भत्केको मनको एक तस्विर
त्यो रात मेरो लागि कालो रात थियो ।
आकाशमा जून र तारा देखिन्थे । कसैको एक वाक्य सुनेर खुशी थिएँ म । त्यो सफा आकाश अनि उनको एक वाक्यले प्वाँख फैलाएर मयुरले नाचेजस्तो नचाउँदै थियो, त्यो आँगनमा मेरो मनलाई । कताबाट मडारिएर त्यो कालो बादल आयो– अचानक मेरो बुद्धिलाई ढाक्यो । त्यही मौकामा मनले स्वस्फुर्त रूपमा आफ्नो इच्छा पूरा गर्न सफल भयो । अनि, म झसङ्ग भएँ । मेरा आँखा खुले, कालो बादल पनि फाट्यो । र, आफूलाई एक निर्दोष आइमाई सुत्ने गुन्द्रीमा पाएँ ।

त्यो एउटा सुरुवात थियो, सुरुवात तर अन्त्यका लागि सुरुवात । सुरुवात त भएको थियो तर अन्त्य हुनका सुरुवात । फेरि पनि यहाँ पुरा भयो अथवा सकियो भन्नु पनि गलत हुन सक्छ किनकि न त केही शुरु भएको आभास थियो न त केही चलिरहेको छ भन्नु केही थियो । तर पनि कति बाँकी छ भनेर देखाउनका लागि यसको कुनै आकार देखिदैन आकार नभएको पनि होइन यसको सायद, संसारको वृहत आकार यसैको थियो होला । न कसैलाई व्यक्त गर्न सके मैले न कसैलाई होइन भनेर भन्न सके मैले । यो पनि एउटा जिन्दगी जस्तै थियो हरेक पल पलमा घट्दै जाने कहीं कतै नरोकीने घरी घरी कलमको मसि सकिएसँगै सम्पूर्णलाई विश्राम लगाइ दिउ जस्तो लाग्थ्यो, आफैमा तालमेलको कमि थियो । दिलले अन्त्य गर्न खोज्दा दिमागले बाधा पुर्याइरहेको हुन्थ्यो ।
गिनिस बुकमा सबैभन्दा बृद्धको पगरी गुथ्न सफल १०४ वर्षीय सनत् नामक बृद्धलाई सो गिनिस बुकका टोलीले प्रमाणपत्र दिन आए ।
घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरूको बस्ती थियो । त्यसै मध्ये एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउका दुईवटा चल्ला गरी चारवटा पन्छिरहन्थे । वरिपरि घना जंगल भएकाले चारो खोजेर आहार बटुल्न मुस्किल हुने हुँदा प्राय माउ (भाले) टाढा टाढाको फाटमा जाने गर्थे । तर ती चार पंछीको परिवारमा आहार खोजेर ल्याउने कोही थिएनन् । माउ भाले एकदमै अल्छी थियो, पोथी माउले कतैबाट व्यवस्था गरेमा मात्र पेट भर्थे । बचेरा ठूला हुदै गएका थिए, आहार पनि बढेदै गएको थियो । त्यसैले पोथी माउलाई चिन्ताले सतायो, न बस्ने गूड थियो न त आहार नै ।
आमाले जन्माउदा ती जुम्ल्याहरूको रंग केही फरक थियो ….. ।
मलाई निकै उकुश-मुकुश भइरहेको छ। तीस वर्षसम्म बिताएका स्वतन्त्र पलहरू अब हरण हुदैँछन्, बाटोमा कुनै सुन्दर युवती देख्दा मुस्कुराउँदै टोलाउनुको सट्टा आँखाहरू भुँईको धुलोमा गाडेर हिड्नुपर्ने लाचार विवशताले मलाई अंगाल्दै छ। हो…मेरो बिहे हुदैछ र म दुलहिको घरमा मण्डवरुपि जेलभित्र कैद छु।
आज हर्केलाई पटक्कै निद्रा परेको छैन । रातभरि उसका मानसपटलभित्र विभिन्न तर्क वितर्कहरू चलिरहेका छन् । केही गर्दा पनि निद्रा नआएपछि ऊ जुरुक्क उठ्छ र भुइँमा बस्छ । उसलाई जन्माउने, दुःख गरेर हुर्काउने आमा र जन्मभूमिको संझना गर्छ । उसले आफ्ना बृद्ध बाको संझना गर्छ । संझदा संझदै ऊ पूर्व स्मृतिको महासागरमा चुर्लुम्म डुब्छ र केही बेरमा एकमुठी नूनिलो पानी सर्किएपछि ऐं ऐं गर्दै मनोवादको बाँकटेमा पौडिन थाल्छ ।
युवीनले रजितालाई मन पराएको छ वर्ष बितिसकेको थियो । मायाको बारी खोज्दै दुईले जिल्लाभरिको पोखरी, डाँडापाखा र घाँसदाउरा गर्ने ठाउँ कुल्चिन कतै बाँकी राखेका थिएनन् । तर युवीनको भरपर्दो रोजगारी नभएकोले उसले रजिताका आमाबाबुसँग रजिताको हात माग्न सकेको थिएन जब कि युवीनका बाबुआमालाई रजितालाई बुहारी बनाउन कुनै आपत्ति थिएन । एकतर्फी मञ्जुरीले मात्र काम नलाग्ने भएपछि युवीन लोकसेवामा भीडेको भीडै थियो संगसँगै उसले सरकारी गैरसरकारी संस्थाहरूको आफ्नो योग्यता मिल्दो कुनै पनि पदमा आवेदन दिन छुटाएको थिएन । तर युवीनको छेउछाउ सफलताले आउनै मानेकी थिइनन् । त्यसैले दुवैको मनसुवा सफल हुन सकिरहेको थिएन ।
गाउँघरमा जताततै कम्प्युटर किन्ने एक प्रकारको फेसनै जस्तो भएको थियो । हुनेखानेले त असल जातकै ब्राण्डेड कम्प्युटर किन्थे । सक नभएकाहरू चाहिँ छिमेकीका घरमा ल्याएको कम्प्युटर हेरी चित्त बुझाउँथे ।
आनन्दमय जीवनको परिकल्पना गरिन्छ भने पति पत्नी बीचको सुमधुर सम्बन्ध नै एक उच्च कोटीको बाटो हो । यो उच्चकोटीको सम्बन्ध कायम गरी सृष्टिलाई निरन्तरता दिनको लागि विवाह पहिला नै केटा र केटीका अबिभावकले ज्योतिषी कहाँ गएर चिना हेराउने काम गर्दछन् ।