रामप्रसादकी छोरी
रामप्रसादकी छोरी हराएकी छ । तर गाउँमा बढेका छोरीहरू हराउनु कुनै नौलो कुरा हैन । किनभने गाउमा बढेका छोरीहरू हराउनु भनेको प्रचलित उखान जस्तै भएको छ। त्यसैले ऊ यस्ता कुराहरुमा खासै वास्ता गर्दैन । तर बिडम्बना अहिले आफ्नै छोरी बेपत्ता भएकी छ र ऊ बिचलित छ ।
यतिबेला रामप्रसाद भर्खरै मेला सकेर घरभित्र पसेको छ। स्वास्निलाई सम्झाउनु छ । स्वास्नीसँग यतिबेला त हो नि दुख सुखका कुराहरू गर्ने । अरु बेलामा त फुर्सदै मिल्दैन । ऊ आफ्नी स्वास्नीलाई असाध्य माया गर्छ ।

“तिमी किन आजकल यति निष्ठुरी बनेकी?”
मञ्जरी आफ्नै कोठा भित्र बसेर पल्ला घरको पिँढीमा रहेकी छिमेकी भाउजूलाई हेरिरहेकी थिई । भाउजू मकैका घोगाबाट केही पत्र खोस्टा नङ्ग्याउदै झुत्ता बनाइरहेकी थिइन् । कोठा भित्र गुम्सिएर मात्र कति सुन्नु ? आमा बस्तुभाउ वा मेला पर्म कता पुगे कि हुन्, थाह पत्तो छैन । बाउको झन कुरै भएन । उनका मन मिल्ने स्कुले साथीहरूका घर पनि अलि परै छन् । मञ्जरीलाई भाउजूसँग गएर एक छिन बसि बियाँलो गर्ने मन त थियो तर आँट थिएन । हुन पनि भाउजू ठेगान भएकी मान्छे पक्कै होइनन् । नाना भाँती कुरा गरेर पटक पटक लाज मर्नु गराइसकेकी छन् । हग्नेलाईभन्दा देख्नेलाई लाज भने जस्तो अनुहार रातो बनाउनु पर्ने चाहिं मञ्जरीले । तैपनि दर्बिलो मुटु बनाएर गई मञ्जरी ।
आज देवमाया खुसीले गद्गद् छिन्।
सँधै झैँ आज पनि ऊ घरबाट निस्क्यो।
“एउटा कुरा आज थाहा भयो, मातेपछि मान्छेको दया पलाउँदो रहेछ । अरु के केसम्म अरुलाई दिन तयार हुन्छन् म चाहिँ मेरो शरीरै अरुलाई सुम्पनु परे पनि तयार हुने रहेछु लागेपछि । तर भाइ तिमीलाई चाहिँ होइन है हा…हा…हा… । तिमीलाई त मैले उहिल्यै देखि आफ्नो भाइजस्तो मानेको छु, त्यसमाथि तिमी भन्या घरमा परिवार भएको मान्छे, हामीलाई के हेर्थिस् । बरु त्यो तिम्रो साथी बेरोजगार जस्तो छ त मिल्छ भने मलाई मिलाई देऊ न…”
हेर न गौरी कस्ता छन् पुरुष कर्मचरीहरू “काम गर्न गाह्रो भो, यस्तो दुःख त खाडीमा कामगर्दा पनि हुँदैन । भोलिदेखि काम गर्न वालै आउँदिन” भनेर घुक्र्याको घुक्र्यायै गर्छन् र कहिल्यै समयमा कार्यालयमा पनि आउँदैनन्, कार्यालयबाट छिटो पनि जान्छन्, बिदा पनि मागिरहन्छन् अनि काममा पनि औषत नतिजा मात्र निकाल्छन् । “उनीहरुका लागि श्रम शिविर रे यो कार्यालय ।”
एक दिन डिउटी सिध्याएर कोठातर्फ जाँदै थिएँ, सुराकी ‘इ’ बन्दीकोठाको झ्यालमा उभिएर सानो ढुङ्गा खेलाइरहेको रहेछ । मैले उसलाई देख्नेबित्तिकै आँखा घुमाएँ । आफ्नो कोठातिर बढदै थिएँ मेरो ढाडमा कुनै चीज आएर ट्वाक्क ढोक्कियो । फर्केर हेर्दा त्यही सुराकी ‘इ’ले खेलाइरहेको ढुङ्गाजस्तो लाग्यो । मेरा आँखा सुराकी ‘इ’ कहाँ पुगे । उसले डिच्च गिजा देखाउँदै मलाई आफूकहाँ आउन सङ्केत गर्यो ।
“बैनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने ।”
मैलै कतै जानु पर्दा अहिले निकै सजिलो भएको छ । कहाँ कुन पार्टीको हड्ताल छ, कहाँ कुन व्यवसायी, समाज, संगठन, मुक्तिमोर्चा आदि कसकसले कहिले चक्काजाम गर्दैछन् भनेर थाहा पाउने मेरो सजिलो साधन छ भद्रे भाइ । ऊसँग यस फेटको हडतालको क्यालेन्डर नै हुन्छ । ऊ मेरा छिमेकी पनि हो । मेरा मामा खसेकोले सखारै गाडी चढेर मलामा जानु पर्ने भएकाले र गाडी चल्ने नचल्ने बुझ्नलाई एकाबिहानै म भद्रे भाइकोमा गएँ । ऊ बिहानैदेखि राँकोका लागि तयारीमा रहेछ । ऊसँगै दुई जना भाइहरू पनि भाटा खुर्किरहेका रहेछन् ।