Skip to content

कथा

आँफैभित्र डुल्दा, अरुभित्र डुल्दा

पाइला गर्हौँ छन् आज उसका, अफिसबाट सिधै घरतर्फ पनि गएनन् । ऊ पुग्छ एउटा एकान्त टाकुरामा । यहाँ धेरै मानिसहरू आउँछन । तर यहाँ एकान्तपना को महशुश हुन्छ र यसैको लागि मानिसहरू यहाँसम्म आउँछन । त्यही भीडमा एकान्तपना खोज्दै आज उमेश आइपुगेको छ । मनभित्र कुरा खेलाउँदै ऊ यताउती नजर फ्याँक्छ, जालमा पर्छ एउटा भँगेरा ।

जुरेलीसँग घुम्दा

“ममी ममी हेर्नुस्न हाम्रो परेवाले आफ्नो बच्चालाई चुच्चो जोडेर के गरेको ? हेर्नुस्न छिटो !” आयुष्माले भनिन्।

“एए, त्यो ; त्यो त परेवाले आफ्नो बच्चालाई चारो खुवाएको नि ! तिमीलाई थाहा थिएन ?”

“अहँ, थाहा थिएन ममी। अनि परेवाले जसरी नै सबै आमाहरूले आफ्ना बच्चालाई चारो खुवाउछन् हो ?”

TirthaSigdel

प्रेम भूलको परिणाम

त्यसपछि उसले भनी, “तपाईको कथाले नराम्रो गरी रुवायो।”

मैले भने, “हो के ? यसै भनेको होला।”

“हैन… हैन…, सत्ते होला। किन ढाँट्नु र!” उसको जवाफले अलिकति शान्त पार्यो। तर, अनेकन् प्रश्नहरू उब्जाएर।

HarukiMurakami

उसको शहर र उसका भेडाहरू

  • by

साप्पोरो (उत्तर जापानको महानगर)का सडकमा यो वर्षको पहिलो हिमपात शुरु भएको छ। पानीका थोपाहरू हिउँमा परिणत हुन्छन्, हिउँका साना डल्लाहरू पानीमा। साप्पोरोको सडकमा हिउँ त्यस्तो रोमान्टिक लाग्दैन। भन्न पर्दा यहाँको हिमपात कुलको नाम बिगार्ने नातेदारजस्तै हो।

अक्टोबर २३ तारिख। शुक्रबार।

अप्रिलको एक बिहान शतप्रतिशतकी केटीसँग भएको भेटको बारेमा

  • by

अप्रिलको मौसम सफा भएको एक बिहान, हाराजुकु(१) पछाडिपट्टिको सडकमा मैले शतप्रतिशतकी केटीलाई भेटें।

डाँडाघरका माहिला सर

सूर्यले मधुरो किरण छरेको छ । विहानको दस बजिसकेको छ । दुर्गा आधारभूत विद्यालय, जगतिपुर, जाजरकोटका ढोकाहरू खुलिसकेका छन् । कार्यालय सहयोगी घाँटी तन्काएर उत्तरतिर हेर्दा छन् । विद्यार्थीहरू चौरमा दौडधुप गर्दा छन् । शिक्षकहरू चाहिँ कार्यालयमा बसेर बाहिरफेरो नजर दौडाउँदा छन् । स्कुल छेवैको मूलबाटो भएर मानिसहरूको पातलो आवतजावत कायमै छ ।

खोर्साने बूढाको कर्तुत

झण्डै एक लोटा पानी घुट्क्याए उनले । अनि पुर्पुरोमा हात राखेर लामो सास फेरे ।

उदयपुरको पोखरेमा बीस रोपनी जग्गामा अकबरे खुर्सानी लगाएर अगुवा कृषकमा दरिएका टंकबहादुर राउत उर्फ खोर्साने बूढा त्यहाँका जल्दाबल्दा व्यक्ति थिए । पञ्चायत जितेपछि उनको रवाफ दिन दोगुना रात चौगुणा बढ्न थालेको थियोे । पुर्ख्यौली सम्पत्ति छँदै थियोे , त्यहाँमाथि निकै चल अचल सम्पत्ति थपे उनले ।

