Skip to content

भाषा/साहित्य समीक्षा

जापानी साहित्यमा हाइकु: मानयोशु काव्य संकलनदेखि माचुओ वाशोसम्म

पृष्ठभूिम
विश्व साहित्य जगतमा जापानी साहित्यले छुट्टै पहिचान बनाइसकेको छ । भाषा साहित्य कला र संस्कृतिमा विश्वमा नै अमिट छाप छोड्न सिपालु जापानीहरु पारस्परिक हित मानवीय सम्बन्ध र आत्मियताको हकमा प्रखर मानिन्छन् । जापानी साहित्य चीनको जेन परम्परावादी विचार सुत्र ताओवाद र बुद्ध धर्मबाट बढी प्रभावीत छ । प्राचनीकालमा चीन र जापानको अत्यन्त निकट सम्बन्ध रहेको कारण पनि भाषा साहित्यको आदान-प्रदानको सिलसिलामा चिनियाँ साहित्यले जापानी साहित्यलाई राम्रैसँग गाँजेको पाउँछौं । प्राचीनकालमा प्रकाशित केहि साहित्यिक कृतिहरुमा चिनियाँ लिपि समेतमा कविता छापिनु र हाल पनि जापानी अक्षरीय लिपि खााजी चिनिया लिपिसँग अधिकांश मेल खानु यसको ज्वलन्त उदाहरण हो । चिनिया साहित्यका केही सन्दर्भ र प्रारुपहरुका साथमा पाश्चात्य साहित्यिक चेतनाको सामित्यता जापानी साहित्यसँग भएको कुरालाई धेरै जापानी कविहरु स्वीकार्छन् तर पनि समष्टिगत रुपमा आफ्नोपन पस्कन सक्ने खुबिलाई भने उनिहरु खुब गर्ब गर्छन् ।

मैथिली कथायात्रामा भ्रमर

  • by

लोकसाहित्यलाई आधुनिक परिष्कृत र विकसित साहित्यको जननीका रूपमा प्रायः सबै भाषाका साहित्यकारहरूले मानेका छन् । जहाँसम्म नेपालको मैथिली लोकसाहित्यको उद्भवको कुरा छ, त्यसको इतिहास धेरै प्राचीन छ । अझ स्पष्टरूपमा भन्ने हो भने त्यसको प्रारम्भ प्राचीन मिथिला राज्यका राजषिर् एवं ब्रहृमषिर् जनकको कार्यकाल -त्रेता युग) देखि नै भएको कुरा पौराणिक महाकाव्यहरू वाल्मीकि रामायण र तुलसीदासकृत रामचरितमानस आदिहरूबाट समेत पुष्टि हुन आउँछ ।

बालसाहित्य लेखनबारे केही पक्ष

  • by

भर्खरै केही साथीले मलाई हाम्रा लेखक-साथीहरूका अगाडि बालसाहित्य लेखनको खाँचोबारे लेख्नुपर्‍यो भनी भन्नुभयो । कुरा के साँचो हो भने मैले हाम्रा लेखकसाथीहरूका अघिल्तिर बालसाहित्य लेख्नुपर्छ भनी बालसाहित्य लेखनको महत्त्वबारे बारम्बार चर्चा गदैँ आएको हुँ । हाम्रो यहाँ बालसाहित्य क्षेत्र नखोलिएको पनि होइन तर धेरैजसो लेखकहरू बालसाहित्य क्षेत्रमा टेक्तैनन् र टेक नै भने पनि टेकिरहँदैनन् अर्थात् बालसाहित्य लेख्नतिर रुचि देखाउँदैनन् । वास्तवमा उनीहरू बालसाहित्य किन लेख्तैनन् त ?

संविधानमा साहित्य

  • by

अब बन्ने लोकतान्त्रिक संविधानमा साहित्यको स्थान र मान के हुने ? यसका लागि बोलिदिने कसले ? सङ्घीय संरचनामा मुलुकको रूपान्तरण हुँदा साहित्यको सङ्घीय स्वरूपको विस्तार र स्थापना कसरी हुनसक्छ ? साहित्य स्वयंमा सिर्जना हो, त्यो प्रतिकूल र अनुकूल दुवै अवस्थामा प्रस्फुटित, विकसित र विस्तारित हुन्छ ।

