Skip to content

कथा

KamalSarup-02

रामप्रसादकी छोरी

रामप्रसादकी छोरी हराएकी छ । तर गाउँमा बढेका छोरीहरू हराउनु कुनै नौलो कुरा हैन । किनभने गाउमा बढेका छोरीहरू हराउनु भनेको प्रचलित उखान जस्तै भएको छ। त्यसैले ऊ यस्ता कुराहरुमा खासै वास्ता गर्दैन । तर बिडम्बना अहिले आफ्नै छोरी बेपत्ता भएकी छ र ऊ बिचलित छ ।

यतिबेला रामप्रसाद भर्खरै मेला सकेर घरभित्र पसेको छ। स्वास्निलाई सम्झाउनु छ । स्वास्नीसँग यतिबेला त हो नि दुख सुखका कुराहरू गर्ने । अरु बेलामा त फुर्सदै मिल्दैन । ऊ आफ्नी स्वास्नीलाई असाध्य माया गर्छ ।

घमण्डी सानोबाबु

एका देशमा एउटा तिमाल भन्ने ठाउँमा एक जना सानोबाबु भन्ने मान्छे बस्थ्यो रे । उ घरको एक्लो छोरो थियो ! उसको बा आमाको नाम सर्दार र सर्दारनी थियो । उहिले लाहुर जाँदा भारतको पन्जाब भन्ने ठाउँमा साहुले राख्दिएको नाम रे सर्दार र सर्दारनी । गाउँ फर्केर आएपछि उनीहरुको नाम सरदार र सर्दारनी नै बसे छ । गाउँ घरमा सबैले सानोबाबुलाइ सरदारको छोरो भनेर चिन्थे ।

निष्ठुरी (सूत्रकथा)

“तिमी किन आजकल यति निष्ठुरी बनेकी?”

“म निष्ठुरी? कसरी नि?”

“मेरो आगमन तिमीलाई प्रिय लागेजस्तो लाग्दैन आजभोली।”

मञ्जरी

मञ्जरी आफ्नै कोठा भित्र बसेर पल्ला घरको पिँढीमा रहेकी छिमेकी भाउजूलाई हेरिरहेकी थिई । भाउजू मकैका घोगाबाट केही पत्र खोस्टा नङ्ग्याउदै झुत्ता बनाइरहेकी थिइन् । कोठा भित्र गुम्सिएर मात्र कति सुन्नु ? आमा बस्तुभाउ वा मेला पर्म कता पुगे कि हुन्, थाह पत्तो छैन । बाउको झन कुरै भएन । उनका मन मिल्ने स्कुले साथीहरूका घर पनि अलि परै छन् । मञ्जरीलाई भाउजूसँग गएर एक छिन बसि बियाँलो गर्ने मन त थियो तर आँट थिएन । हुन पनि भाउजू ठेगान भएकी मान्छे पक्कै होइनन् । नाना भाँती कुरा गरेर पटक पटक लाज मर्नु गराइसकेकी छन् । हग्नेलाईभन्दा देख्नेलाई लाज भने जस्तो अनुहार रातो बनाउनु पर्ने चाहिं मञ्जरीले । तैपनि दर्बिलो मुटु बनाएर गई मञ्जरी ।

deep1

दशैँ (सूत्रकथा)

“बाबु जाउ ड्याडलाई सोध यसपालिको टीकासँग मुख धुने पानी ठिक पार्ने कि नपार्ने?”

उसले टाढैबाट सुन्यो र भन्यो “भो बुढी यसपालिको टीका फेसबुकमा अपलोड गर्ने हो। सबैले देखिहाल्छन, मुख धुने पानी चाहिँदैन।”

अब मलाई त्यही हड्ताल र चक्काजाम प्यारो लागेर आयो

उहाँ पुग्नेबित्तिकैको मलाई पहिलोपटक छोरीले दिएको दीक्षा थियो—“मुखमा थुक आयो भन्दैमा यहाँ जतापायो उतै र जहाँसुकै थुक्नुहुन्न, विचार पु¥याएर थुक्नुपर्छ । ठुलो आवाजले खोक्नुहुन्न । अलिक नियन्त्रण गरेर खोक्नुपर्छ, । यहाँ चिया पानी वा अन्य कुराहरु खाँदा वा प्युँदा स¥यार र स्याप्¥याक्क पार्नुहुन्न । त्यस्तो मान्छे बडो असभ्य मानिन्छ । ममले यस्ता कुराहरुमा विचार पु¥याउनुहोला ।”

