Skip to content

कथा

JeewanDangi

ज्वानौसँग जात्रा (कथा)

लेकाली गाउँ छाडेर हिडेको वर्षौ भयो । गाउँ पुग्दा थाहा पाएँ, मैसँग मुग्लान लागेकाहरू छुट्टी आई, फेरि फर्किए छन् । ४ वर्ष पछि मुकाम, गुराँस बजारबाट गाउँमा पाईला टेग्दा, नौलोपन महसुस भयो ।

गाउँमा घर जति जम्मै हरिया भएको सचिव काकाले, गुराँस बजार पुग्दा भनेका थिए । गाउँ सप्रिएको रहेछ ।

स्मृतिग्रन्थ प्रकाशन एन्ड कम्पनी लिमिटेड

कुरा अलिक हाँस उठ्तो हुन सक्ला । तर हाँसो उठ्तो भए पनि कुरा यथार्थै हो । त्यसै यथार्थ कुराबाट म यहाँका कुरा थाल्छु । केही वर्ष अघिको कुरा हो । मेरो चिनाजानीका मित्र जसलाई म अहिलेसम्म पनि दाजु भन्छु उहाँबाट मलाई फोन आयो । मैले उहाँको फोन उठाएँ । उताबाट कुरा आए— ‘भाइ, तपाईंले प्रधान सम्पादकका रुपमा बसिदिनुपर्ने भो, भ्याउदिनँ भन्न पाउनुहुन्न है ।”
“के छाप्न लाग्नु भो दाइ ?’

नीलकण्ठ

भूकम्पले तर्साइराख्ने र नाकाबन्दीले दाउरा बाल्नु पर्ने भएकाले हीराको चिया पसल चउरमा सरेको थियो । चियाका पारखीहरू चुस्की लगाउँदै नयाँनयाँ कुरा सुन्न र जान्न पाउने मनसुवाले त्यहीँ जम्मा हुन्थे । पसलमा भीडभाड थियो ।

“भुइँचालो र नाकाबन्दीले पूरै जनजीवन अस्तव्यस्त बनाइदियो ।” वर्तमानले भन्यो र प्रतिकृयाका लागि दृष्टि घुमायो ।

मखमलीको बिहे

“बुझिस, सबैको काखी बजाएर तेरी छोरीले हाम्रो नाक काटी,” मेरो छिमेकी सनकेले उसकी स्वास्नीलाई यसो भन्यो र तमाखु भर्न आगो खोस्रन थाल्यो । “अब यो जन्ममा त के सात जन्मसम्म त्यसको मुख हेर्दिन ।”

“यदि तैले त्योसँग भेट्ने कोशिस गरेको थाहा पाए भने मेरो मरेको मुख देख्लिस् अनि गाउलेले लोग्ने टोकुवी भनेर तँलाई बस्न खान नदेलान् ।” सनकेले सासै नफेरी बोल्यो र आँखाबाट तरक्क दुई थोपा आँसु झार्यो ।

नेताको स्वार्थ

‘नेताज्यू हजुरलाई कस्तो छ अहिले ? छिटो निको हुनुहोला है हजुर । स्वास्थ लाभको कामना ।’ उच्च नेता विरामी भएर थलिएपछि अस्पतालमा भेट्न आउनेहरुको भीड बाक्लिरहेको थियो ।

स्वय म दल एव म अन्य दलका नेता, कार्यकता, आफन्त, शुभचिन्तक, राजनीतिक विश्लेषक, विभिन्न संघसंगठनका प्रतिनिधि, पत्रकार, विदेशी कुटनीतिज्ञलगायतका महानुभावहरू अस्पतामा भेट्न आउथे र सबैले स्वास्थ लाभको कामना दिएर जान्छे ।

BirendraOli

दुई दिनको सम्बन्ध

मोबाइलको भाइबरमा फेरि उनको सन्देश आएन, उफ ! म केही आत्तुर हुन्छु उनको सन्देशको प्रतिक्षामा । यसो यताउति टोलाउँछु उनको यादमा । फेरि मोबाइलतिर मेरो ध्यान जान्छ । मोबाइलतिर गएको ध्यान एक्कासि आमाको आवाजमा रोकिन्छ, “छोरा खाना खान आऊ ?”

