Skip to content

कथा

मोबाइलबाट सुविधा

लघुकथाः मोबाइलबाट सुविधा
होम सुवेदी
बेला बेला मोबाइलमा उनी मुसुक्क पनि गर्थे र फटाफटी आफ्ना अम्ला चलाएर अर्को मुस्कानका लागि पर्खिएजस्तो गर्थे ! नजिकै बसेर उनकी पत्नी स्वेटर बुनिरहेकी थिइन् र उनका पतिको यो दशालाई निकै गम्भीर रुपमा हेरिरहेकी थिइन् । यो उनका पतिको नित्यकर्म जस्तै भएको थियो । उनी भन्दा पनि मोबाइल प्यारो हुन थालेको थियो । केही कुरा भन्न खोज्दा उनका पति यसो “हाँ हुँ !” मा टारिदिन्थे र ध्यान उही मोबाइलमा पुगाउँथे । कुनै बेला ता अलिक झर्कन्थे पनि । यसैले सविता अलिक होसियारीका साथ बोल्दथिन् । अहिले भने अलिक हिम्मत गरेर सेधिन् “कसका साथ कुरा चलिरहेका छन् हजुरका ?”

समाधान

“लौ है मन्त्रीज्यूतर्फबाट सिफारिस आयो । नपारी हुन्न अब उहाँको मान्छेलाई ।” आयोगका अध्यक्षले छनोट समितिलाई फोन रिसिभ गरिसकेर भने ।
“हामीले नाम तयार पारेर परिणाम घोषणा गर्न मात्र बाँकी थियो । यस्तो अवस्थामा अब कसको नाम कटाउनु होला ?” अन्तर्वार्तामा सामेल एक सदस्यले अलिक चिन्ता भएजस्तो गरी भने ।
“हेर्नुहोस् जसरी भए पनि मन्त्रीजीको सिफारिसलाई हामीले बेवास्ता गर्न मिल्दैन । जसरी पनि समावेश गर्नै पर्छ ।” अध्यक्षले बडो लाचारीका साथ कुरा राखे ।
यसरी अध्यक्षले नै भनेपछि अन्तर्वार्ताटिम पनि तयार भइसकेका नामहरुमा लाग्यो पुनः विचार गर्नतिर ।

रेडियो

कार्तिक महिना दोपहरको समय । न गर्मी न त चिसोको अनुभूती । दाजुभाइ भित्र मौरो परेकोले क्रियापुत्रीलाई भेट्न पँधेरामा पुग्दा थुप्रै दाजुभाइ नाता गोताहरूको जमघट थियो । सायद छठ पर्वको सार्वजनिक बिदाको दिन भएकोले पनि दाजुभाइबीचको यो उपस्थिति संभव भएको थियो होला । मानौ यो कुनै मातमभन्दा पनि मेला लागे जस्तै थियो । हामी पन्थीहरूको बाहुल्य बस्ती भएको प्राकृतिक सौन्दर्यले सजिएको तम्घास नगरीमा ।

मेघावती पटेलको माया

ऊ बाहिरियो । ऊ अर्थात् नवीन बाहिरियो । स्वास्नीलाई जान्छु पनि नभनी जुत्ता लगाएर ऊ छिटो छिटो तलको छिडी पनि काट्यो । अफिसबाट फर्केर सधैं त चिया पान गरेर मात्र हिड्ने ऊ आज स्वास्नी भान्सा गएकै बेला पारेर निस्कियो ।

उसको हरेक साझ घरबाट निस्कने यो क्रम बिगत सात महिनादेखि चलिरहेको छ । उसलाई मेघावतीसँग भेट्नु छ । बिहारमा जन्मेर पनि नेपालीसँग भागेकी मेघावती उसलाई मन परेको छ । मेघावतीका आँखाले उसलाई बेहोस परेको छ । राम्री अनि केही ब्येहोर्न नपर्ने । उसको मन मेघावतीको मायाले पग्लिएको छ । उसलाई मेघावतीप्रति गौरब लागेको छ ।

भित्ते पात्रो र तस्वीर

भित्तामासँगै झुण्डिइरहेको भित्तेपात्रो तस्वीरलाई भन्दै थियो – “तिम्रो जस्तो जिन्दगी नि के जिन्दगी। न कहिल्यै रूप फेर्नु छ न कहिल्यै फर्कनु छ। हामीलाई हेर हामी प्रत्येक महिना नयाँ-नयाँ रङ्ग रूपमा सजिएर बस्छौँ।”

पुनर्मिलन (लघुकथा )