दीर्घजीवी बनोस् रचना

  • by

“शताङ्क प्रकाशनको यसबेला ‘रचना’को विगततर्फ हेर्दा कहाली लाग्दो अतीतमा चिहाएझैँ लागिरहेछ । पहिलो अङ्क निकाल्दा हाम्रो सोचाइ थियो- “एक वर्ष जसरी तसरी पत्रिका निकालौँ अर्को वर्षदेखि विज्ञापन, सहयोग पाइहालिन्छ, सरकारको सुदृष्टि पनि परिहाल्छ त्यसपछि पत्रिकाको जग बलियो हुन्छ र निकाल्न कुनै समस्या पर्दैन ।” तर निजी क्षेत्रको एउटा विशुद्ध साहित्यिक पत्रिकाले सोचेको त्यस्तो ‘अर्को वर्ष’ ४८ वर्षसम्म पनि कहिल्यै आएन । हरेक अङ्क प्रकाशन एउटा चुनौतीपूर्ण काम लाग्न थाल्यो । केही साहित्यप्रेमीहरूको सद्भाव विशेष सदस्यको रूपमा नपाएको भए, साझा प्रकाशन जस्ता संस्थाले केही टेवा नदिएको भए र ‘रचना’ प्रकाशन परिवारको तन, मन, धनको आड भरोस् नपाएको भए यो पत्रिका उहिल्यै कालको मुखमा परिसक्ने थियो ।”

कृष्णप्रसाद पराजुलीको ‘प्रयोगात्मक भाषातत्त्व’

  • by

विशेष गरी बालसाहित्य, गीत र छन्दोबद्ध कवितामा प्रख्यात कृष्णप्रसाद पराजुलीको जन्म वि.सं. १९९२ साल असार २४ गतेका दिन काभ्रेमा भएको हो । हाल सानेपामा स्थायी बसोबास गर्दै आएका पराजुली त्रिविमा सहप्राध्यापक भई सेवा निवृत्त उनले कविताकाव्य सात, कथा एकाङ्की सात, निबन्ध प्रबन्ध नौ, भाषा व्याकरण चार, लोकसाहित्य दुई, बालसाहित्य १६ गरी जम्मा ४१ वटा कृति नेपाली भाषासाहित्यरूपी मन्दिरमा चढाइसकेका छन् । यसका साथै विभिन्न पत्रपत्रिकामा बालसाहित्य र लेखनिबन्ध फुटकर रूपमा प्रकाशित हुँदै आएका छन् । वृद्ध अवस्थामा रोगबाट ग्रसित पराजुली अझ पनि साहित्यमा क्रियाशील छन् ।

शेक्सपियरका केही कृतिको नेपाली अनुवाद

  • by

प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुर राणा वि.सं. १९०६-०७ तिर बेलायत यात्राबाट फर्केपछि पश्चिमी साहित्य र संस्कृति नेपाल भित्र्याउने चेष्टा गरियो । तदनन्तर अर्का राणा प्रधानमन्त्री चन्द्रशमशेरले बेलायत भ्रमणपछि नपाली विद्यार्थीहरूले उच्चशिक्षा प्राप्त गर्न भारत भूमि जान नपरोस् भन्ने मनसायले देशभित्रै वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापना गरे । यसपछि नेपाली विद्यार्थीहरूले अङ्ग्रेजी साहित्य पठनपाठनमा निकै अभिरुचि देखाए । तीमध्येमा पनि विशेष गरी १६औँ शदीका अङ्ग्रेजी साहित्यका मूर्धन्य नाटककार विलियम शेक्सपियरका कृतिहरूमा ।

दुई देवकोटा र डा. माचवेको भ्रम

  • by

कविवर माधवप्रसाद देवकोटाको बारेमा संस्मरण माग्दा दिनेले महाकवि लक्ष्मीप्रसाद देवकोटाको संस्मरण लेखी पठायो भने नै भन्ने ? सुखद संयोग ? हिन्दी साहित्यका विद्वान् सर्जक एवं समालोचक डा. प्रभावकर माचवेले यस्तै गरे जानीजानी वा झुक्किएर गरे उनै जानुन् ।

