Skip to content

कथा

557830_281971078558245_2084441415_n

मेरो दारी र एक नारीको कथा

मेरो दारी र एक नारीको कथा

दुर-दुर तक हाम्रो कुनै र्साईनो थिएन तर पनि ऊ नजिकिईरहेकी थिई मसँग दिन प्रतिदिन । थाहा छैन किन । जसै म अफिसको लागि निस्कन्थे ऊ ढोकामा बसेर मुस्काईरहेकी हुन्थी, आधा मुख पर्दाले छोपेर । म स्वभाविक नजर ऊ तर्फ दौडाऊथे र अचम्म मान्थे । के तालकी केटी होला सोच्दै म गेट सम्म पुग्थे र अगाडी आफ्नो गन्तब्यतर्फ लाग्थे । अगाडीको घुम्ती कट्नै लाग्दा अनायासै पछाडी हेर्दो रहेछु । ऊ त्यतिवेला गेटमा आएर हेरीरहेकी हुन्थी । क्षणभरमै ऊ ओझेलपर्थि । त्यससँगै मेरो मन मस्तिष्कबाट पनि ओझेल पर्थि अर्थात फेरी फर्केर रुममा नआउन्जेल मैले भुलेर पनि उस्लाई संझिन्नथिए ।
दिन बित्दै थिए । ऊ एकाएक गाएब भई । दुर्इचार दिन त खासै मतलव भएन । तर पछि-पछि न्यास्रो लागे जस्तो लाग्न थाल्यो । ढोकाको पर्दाबाट कसैले चिहाईरहेको जस्तो या भनौ अगाडी बाटोमा नपुगुन्जेल गेटबाट कसैले हेरीराखेको छ जस्तो लाग्थ्यो तर त्यहाँ कोही हुदैनथियो । म उसँग कहिले बोल्न खोजिन । बोल्ने मन नभएर पटक्कै होईन । हेर्दै माया लाग्ला जस्ती थिई ऊ गोरी चन्चल । बस बोलीएन । नबोल्दा नबोल्दै झनै बोलीएन ।
उस्को दृश्य मेरो हृदयमा यति गाढा बनेर बसिरहेको थियो की उस्को वास्तविक दृश्यसँग खासै फरक खादैन थियो होला । तर मलाई यस कुराको बाल थिएन । न त म उस्लाई संझेर बस्नेवाला थिए न त उस्को लागि आशु नै झार्नेवाला थिए । जसरी उस्को दृश्य गाढा बनेर गईरहेको थियो ,त्यसै गरेर उस्को दृश्य पातलो भएर हराई जानेमा ढुक्क थिए । जीन्दगीमा आतेजाते धेरै हुन्छन् तर कोहीकोही अलि खास हुन्छन् जस्ले संझनाका पल दिएर जान्छन् । साहेद तिनीहरु मध्यकै थिई ऊ , अब संझनाकी मात्र ।
एकदिन फेरी उसैगरेर उस्लाई गेटमा देख्न पाउदा कम्ता खुसी लागेन मलाई । सुरुमा त आखाँमै बिस्वास लागेन । उस्ले नया कपडा लगाएकी थिई । लामोखाले अनारकली शैलीको जामामा कम्ता सुन्दर देखिएकी थिईन ऊ , साच्चै भन्दा बेहुली जस्ती देखिएकी थिई ऊ । मैले आफ्नो खुसी हासोमा रोक्नै सकेको थिईन । ऊ पनि उसैगरेर मुस्कुर्राई रहेकी थिई । काखमा समाएर उस्को स्याउ जस्तो गालामा चुप्प मोई खाईदिउ जस्तो मनमा लागेको थियो तर समस्या जब म गेटमा आईपुगे, ऊ यता कोठाको ढोकामा आएर चिहाउन थाली । जब म ढोकामा पुगे ऊ भित्र कोठाबाट चिहाउन थाली । आज आफूलाई रोक्न सकिन । भित्रै कोठामा पुगे ।

संबिधान

उसको नाम अप्सरा रे , हेर्दा सिखुटी छे । करिब टेकी होला वर्ष १५ । यो उमेर त राम्रो लाउने मिठो खाने। तर कर्मले ठग्यो। सधै उही पुरानो म्याक्सी त्यो पनि कसैले दिएको जडौरी हुनुपर्छ। जिउ भरि मैला कपाल पनि मैलै। स्याउ जस्ता गाला हुनु पर्ने उमेर तर बिचरा पतेराले चुसेको धानको फोहोटा जस्तो ।… Read More »संबिधान

