सन् २५००को कुरो थियो पृथ्बीका सबै तेलका कुवाहरु सुक्न थाले । सबै ठाउँमा पेट्रोल, डिजेल र मट्टितेल नपाएर हाहाकार हुन थाल्यो । यातायातका साधनहरु चल्न छाडे । एकातिर उब्जिएका अन्नहरु बजार नपाएर सड्न थाले भने अर्कोतिर जति पैसा भए पनि खाद्यान्न नपाएर मानिसहरु भोकभोकै मर्न थाले । यसरी भोकभोकै मर्नेको सिलसिला सन् २९९९ सम्म चल्यो ।
यस्तैमा वैज्ञानिकहरुले हार मानेका थिएनन् । आखिर सन् ३०००मा आएर हावाबाट तर्वाइन घुमाएर यातायातका साधनहरु निर्माण गर्न सफलता पाउन थाले । सौर्य उर्जाबाट पनि यातायातका साधनहरु सफलताका साथ निर्माण हुन थाले । दम दिएर चल्ने यातायातका साधनहरु पनि सफलताका साथ निर्माण हुन थाले । यसबाट ढुवानीको समस्या अलिअलि गर्दै समाधान हुन थाले ।
तर ती इन्धनका बिकल्पहरु सबै लोप भए किनकी सन् ३५००मा आएर पानीबाट अक्सिजन दुई भाग र हाइड्रोजन एक भाग सहजताका साथ छुट्ट्यउने मेसिन सहजताका साथ निर्माण हुन थाले । त्यसपछि भने ईन्धनका लागि पानीबाट निस्किएको हाइड्रोजन ग्याँसबाट घरघरमा खाना पकाउने ईन्धन तथा यातायातका साधनहरुका लागि ईन्धन सबैका लागि यथेष्ट हुन थाले । ढुवानीको समस्या समाधान भएकाले कोही भोकभोकै मर्न परेमा थिएनन् तर यत्तिबेलासम्म सन् २४००भन्दा जनसङ्ख्या दोब्बर भैसकेको थियो ।
सन् ४०००मा आएर हाइड्रोजन ग्याँसबाट पहिले सन् २०००तिर अरेबियन देशहरु तेलले संमृद्ध भएजस्तै ब्राजिल तथा नेपाल जस्ता अपार जलस्रोतका धनी देशहरु विकासका चरम चुलीमा पुगे । आलिसान महल नभएका, खर्बपति नभएका कोही पनि एकजना नेपाली पनि थिएनन् । सबै नेपाली एक से एक धनाढ्य थिए । सँयुक्त राष्ट्रसङ्घमा नेपालले जे भन्यो त्यही हुन्थ्यो । विश्वका गरिब राष्ट्र भनेका अमेरिका तथा अरेबियन राष्ट्रहरु थिए । ती देशहरु नेपाल तथा व्राजिल जस्ता अपार जलस्रोतका धनी देशका अनुदानका भरमा गुजारा गर्न विवस थिए ।
२०७२ फागुन २१
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