प्रत्योत्तरमा भनें, “हुन्छ, आमा म आएँ ।”

अपरिचित पात्र

बिदेशी भूमिमा पहिलोपटक एक्लै भएको छु र अबका केही दिनहरू एक्लै बिताउँदै छु । समर भ्याकेसन, युनिभर्सिटी बन्द भएकाले साथीहरू नेपाल गए । साउथ वेस्ट मिनेसोटा स्टेट युनिभर्सिटीमा पूर्ण छात्रवृत्तिमा ब्याचलर इन सोसिओलोजी पहिलो वर्षमा अध्ययन गर्दै गरेको म यतै सेटल हुने विचार गर्दैछु । बुवा आमा पनि सहमत हुनुहुन्छ मेरो कुरामा । बिहानको ६ बजिसकेको छ । आज चहलपहल अलिक कम छ । नेपाली विद्यार्थीहरूको बाहुल्यता भएको यो मिनेसोटा अमेरिका आउने नेपाली विद्यार्थीहरुका लागि राजधानी जस्तै भएको छ ।

सम्बन्धमा बाँच्न सकिदैन

“हाम्रो मित्रता कहिल्यै छुट्ने छैन । तिम्रो पहिलो वाक्य मेरो जीवनको मत्वपूर्ण घटना भएको थियो । घटना यस अर्थमा, मेरो भावना र मेरो जीवनयात्रामा यसरी सौहार्द कसैले पनि पोखेका थिएनन् । वास्तवमा एकलासको जीवन बितिरहेको म वाक्क भएको बेला तिम्रा दुई शब्दले म कति प्रफुल्लित भएकी थिएँ । कति रात तिमीलाई सोच्तासोच्तै बिहान हुन्थ्यो । म कल्पना पनि गर्न सक्तिन ।

राजगुरुसँग राजा

सूर्यले मधुरो किरण छरेको छ । विहानको दस बजिसकेको छ । दुर्गा आधारभूत विद्यालय, जगतिपुर, जाजरकोटका ढोकाहरू खुलिसकेका छन् । कार्यालय सहयोगी घाँटी तन्काएर उत्तरतिर हेर्दा छन् । विद्यार्थीहरू चौरमा दौडधुप गर्दा छन् । शिक्षकहरू चाहिँ कार्यालयमा बसेर बाहिरफेरो नजर दौडाउँदा छन् । स्कुल छेवैको मूलबाटो भएर मानिसहरूको पातलो आवतजावत कायमै छ ।

अधुरो प्रेम

केटाले संगै पढ्ने केटिलाई Friend Request sent गर्छ।केही दिनमै Accept हुन्छ , अनि

केटा:- Hloo
केटि :-Hii

केटा:- what’s Up?
केटि:-I’m Fine N U?

केटा:-Same Here.
केटि:-Horw?

केटा:- umm , ani k gardai Ho ?
केटि:- Yatikai Basdai Ani Timi?

केटा:- Ma Yaso Online ma Aayako.
केटी :- Aaa! Aru vana,,

केटा:- k Vanam?
केटि:- Your choice ?

केटा:- Timro Tw Bf Xa re Hana?
केटि:- Umm Xa ni kina rw?

केटा:-Sodheko Matrai,,
केटी :- mero bf vayarw timilai k vayo rw?

केटा:- k k vayo vayo?
केटि:- k Vayo Vana?

केटा:-Bf Navayko Vayava tw yaso Try garna

समवेदना पेस गर्न कहिलेसम्म तँछाड मछाड गर्ने ?