पूजाका फूलको जोरजाम

नाम कोपिला भएजस्तै फूलकी सौखिन छिन् कोपिला । घरका कौसीमा समेत नाना थरीका रंगीबिरंगी फूलहरु गमलामा फुलाएर उनले आफ्नो सौन्दर्यप्रियताको उदाहरण देखाएकी छिन् । उनी धर्मकर्म भनेपछि हुरुक्क हुन्छिन् । कता पुराण छ, कता भजन कीर्तन छ अनि केता यस्तै केके पूजापाठहरु कहाँ कहाँ हुन्छन् भनेर उनलाई जानकारी हुन्छ । प्रौढ भएर पनि त्यस्तो अवसरमा… Read More »पूजाका फूलको जोरजाम

वृक्षरोपण

हिउँद लागे पनि यसपालि मन्त्रीका लागि कलेजको मैदानमा वृक्षरोपणको आयोजना गरिदिनै प¥यो कलेजले । सभा बडो सानदार थियो । मञ्च भव्य थियो । मैदानमा पोहोर साल रोपिएका बिरुवाहरुको नामो निसानै थिएन । मैदान सफा थियो । गाई वस्तु बाख्रा भैंसीहरु चरिरहेको थिए । गोठालाहरु पर पर मैदानमा मोबाइले खेलाएर रमिते जस्ता भएर बसिरहेका थिए ।… Read More »वृक्षरोपण

बुढाहरूको गन्थन

संयोगको कुरा हो एउटा सभामा चारजना बुढाहरूको भेट भयो । सभामा आगमीवर्षको लागि कार्यक्रम र योजना बनाउनु थियो । त्यहाँ सबै खाले मानिसहरूको जमघट थियो । कार्यक्रम सञ्चालकले विकास निर्माणका कुराहरू चलाइरहेका थिए । कसैले भाषण गर्दै थिए भने कसैले आफ्नो क्षेत्रमा निमार्ण गर्नुपर्ने आयोजनाको बारेमा प्राथमिकता दिनको लागि अनुरोध गरिरहेका थिए । हामी मध्येमा एकजना ९० वर्ष नाघिसकेका थिए भने सायद सबैभन्दा कान्छोमा म नै थिएँ होला । उमेरले धेरै वर्षका भए पनि ९० पार गरिसकेका बुढाको उच्चाइमा अरुभन्दा होचो शरीर, कपालका रौं पनि कालै हँसिलो मुहार, हिंडाइ पनि लचकदार आदि शारीरिक सम्रचनाले गर्दा नब्बेपार गरेका बुढामा गणना गर्न सुहाउँदैनथ्यो । हामी तीन जना भने सेतै फुलेका थियौं । सेतै फुले पनि गफगर्न भने सबै नै कोही कमी थिइनौं ।

समाजसुधारक राधाबल्लभ उपाध्याय

राधाबल्लभ उपाध्यायजी गाउँभरि मात्र नभई ओरपरको समाजमा समेत निकै प्रगतिशील, उदार र समाजसेवी पात्रका रुपमा परिचित छन् । जातिपाति, उचनिच, छुवाछुत आदि कुरालाई अन्धविश्वासका रुपमा मान्छन् । उनले आफूले एक राम्रो नाम कमाएको एनजिओ खोलेका छन् । उनको सेवाकार्य यसैबाट चलेको छ । उनी मात्र नभई उनको परिवार पनि समाजमा उनको सोचअनुरुपको भएको छ । छोराछोरीलाई के हो जातिपाति र के हो छुवाछुत यसको बोध नै गराएनन् । उनको छोरा रमण ता समाजमा झन् प्रगतिशील विचारका छन् ।

भित्तो सफा राख्ने उपाय

स्थानको नाम दिनु राम्रो नपर्ने ठानेर मैले दिइन तैपनि यो स्थान तराईतिरको अवश्य हो । नेपालकै तराइतरिको होभन्दा पनि भयो । यसको अवस्थितिमा तपाईं बीरगन्ज, नेपालगन्ज, राजविराज वा बिराटनगरका कुनै क्षेत्रको परिकल्पना गर्न सक्नुहुन्छ । जता ठान्नुहोस् तपाईंकै खुुसी ।

