Skip to content

कथा

भत्केको मनको एक तस्विर

त्यो रात मेरो लागि कालो रात थियो ।

आकाशमा जून र तारा देखिन्थे । कसैको एक वाक्य सुनेर खुशी थिएँ म । त्यो सफा आकाश अनि उनको एक वाक्यले प्वाँख फैलाएर मयुरले नाचेजस्तो नचाउँदै थियो, त्यो आँगनमा मेरो मनलाई । कताबाट मडारिएर त्यो कालो बादल आयो– अचानक मेरो बुद्धिलाई ढाक्यो । त्यही मौकामा मनले स्वस्फुर्त रूपमा आफ्नो इच्छा पूरा गर्न सफल भयो । अनि, म झसङ्ग भएँ । मेरा आँखा खुले, कालो बादल पनि फाट्यो । र, आफूलाई एक निर्दोष आइमाई सुत्ने गुन्द्रीमा पाएँ ।

पढाइ र अनुभव (लघुकथा)

पढाइले उज्जवल भविष्य हुन्छ भनेर उसले धेरै पढेको थियो तर रोजगारी कतै पाएको थिएन । जहाँ पनि “कामको अनुभव कति छ ?” भनेर सोध्नाले हलुवामा वालुवा भइरहेको थियो । ऊ सधैँ जागिरबाट चिप्लिन्थ्यो । जहाँ पनि अनुभवी मान्छे चाहिने हुनाले आखिर उसको मोटो पुस्तकको पढाइले कतैपनि रोजगारी प्राप्त हुन सकेन ।

उनलाई बाडुल्की नलागोस

त्यो एउटा सुरुवात थियो, सुरुवात तर अन्त्यका लागि सुरुवात । सुरुवात त भएको थियो तर अन्त्य हुनका सुरुवात । फेरि पनि यहाँ पुरा भयो अथवा सकियो भन्नु पनि गलत हुन सक्छ किनकि न त केही शुरु भएको आभास थियो न त केही चलिरहेको छ भन्नु केही थियो । तर पनि कति बाँकी छ भनेर देखाउनका लागि यसको कुनै आकार देखिदैन आकार नभएको पनि होइन यसको सायद, संसारको वृहत आकार यसैको थियो होला । न कसैलाई व्यक्त गर्न सके मैले न कसैलाई होइन भनेर भन्न सके मैले । यो पनि एउटा जिन्दगी जस्तै थियो हरेक पल पलमा घट्दै जाने कहीं कतै नरोकीने घरी घरी कलमको मसि सकिएसँगै सम्पूर्णलाई विश्राम लगाइ दिउ जस्तो लाग्थ्यो, आफैमा तालमेलको कमि थियो । दिलले अन्त्य गर्न खोज्दा दिमागले बाधा पुर्याइरहेको हुन्थ्यो ।

के यो मायाँ हो ?

आज पनि कलेज जान झण्डै ढिला भै सकेछ । गर्मि महिना रहुन्जेल कहिले जाडो आउला भन्दै पर्खियो , जाडो आएपछी कहिले गर्मी आउला भन्दै कुर्नु पर्छ । यो चिसो बिहान को निद्रा त झन कती गहिरो हो बा.. ?

परिणति

आफ्नै आँखाअगाडि थुप्रिएको भग्नावशेष देखेर पनि दिलमायालाई विश्वास लागिरहेको थिएन, अब यहाँ घर होइन, केवल तिनका भग्नावशेष मात्र छन् भनेर।

सुसाइड नोट

हो, प्रत्येक पल मृत्युजस्तै छन् र मारेर फर्किरहन्छन् स्मृतिमा तिम्रा यादहरूले । त्यसैले एकैपल्ट मर्ने नै निर्णय गरेँ र मरेँ फेरि नब्यूँतिने गरी !

वाचम्यान उर्फ गिद्धराम चौधरी

प्रिय पाठक !

दुर्भाग्यवश म सन्चै छु । तपाईं पनि त्यहाँ (ह्वेरेभर यु आर) कुशल–मंगल हुनुहुन्छ भन्ने झीनो कामना गर्छ । झीनो किन भनेको हुँ भने आजकल कामनाले कुनै सिद्धिप्राप्ति हुन छाड्यो । कामनाको इम्युनिटी पावर किन यति साँचो झुर भएको होला !