एकता (लघुकथा)

आज देवमाया खुसीले गद्गद् छिन्।

अब देवमायाको परिवारमा खुसीको वातावरण आउनेछ। उनका छोराहरू घर फर्कँदै छन्।

देवमाया त्यो दिन अझै सम्झन्छीन् जब उनका छोराहरू एक-एक गर्दै पुर्ख्यौली घर छोडेर बाहिरिएका थिए। उनका छोराहरू सबै पौरखी छन्, आ-आफ्ना कार्यक्षेत्रमा अव्वल तथा दक्ष छन्, तर उनलाई आफ्नो गुँड कमजोर हुँदै गएको हेक्का थियो। उनको पुर्ख्यौली सम्पत्तिको नाममा भएको घर र घरसँगै जोडिएको पाखो बारी छिमेकीको अतिक्रमणबाट पेलिँदै गएको हेक्का थियो।

प्रकृतिको रङ्ग (लघुकथा)

उसले प्रकृतिमा पहिलो पटक आँखा खोल्यो।

आमाको न्यानो छातीमा फुलबाट निस्केपछि उसले प्रकृतिको रङ्ग हेऱ्यो र यस्तो प्रकृतिमा जन्म पाएकोमा आमाप्रति मनमनै कृतज्ञ भयो।

अघि बढ्दै गयो, आफ्ना दाजु-दिदीहरूको निख्खर सेतो रङ्ग देखेर प्रफुल्लित भयो। भर्खर आँकुराउन थालेका पँखेटा फड्फड् गर्दै नजिकैको तलाउमा आफ्नो छवि देख्यो – कोइला भन्दा पनि कालो आफ्नो रङ्ग देखेर उसको क्रोध पारा चढ्न थाल्यो।

परिवर्तन (लघुकथा)

सँधै झैँ आज पनि ऊ घरबाट निस्क्यो।

घरबाट बाहिर निस्कनु अघि केही बेर अन्कनाए पनि अन्त्यमा दृढ निश्चय गरेर ऊ निस्किएको थियो। बाटोमा हिँड्नेहरू उसलाई हेर्दै खासखुस गर्न थाले।

ऊ एक परिवर्तनको संवाहक बनेको थियो। आफ्ना आदर्श आफ्ना परिवार भित्र, इष्ट-कुटुम्ब भित्र, मित्रवर्गहरू माथि थोपर्ने गर्थ्यो। बाक्चतूर थियो आफ्ना कुराहरू मनाउन सिपालु थियो। उसको आफ्नो आदर्श अहिले पुरै परिवार, इष्ट-कुटुम्ब, मित्रगणहरूको पनि आदर्श बनेको थियो।

मूटूहरू र हातहरू (अनूदित कथा)

डेन्भरबाट पूर्वतर्फ जाने बि. एण्ड एम. एक्सप्रेस ट्रेनका डिब्बाहरू भित्रिँदै गरेका यात्रुहरूले खचाखच भरिएका थिए। एउटा डिब्बामा एक सुन्दर युवती शोभनीय पहिरन साथै एक अनुभवी यात्रुले खोज्ने सबै किसिमका विलासी सुबिधाहरूले घेरीएर बसीरहेकी थिइन्। डिब्बाका नवागन्तुकहरू मध्ये दुई पुरूषहरू थिए, एक सुगठिलो शरीर भएको युवक थियो जसको मुखाकृति र व्यवहारमा निर्भिकता, प्रष्टवक्ताको छवि देखिन्थ्यो; अर्को भने चाउरी परेको उदास मुखाकृति, भीमकाय शरीर र झुत्रे झाम्रे कपडामा देखिन्थ्यो। दुबैलाई हतकडीले सँगसँगै बाँधिएको थियो।

