साहित्यकार दीपक सोतीको साहित्यिक व्याक्तित्व एक विवेचना
साहित्यकार दीपक सोतीको र मेरो परिचय धेरै पहिला भए पनि आत्मीयता बढेको भने करिब बाह्र वर्ष जति भयो होला । उनी २००६ सालको श्रावण महिनाको ११ गतेका दिन लमजुङ जिल्ला, कुन्छाको सोती गाउँमा पिता स्व.ज्यो. पं. नित्यानन्द सोती र माता नन्दकुमारीको साहिलो छोराको रूपमा जन्मेका थिए । न्वारन्मा उनको नाम डिल्लीराम राखिएको थियो । तर आज उनी दीपक सोतीका नाममा प्रख्यात छन् । हाल उहाँ कावासोती नगरपालिकाको पिठौलीमा स्थाइ बसोबास गर्दै आउनु भएको छ । उहाँको र मेरो सम्पर्क यही पिठौलीमा बसोबास गर्न थालेपछि बाक्लिएको हो ।

‘मेरो प्रत्येक श्वासमा नेपाली सुवास छ । मेरो नशा–नशामा स्वाभिमानी खुन दगुरिरहेको छ । मेरो आस्था र विश्वास आजको युगलाई झलमल पार्ने छ । मैले भोगेको अज्ञानता, अभाव र अन्यायको दुर्दिन यस पिढीँले भोग्न नपरोस् भन्ने दृढ चाहना छ । कर्ममा विश्वस्त छु । म आफूले सुरुआत गरेको शिक्षामन्दिरलाई उच्च मा.वि. नबनाई अल्लाहको प्यारो बन्दीनँ । मैले जे कुरामा आजसम्म विश्वास गरेँ, त्यो कहिल्यै विफल भएको छैन । कतै कसैको मजबुत हात पाएको छु, कतै सह्राहना गर्न लायक साथ भेटेको छु । म एक्लो पनि छैन । जम्माजम्मी १४७ जना विद्यार्थी बच्चाहरू मेरो अभियानमा पंक्तिबद्ध भएर जुटेका छन् ।
कवि कृष्ण प्रधानको जीवन र काव्ययात्रामा विरोधाभाषपूर्ण स्थितिबाट अगाढि बढिरहेको छ । एकातिर प्रशासनिक संयन्त्रको विशिष्ठ जिम्मेवारी अर्कोतिर स्वतन्त्र, स्वायत्त सिर्जनात्मक क्रिया आफैमा नदीका दुई भँगाला छन् । तथापि कवि प्रधानको पहिचान, व्यक्तित्वको सगरमाथा लेखकीय फाँटमा नै चुलिएको छ । राष्ट्रिय ढुकुटीको व्यवस्थापन गर्ने विशिष्ठ प्रशासनिक पदको सामाजिक मर्यादाभन्दा दीगो भएर साहित्यिक कित्तामा उनको नाम, सुवास फैलिएको छ ।
ऊ सर्वाङ्ग सेतो र छरितो लुगा लगाएर ब्याटिङ गर्न क्रिजमा उभिएको थियो । ऊ कुन क्रममा ब्याटिङ गर्न खेल मैदानमा प्रवेश गर्यो, मैले थाहा पाइनँ । कुन स्थानमा ऊ ब्याटिङ गरिरहेको थियो, त्यो पनि मैले थाहा पाइनँ । उसको अर्कोपट्टि क्रिजमा को उभिइरहेको थियो, मैले ध्यान दिइनँ । उसको विकेटपछाडि को थियो, त्यो पनि मैले याद गरिनँ । मैदानभरि छरिएका फिल्डरहरूलाईर् देखेर पनि सायद देखिनँ । मैले उसलाईर् हेरें, हेरिरहें । कारण ऊ मैले देखेका मानिसहरूभन्दा बेग्लै थियो- कताकता जापानीजस्तो, अनेपालीजस्तो, अपोखरेलीजस्तो…।
