मोबाइलबाट सुविधा
लघुकथाः मोबाइलबाट सुविधा
होम सुवेदी
बेला बेला मोबाइलमा उनी मुसुक्क पनि गर्थे र फटाफटी आफ्ना अम्ला चलाएर अर्को मुस्कानका लागि पर्खिएजस्तो गर्थे ! नजिकै बसेर उनकी पत्नी स्वेटर बुनिरहेकी थिइन् र उनका पतिको यो दशालाई निकै गम्भीर रुपमा हेरिरहेकी थिइन् । यो उनका पतिको नित्यकर्म जस्तै भएको थियो । उनी भन्दा पनि मोबाइल प्यारो हुन थालेको थियो । केही कुरा भन्न खोज्दा उनका पति यसो “हाँ हुँ !” मा टारिदिन्थे र ध्यान उही मोबाइलमा पुगाउँथे । कुनै बेला ता अलिक झर्कन्थे पनि । यसैले सविता अलिक होसियारीका साथ बोल्दथिन् । अहिले भने अलिक हिम्मत गरेर सेधिन् “कसका साथ कुरा चलिरहेका छन् हजुरका ?”

कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाइ भित्र मौरो परेकोले क्रियापुत्रीलाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाइ नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक बिदाको दिन भएकोले पनि दाजुभाइबीचको यो उपस्थिति संभव भएको थियो होला । मानौ यो कुनै मातमभन्दा पनि मेला लागे जस्तै थियो । हामी पन्थीहरूको बाहुल्य बस्ती भएको प्राकृतिक सौन्दर्यले सजिएको तम्घास नगरीमा ।
उसले आफूलाई बडेमानको न्याउरीमुसो सम्झियो र सर्पमाथि जाइलाग्यो।
ऊ बाहिरियो । ऊ अर्थात् नवीन बाहिरियो । स्वास्नीलाई जान्छु पनि नभनी जुत्ता लगाएर ऊ छिटो छिटो तलको छिडी पनि काट्यो । अफिसबाट फर्केर सधैं त चिया पान गरेर मात्र हिड्ने ऊ आज स्वास्नी भान्सा गएकै बेला पारेर निस्कियो ।
नाकको फोराबाट फ्याकेको सिगरेटको धुँवालाई दुई ओठको हावाले वायुमण्डलतिर धकेल्दै भनी – “क्रेजी आप्रवाशी ! तँसँग म बिहे गर्न सक्दिन । जति गर्नु छ यहीँ गर । रहर पुरा गर । र, जा ।”
एकदिन शहरमा बस्ने दिपकको बिहे गाउँकी एउटी केटीसँग भयो । एकदिन ऊ श्रीमतीसहित पहिलोपटक दशैंमा टीका थाप्न सासू ससुराकहाँ गयो । ऊ शहरको कोलाहल, प्रदुषणदेखि वाक्कदिक्क भएकाले गाउँमा औधी रमाइरहेको थियो । उनकी श्रीमती भने ऊ दङ्ग परेको देखेर रमाइरहेकी थिइन् । उसलाई देख्ने वित्तिक्कै उसलाई ससुराले सोध्यो :– हजुरलाई गाउँ त साह्रै नियास्रो लाग्यो होला ? केही सुविधा भएको होइन यहाँ ज्वाईंसाहेब ।
जीवनको उत्तराद्र्घमा मलाई आफू एक्लो भएको र बाँच्नका लागि सामाजिक सुरक्षा आवश्यकता महसुस हुन थाल्यो । आफ्नो बिगतका कृयाकलाबहरूको एक पटक समिक्षा र गल्तीहरूका प्रायश्चित गर्नु आवश्यक ठाने मैले । महानास्तिकताबाट माथि उठेर ईश्वरको अस्तित्व नियाल्ने चाहना हुन थाल्यो । मृत्यु पछिको लोक खोज्ज मन लाग्यो । पुराना परम्परा, रीति, संस्कार आदि तोड्नु नै आनो जीवनको उदेश्य बनाएको म आज त्यही परम्परा जोगाउने प्रयास गर्दैछु ।
किन हो मलाई अविवाहितभन्दा विवाहित आइमाइहरू प्रति नै धेरै लगाब हुन्थ्यो । उनीहरुले लगाएको सारी चुरा टीका पोते साथै सिउदोको सिन्दुरले आकर्षण गर्थ्यो । सारीमा हिडिरहेका आइमाइहरुको सुडोउला तिघ्राहरुको आकार र पछाडिबाट हेर्दा उठेको कम्मर मुनिको भागले लोभ्याउथ्यो । हावाले उडाउदै गरेको सारीको सप्को जसले छातीलाई छोपेर काधमाथिबाट पछाडि पट्टि झरेको हुन्छले पनि बेला बेला बचचा सँग लुकाछिपी खेल्दै कुकु हा गरेंझई छातीलाई देखाउदै र चोप्प्दै गरेको दृष्य सारै मनमोहक लाग्थ्यो । नाभीले खुल्ला रुपमा मानिसलाई स्वागत गरेको लुकीलुकी हेर्न मन लाग्थ्यो । हेरेर आँखाहरू अघाउँदैनन् थिए ।
सुनसान रात, केबल आकासका ताराहरुले मलाई हेरिरहेका हुन्छन । पारि पातालमा कराइरहेको कोइलीको सुमधुर आवाज । शिशिर यामको चिसो हावाले गर्दा मेरो पनि निद खुलेको छ ।