फेसबुकमा एक्लाएक्लै मस्त मानिसहरु । परिवारबाट अलग । सबै आ–आफ्नै धुनमा मस्त । इन्टरनेटको लाइन गयो । सबैजना एक्जुट हुन थाले “खै खै राउटर चेक गरुँ त ?, खै खै माइनेटवर्क चेक गरुँ त ।” सबै परिवारको नेटको लाइन अफमा मिलन भयो । सबै घरमा दाजुभाइ, दिदीबहिनी, काकाकाकी, आमाबुबा बीच एक आपसमा कुराकानी हुन थाल्यो । जस्तो विछोड पछिको मीलन जस्तो ।

गजल – आफ्ना

हुँदै हुदैनन् अाफ्ना, मुटु दिएपनि कोहि।
प्यारा निस्किन्छन, पराई सम्झिएपनि कोही।
.
यति दुर गएर बजारिन्छन, कुनै अनकन्टारमा
हाडमासु झैँ कुनैबेला टाँसिएपनि कोही ।
.
सबै उस्तै हुँदैनन् , स्वार्थी अनि अवशरबादी
छोड्दैनन् साथ, सबै आशा नासिएपनि कोही।
.
रहन्न रसिलो, सधैँभरि जिन्दगी यो
जता गुलियो उतैतिर तानिएपनि कोही ।
.
रहिरहन्छ रहरजस्तै, अव्यक्त अभिव्यक्ति
भन्दै भन्दैनन् मनमा माया, थिए पनि कोही ।

NikunjaTiwari

सुवोनकी आइमाई साथी

नाकको फोराबाट फ्याकेको सिगरेटको धुँवालाई दुई ओठको हावाले वायुमण्डलतिर धकेल्दै भनी – “क्रेजी आप्रवाशी ! तँसँग म बिहे गर्न सक्दिन । जति गर्नु छ यहीँ गर । रहर पुरा गर । र, जा ।”

अपोजिट पर्दाबाट आइरहेको युवतीको आवाजतर्फ हाम्रो ध्यान गयो ।

“तँलाई मैले कतिपटक सम्झाएकी छु ह ? धेरै पिएर यहाँ नआ है भनेर ।” ऊ फतफताउँदै बाहिर निस्की । टिटेवलबलको घर्रा र्घरररर्र तानी । चुरोट निकाली र बलिरहेको ग्याँस हिटरमा झोसि । दुई ओठले बेस्सरी च्याप्दै लामो सर्को तानी ।

कृतघ्नता (सूत्रकथा)

जेठको मध्यान्हमा चम्किरहेको सूर्यलाई हेर्दै उसले सराप्न थाल्यो – “कति निर्दयी, कहिलेकाहीँ त आफ्नो प्रचण्ड तापलाई कम गर्नु नि।”

प्रवृत्ति (लघु-कथा)

एकदिन शहरमा बस्ने दिपकको बिहे गाउँकी एउटी केटीसँग भयो । एकदिन ऊ श्रीमतीसहित पहिलोपटक दशैंमा टीका थाप्न सासू ससुराकहाँ गयो । ऊ शहरको कोलाहल, प्रदुषणदेखि वाक्कदिक्क भएकाले गाउँमा औधी रमाइरहेको थियो । उनकी श्रीमती भने ऊ दङ्ग परेको देखेर रमाइरहेकी थिइन् । उसलाई देख्ने वित्तिक्कै उसलाई ससुराले सोध्यो :– हजुरलाई गाउँ त साह्रै नियास्रो लाग्यो होला ? केही सुविधा भएको होइन यहाँ ज्वाईंसाहेब ।

शक्ति (लघुकथा)

“ए तुच्छ प्राणी, सरकारलाई देखेपछि झुकेर सलाम गर्नु पर्दैन?” सिंहले अघि हिँडिरहेको खरायोलाई हुँकाऱ्यो।

“क्षमा पाउँ महाराज, मैले हजुरलाई देखिनँ,” खरायोले क्षमा याचना गऱ्यो। मनमनै उसलाई सिंह देखी औधी रिस उठिरहेको थियो तर शक्तिको अगाडि उसको के लाग्नु। रिस जायज पनि थियो – अनाहकमा ऊ जस्ता हज्जारौँ खरायाहरू त्यो क्रुर सिंहको भोजन बनिसकेका थिए। उसलाई डर थियो कहीँ अर्को पालो उसको नहोस् त्यसैले ऊ हात जोडेर झुक्दै हलचल नगरीकन उभीइरह्यो। सिंह उसका पछि लागि हिँडने स्याल/व्वाँसाहरूको लावा लस्करका साथ अगाडि बढ्यो। अगाडि बढ्ने क्रममा स्यालहरूले खाउँला झैँ खरायोलाई हेर्दै गए। डरले खरायोको सातो पुत्लो उड्यो।

बादल र अाकाश (सूत्रकथा)

“किन यस्तो हतार?”

“चपलता नै ममा निहित विशेषता हो, यसमा अरूले टाउको दुखाउनु नै पर्दैन।”

“उफ् यो अभिमान!”