बिस्मृति

धरतीको बेजोड कम्पनले उसलाई मात्र हैन सबैलाई खुल्ला चौरको बास गराई दियो । अप्रत्याशित यसरी मृत्युसँग साक्षात्कार हुनु पर्दा जीवन प्रतिको उसको धारणानै वेग्लै बन्यो । क्षणभङगुर यो जीवनको दियो कुन वेला कहाँ निभ्छ कसैलाई थाहा छैन । बारम्बारको झटकाले आज उसलाई दार्शनिक बनाई दियो । खुल्ला आकाश मुनी चौरमा सुतेको ऊ आफनो बारेमा विवेचना गर्दै सोच्न थाल्यो । लालचमा फस्दै जतिनै सम्पति आर्जेपनि अन्त्य समयमा त्यसको कुनै औचित्य रहदो रहेनछ । नसाले छाडे जस्तो सबै बेकार लाग्यो । आखिर सतकर्म र धर्म मात्र रहेछ संगमा रहने । भित्री मनका आँखा खुले जस्तो उसले मनमनै बाचा गर्यो । अब बाकीको जीवन आपद विपदमा परेकाको सहयोगमा बिताउछु ।

गिनिस बुक र बृद्ध (लघुकथा)

गिनिस बुकमा सबैभन्दा बृद्धको पगरी गुथ्न सफल १०४ वर्षीय सनत् नामक बृद्धलाई सो गिनिस बुकका टोलीले प्रमाणपत्र दिन आए ।

टोलीका एकजना :– “हामी तपाईंलाई प्रमाणपत्र दिन आएका । एउटा कुरा सोधुँ है बाजे ? हैन तपाईं यसरी १०४ वर्षसम्म दीर्घ आयु बाँच्न सक्नुको प्रमुख कारण के हो ? मलाई लाग्छ तपाईंले रक्सी, धुम्रपानजस्ता कुनै पनि कुलत गर्नु नभएर होला हैन त बाजे ?”

चरीको विलौना

घनघोर जंगलको बीचमा एउटा पन्छी बन्य जन्तुहरूको बस्ती थियो । त्यसै मध्ये एक परिवार थियो पंछीको, जहाँ एक जोडी माउका दुईवटा चल्ला गरी चारवटा पन्छिरहन्थे । वरिपरि घना जंगल भएकाले चारो खोजेर आहार बटुल्न मुस्किल हुने हुँदा प्राय माउ (भाले) टाढा टाढाको फाटमा जाने गर्थे । तर ती चार पंछीको परिवारमा आहार खोजेर ल्याउने कोही थिएनन् । माउ भाले एकदमै अल्छी थियो, पोथी माउले कतैबाट व्यवस्था गरेमा मात्र पेट भर्थे । बचेरा ठूला हुदै गएका थिए, आहार पनि बढेदै गएको थियो । त्यसैले पोथी माउलाई चिन्ताले सतायो, न बस्ने गूड थियो न त आहार नै ।

NavarajBasyal

तिम्री ‘खुशी’

गाउँले परिवेशको मान्छे म । शहर बजारको ठूला–ठूला रमझमहरूको खासै पत्तो नभएको कसैले शहरमा यस्तो हुन्छ, उस्तो हुन्छ विदेशमा यस्तो हुन्छभन्दा सुनिरहन मन लाग्ने । अँझ माया प्रेम त्यो पनि किशोरावस्था अनि युवा अवस्थामा हुने प्रेम सम्बन्धका बारेमा त पुरै अनभिज्ञ थिए म । मलाई प्रेम के हो ? प्रेमिका को हुन् थाहा थिएन । अनभिज्ञ थिए यस प्रकारको प्रेमबाट । जीवनको गति समयको मार्गदर्शन अनुसारको रुप रेखामा चल्नु पर्ने पनि आफ्नो ठाउँमा थियो । गाउँले परिवेशमा रमाउदै एस.एल.सी पास गरे । साना–सानामा सुनेको एस.एल.सी पास गरेपछि कलेजमा धेरै पढ्नु पर्दैन रे कलेजमा होमवर्क गर्नु पर्दैन यस्तै–यस्तै । कलेज पढ्ने सुरसार भयो गाउँ मै घर नजिकै कलेज थियो मेरो, तर रोजाइमा शहरको कलेजलाई पारे मैले जुन नयाँ नौलो हुने पक्का थियो मेरो लागि ।