अलिखित रुपमा मान्छेका गलागलामा रहेको साधारणभन्दा भिन्न, केही बठ्याँइँले भरिएको, अलिकति कलात्मकतायुक्त कथन नै लोकसाहित्य हो र यो नै आधुनिक साहित्यको पुर्खा हो । आधुनिक साहित्यको जन्म यसैबाट भएको छ । यसैलाई विद्वानहरूले आधुनिक साहित्यको जन्मथलो मानेका छन् । लोकजीवनमा समाजभित्र गरिने मनोरञ्जन, उत्सव, चाडपर्व, मेलापात, जन्ममरण आदि अवस्थामा तत्तत्त् विषयलाई सुहाउँदा कुराहरू कथेर रचिने परम्परा आज पनि समाजमा रहेकै छ । यही पुरानो परम्पराबाट लोक साहित्यको सिर्जना भएको हो । यसैले यसलाई लोकजीवनको दर्पणका रुपमा लिइन्छ । यसले लोकजीवनको इतिहास, कला, धर्म, संस्कार, संस्कृति आदिको इतिहास बोकेको हुन्छ । नेपाली लोकसाहित्यको पनि यही विशेषता रहेको छ ।
क. साहित्यकार हाङपाल आङबुहाङ लिम्बूसँगको साईबरीय भेट:
नेपालीको शिरको चुचुरो रात्रिको दीपमाला
म जहाँ पुग्छु, त्यही मेरो घर हो । मैले जे दु:ख झेले त्यो दु:ख अरुले पनि झेल्नु नपरोस् भन्ने आकांक्षा सहित दु:खको सागर थुन्न म भ्रमणको मार्गमा लागेको हुँ । म पढेको मान्छे हैन, अक्षरसम्म चिनेको मान्छे हुँ । म डुलिहिँड्ने र हरेक ठाउँको हालखबर मनमा गुनिरहने यस युगको नारदजस्तो पात्र हुँ । म सकुञ्जेल हिँड्छु र जनता जगाइरहन्छु । म जे देख्छु, त्यही लेख्छु । नेताले नेपाल खाएको देख्दा, ज्ञानेन्द्रले नेपाल मासेको भेट्दा, सेनाले जनता मारेको पाउँदा, क्रान्तिकारी हुँ भन्नेले सामन्तलाई छाडेर निमुखा वर्गलाई पिरोलेको देख्दा, ठूलाबडाले गरिव निमुखालाई सताएको पाउँदा, वनजङ्गल मासेर मोजमस्ती गरेको भेट्दा टुलुटुलु हेर्न सकिन र लेखेँ । तिनीहरूको कर्तुत जनताका सामु राखिदिएँ । जनतालाई सुनाउँदै गएँ ।
कवि कृष्ण सेन इच्छुकको कवति्वको विवेचना गर्नु अगाडि उहाँको महान् त्याग र बलिदानले भरिएको जीवन; त्यसमा समाहति भएको ओजपूर्ण कवति्व आदिआदिको विषयमा विभिन्न व्यक्तति्वहरूद्धारा गरिएको सारगर्वति मूल्यांकनउद्गारलाई सुरुमै उद्धृत गर्नु सान्दर्भिक देखेको छु–
नेपालका ऐतिहासिक तथा विश्वसम्पदा सूचिमा परेका पुरातात्विक प्रशिद्ध कलाकृतिहरूमाः भक्तपुरको ५५ झ्यालेदरवार, न्यातपोँल देवल, चाँगुनारायण मन्दिर, दत्तात्रय मठ, पाटनको २१ गजुरको श्रीकृष्ण मन्दिर, पाटन दरबार, काठमाण्डौको नौतलेदरवार, हनुमानढोका दरवार, तलेजु भवानीको मन्दिर तथा बिभिन्न देव देवालयमा भएका कलात्मक टुँडाल एवं बिभिन्न क्षेत्रहरूमा रहेका अतुलनीय काष्ठकला तथा शिलाकलाका धरोहरहरूले विश्वसामु नेपाललाई छुट्टै चिनारी दिईआइरहेका छन् । देशलाई बिश्वसामु एउटा शसक्त छुट्टै पहिचान दिन सक्नेगरी ती अतुलनीय कलाकृतिहरू सिर्जना गरी राष्ट्रलाई मात्र होइनन विश्वलाईनै अबिस्मरणीय धरोहरहरू सुम्पिगएका शिल्पकारहरूको लेखाजोखा राख्ने कार्य राज्यले गरिआएको इतिहासले देखाएको छैन ।