गाई मारेको पाप

थाहा छैन कुन दिनदेखि गाईको मासु खान प्रतिवन्ध लाग्यो, हाम्रो बाजेले भनेको अनुसार पहिले नियमित चल्ने गाईगोरुको मासु खाने प्रयोजनमा प्रयोग हुँदै आएकोमा प्रजातन्त्र आएसँगै विस्तारै वन्द हुँदै गयो । पछि खै कुन कानुन बन्यो रे त्यसपछि त झन् गाई राष्ट्रिय जनावर भयो रे हिन्दुको गौ माता रे भनेर सबै नेपाली हिन्दु भ’का कारण पूजा गर्नुपर्ने भयो काट्नेलाई त डोर आएर लगिहाल्ने, मुद्धा चल्ने, जेल हाल्ने काम हुन थाल्यो । यति थाहा छ गाउँघरमा किसानी गर्ने रत्न बहादुर तथा उसका गाउँलेलाई ।

डाक्टर अङ्कल (लघुकथा)

सरकारी अस्पतालमा फेरि हड्ताल शुरू भयो।

सरकारले ल्याउन लागेको बिधेयक चिकित्सकहरूको हक-हित अनुकुल नभएको भनेर अत्यावश्यक तथा आकस्मिक कक्ष बाहेक अन्य सरकारी सेवामा डाक्टरहरूको मुख देख्न पाइएको थिएन।

निजी अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको थियो। डाक्टरको कक्ष अगाडि बिरामीहरूको लस्कर लम्बिँदै गएको थियो। त्यस्तै एक लस्करमा एउटा अठार-बीस बर्षे ठिटो सरासर आयो, र बिरामीहरूको लस्करको अन्त्यमा बस्यो।

मेरा लाेग्ने बिदेशमा छन्

“एउटा कुरा आज थाहा भयो, मातेपछि मान्छेको दया पलाउँदो रहेछ । अरु के केसम्म अरुलाई दिन तयार हुन्छन् म चाहिँ मेरो शरीरै अरुलाई सुम्पनु परे पनि तयार हुने रहेछु लागेपछि । तर भाइ तिमीलाई चाहिँ होइन है हा…हा…हा… । तिमीलाई त मैले उहिल्यै देखि आफ्नो भाइजस्तो मानेको छु, त्यसमाथि तिमी भन्या घरमा परिवार भएको मान्छे, हामीलाई के हेर्थिस् । बरु त्यो तिम्रो साथी बेरोजगार जस्तो छ त मिल्छ भने मलाई मिलाई देऊ न…”

“दिदी खास म पनि बेरोजगारै छु त ।”

विभेद (लघुकथा)

हेर न गौरी कस्ता छन् पुरुष कर्मचरीहरू “काम गर्न गाह्रो भो, यस्तो दुःख त खाडीमा कामगर्दा पनि हुँदैन । भोलिदेखि काम गर्न वालै आउँदिन” भनेर घुक्र्याको घुक्र्यायै गर्छन् र कहिल्यै समयमा कार्यालयमा पनि आउँदैनन्, कार्यालयबाट छिटो पनि जान्छन्, बिदा पनि मागिरहन्छन् अनि काममा पनि औषत नतिजा मात्र निकाल्छन् । “उनीहरुका लागि श्रम शिविर रे यो कार्यालय ।”

त्यही सुनेर नम्रताले भनिन् “ हो नि गौरी ! हामी नारीहरुले पनि सोही काममा त्यत्ति नै श्रम गर्छौं उनीहरुलेभन्दा राम्रो नतिजा पनि निकाल्छौं तर कस्ता छन् यी पुरुषहरू !”

खाडल

एक दिन डिउटी सिध्याएर कोठातर्फ जाँदै थिएँ, सुराकी ‘इ’ बन्दीकोठाको झ्यालमा उभिएर सानो ढुङ्गा खेलाइरहेको रहेछ । मैले उसलाई देख्नेबित्तिकै आँखा घुमाएँ । आफ्नो कोठातिर बढदै थिएँ मेरो ढाडमा कुनै चीज आएर ट्वाक्क ढोक्कियो । फर्केर हेर्दा त्यही सुराकी ‘इ’ले खेलाइरहेको ढुङ्गाजस्तो लाग्यो । मेरा आँखा सुराकी ‘इ’ कहाँ पुगे । उसले डिच्च गिजा देखाउँदै मलाई आफूकहाँ आउन सङ्केत गर्यो ।