पातलीको माया

“पातलीसँग बिहे गर्न पाए बल्ल मर्दको छोरा भनेर गर्दन फुलाउदै हिड्नु हुन्थ्यो ?” तामाङले चुरोट सल्काउँदै बार्दली छेउमै उभिएर बोल्यो ।

“तँ काठमाडौँमा छस्, उता गाउमा पातलीले तेरा लागि जोबन जोगाएर राखेकी होला त “? मैले पनि छेड हानें ।

कुहिरो

जीवनको उत्तराद्र्घमा मलाई आफू एक्लो भएको र बाँच्नका लागि सामाजिक सुरक्षा आवश्यकता महसुस हुन थाल्यो । आफ्नो बिगतका कृयाकलाबहरूको एक पटक समिक्षा र गल्तीहरूका प्रायश्चित गर्नु आवश्यक ठाने मैले । महानास्तिकताबाट माथि उठेर ईश्वरको अस्तित्व नियाल्ने चाहना हुन थाल्यो । मृत्यु पछिको लोक खोज्ज मन लाग्यो । पुराना परम्परा, रीति, संस्कार आदि तोड्नु नै आनो जीवनको उदेश्य बनाएको म आज त्यही परम्परा जोगाउने प्रयास गर्दैछु ।

PramodPyakurel

मध्यम बर्ग

केटाकेटी छँदा चिचिला लागे देखि नै मेरो बास लौसि, अंबा लगायत फलफुलका रुखमुनी हुन्थ्यो । लाठोको प्रहारले चिचिलाभन्दा बढी पात र हाँगाहरू झर्थे । दुई चार दाना यसो टोक्ने प्रयास गर्यो मिल्कायो । आज म आफै रुख भएको छु । तर फलफुल फल्ने रुख नभएर लेज, किण्डर जोई, क्याडबरी लगायतका थुफ्रै जंकफुडहरू फल्ने रुख । हिजो शनिबार । बिहान उठे देखि साँझ नपरेसम्म छोरीले आठ दश पटक प्रहार गरी र पाँच छ पटक आफ्ना आवश्यकताका बस्तु झार्न सफल पनि भई ।

ManoharKafle

आकर्षण

किन हो मलाई अविवाहितभन्दा विवाहित आइमाइहरू प्रति नै धेरै लगाब हुन्थ्यो । उनीहरुले लगाएको सारी चुरा टीका पोते साथै सिउदोको सिन्दुरले आकर्षण गर्थ्यो । सारीमा हिडिरहेका आइमाइहरुको सुडोउला तिघ्राहरुको आकार र पछाडिबाट हेर्दा उठेको कम्मर मुनिको भागले लोभ्याउथ्यो । हावाले उडाउदै गरेको सारीको सप्को जसले छातीलाई छोपेर काधमाथिबाट पछाडि पट्टि झरेको हुन्छले पनि बेला बेला बचचा सँग लुकाछिपी खेल्दै कुकु हा गरेंझई छातीलाई देखाउदै र चोप्प्दै गरेको दृष्य सारै मनमोहक लाग्थ्यो । नाभीले खुल्ला रुपमा मानिसलाई स्वागत गरेको लुकीलुकी हेर्न मन लाग्थ्यो । हेरेर आँखाहरू अघाउँदैनन् थिए ।

मेरी भतिजी

सुनसान रात, केबल आकासका ताराहरुले मलाई हेरिरहेका हुन्छन । पारि पातालमा कराइरहेको कोइलीको सुमधुर आवाज । शिशिर यामको चिसो हावाले गर्दा मेरो पनि निद खुलेको छ ।

ऊ निदमा छपछपी छाम्छे, एक्कासि ब्यूँझेर ममी, ममी ममी… भनेर रुन्छे । आँखाबाट बरबर आँसु झार्छे, बुबु खान्टु भन्छे । जब उसका कुनै पनि माग पुरा हुँदैनन्, अनि बोकेर डुलाउन भन्छे । कहिले रातको बाह्र बजेको हुन्छ त कहिले रातको बिहानीपख दुईतीन बजेको हुन्छ ।

अभिमान (सूत्रकथा)

पहाडको टाकुरोको नजीक भएको ढुङ्गोले फेदीमा पटक-पटक आएर ठोक्किइरहने समुद्री छालतिर हेर्दै ओठ लेब्र्यायो र भन्यो – “जतिसुकै प्रयास गर तर तैँले मलाई भेट्न सक्दैनस्।”

अचम्म (सूत्रकथा)

नयाँ परिवेशको दृश्य उसलाई अचम्म लाग्यो।

अलग्गै देखिने त्यो अण्डालाई कुखुरीले निकै यत्नका साथ कोरलेकी थिई।

उसको अपेक्षा विपरित त्यो चल्लो अन्य चल्लाहरू भन्दा अलग निक्लेको थियो।