‘नेताज्यू हजुरलाई कस्तो छ अहिले ? छिटो निको हुनुहोला है हजुर । स्वास्थ लाभको कामना ।’ उच्च नेता विरामी भएर थलिएपछि अस्पतालमा भेट्न आउनेहरुको भीड बाक्लिरहेको थियो ।
स्वय म दल एव म अन्य दलका नेता, कार्यकता, आफन्त, शुभचिन्तक, राजनीतिक विश्लेषक, विभिन्न संघसंगठनका प्रतिनिधि, पत्रकार, विदेशी कुटनीतिज्ञलगायतका महानुभावहरू अस्पतामा भेट्न आउथे र सबैले स्वास्थ लाभको कामना दिएर जान्छे ।
आफन्त र केही शुभचिन्तक कार्यकता बाहेक एकपटक आएकाहरू दोस्रो पटक कमै आउथे । तर उनी निकट दलको दोस्रो दर्जाका फेन्चस्टाइल दारीजुंगाधारी कालो चस्मा लगाउने नेता भने पटकपटक आइरहन्थे र उपचारमा संलग्न मुख्य डाक्टरसँग खासखुस गरिरहन्थे । र आफन्तहरुलाई सहानुभूति दिन्थे–‘मैले डाक्टरसंड्ग आग्रह गरिरहेको छु । नेता ज्युको अवस्था सामान्य बन्दै गइरहेको छ रे । अब केही दिनमा उहाँ पूर्ण निको हुनुहुनेछ । तपाईहरू नआत्तिबस्नुहोला ।
त्यसको केही दिनमा तिनै खासखुस गरिरहने डाक्टरले नेताको निधन भएको घोषणा गरे । पार्टीका नेता तथा कार्यकताहरू आए । र लासलाई पार्टी कार्यालयमा लगी अन्तिम श्रद्धाञ्जलीका लागि मञ्चमा राखे ।
विभिन्न दलका नेता, कार्यकता, आफन्त, शुभचिन्तक, राजनीतिक विश्लेषक, विभिन्न संघसंगठनका प्रतिनिधि, विदेशी कुटनीतिज्ञलगायतका महानुभावहरू जम्मा भए र नेतालाई अन्तिम श्रद्धाञ्जली दिए । उहाँ अमर रहने घोषणा गरे । अनि लासको अन्त्येटिका लागि आर्यघाटमा लगे ।
चितामाथि जलाउन राखिएको लासलाई अन्ति म श्रद्धाञ्जली दिंदै दोस्रो दर्जाका तीनै फेन्चस्टाइल दारीजुंगाधारी नेताले दुखीभावमा भने– ‘नेताज्युको आत्माको चिरशान्तिको कामना गर्दछौ । उहाँको निधनले हाम्रो पार्टीलाई ठुलो क्षति पुगेको छ । पार्टीको लागि उहाँको आवश्यकता थियो । तर कालले समातिहाल्यो ।’
ती नेताले आफ्नो पार्टीे उहाँको परिवारका लागि सक्दो सहयोग गर्न तयार रहेको आफन्तजनलाई आश्वासन पनि दिए । र घाट किनाराको चितामाथि जल्दै गरेको लासतर्फ लागे । अन्तिमप्रहरमा पुत्ताइरहेको लासलाई हेर्दै मौन टोलाइरहेका उनको उपचारमा संलग्न मुख्य डाक्टरनजिकै गएर खुस्स भने–‘डा.साप, बधाई छ । र ढुक्क हुनुस् । तपाईको प्रमोशन पक्का भो ।’

इइ
हाहा दामी