बाहुनीहरु

हेरन, आज आउदा आउदै ढिलो भयो ! कति ढिलो हो त नि ?? बल्ल यसबेला पुगेको ? हो त गाडीको जाम अनि प्राइवेट जागिर ! भर्खर घर आएर लग इन गरेको ! के गर्दै नि तिमि ? म समाचार सुनीरा ! अनि अघि फोन गर्दा किन न उठाको नि कत्तिन व्यस्त मान्छे जस्तो के नाटक पनि ? किन भन्नु ,मलाइ मान्छेको भिडमा लाज लाग्छ नि कुरा गर्न ! त्यो पनि फेरी केटी मान्छे संग ! अनि किन सुनेको त समाचार ? मेरो खबर त आउने गरको छैन समाचारमा !कि आउछ आजकाल ? मैले जिस्क्यौंदै भने ! पर्या छैन त्यस्ता बेवारिशे मान्छेको समाचार सुन्न ! कत्तिन हजुरको ख्याल गर्ने मान्छे भन्ठानेको होला ! गर्दिन म त कसैको ख्याल स्याल आजकाल !

सुन्नेलाई सुनको माला – लघु कथा

आमाले जन्माउदा ती जुम्ल्याहरूको रंग केही फरक थियो ….. ।

बाले जमानामा जंगलामुलुक फाँडेर ओरालो भिरालो, समथर जोडेर कुलो पैनी खनेर एउटा ठुलो खेत तयार पार्नुभएको थियो, आमैले धेरै दुख: गरेर दुई भाइ जुम्ल्यहा दाजुभाइलाई हुर्काउनु भो बढाउनु भो पढाउनु भो, सारै मिल्थे दुवै जना । शत्रु उनीहरूको एकता देखेर सिर ठाडो गर्न सक्दैन थिए ! शत्रुहरू इर्श्या र डाहा गर्थे उनीहरूको एकताको मिशालनै थियो उनीहरूको कारणले त्यो गाउँमा शान्ति अमन चयन र न्याय थियो । कसैले पनि अनाहकमा दुख:पाउदैन थिए सारै सभ्य गाउँ थियो त्यो ।

छुटेकी प्रेमिका

मलाई निकै उकुश-मुकुश भइरहेको छ। तीस वर्षसम्म बिताएका स्वतन्त्र पलहरू अब हरण हुदैँछन्, बाटोमा कुनै सुन्दर युवती देख्दा मुस्कुराउँदै टोलाउनुको सट्टा आँखाहरू भुँईको धुलोमा गाडेर हिड्नुपर्ने लाचार विवशताले मलाई अंगाल्दै छ। हो…मेरो बिहे हुदैछ र म दुलहिको घरमा मण्डवरुपि जेलभित्र कैद छु।

“ल अब जुठो खाने!” – कोही बोल्दैछन्। पण्डितलेनै भने कि अरु कसैले भन्ने मैले भेऊ पाइन।

अन्तर्व्यथा: अाजकाे

आज हर्केलाई पटक्कै निद्रा परेको छैन । रातभरि उसका मानसपटलभित्र विभिन्न तर्क वितर्कहरू चलिरहेका छन् । केही गर्दा पनि निद्रा नआएपछि ऊ जुरुक्क उठ्छ र भुइँमा बस्छ । उसलाई जन्माउने, दुःख गरेर हुर्काउने आमा र जन्मभूमिको संझना गर्छ । उसले आफ्ना बृद्ध बाको संझना गर्छ । संझदा संझदै ऊ पूर्व स्मृतिको महासागरमा चुर्लुम्म डुब्छ र केही बेरमा एकमुठी नूनिलो पानी सर्किएपछि ऐं ऐं गर्दै मनोवादको बाँकटेमा पौडिन थाल्छ ।