त्यो थियो बैंक । अनि त्यो बैंकको भवन भव्य थियो । वरिपरि कम्पाउन्ड थियो । बाहिरबाट मात्र भव्य नभई भित्र पनि भव्य थियो । प्राइबेट बैंक भएकोले यसलाई सारै राम्रो गरी सफा र सुघर राखिएको थियो ।

गन्जबहादुरको भीमसिने बोको

प्रस्तावना :

यहाँ कथाको थालनी अघि बचाउका लागि केही नभनी धरै छैन । भनेरै पनि अभरै ता नपरिएला तापनि नभन्नु भनेको अटेरी गर्नु हुन सक्छ । साँचो कुरा भनेपछि खैरियत होला के त ! बरु यो पो सोचेको छु ।

यस कथाका मूल पात्र गन्जबहादुर छन् । उनका पुत्र समरबहादुर छन् । यिनीहरूको गाउँको नाम छ सिकैजा । तर यी सबै कुराहरू काल्पनिक मात्र हुन् । कथामा गन्जबहादुर, समरबहादुर र सिकैजाको कुरा आउनासाथ त्यो ठाउँठेगाना मात्र नभई ती नामहरूसँग यस कथाभित्रका घटनाहरू पनि धेरथोर कतै न कतै ता मिल्न पनि सक्लान् ।

BhimsenKhadka

कर्तव्य

कामको सिलसिलामा बिर्खे तराई झरेको ५ वर्ष पुग्यो होला । कहिले गयो अनि कति भयो खासै उसलाई हेक्का छैन । तर उसलाई लागेको छ धेरै भयो । तराईका एक जना जमिन्दार को घरमा काम गर्छ अनि चाड पर्वमा पहाड झर्छ । कहिले पहाड कहिले तराई उसको पानी पधेरो भएको छ । तर जमिन्दार बुढा अलिक संकी छन् । उनको बानी बेहोरा अलि फरक छ पहाडियासँग । उनले पहाडिया र मधेशी बीचको खाडल देखेका छन् । दुवैले दुवै लै होच्याउने प्रवृति चलिराखेको छ । उनले पनि त्यही गर्छन जो अनपढ अनि गाबरले गर्छ । पहाडियासँग उनको नकारात्मक सोच । लाग्छ उनीलाई पहाडियासँग अर्को रगत छ। यस्तै गरी समय चल्दै छ ।

शङ्कालुहरु

अफिबाट साँझ साँझ पर्न लाग्दा लक्ष्मणजी घर आइपुगे । घरमा आउनासाथ हातमुख धोएर उनलाई चिया नास्ता खाने बानी छ । आज पनि त्यही उपक्रम सुरु भयो । सुनिताले चिया खाजा दिइन् । चारजनाको जहानमा अहिले दुई जना मात्र छन् । छोराछोरी पढ्न विदेश गएपछि घर सुनसान भएको छ ।

अन्तिम पात (भावानूदित लघुकथा)

हिउँदको सिरेटोसँगै न्युमोनियाले दर्जनौँ शिकार फसाउँदै अगाडि बढ्यो । यसबाट जोन्सी बच्नसक्ने कुरै थिएन । ऊ सयनकक्षको झ्यालबाट अर्को घरको पर्खालमा नियाल्दै थिइ । सामान्य परीक्षण पछि रूम पार्टनर स्युलाई डक्टरले बाहिर बोलाए ।

“दशमा एक सम्भावना । बाँच्ने इच्छा जागृत भएमा सम्भावना दोब्बर हुन्छ ।”

काममा ध्यानमग्न भएकै बेला मलीन आवाज आयो — जोन्सी झ्यालतिर हेर्दै उल्टो गन्दै थिई – ‘‘बाह्र’’ ‘‘एघार’’ … ।

‘‘के गन्दैछौ ।”

मन

विदेशी जिन्दगी, दिनभरिको भारी बोकाइबाट थकित भएर घर आईपुगे। भोको पेट, एक्लो जिन्दगी, अनि भीडभित्र हराएको म! हरेक दिन नयाँ सपनाको महल बनाउदै, बागहरूको कल्पना गर्दै ढल्किन्छु। सदा झैं सात समुद्रपारिबाट मायालुले मेसेज पठाउछिन्: “आइपुग्नु भो?”