मातृभाषामा शिक्षा सरकारी प्रतिबद्धता र नागरिक जिम्मेवारी

‘बहुभाषी समाजमा मुख्य भाषा र संस्कृतिमा आधारित एकभाषी शिक्षा प्रणाली प्रयोग गर्नु अरू भाषा तथा संस्कृतिको बेवास्ता गर्नु हो । संसारका अनुभवहरूले मानिसका भाषिक तथा सांस्कृतिक सम्पदालाई अस्वीकार गर्नु र दबाउनु नै विभाजन र सङ्घर्षका प्रमुख कारण भएको देखाएका छन् । बहुभाषी शिक्षाले विविधताको सट्टामा होइन विविधतामै एकता कायम गर्न मद्दत गर्छ ।’

भेटघाट र गफगाफ: प्रोफेसर शर्माको डायरी

  • by

कुरो २०४५ सालतिरको हो । म त्रिविको केन्द्रीय अंग्रेजी विभागबाट एमए पास गरेलगत्तै त्यसै विभागमा पढाउन थालेको थिएँ । बढीजसो विद्यार्थीहरू मेरै उमेरका थिए । चक-डस्टर बोकेर कक्षामा छिर्दा मनमा एक किसिमको डर हुन्थ्यो- कसैले उत्तरै दिन नसकिने अप्ठ्यारा प्रश्न सोधेर बिलखबन्द पारे भने ? शिक्ष्ाक भएर कक्ष्ाामा छिरिसकेपछि फलानो प्रश्नको उत्तर थाहा छैन भनेर कसरी स्वीकार गर्ने ? कहिलेकहीँ आफू विद्यार्थी हुँदा पढाउने शिक्ष्ाकहरूलाई सम्झन्थेँ ।

स्रष्टाहरु गुमाउँदाको पीडा

  • by

पोहोर चैत १० गते तेस्रो आयामका त्रिमूर्तिमध्येका एक अर्थात् एउटा आयाम ईश्वरवल्लभलाई गुमाएपछि लागेको थियो अब नयाँ वर्ष २०६५ मा हामीले यस्ताखाले पीडा क्रमै व्यहोर्नु पर्ला । लाग्नु-नलाग्नुको अर्थ हुँदो रहेनछ, हिँड्दा हिँड्दैको मान्छे पनि जाँदो रहेछ, उमेर नपुग्दै पनि जाँदो रहेछ, दुर्घटनामा परेर पनि जाँदो रहेछ । मानौँ २०६५ सालमा साहित्यिक क्षेत्रमा पहिरो गएको गए नै भयो । २०६५ सालको पहिलो महिना नै साहित्यकार भरतराज पन्तलाई गुमायौँ हामीले । रमेश विकल, रत्नाकर देवकोटा, अग्निशिखा, श्रीभद्र शर्मा, कुमार ज्ञवाली, कुन्तीदेवी भट्टराई, शारदा अधिकारी (ढकाल), रूद्र खरेलजस्ता स्रष्टाहरू गुमाउनु परेको वर्ष रहृयो । २०६५ ।

कस्तो हुनुपर्छ भाषानीति ?

  • by

भाषाको वर्चस्व समाजको स्वैच्छिक अवलम्बन, विनिमयको बाध्यात्मक आवश्यकता र प्राज्ञिक सम्प्रेषणका आधारमा कायम रहेको हुन्छ । कुनै खास कालखण्डमा कुनै खास भाषाले सामाजिक जीवनमा सांस्कृतिक, आर्थिक र वैयक्तिक प्रभाव पारेको भए पनि त्यही भाषा सदासर्वदा सबै ठाउँ सबै जाति वा राष्ट्रमा प्रचलित भइरहन सक्दैन । बुद्धको समयमा संस्कृतभाषा उन्नतिशील अवस्थामा थियो तर त्यसको वर्चस्व कायम भएको थिएन त्यसो हुँदा बुद्धले पालीभाषा अँगाले ।

सन्दर्भ विश्व कविताको

  • by

आजको समयमा कविताको संसारलाई बुझ्ने व्यक्ति पाउन जतिको गाह्रो छ, त्यति नै कवितालाई एउटा विज्ञानको रूपमा परिचित गराउन गाह्रो छ। लक्ष्मीप्रसाद देवकोटाको उड़ी छुनु चन्द्र के एक कवितांश आज यथाथर् बनेको स्वीकार्न कोही तयार छैन भने कविताका निम्ति अङ्कित गरिएका प्रत्येक वाक्यका प्रत्येक शब्दका वर्णमा एउटा-एउटा विश्व अँटाएको हुन्छ धेरैलाई थाहा नहुन पनि सक्छ। यति ठूलो संसारलाई पुण्यजी काँध दिन सफल भएकोमा कविताप्रति गर्वबोध हुनजान्छ भने कति-कति स्थितिमा डाही भावना उत्पन्न भइरहेछ ममा।