बुढेशकालको तिहार

चरा भुर्र भुर्र उड्दै थियो । बाँसघारीमा सिमटालाको चिर्बिरसँगै साँझले प्रस्थान गर्छ । बुढी हजुरआमा घरको आँगनीबाट माथितिर हेर्छिन् । एउटा अपरिचित मान्छे आफ्ना पाइला लम्काऊदै आइरहेको हुन्छ । आफ्ना आँखामा संभावनाका रेखाहरू कोर्दै बुढी आमा टुलुटुलु हेरिरहन्छिन् ।

करिब करिब ५ फिट लम्बाईको हुँदो हो, नयाँ कपडा लगाएको र सहरको ठिटो हो भन्ने कुरा प्रष्ट भयो उसैको कानमा कोचिएको एयरफोन र आँखा अगाडिको चस्माले ।

यस्तो एउटा दृश्य

युवीनले रजितालाई मन पराएको छ वर्ष बितिसकेको थियो । मायाको बारी खोज्दै दुईले जिल्लाभरिको पोखरी, डाँडापाखा र घाँसदाउरा गर्ने ठाउँ कुल्चिन कतै बाँकी राखेका थिएनन् । तर युवीनको भरपर्दो रोजगारी नभएकोले उसले रजिताका आमाबाबुसँग रजिताको हात माग्न सकेको थिएन जब कि युवीनका बाबुआमालाई रजितालाई बुहारी बनाउन कुनै आपत्ति थिएन । एकतर्फी मञ्जुरीले मात्र काम नलाग्ने भएपछि युवीन लोकसेवामा भीडेको भीडै थियो संगसँगै उसले सरकारी गैरसरकारी संस्थाहरूको आफ्नो योग्यता मिल्दो कुनै पनि पदमा आवेदन दिन छुटाएको थिएन । तर युवीनको छेउछाउ सफलताले आउनै मानेकी थिइनन् । त्यसैले दुवैको मनसुवा सफल हुन सकिरहेको थिएन ।

किस्ताको कम्प्युटर (बालकथा)

गाउँघरमा जताततै कम्प्युटर किन्ने एक प्रकारको फेसनै जस्तो भएको थियो । हुनेखानेले त असल जातकै ब्राण्डेड कम्प्युटर किन्थे । सक नभएकाहरू चाहिँ छिमेकीका घरमा ल्याएको कम्प्युटर हेरी चित्त बुझाउँथे ।

लिपिका घरमा ऊ र उसका भाइहरू पनि बाआमालाई कम्प्युटर किनिदिनु भनी करकर गर्न थालेका थिए । निकै वर्षदेखि थातिरहेको थियो उनीहरूको कम्प्युटर सिक्ने रहर । स्कुलमा कक्षा ९बाट कम्प्युटरको कक्षा सुरू भएको थियो । लिपि यसपालि कक्षा ८मा गएकी थिई । उसको ठूलो भाइ शब्द कक्षा ५मा र सानो भाइ वाक्य चाहिँ कक्षा ३मा पढ्थ्यो ।

आँककुमारीको विवाह (लघु कथा)

आनन्दमय जीवनको परिकल्पना गरिन्छ भने पति पत्नी बीचको सुमधुर सम्बन्ध नै एक उच्च कोटीको बाटो हो । यो उच्चकोटीको सम्बन्ध कायम गरी सृष्टिलाई निरन्तरता दिनको लागि विवाह पहिला नै केटा र केटीका अबिभावकले ज्योतिषी कहाँ गएर चिना हेराउने काम गर्दछन् ।

चिना देखाउँदा नाडी क्षारष्ट(नाडी) लाग्छ लाग्दैन, अल्पआयुका छन् छैनन्, टोकाहा (पिराहा) छन् छैनन्, सन्तान बृद्धि कस्तो हुन्छ आदिमा केन्द्रित भएर ज्योतिषीकोमा प्रश्नहरू राख्ने चलन छ । नाडी क्षारष्ट पर्न गएमा त्यस्ता वर वधूको जीवनमा कलह भैरहने भएकोले जीवन तीतो हुनेहुँदा विवाह गर्न हुँदैन भन्ने चलन छ र यस्ता नाडी लाग्ने केटा केटीको विवाह गर्ने चलन छैन । दिशाजुर आदि सबै ज्योतिषीले प्रष्ट्याउने चलन पनि चल्दै आएको छ तापनि आजकल हेराउने चलन हट्दै पनि गएको छ ।