वातावरण

अस्तिसम्म एसएलसी भनिएको र अहिले खै के भनिएको कुरा छोरीले राम्रो ग्रेटमा उत्तीर्ण गरेको हुँदा घरमा विद्यालयबाट छोरी माग्नेको लस्कर लाग्नु अघि नै एक नामी उच्च विद्यालयमा छोरीलाई लिएर गए प्रेमबहादुरजी । स्कूलको कम्पाउन्डमा पुग्दा बाहिरैको दोकानमा केटाकेटीहरुको भिड रहेछ । सबै हेर्दा स्मार्ट नै छन् । टाइ लगाएका छन् । राम्रो परिधानमा छन् । घुँडा च्यातिएको लुगा पनि लगाएको छैन । स्कुल ठिकै लाग्यो ।

पेन फ्रेण्ड

भित्र पस्नासाथ युवतीले आफ्ना ठूला ठूला नजर घुमाएर चारैतिर हेरी। अनि कुर्सीमा गइ बसी। उसका उत्सुक नजरले कसैलाई खोजिरहेको झैँ लाग्दथ्यो।

जेरी-स्वारी

“मलाई पनि एउटा पोलेको मकै दिनुहोस् त दिदी“, सडकपेटीको एउटा कुनोमा बसेर मकै पोल्दै गरेकी एउटा अधबैंसे महिलाको अघि उभिएर मैले भनेँ ।

गुरुदक्षिणा

“नमस्कार सर!” धेरै वर्षको अन्तरालपछि पनि उसले उनलाई चिनेकी थिई। बिर्सनु पनि कसरी ? आजभन्दा १५ – १६ वर्ष अघि जुन गुरुलाई, जस्तो अवस्थामा, जस्तो रुपमा छोडेकी थिई मानौं त्यही क्षणलाई बाँधेर टक्क अडिएको झैँ। मझौला कद, गहुँगोरो रंग, ठुलो निधार र आँखामा मोटो लेन्सको चस्मा, अनि ती आँखाभित्रबाट चिहइरहेका दुई स्नेहशक्ति आँखा।

पतिपत्नीका सहकार्य

“…..हजुर नमस्ते सर । आज मेरो अन्तर्वार्ता छ… हजुर, हजुर गृहस्थ भन्ने च्यानलमा हो । यसो हेरेर प्रितिक्रिया दिनुहोला ।”
टेलिभिजन अन गर्दै पुष्पजीले आफ्नो साथीलाई फोन गरे अनि भान्सामा केके गरिरहेकी पत्नीलाई बैठकबाटै कराए “ए निर्मला लौ न अलिक छिटो गर । खाँदै हेर्दै गरौं । अन्तर्वार्ता आउने बेला भइसक्यो ।”

भाषणमा पहाड फोरिन्छ

“जात गोत्रथर पनि कसैले परिवर्तन गर्दैमा परिवर्तन हुन्छ ? मान्छे जुन परिवारमा जन्मियो उसको त्यही थर हो, जात हो र त्यही गोत्र हो । हामी महिला उहिल्यैदेखि सट्टापट्टाको वस्तुजस्तो हुँदै आएका छौंं । लोग्नेको चैं जात, थर गोत्र उही रहने अरे हामीले चैं बिहे गरेपछि फेरिनु पर्ने अरे । हामीलाई यो कुरामा अपमान र अन्याय गर्न पाइन्न….”

बिदेशिएका घाउ (लघुकथा)

“आफ्नो सपना पुरा गर्न विदेश आएको त अहिले घर फर्किन पो सपना भयो,” वीरेन्द्र भोड्का को चुस्की लगाउदै साथीहरुलाई सुनाउदै थियो ।

वीरेन्द्रको भनाइमा ऊ केवल दुई वर्षको लागि विदेश आएको थियो तर देशमा बढ्दो महंगी, असुरक्ष्या र पैसाको लोभले उसलाई अहिलेसम्म विदेशले जकडी राखेको थियो ।