को ठूलो ? (लघु कथा )

गोपालीलाई सानैदेखि बाँसुरी बजाउन साह्रै मनपथ्र्यो । ठूलो भएपछि उनले बाँसुरी बजाउन ठूलाठूला बाँसुरीबादकहरुकहाँ चहारे र सिक्दै पनि गए । तर जत्ति सिक्दा पनि जुन गुरुबट पनि “अझै भएन, अझै भएन ” भन्ने मात्र गुनासो सुन्नु पथ्र्यो । हुनत गोपालीले प्रयास नगरेका होइनन् । तर गुरुले “यो मिलेन ऊ मिलेन” भनेकाले गर्दा उनले कुनै पनि कार्यक्रममा भाग लिएर धन आर्जन गर्न पाएनन् ।

लाहुरेसँगको पिरती

“बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने ।”

बिर्खबहादुरले हातमा बोकेको रेडियोबाट यो गीत घन्किदा सुक्रबरे हाट नै रिमझिम भएको छ । सेतो पैन्ट, फूल्बुटते कमिज, घाटीमा सानो चिटिक्क परेको रुमाल, हातमा घडी र रंगीन चस्मा लगाएको र आफूले भिरेको फोनमा नेपाली र हिन्दी गीतहरू सुनाउदै बिर्खबहादुर आज सुक्रबरे हाट भर्न आएको छ । दस वर्षपछि लाहुरे भएर फर्किएको बिर्खबहादुरको फुर्तिले गाउँका तरुनीहरू ‘लाहुरे दाइको जोवन नै राम्रो’ भनेर गिज्याउन थालेका छन् ।

20170914_BijaySubediBijju

ग्रञ्ज (लघु कथा)

बाबु म पनि बूढी भइसकेँ । तेरा बाबा बजार गएको मान्छे दुई दशक भइसक्यो अत्तोपत्तो छैन । तेरो पढाइ पनि पूरा होला जस्तो छैन । पल्ला किराना पसलेको उधारो अहिलेसम्म तिर्न सकेको छैन , वल्लाको पनि त्यस्तै छ । दशैँ पनि आइसक्यो । तेरा लागि नानाचाचा पनि लिन नसकिने भो बा अब । यो दशैँमा तेरा लागि एकजोर लुगा राखिदिऊँ भनेको त्यो पनि पूरा हुने भएन । मलाई माफ गर है छोरा ।” आमा खिन्न भएर गनगन गर्दै हुनुहुन्थ्यो ।

गाँस, बास र कपास (लघुकथा)

सामान्य लाज ढाक्ने पहिरनमा बैशाखी टेक्दै ऊ त्यहाँ आइपुग्यो।

उसका आँखाहरू उसको अगाडि राखिएको कन्टेनरमा थियो। सायद ऊ कुनै चिजको प्रतिक्षामा थियो। उसको पिठ्युँको थोत्रो बोराभित्र सायद अनन्त कथाहरू लुकेका थिए।

धरापमा पर्न आँटेको बन्द, हड्ताल व्यवसाय

मैलै कतै जानु पर्दा अहिले निकै सजिलो भएको छ । कहाँ कुन पार्टीको हड्ताल छ, कहाँ कुन व्यवसायी, समाज, संगठन, मुक्तिमोर्चा आदि कसकसले कहिले चक्काजाम गर्दैछन् भनेर थाहा पाउने मेरो सजिलो साधन छ भद्रे भाइ । ऊसँग यस फेटको हडतालको क्यालेन्डर नै हुन्छ । ऊ मेरा छिमेकी पनि हो । मेरा मामा खसेकोले सखारै गाडी चढेर मलामा जानु पर्ने भएकाले र गाडी चल्ने नचल्ने बुझ्नलाई एकाबिहानै म भद्रे भाइकोमा गएँ । ऊ बिहानैदेखि राँकोका लागि तयारीमा रहेछ । ऊसँगै दुई जना भाइहरू पनि भाटा खुर्किरहेका रहेछन् ।