मेरा एक जना अति नै घनिष्ट मित्रले थाहै नदिई “लौ बस्नु बाइकको पछाडि” भनेर मलाई लिएर कतै जानुभो । दशैंका भेडाजस्तो लागें म उनका पछि । गन्तव्य कता थियो मलाई केही थाहा थिएन । तर उहाँले भनेपछि नमान्ने मैले कुरै आएन । खुरुखुरु उहाँको बाइकको पछि बसेर उहाँले जता लानुहुन्छ त्यतै गएँ ।

आधा घन्टाको यात्रापछि म पुर्याइएँ एक यस्ता घरमा जहाँ ठुलो भीडभाड थियो । ओहो म ता कुनै राजनीतिक चुनावको प्रसारमा कुनै नेताको घरमा पो आएँछु कि ? अथवा कसैलाई सम्मान गरिने कार्यक्रममा पो आएँ कि ? या कुनै साप्ताहिक पूराण लागेको ठाउँमा पो आएँ कि ? मैले त्यहाँको दृश्य देखेपछि परिकल्पना गरें ।

अप्राप्य मोड र तिम्रो माया

“जिन्दगी मेरो परिभाषामा, त्यति नै अप्ठ्यारो र नितान्त अपर्याप्त विषयवस्तु भएको छ र म त्यसलाई सजिलै स्वीकार्ने पक्षमा छैन,“ ऊ गम्भीर भएर यी कुराहरू बोल्छ ।

ऊ भन्नाले अनाम अर्थात् मेरा अभिन्न मित्र । ऊ अक्सर गरेर यसरी नै फटाफट बोलिदिन्छ, म भने त्यो अवस्थामा कुनै उत्तर दिन नै पाउदिन । कस्तो सम्झौता भएको छ हाम्रो बीचमा र हामी आफूमै अन्यौल छौं।

पश्चाताप

दशैं मनाउन होस्टलबाट घर आएको भोलिपल्टै मोटरसाइकल सहित गाएब भएपछि घरमा हल्लाखल्ला मच्चियो । कलेज, छरछिमेक, साथीभाइ, इष्टमित्र जहाँतहिँ फोन गरियो । कहीं पत्ता नलागेपछि भोलिपल्ट प्रहरीमा उजुरी टिपाइयो ।

पाँच फुट पाँच इन्च अग्लो अविनास शर्मा नाम गरेको वर्ष उन्नाइस गोरोवर्णको पातलो ज्यान भएको हल्का जुङ्गा भएको मेडिकल कलेजमा एमविविएस दोस्रो वर्षमा अध्ययनरत हसिलो युवक हिजो बिहानै मोटरसाईकल लिई निस्किएको र अजसम्म घर नर्फिएको हुँदा कहींकतै देख्नुहुने महानुभावले तलको फोन नम्बरमा सम्पर्क गरिदिनुहोला ।

हैसियत (लघुकथा)


मौसम लागेपछि एउटा बोटमा फूल फुल्यो । फूलबाट फलमा रूपाँतरण हुँदै गयो । आफ्नो भरिपूर्ण बैँस चढेको उन्मादमा एक दिन फल र फूलले गफ हाँक्यो ।

“हेर फल ! हामीलाई देखेर प्राणीहरू खुशी भएका छन् । हामी नै बोट बिरूवाको पहिचान हौँ । हामीलाई सबैले सम्मान गर्छन्,” फूलले मस्किदै भन्यो ।

पातले सही थाप्यो ।

आमाको चुल्ठो

यदाकदा मेरा अफन्तहरू भन्ने गर्छन्, मेरो अनुहार ठ्याक्कै आमाको जस्तो छ । उनीहरू अँझै थप्छन् आमाका अनुहारका छोरा र बाउका अनुहारका छोरी भाग्यमानी हुन्छन् । जब आमाको सम्झनाले मन भकभकी उम्लिन थाल्छ, म ढोका बन्द गर्छु र आमाको चुल्ठो लगाएर ड्रेसिङ टेबुल अगाडि उभिन्छु । यही चुल्ठो लगाएर कान्छी फुपूको बिहेमा खिचिएका आमाका तस्विरहरू हातमा लिँदै आफ्नै अनुहारमा आमाको अनुहार खोज्न थाल्छु । अफन्तहरूका कुरमा केही सत्यता भएको आभास हुन्छ ।