छैन आज कुनै सपना

  • by

उत्तरी पर्वतीय विश्वविद्यालय ‘नर्थ इस्टर्न हिल युनिभर्सिटी’ (नेहु) मा आयोजित चारदिने अन्तर्राष्ट्रिय भाषाविज्ञान सम्मेलनमा भाग लिन जाने हाम्रो पुरानो निर्णय थियो । त्रिविको तर्फबाट लेखनाथ शर्मा पाठक र मलाई यो सौभाग्य मिलेको थियो । मेरानिम्ति सिलाङको यो पहिलो यात्रा थियो ।

उपेक्षित नहोऊन् किराती भाषा

  • by

पूर्वि नेपालको किराती प्रदेशभित्र बसोबास गर्ने किराती मूलका व्यक्तिहरूले बोल्ने भाषाहरूलाई किराती भाषा भनिन्छ । पृथ्वीनारायण शाहले गोरखा राज्य विस्तार गरेको समयको प्रमाणहरूलाई हेर्दा दोलखा, रामेछाप र सिन्धुली वल्लो किरातमा पर्छ भने सुनकोसी देखि अरुण नदिसम्मका भाग माँझ किरातमा पर्दछ ।

जापानी हाइकु कविता

  • by

५-६ वर्षअघि मैले हाइकु शैलीका एक दुई कविता रूप-रेखामा प्रस्तुत गरेको थिएँ । तिनको छोटकरीमा तथा देखिने सहजताको परिणामस्वरूप सबैले खिसी त गरे, हाइकुको बाढी आयो, सम्पादकको डेस्कमा । हाइकुकविता वास्तवमा त्यति सहज कविता होइन । ५-७-५ अक्षरका कवितामा यसका तीन पङ्क्तिको मुख्य विभाजनमा एउटा दर्शन छ ।

विद्वेषविरुद्ध साहित्य

  • by

नेपालको साहित्यले अब विद्वेशबिरुद्ध जुर्मुराउनुपर्ने भएको छ । धेरै विषयमा नेपाली साहित्य बोलिसक्यो । वादहरूमा नेपाली साहित्य प्रकट भयो । राजनीतिलाई पनि नेपाली साहित्यले पच्छ्यायो । स्वच्छन्दता र स्वतन्त्रतालाईसमेत यो साहित्यले भरपूर प्रयोग गरेको छ । विश्व साहित्यसँग कुमजोरी खेल्न सक्ने भएको मानिन्छ हाम्रो नेपाली साहित्य । गरिवका विषयमा लेखेको छ, अमिर र फकिरहरू पनि यो साहित्यमा भेटिन्छन् ।

चालीस पछिको प्रभावपरक समालोचना

  • by

नेपाली समालोचनामा प्रभावपरक समालोचनाको आरम्भ समालोचक सूर्यविक्रम ज्ञवालीबाट भएको हो । उनले विभिन्न कृतिहरूको सम्पादन तथा समालोचनालेखन प्रभावपरक पद्धतिमै आधारित भएर लेखेका छन् । ज्ञवालीपछि समालोचक रामकृष्ण शर्मा नेपाली समालोचनाको क्षेत्रमा प्रभावपरक समालोचना प्रवृत्तिलाई अँगाल्ने कुशल प्रयोक्ता हुन् । यसअगाडिका समालोचकहरूले गुणप्रधान भएर समालोचना लेखेका थिए तर शर्माले स्रष्टाको गुणपक्षलाई भन्दा दोषपक्षलाई लिएर वालकृष्ण सम र देवकोटाजस्ता साहित्यकारहरूलाई अचानो बनाएका थिए ।

समयका बिम्बहरु

  • by

अभि सुवेदीले अखबारी लेखनलाई पुस्तकको आकार दिएका छन् । उनको पछिल्लो निबन्ध संगालो ‘निबन्धमा उत्तरवर्ती कालखण्डमा ८२ निबन्ध छन् । यसलाई रत्न पुस्तक भण्डारले प्रकाशन गरेको छ ।