खतरनाक हुन्छ
जीवनमा जुन जुन मानिसले एक्लो यात्रा हिँड्न आँट गरे, उनीहरूले रहर लाग्दा जीवनका उत्कर्षहरू प्राप्त गरे । भीड र समूहमा गरेको यात्राले त्यति ठूलो सार्थक दृश्यहरू उमारेको छैन । सिर्जनाको लागि साधनाको जरुरी हुन्छ, साधनाको लागि एकान्त परिवेशको आवश्यकता पर्छ । त्यो एकान्तमा रम्न, रमाउन र यात्रा गर्न एक्ले बुलाहा हुनु जरुरी छ । यो कुरालाई विश्व कवि रविन्द्रनाथ बङ्गाली भाषामा यति सुन्दर ढंगले शब्दचित्रण गर्नुभएको छ ।

परिचय