भाग्यले नि ठगेको मान्छे

जीवनमा कति तड्पिनु । कति रुनु । तर पनि रोए, कराए गुहार मागें, म दोषी हैन हुँदै होइन भनेर; मेरो एकोहोरो आवाज कसैले सुनेनन्, सुन्दै सुनेन् । निर्दोषलाई दोषी ठहर्याउने दोषीलाई निर्दोष ठहर्याउने यो मानवता, कानून नै नभएको शहरमा चुपचाप सहरे बस्नु बाहेक अरु कसको के नै लाग्छ र ! यहाँको कानून त पैसाले बिक्छ अरुको त झन के कुरा गरौ र झनै हामी गरिबले ? निर्दोष छु तर चुपचाप बन्द कोठाको जेल भित्र थुनिएको छु । आफन्तहरू भए पनि छैनन् नभए पनि छैनन् ।

DawaTenpaSherpa

मध्ये राति एकल यात्री

मध्येरातको समय थियो, एकजना युवती आफ्नो घर जानको लागि ट्याक्सी स्ट्यान्ड्मा पुगिन् । तर त्यहाँ कुनै ट्याक्सी थिएन । युवती एकदम डराइन् । घडीमा पनि रातको १२:४७ बजेको थियो । सडकमा केवल भुस्यहाँ कुकुरहरू भुकिरहेका थिए । टिर्र-टिर्र गर्दैं झ्याउकिरीहरू कराउँदै थिए ।

त्यतिकैमा युवतीको नजर उताबाट आइरहेको एउटा केटामा पर्यो । अध्याँरो भएकाले टाढाबाट त्यति राम्रा चिन्न सकिनन् । युवती झन् डराउन थालिन् ।

मायालु इभा

मेरो अफिसको टाइम र उनको गुम्बा जाने टाइम एउटै भएकोले दुवै जना सार्बजनिक यातायात प्रयोग गर्थ्यौ । सधैं जसो भेट हुन्थ्यो । उनी बौद्धी नान {गेरु बस्त्र लगाउने साना नानीहरु} हरुलाई पढाउँथिन्, म भने बोर्डिङको शिक्षक थिए । उनी धर्मले बौद्ध थिइन्, पहिरन पनि त्यस्तै । नाम भनेकी थिइन् ‘आनी लामा’ ।

उनी राम्री थिइन्, र म पनि लक्का जवान, मन पराउनु त स्वाभाविक नै थियो । बिस्तारै मेरो लागि गाडीको सिट पनि रोकेर ल्याउन थालेकी थिइन् । कहिलेकाहीं उनीलाई गाडीमा नदेख्दा मन खल्लो हुन्थ्यो । सायदै माया बसिसकेको थियो । यसै बीचमा उनी हराएकी थिइन् ।

त्रिशूलीसँगै बगेका सपना

कहिलेकाहीँ लाग्छ, यो जीवन पनि यौटा सपना भइदिएको भए वा सपनाहरू सपना नबन्दै टुटेर गएको भए । तर अफसोच जिन्दगी यौटा विपनामा परिणत भएर कहिल्यै निको नहुने गहिरो घाउ बनेर बल्झिरह्यो । जब बिहानीको किरणहरूसँगै ताराहरू जस्तै सपनाहरू पनि टुटेर गए तबदेखि जिन्दगी नै बोझ लाग्न थाल्यो । सही के हो थाहा थिएन । केवल यति थाहा थियो, अब कसैको यादहरूको भ्रममा बाँच्नु, यादहरूको पर्खाइमा बाँच्नु गलत हो । मनमा चोटहरूको पहाड बोकेर एकपल पनि जिउनु यति कठिन भइदिन्छ तर मानिसहरू सयौँ जुनी जिउने भ्रम किन राख्छन् ।

20180713_GokulKhadka-news

बाल साहित्यका तीनवटा किताब एकै चोटी

कथाकार गोकुल खड्काका तीन वटा बाल साहित्यका किताब प्रकाशन भएका छन् । “कथैकथा”, “सुसेली” र “लालाबाला” प्रकाशनमा आएका हुन् ।

यी पुस्तकहरू शब्दार्थ प्रकाशन, चाबाहिलबाट प्राप्त गर्न सकिन्छ ।