सिट नं. तीन

कल्पनाको लोकमा पुगेर जीवनका केही तिता मिठा रङ्गहरूसँग पौडी खेल्दै थिएँ । केही आफ्नै वरिपरि छरपस्ट छरिएका बेरोजगारी प्रमाणपत्रहरू र जीवनका साधा किताबहरुले आफैलाई गिज्याइरहेका थिए । आमा कहिलेकाहीं कराउनु पनि हुन्छ छोरी मान्छे भएर पनि आफ्नो सामान त मिलाएर राख्नु नि ! खै कसरी जाने पो हो यिनिहरुको जिन्दगी गारो छ बाबै सधैं केटाकेटी जस्तो नै गर्छन् । आफ्नै जिन्दगी केही ठाउँमा मिलाउन त सकिदैन आमा भने किताबका कुरा गर्नुहुन्छ । जे जस्तो भएपनी आमाका प्रत्येक गालीहरुलाई मैले आशीर्वाद को रुपमा ग्रहण गर्छु । कुनै पनि बा आमाले छोराछोरीको नराम्रो को लागि भने गाली कहिल्यै गर्दैनन् ।

आरम गर्ने समय

धेरै समय पछि, लगभग पाँच वर्षको अन्तराल पछि म आफ्नो गाउँ फर्किएँ । सुन्दरताले चकमन्न मेरो गाउँ । जहाँको सुन्दरताको धरातालमा टेकेर मैले मेरा आधा जिन्दगी काटेको थिएँ । तिनै माटोमा मैले सबै मेरा बाल्यकालका दिनहरू रोपेको थिएँ । त्यो भाष्मे पाखा, दाउबारी, डुण्डुप भिर, रातोमाटे डाँडा सबैका माटोहरुमा घस्रदै, चिप्लिदै र मुछिदै बिताएका थिएँ मैले मेरा बाल्यदिनहरु । त्यहाँका माटोहरुमा कति पसिनालाई रोपेर जीविका चलाएका थिए मेरा पुर्खाहरुले ।

भोट केमा ?

—भोट कहाँ खसाल्नुहुन्छ ?

—मत पेटिकामा ।

—छाप कहाँ राख्नुहुन्छ नि ?

—मतपत्रमा ।

—भोट कसलाई दिनुहुन्छ ?

—राम्रालाई ।

—तपाईं त साह्रै बाठो हुनुहुन्छ ।

—यही त हो नि गोप्य मतदान भनेको ।

—भन्दा फरक पर्छ र ?

—पर्छ नि ! किन चित्त नबुझेकाहरुसँग बैरभाव गर्ने । बरु तपाईं पनि गोप्य नै राख्नुहोस् ।

—अनि पछि जो जित्यो उसैलाई राखेको भन्नलाई ?

—त्यस्तो पनि होइन । यो अधिकारको प्रयोग हो । यो मौलिक हकअन्तर्गत पर्दछ ।

—अनि बहिस्कारवादीजस्तो देखियो नि ? के भन्नुहुन्छ यसबारेमा ? अब त फस्नुभो तपाईं ।

धनसेकुवा पसल

(सुधिरकुमार सुमनजीले मेरो कथामा कमेन्ट गरेपछि जन्मेको लघुकथा)
कुलबहादुरको घरमा आएको बेला थियो । किनमेलनका लागि आज पनि फेरि बजार गए । दुरदराजको जागिर छ । श्रीमतीमालाई दुःख नहोस् भन्ने सोच भएकाले आएको मौकामा सबै थोक जोरजाम गरी घरमा राखिदिने उनको बानी छ ।
हुनत उनका लागि किनमेल गरिने वस्तुहरु धनबहादुरको छैनन् फलफूलकाे दोकान छाडेका छन् तापनि पहिलेका नजिकका साथी भएको नाताले बजार जाँदा आज पनि धनबहादुरको पसलमा निस्कने विचार गरे ।

बालबालिकालाई उपदेश

मालिकको भासन खेसरियाले सबै ता बुझेन तैपनि आफ्ना मालिकले गरेको भासन रामरी सुन्यो । मालिक धनमान साहूकोमा कामका लागि बसेको केटो हो खेसरिया । को हो, कसको छोरो हो भनेर बुझ्न उसको नाम नै काफी भएकोले त्यता नलागी खास कुरामा लागौं ।