“आइपुगेँ”, छोटो उत्तर दिन्छु।

जवान मन्, अधबैँसे उमेर

सिरकमुनि मुन्टो लुकाएरै फेसबुकको ‘न्युज फिड’मा दुई-तीन किलोमिटर मर्निङ्-वाक गरीसकेको थिँए, एउटा फ्रेन्ड रिक्योष्ट आयो – ‘स्वेता सिम्खडा’।
मैले रिक्योष्ट एसेप्ट गर्नासाथ म्यासेज पठाँए – “ओई! के छ खबर? सञ्चै छ्यौँ?”
“अँ यार! तिमिले त माया नै मार्यौ! कहिल्यै खोजेनौँ है मलाई?”
“मुटुभरी प्रेम बोकेर ‘आई लभ यू’ भन्दा ब्लक गरेकि होईनौ? म त त्यो बेलादेखि आजसम्म दिनरात तिमीलाई नै सम्झेर बसिरा’छु नि!” – म जिस्किएँ।

ए मेरी आमा पो

केदारजी साँझसाँझ पर्दा मात्र बल्ल आज घर पसे । यता उनकी पत्नीले भने उनको निकैतिर खबर गरिसकेकी थिइन् । अनि कतै पत्तो नलागेकोले तिलमिलाइरहेकी थिइन् ।

“काँ जानु भाको थियो दिउसो भरि ? एउटा फोनसम्म पनि नगरीकन यो के हो चाला ?”

“अफिसमै थिएँ त । यसो काम परेकोले अलिक ढिला भयो ।”

लिभिङ टुगेदर

सरिताले कति सोच्ने ? सोच्दासोच्दै १५ दिन बितिसक्यो । सोचेको सोच्यै छे । पैले रोई उसले । दिनभरि रोई, रातभरि रोई । भोकै रोई, प्यासै रोई । पैले पवनलाई सम्झेर रोई । पछि आफूलाई सम्झेर रोई ।

बाचुन्जेलको हाँसो

बाचुन्जेल दुनियाँको हाँसो भएँ सधैं म।
स्वार्थीहरूको संसारमा खाँचो भएँ सधैं म ।।

आफ्नो खुशी चाहना जति अरुकै निम्ति सुम्पे जब ।
बन्द त्यही पिंजडाको साँचो भएँ सधैं म।।

राम्रो बोली मिठो वचन जति बोल्दै गए पनि।
त्यो घाँटीमा खस्खसाउने कासो भएँ सधैं म।।
गोविन्द अभागी
DEO kalikot

यस्तो पनि हुन्छ

एलिना नउठ्दै रोजनले चिया बनाएर पियो र नलिनाका लागि चिया थर्मसमा हालेर विछ्यौनासँगैको टेबलमा राखिदियो । त्योभन्दा अगाडि उसले दालतरकारी पकाइसकेको थियो । भात पकाउनका लागि भने चामल भिजाएर ठिक्क पारेर राख्यो । चिया पिउदापिउदै लुगा फेरेर घाँटीमा टाई झुण्ड्याइसकेपछि रोजन डेराबाट निस्क्यिो । छ बजे त कक्षामा पसिसक्नुपर्ने हुनाले ऊ हिँडेरै कलेजमा पुग्यो । कलेज जानका लागि माइक्रोबस वा टेम्पो कुरिरहनुभन्दा हिडेरै निश्चित समयमा कलेज पुगिने भएकोले उसले कहिल्यै पनि माइक्रो वा टेम्पो कुर्दैन थियो । हाजिरी गरेर कक्षामा पुग्दा विद्यार्थी टनाटन रहेछन् ।

बहिनीहरू

कार्तिकको महिना छ्यांग आकाश खुल्नुपर्ने तर बिहानैदेखी धुम्मिएको छ । असनको सांगुरो गल्लीमा ठेलागाडा र मान्छेहरूको भीडमा चेप्पिंदै म एकनाशसँग हिडिंरहेको छु । अचानक कसैले पछाडिबाट बोलाउँछ—

‘दादा ! ओ दादा ! ’म टक्क अडिन्छु र आवाज आएतीर हेर्छु । एउटी ठिटी, करीब सत्र वर्षकी भीड छिचोल्दै अघि बढ्छे र मेरो अगाडि ठिंग उभिन्छे । म उसलाई राम्ररी नियालेर हेर्छु ।